11 Ashwin, 2080 / 28 September , 2023
काठमाडौं, २६ भदौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद नेम्वाङको आज बिहान निधन भएको हो । नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने जनाइएको छ ।