11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


ललिता निवास प्रकरणमा थप दुई पक्राउ 

ललिता निवास प्रकरणमा थप दुई पक्राउ 


काठमाडौं, १८ असार । । ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा समरजंग कम्पनीका तत्कालिन अधिकृत रमेश कुमार पोखरेल र देवनारायण महर्जन छन्। महर्जन भने नक्कली मोही बनेका थिए।

जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहरण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा रहेको देखिएको हो।

आइतबार ब्युरोले बाबुराजा महर्जन, शिवजी भट्टराई र घमन कुमार कार्कीलाई पक्राउ गरेको हो। उनीहरु मोही र कर्मचारी हुन्।

प्रहरीले यसअघि मंगलवार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

जग्गा प्रकरणमा यसअघि १७५ जनालाई विपक्षी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गरिसकेको छ। प्रहरीले अहिले उक्त प्रकरणमा सरकारी कागजात किर्तेको अनुसन्धानका लागि आरोपित पक्राउको क्रम जारी राखेको छ।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउपुर्जी लिइसकेको छ।

त्यस्तै, मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेको १ सय १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै छुट जग्गामा १३ जना र निवास परिसर सट्टापट्टामा ७४ जनाको पुर्जी लिएको हो।


 


नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी यातायात सञ्चालन

नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी यातायात सञ्चालन


काठमाडौं, १८ असार । नारायगढ–मुग्लिन सडक दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको थियो।
अहिले पहिरो पन्छाई सडक दुवैतर्फ गाडी चलाउन हुनेगरी खुलाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालक घाइते भएका छन्। घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


आज राष्ट्रिय धान दिवस मनाइँदै

आज राष्ट्रिय धान दिवस मनाइँदै


काठमाडौं, १५ असार । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
   
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
  
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
   
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
  
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
  
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
 


त्रिपुरेश्वरको उद्योग विभागका शाखा अधिकृत र सहयोगीविरूद्ध भ्रष्टाचारको मुद्दा

त्रिपुरेश्वरको उद्योग विभागका शाखा अधिकृत र सहयोगीविरूद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौं, ११ असार । उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 
उनीहरूले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। सूचनापछि खटिएको टोलीले उनीहरूलाई १२ हजार घुससहित पक्राउ गरेको थियो। 
अनुसन्धानबाट उनीहरूले घुस लिएको पुष्टि भएपछि अदालतमा मुद्दा दायर गरेको अख्तियारले बताएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।


पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौं, ११ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरूद्ध साढे एक करोड भ्रष्टाचारको मुद्दा दायर भएको छ।
आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरूद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
ढकालले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको अख्तियारको आरोप छ। अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।

उनले सो अवधिमा ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैंया आम्दानी तथा ७ करोड ८४ लाख ५ हजार ९४ रूपैंया खर्च तथा लगानी गरेको देखिएको र बैधानिक श्रोत खुल्न नसकेको १ करोड ४४ लाख ११ हजार ७८१ रूपैंया रहेको हुँदा त्यतिनै बिगो रकम कायम गरी जरिवाना तथा कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।


 


सबै प्रदेशमा वर्षाको सम्भावना

सबै प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं, ११ असार । सोमबार सबै प्रदेशमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा हावाहुरी पनि आउने सम्भावना देखिएको जनाइएको छ। 
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस क्रममा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै दिउँसो मधेश प्रदेशका धेरै स्थान र बाँकी तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।  यस्तै राति पनि कोशी,  बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भूभागका  थोरै ठाउँमा मेघगर्जन÷चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै राति कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थान र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। 
 


यी प्रदेशमा  आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा  आज भारी वर्षाको सम्भावना


काठमाडौं,१० असार । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज भारी वर्षाको सम्भावना रहेको  छ । गएराति अछाम, गुल्मीलगायतका क्षेत्रमा ठूलो पानी परेको हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै गण्डकीका पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज काठमाडौं उपत्यकासहित, कोशी र मधेस प्रदेशमा मौसम आंशिक बदली हुने अनुमान छ । आज देशभरकै मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै आज दिउँसोपख कतैकतै मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

२०८० आषाढ १० गते (आइतबार) 

दिउँसो:  देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

 २०८० आषाढ ११ गते (सोमबार) 

दिउँसो:  देशभर सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

  राती: कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका  थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ १२ गते (मंगलबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

राती: कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं,८ असार ।  लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
 


कोशी प्रदेशका ३ जिल्लामा बाढी–पहिरोको वितण्डाः  १ जनाको मृत्यु, २६ जना सम्पर्कविहीन

कोशी प्रदेशका ३ जिल्लामा बाढी–पहिरोको वितण्डाः  १ जनाको मृत्यु, २६ जना सम्पर्कविहीन


काठमाडौं, ३ असार । मनसुन प्रणाली शुरु भएसँगै नेपालमा मनसुनी प्रकोपको कहर समेत शुरु भएको छ। अभिरल वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। 
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोमा परी १० जना बेपत्ता छन्। १ जनाको मृत्यु भएको छ भने १६ जना सम्पर्कविहीन भएका छन्। 
हेवा खोलामा आएको बाढीले बगाएर संखुवासभामा १ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको छ। मृतकको पहिचान हुन बाँकी छ। 

हेवा खोलामा बाढी आउँदा १८ जना सम्पर्कविहीन भएकामा २ जना सम्पर्कमा आएका छन्। १६ जना अझै सम्पर्कविहीन रहेका डीएसपी गोदारले जानकारी दिए। 

चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो। बाढीले हेवा खोला जलविद्युत्मा क्षति पु¥याएको छ। सोही जलविद्युत् आयोजनामा कार्यरत १६ जना मजदुर सम्पर्कविहीन भएका हुन्। 

ताप्लेजुङमा एकै परिवार ३ सहित ४ जना बेपत्ता
शनिबार रातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै घरका ३ जना बेपत्ता भएका छन्। 

सिदिङ्वा गाउँपालिका–६ मेहेलेका स्थानीय यादव बुढाथोकीको घर पहिरोले बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन्। 

यस्तै,  मेहेलेकै भरत तामाङ समेत बेपत्ता भएका छन्। खोला छेउमा रहेको घरमा बाढी पसेपछि आमाबुवालाई सुरक्षित स्थानमा सारेर फर्किने क्रममा भरत बेपत्ता भएका स्थानीय कमल कडरियाले जानकारी दिएका छन्। 

सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा अिहले साब्लाखु प्रहरी चौकीको टोली पुगेको छ। वर्षा जारी रहेका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको गाउँपालिका उपप्रमुख कडरियाले जानकारी दिइन्। 
बाढी र पहिरोले ताप्लेजुङका धेरैजसो सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। यस्तै,  याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ। 

वर्षासँगै आएको बाढीले सिदिङ्वा गाउँपालिकाको आङ्खोपमा ३ घर बगाएको छ। इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ। 
बाढी बस्तीमा बसेपछि आङ्खोपका स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्।  
यस्तै, मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। मध्यरातमा बाढी आएपछि बजारका अधिकांश स्थानीय अन्तै सरेका छन्। बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ।
मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। 
पाँचथरमा ६ जना बेपत्ता
शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले बगाउँदा पाँचथरमा ६ जना बेपत्ता भएका छन्। बाढीका कारण ठूलो परिमाणमा भौतिक संरचनामा पनि क्षति पुगेको छ। 
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोला माथिको पुल बगाइदिएको छ। 
हेवा खोलामा आएको बाढीले ६ जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। 
हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ गाउँपालिका–७ का दिलकुमार तामाङ र फिदिम नगरपालिका १० का सन्जोग लोवा बेपत्ता भएका छन्। उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए।
त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

बाढीले फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने 

भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने 


काठमाडौं, ३१ जेठ । यस वर्षको मनसुन प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको छ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। तर, यसपटक एक दिन ढिलो मनसुन भित्रिएको हो। मौसमविद्  गोविन्द झाका अनुसार हाल पोखरासम्म मनसुनको प्रभाव छ, तर त्यसभन्दा पश्चिमका क्षेत्रमा पुग्न केही दिन लाग्नेछ।