08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, ८ जनालाई सफाइ

नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, ८ जनालाई सफाइ


काठमाडौं, ७ वैशाख । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले दोषी ठहर गरेको छ । शुक्रबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गरेको हो । दोषी ठहर पौडेलको सजाय निर्धारणका लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको छ ।

यो प्रकरणमा निलम्बित सचिव मधुकुमार मरासनीसहित ८ जनालाई भने अदालतले सफाई दिएको छ । सुरक्षण मुद्रणको खरिदमा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको भन्दै विशेष अदालतमा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विषयगत दक्षता र कानूनी अधिकार नभएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिई रकम निकासा गरेको, तर ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएको भन्दै अख्तियारले भ्रष्टाचार भएको भनी दाबी गरेको थियो ।

अदालतबाट सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हालका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत राम बहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायक छन् ।
 


दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न अदालको आदेश

दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न अदालको आदेश


काठमाडौं, ७ वैशाख । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालत आदेश दिएको छ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन्। अदालतले थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो। ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो। सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए।
 


सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड


काठमाडौं, ४ वैशाख । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा १७ सय रुपैयाँले नै बढेर  प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार ३४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ७८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय रुपैया तोकेको छ।


बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् सूची

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् सूची


काठमाडौं, ३ वैशाख । नेपाल आयल निगमले निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँले बढाएको हो ।  भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम भएको छ। डिजेल, पेट्रोल र मट्टीतेल बाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।


 


सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो


काठमाडौ, ३ वैशाख । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । हिजो एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 


वाणिज्य बैंकहरुले घटाए वैशाख महिनाको ब्याजदर

वाणिज्य बैंकहरुले घटाए वैशाख महिनाको ब्याजदर


काठमाडौं, ३० चैत । वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि महिनाको अन्तिम दिन (मसान्त) मा नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन अनुसार बैंकहरुले वैशाखका लागि चैत ३० गते नै निक्षेपको नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । 
सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकहरुले चैतको तुलनामा वैशाखका लागि ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर र दुईवटाले केही वृद्धि गरेका छन् । 

नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले वैशाखका लागि ब्याजदर घटाएका छन् । 

यस्तैगरी, सरकारी बैंक कृषि विकास बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् ।   एभरेस्ट बैंक र एनएमबी बैंकले भने चैतको तुलनामा वैशाखका लागि ब्याजदर बढाएका छन् । 

चैत महिनाका लागि औसत ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेका बैंकहरुले वैशाखका लागि ०.१९ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ७.०६ प्रतिशत कायम गरेका छन् । 

बैंक चैतको ब्याजदर बैशाखको ब्याजदर
कृषि विकास ५.६६ ५.६६
एभरेष्ट ६.५
नेपाल ६.७५
लक्ष्मी सनराइज ७.५
माछापुच्छ्रे ७.७५ ७.२५
एनआईसी एसिया ८.५४८ ७.७५
प्रभु ७.५
स्टान्डर्ड चार्टर्ड
राष्ट्रिय वाणिज्य ६.५५
नबिल ७.२५ ७.२५
ग्लोबल आईएमई ७.६
सिद्धार्थ ७.५ ७.२५
प्राइम कमर्सियल ७.२५ ७.१०
कुमारी ७.५१ ७.११
सानिमा ७.२५ ७.१०
हिमालयन ७.५ ७.५
नेपाल एसबीआई ७.०१ ६.५३
नेपाल इन्भेष्टमेन्ट
एनएमबी ७.९७
सिटिजन्स ७.७५ ७.५
औसत ७.२५ ७.०६

एकैदिन २४ सयले बढ्यो सुनको भाउ

एकैदिन २४ सयले बढ्यो सुनको भाउ


काठमाडौं, ३० चैत । २०८० सालको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । आज प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।  सुनको मूल्य यसअघि चैत २८ गते १ लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
 


नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण


काठमाडौं, २९ चैत । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

बैंकले आज पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृष्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ ।
 


वाग्मती नगरपालिका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

वाग्मती नगरपालिका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, २८ चैत ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापाले पाँच वर्षमा पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

दायर गरिएको मुद्दामा नगर प्रमुख थापासँग पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो दाबी गरिएको छ । थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

थापाले नगर प्रमुखको रूपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ गतेदेखि २०७९ माघ २९ गतेसम्मको अवधिको अनुसन्धान हुँदा उक्त रकम गैरकानुनी रुपमा आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धान गरिएको अवधिमा थापाको वैधानिक आय सात करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ रहेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । सोही जाँच अवधिमा उनको सम्पूर्ण व्यय (खर्च तथा लगानी) १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । 
थापाको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति ऋणात्मक देखिएको ठहर अख्तियारको छ । 
सार्वजनिक पद धारण गरेका वाग्मती नगरपालिकाका प्रमुख थापाले सार्वजनिक पदको दुरुपयोग गरी सो सम्पत्ति आर्जन गरेको ठहर अख्तियारको छ ।


आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य


काठमाडौं, २८ चैत । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।