07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


काठमाडौंमा बढ्यो प्रदूषण

काठमाडौंमा बढ्यो प्रदूषण


काठमाडौं, २७ पुस । काठमाडौंको वायु अस्वस्थकर बनेको छ । काठमाडौं उपत्यकाका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ । वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रमा शुक्रबार ललितपुरको भैँसेपाटी सबैभन्दा प्रदूषित देखिएको छ । साँझ ५ बजे रेकर्ड भएको तथ्यांकअनुसार भैँसेपाटीमा प्रदूषणको मात्रा १८१ एक्यूआई पुगेको छ । 

त्यस्तै, रत्नपार्कमा १६०, शंखपार्कमा १२८ एक्यूआई देखिएको छ । बिहीबार भने काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा १५० भन्दा माथि रहेको विभागको तथ्यांकमा उल्लेख छ । 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भने एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने संगठनले जनाएको छ ।


नारायणगढ–मुग्लिन सडक बन्द हुने समय फेरियो

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय फेरियो


काठमाडौं, ८ पुस । नारायणगढ-मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ। नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्‍चिमखण्ड (नारायणगढ-मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो।

तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो।

परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ईञ्‍जिनियर कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार चितवन र तनहुँतर्फका विभिन्‍न ६ स्थानमा सवारीसाधन रोकिनेछ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ। काठमाडौंबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए।


हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँः प्रधानमन्त्री

हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँः प्रधानमन्त्री


काठमाडौं, २८ मंसिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ विमान खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको बताए । थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने उनले उल्लेख गरे ।

‘‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटक–पटक छलफल गरेको छु,” प्रधानमन्त्रीले भने, “हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ । यसले अन्तर्राष्ट्रियजगत्मा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म गम्भीर छु ।’’


नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद


काठमाडौं, १९ मंसिर ।  जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश खडकबहादुर केसीको इजलासले पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजुलगायत रहेका छन्।

यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो।

यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन्। साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

 
 


आजको मौसमः तीन प्रदेशको उच्च भू–भागमा हिमपात 

आजको मौसमः तीन प्रदेशको उच्च भू–भागमा हिमपात 


काठमाडौं, १८ मंसिर । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

राती भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। वर्षा, हिमपातसँगै देशभरिको तापक्रम घटेर हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।


२ हवल्दारसहित २६ प्रहरी सम्पर्कविहीन(सूचीसहित)

२ हवल्दारसहित २६ प्रहरी सम्पर्कविहीन(सूचीसहित)


काठमाडौं, १० मंसिर । एक महिनाभन्दा लामो समयदेखि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्।  २ हवल्दारसहित २६ प्रहरी विगत एक महिनादेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

नक्सालस्थित प्रहरी महनिरीक्षकको सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सम्पर्कमा नरहेका २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवानलाई एक साताभित्र सम्पर्कमा आउन भनेको हो।

उनीहरु एक महिनाभन्दा  बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको सूचनामा उल्लेख छ। उनीहरुको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले जनाएको छ। सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाउने चेतावनीसमेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 

हेर्नुहोस् सूचना


 


मृत्युदर्ता बनाएर भत्ता खाने महिला र वडा सचिवविरुद्ध मुद्दा दायर

मृत्युदर्ता बनाएर भत्ता खाने महिला र वडा सचिवविरुद्ध मुद्दा दायर


काठमाडौं, ८ मंसिर । जीवितै पतिको मृत्यु दर्ता बनाएर एकल भत्ता खाने महिला र वडा सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो ।


खत्रीका पतिले नै आफू जीवितै हुँदै मृत्युदर्ता प्रमाणपत्र बनाएर पत्नीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो । छानबिनमा क्रममा महतो र खत्रीको मिलेमतोमा नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचयपत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
 


काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने


काठमाडौं । काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ। तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ। भक्तपुर र ललितपुरमा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर भुइँचम्पा, पटका र आतसबाजीजस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवं प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ। काठमाडौं उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ।     

 
 


आज धनधान्यकी देवी लक्ष्मीपूजा

आज धनधान्यकी देवी लक्ष्मीपूजा


काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। 


जाजरकोट केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको अर्को भूकम्प

जाजरकोट केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको अर्को भूकम्प


काठमाडौं,२० कात्तिक । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

भूकम्पको झड्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ।

यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसका परकम्पहरु आइरहेका छन्।