14 Mangshir, 2080 / 30 November , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


२ हवल्दारसहित २६ प्रहरी सम्पर्कविहीन(सूचीसहित)

२ हवल्दारसहित २६ प्रहरी सम्पर्कविहीन(सूचीसहित)


काठमाडौं, १० मंसिर । एक महिनाभन्दा लामो समयदेखि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्।  २ हवल्दारसहित २६ प्रहरी विगत एक महिनादेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

नक्सालस्थित प्रहरी महनिरीक्षकको सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सम्पर्कमा नरहेका २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवानलाई एक साताभित्र सम्पर्कमा आउन भनेको हो।

उनीहरु एक महिनाभन्दा  बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको सूचनामा उल्लेख छ। उनीहरुको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले जनाएको छ। सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाउने चेतावनीसमेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 

हेर्नुहोस् सूचना


 


मृत्युदर्ता बनाएर भत्ता खाने महिला र वडा सचिवविरुद्ध मुद्दा दायर

मृत्युदर्ता बनाएर भत्ता खाने महिला र वडा सचिवविरुद्ध मुद्दा दायर


काठमाडौं, ८ मंसिर । जीवितै पतिको मृत्यु दर्ता बनाएर एकल भत्ता खाने महिला र वडा सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो ।


खत्रीका पतिले नै आफू जीवितै हुँदै मृत्युदर्ता प्रमाणपत्र बनाएर पत्नीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो । छानबिनमा क्रममा महतो र खत्रीको मिलेमतोमा नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचयपत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
 


काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने


काठमाडौं । काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ। तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ। भक्तपुर र ललितपुरमा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर भुइँचम्पा, पटका र आतसबाजीजस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवं प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ। काठमाडौं उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ।     

 
 


आज धनधान्यकी देवी लक्ष्मीपूजा

आज धनधान्यकी देवी लक्ष्मीपूजा


काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। 


जाजरकोट केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको अर्को भूकम्प

जाजरकोट केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको अर्को भूकम्प


काठमाडौं,२० कात्तिक । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

भूकम्पको झड्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ।

यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसका परकम्पहरु आइरहेका छन्।


बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प


काठमाडौं, २ कात्तिक । बझाङमा बुधबार राति भूकम्प गएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो  ।
भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।
बझाङ केन्द्रबिन्दु बनाएर असोज १६  गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। दर्जनौं घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो। असोज १६ यता पटकपटक पराकम्प आइरहेका छन् ।


आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने


काठमाडौं,  २३ असोज । सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ ।  

“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनेकी छन् ।

देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।  


तीन प्रदेशमा भारी वर्षाको सम्भावना

तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, १६ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 


विवेक ओझाको उपन्यास ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री 

विवेक ओझाको उपन्यास ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री 


काठमाडौं, १४ असोज ।  यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ । मदन पुरस्कार गुठीको आजको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै, २०७९ सालको जगदम्बा श्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय भएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

मदन पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेको थियो ।
 


इन्द्राजात्रामा काठमाडौंका यी सडकमा सवारी प्रवेशमा रोक(सूचनासहित)

इन्द्राजात्रामा काठमाडौंका यी सडकमा सवारी प्रवेशमा रोक(सूचनासहित)


काठमाडौं, ९ असोज । इन्द्रजात्राका कारण काठमाडौं महानगरपालिकाभित्रका विभिन्न ठाउँका सडकहरु अवरुद्ध हुने भएका छन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको इन्द्रजात्राका क्रियाकलापहरु सुरु भएकाले विभिन्न क्षेत्रमा सवारीसाधनको प्रवेश बन्द गरिएको जनाएको छ ।

जात्राका सांस्कृति, सामाजिक तथा धार्मिक क्रियाकलापहरु हिँडेर सञ्चालन हुने भएकाले सवारी साधन प्रवेश नगराउन महानगरले आग्रह गरेको छ । महानगरकाअनुसार जात्राका विशेष दिनमा सवारीहरु प्रवेश नगराउन अनुरोध गरिएको हो । जसमा असोज ११ गते बसन्तपुरदेखि चिंकमुगल हुँदै जैसीदेवलबाट लगन तथा भीमसेन स्थान हुँदै बसन्तपुरसम्म क्वने याः (तल्लो टोल) रथ यात्रा रहेको छ ।

त्यस्तै, असोज १२ गते बसन्तपुरबाट नरदेवी हुँदै न्ह्योखाबाट असन तथा इन्द्रचोक हुँदे मखन र हनुमानढोकाबाट बसन्तपुरसम्म थने याः (माथिल्लो टोल) रथ यात्रा रहेको छ ।

असोज १५ गते भने नानिचा याः (महिलाहरुले रथ तान्ने दिन) रहेको छ । उक्त दिनमा बसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथ यात्रा हुने महानगरले जनाएको छ ।

रथयात्रा हुने समय र स्थानमा सवारी साधन प्रवेश नगराउन र सो बाटो प्रयोग गर्ने यात्रुले वैकल्पिक बाटो वा पैदल यात्रा गरेर यातायात व्यवस्थापनमा सहयोग गर्न महानगरले अनुरोध गरेको छ ।