09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं , २६ जेठ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले माओवादी युद्धका अगुवा नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो।
सर्वोच्च अदालत प्रशासनले युद्ध अपराधमा दाहाल र भट्टराईलाई कारबाही गर्न माग गर्दै लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दरपीठ गरेको थियो। नौ जना पूर्वबाल सैनिकहरुले हाल प्रधानमन्त्रीसमेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धका लगाएको दाबी गर्दै कारबाहीको माग गरेका हुन्। उनीहरुले अनमिनको वर्गिकरणका क्रममा आफूहरुलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन्।