11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शपथ आजै




कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शपथ आजै

काठमाडौं, २२ भदौ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार नै मुख्यमन्त्री नियुक्त हुने भएका छन् । उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने भएका हुन् ।

सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) को मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठका अनुसार मुखमन्त्री नियुक्ति र शपथ शुक्रबार साँझ ६ बजे हुने गरि समय तय भएको जानकारी दिए । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उद्धव थापालाई दोस्रो पटक मुख्यमन्त्रीबाट पदमुक्त गर्दै एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत दिएको थियो ।

सर्वोच्चको १५ पेज लामो उक्त फैसलाको संक्षिप्त आदेश शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा इमेलमार्फत पुगेको थियो । सर्वोच्चकै आदेश अनुसार प्रदेश प्रमुख खापुङ्गले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

आदेशमा ‘रिट निवेदन उपरको प्रारम्भिक सुनुवाइमा कोशी प्रदेश सरकारका नाउँमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागुञ्जेल दीर्घकालीन महत्वको र नीतिगत निर्णय नगर्न नगराउनू भनि अन्तरिम आदेश जारी भएको देखिँदा प्रदेशको कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म सो अवस्थामा राखिरहनु उचित नदेखिएकोले प्रस्तुत आदेश प्राप्त भएको मितिले ४८ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्नु गराउनू भनी प्रत्यार्थी कोशी प्रदेश प्रमुखसमेतका नाउँमा परमादेश समेत जारी गरिएको छ’ भनि उल्लेख छ ।

उपधारा (३) मा ’प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom