11 Ashwin, 2080 / 28 September , 2023
एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य उकालो लाग्न थालेको हो । आँधीका कारण त्यस क्षेत्रका लाखौँ मानिसको जनजीवन प्रभावित बनेको छ ।
चीनको सरकारी तेल कम्पनी चाइना नेसनल अफशोर आयल कर्पोरेसनले आफ्नो आफशोर प्रडक्सन प्लेटफर्ममा उत्पादन रोकेको छ। त्यहाँबाट १० हजार मजदुरलाई हटाएर सुरक्षित स्थानमा राखिएको छ।
यही कारणले चीनमा तेल उत्पादन प्रभावित बनेको छ। यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न पुगेको छ। बुधबार बिहान अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड बढेर प्रतिब्यारल ९०.१९ डलर पुगेको छ। हिजो ब्रेन्ट क्रुड प्रतिब्यारल ८८.८२ डलर रहेको थियो।
डब्ल्यूटीआई क्रुड पनि बढेर प्रतिब्यारल ८६.८३ पुगेको छ। डब्ल्यूटीआई मंगलबार प्रतिब्यारल ८५.५४ डलर थियो।