11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतीय लोकसभाः ३३ प्रतिशत सिट महिलाका लागि आरक्षित गर्ने प्रस्ताव पेस




भारतीय लोकसभाः ३३ प्रतिशत सिट महिलाका लागि आरक्षित गर्ने प्रस्ताव पेस

एजेन्सी । भारतको लोकसभामा महिलालाई ३३ प्रतिशत कोटा सुरक्षित गर्ने प्रस्तावसहित महिला आरक्षण विधेयक पेस भएको छ । संसद्को नयाँ सत्र शुरु भएको पहिलो दिन आज मङ्गलवार महिलालाई आरक्षण दिने ‘नारी शक्ति वन्दन ऐन’ मा संवैधानिक संशोधनको प्रस्ताव लोकसभामा पेस भएको बीबीसीले जनाएको छ । आजै नयाँ संसद् भवनमा पनि पहिलो पटक लोकसभाको बैठक बसेको हो ।

प्रस्ताव पेस गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलालाई संसदमा आरक्षण दिन यसअघि प्रयासहरू भए पनि सफल नभएको भन्दै अब ऐन संशाेधनमार्फत महिलालाई ३३ प्रतिशत कोटा सुरक्षित गर्ने बताए । 

ऐन संसोधन भएमा आउँदो वर्ष हुने लोकसभा चुनावमा भारतीय सङ्घीय संसद्को तल्लो सदनमा कुल सांसदको ३३ प्रतिशत सिट महिलाका लागि सुरक्षित हुनेछ । नयाँ कानुनअनुसार भारतको लोकसभामा एक सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom