07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


एसईई परीक्षा आजदेखि शुरु

एसईई परीक्षा आजदेखि शुरु


काठमाडौं,१७ चैत । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु भएको छ। एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन। आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ।  यो वर्ष जापानमा पनि परीक्षा केन्द्र तोकिएको छ। जापानमा एसइईका लागि परीक्षा केन्द्र कायम गरिएको पहिलोपटक हो।

वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ। यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो।

त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो। यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसपटक जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ। एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ। त्यसैले यसपटक जापानमा पनि परीक्षा केन्द्र तोकिएको श्रेष्ठले बताए। उक्त विद्यालयका १४ जनाले एसइई दिँदै छन्। बोर्डका अनुसार जापानमा एसइई परीक्षा केन्द्र तोकिएको यो पहिलोपटक हो।

देशभरि कक्षा १० सञ्चालित कुल १२ हजार ८३ विद्यालयमध्ये प्राविधिक धारतर्फका ५ सय ५ छन्। यसपटक प्राविधिकतर्फका १५ हजार ४ सय ६१ परीक्षार्थी छन्। त्यस्तै ३३ जिल्लाका ६६ विद्यालयबाट संस्कृत अध्ययन गर्ने विद्यार्थीले ५६ वटा केन्द्रबाट एसइई दिँदै छन्।

‘कुल परीक्षार्थीमध्ये ३ लाख ४३ हजार ७९ सरकारी विद्यालयका र निजी विद्यालयका १ लाख ४२ हजार ३ सय १७ जना छन्,’ परीक्षा नियन्त्रक श्रेष्ठले भने, ‘यसपटक प्रश्नपत्र स्तरीकृत गर्नुका साथै दृष्टिविहीन ५५ परीक्षार्थीका लागि घरपायक पर्ने स्थानमा केन्द्र तोकिएको छ।’ उनका अनुसार सबैभन्दा बढी केन्द्र काठामाडौं (१ सय २३) तथा सबैभन्दा कम केन्द्र मनाङ र मुस्ताङ (एकएक) छन्। सबैभन्दा बढी परीक्षार्थी (१ लाख २ हजार) वाग्मती प्रदेशबाट छन्। सबैभन्दा कम परीक्षार्थी कर्णाली प्रदेश (३८ हजार ६ सय ८) बाट छन्।
 


मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति


काठमाडौं, १४ चैत । पैदल मार्चपास गरेर काठमाडौं आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति बनाएको छ। प्रधानमन्त्री पुष्पकलम दाहाललेका निर्देशनमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि रहने गरी वार्ता समिति गठन गरिएको हो।

सरकारले गठन गरेको वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्।

चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री दाहालसँग भेट्ने वातावरण बनाउने बताइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसरा प्रधानमन्त्री दहालले पीडितसँग भेट्ने तयारी गरेका छन्।


एआईजीका लागि ४ डीआईजीको बढुवा सिफारिस

एआईजीका लागि ४ डीआईजीको बढुवा सिफारिस


काठमाडौं, १३ चैत । नेपाल प्रहरीका ४ डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिस भएका हुन् । उनीहरुलाई गृह मन्त्रालयको बढुवा समितिले  एआईजीको लागि  सिफारिस गरेका हो । 

 एआईजीको लागि  सिफारिस सिफारिस भएकाहरु मध्ये भण्डारी ६८.४६१२ नम्बर सहित पहिलो नम्बरमा छन् । गिरी ६८.२११२ नम्बरसहित  दोस्रो नम्बरमा छन् । 
 


टुँडिखेलमा घोडेजात्रा(तस्बिरहरु)

टुँडिखेलमा घोडेजात्रा(तस्बिरहरु)


काठमाडौं, ७ चैत । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ ।   त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरे । 
शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय हुनुभयो भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गरे । 
यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभयो भने नेपाली सेनाको टुकडीले उहाँलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो । समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो ।     
     
घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाउने गरिँदै आएको छ । कार्यक्रममा घोडेजात्राको इतिहास गुरुमापाको कथा नामक गीती नाटक प्रस्तुत गरियो ।  यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा सुमङ्गल ल्याउने जनविश्वास छ । चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडाँैको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बीच सेना र प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यास प्रदर्शन गर्ने पुरानै चलन हो ।     
     
घोडेजात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छ । वैदिक सनातन संस्कारमा पनि सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडालाई स्वतन्त्र गरिन्छ र ती घोडा जहाँ–जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।  सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । घोडालाई मानिसको दैनिक जीवन र ठूला युद्धमा समेत प्रयोग गरिँदै आएको छ । हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग  हुँदै आएको छ ।  

 

 

 

 

  
     


२०८० को सार्वजनिक बिदाको सूची जारी

२०८० को सार्वजनिक बिदाको सूची जारी


काठमाडौं, ३ चैत । सरकारले २०८० सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित उक्त सूचीमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा पनि समावेश गरिएको छ। 

यस्तै, दशैंमा पनि एक दिन बिदा थप गरी पाँच दिन बनाइएको छ। अब फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिइनेछ। यसअघि एकादशीसम्म चार दिन मात्र दशैं बिदा दिइन्थ्यो।
मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।


श्री एयरलाइन्सको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

श्री एयरलाइन्सको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण


काठमाडौं, २५ फागुन । काठमाण्डौबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इन्जिनमा आगो लागेको हो। इन्जिनमा आगो लागेपछि विमान फर्काए फेरि काठमाण्डौमै आकस्मिक अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। 

विमान अवतरण भइसकेको छ। विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ। 


पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

पहाडी भेगमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना


काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशका केही स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च  पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावा हुरीको सम्भावना छ। देशका पहाडी भू-भागमा भने आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  देखी सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 
 


६ प्रदेशमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

६ प्रदेशमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना


काठमाडौं, १५ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती  देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 


पोखरा विमान दुर्घटनामा ३६ जनाको शव निकालियो

पोखरा विमान दुर्घटनामा ३६ जनाको शव निकालियो


काठमाडौं, १ माघ। पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३६ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन् ।
यती एयरलाइन्सको कलसाइन एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
 


३०१ औं पृथ्वी जयन्ती(तस्बिरमा)

३०१ औं पृथ्वी जयन्ती(तस्बिरमा)


काठमाडौं, २७ पुस । ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् । बुधबार देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ ।
विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।