10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भिजन गोर्खा सहकारीको साधारण सभा सम्पन्न, पुनः हरिकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति




भिजन गोर्खा सहकारीको साधारण सभा सम्पन्न, पुनः  हरिकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति

न्यूज आजको संवाददाता
काठमाडौं, ३० भदौ । काठमाडौं गोंगबु ५ मा रहेको भिजन गोर्खा बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।  सहकारीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख अधिकारीले ज्ञान, महत्वकांक्ष र सहकारी चलाउने भिजन नै नभएका कारण पछिल्लो समय सहकारी संस्थाहरु धरासायी बन्दै गएको बताए । यस्तै उनले सहकारीहरुले धेरै निक्षेपकर्ताको बचत डुबाइ रहेको भन्दै समय सापेक्षा रुपमा सहकारी संस्थाहरु चलाउन जरुरी रहेको बताए । त्यसका लागि ज्ञानको आवश्यक रहेको प्रमुख अधिकारीको भनाइ थियो । 

सहकारीका व्यवस्थापन टिमले लेखा कसरी राख्ने, संञ्चित पुँजीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बुझ्न आवश्यक रहेको उनले बताए । यदि यस बारेमा सिक्न आवश्यक लागेमा टोखा नगरपालिका यसबारे तालिमका लागि समन्वय गर्न तयार रहेको नगरप्रमुख अधिकारीले बताए । 

कार्यक्रममा सहकारीका अध्यक्ष हरिकुमार श्रेष्ठले छरिएर रहेको पुँजी र स्रोत साधनको सदुपयोग गरी आर्थिक, सामाजिक रुपान्तरण गर्न यस सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले सहकारीको वार्षिक साधारणसभामा सहभागी हुने प्रमुख अतिथि, विशेष अतिथि, सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार, परिवेक्षक समितिका पदाधिकारी, विभिन्न उपसमिति, सेयर सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका थिए । 

२०६४ सालमा स्थापना भएको सहकारीको हाल शेयर पुँजी १ करोड ३२ लाख ४७ हजार पाँच सय रुपैयाँ रहेको छ भने निक्षेप संकलन ३ करोड ६३ लाख ६४ हजार ७ सय १२ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै कर्जा लगानी ४ करोड ५३ लाख १२ हजार ९९ रुपैयाँ रहेको छ ।

यस्तै साधारण सभाले पुनःहरि कुमार श्रेष्ठकै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सहकारीको उपाध्यक्षमा राजेन्द्र पोखरेल, सचिवमा ईन्द्रराज बस्नेत, कोषाध्यक्षमा रुपेन्द्र बिक्रम भण्डारी सर्वसम्मत चयन भएका छन् ।  संस्थाको सदस्यहरुमा शान्ती श्रेष्ठ,  उत्तम अधिकारी, विनोद अधिकारी,  सुवास  शाक्य र  रामचन्द्र रिमाल सर्वसम्मत चयन भएका छन् । 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom