11 Ashwin, 2080 / 28 September , 2023
काठमाडौं, २ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९०५ जनालाई नेपाल विद्याभूषण, विद्यापदक ४६ जनालाई विभूषित गर्ने भएको छ । यीमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई प्रदान गरिनेछ ।
४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने छ । सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।
शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा–स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।