08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


सुनचाँदीको भाउमा नयाँ रेकर्ड

सुनचाँदीको भाउमा नयाँ रेकर्ड


काठमाडौं, २३ चैत । सुन र चाँदी दुबैको भाउ बढेर ऐतिहासिक उचाइमा पुगेको छ। यस दिन सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार सुनको मूल्य १ लाख ३३ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो। यस्तै बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ६५० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा खरिदबिक्री भएको थियो।


सुनको मूल्यमा पुनः नयाँ रेकर्ड

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड


काठमाडौं, २१ चैत । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो।

यस दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ। मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।


बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य 


काठमाडौं, १८ चैत । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ । यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो ।
नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरी मुल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएकाले बढाउनु परेको निगमले जनाएको छ । डिजेल/मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


 


मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनिहरुविरुद्ध मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।


मुद्दा दायर हुनेमा हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्य रहेका छन् ।

कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा दायर गरिएको जनाइएको छ ।
 


दिनदिनै रेकर्ड तोड्दै सुनको भाउ

दिनदिनै रेकर्ड तोड्दै सुनको भाउ



काठमाडौं, १६ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार मूल्य बढेर छापावाल सुन १ लाख ३० हजार रुपैयाँ प्रतितोला पुगेको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा नयाँ रेकर्ड थियो।

बुधबार छापावाल सुनको कारोबार १ लाख २६ हजार ८ सय रुपैयाँ प्रतितोलाका दरले भएको थियो। यसअघि चैत ८ गते सुनको मूल्य १ लाख २७ हजार ८ सय रुपैयाँको उचाइमा पुगेको थियो। तेजावी सुनको मूल्य छापावालको तुलनामा प्रतितोला ६ सय रुपैयाँले कम रहँदै आएको छ। शुक्रबारका लागि तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ निर्धारण छ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य शुक्रबारका लागि १ ह जार ५२५ रुपैयाँ प्रतितोला कायम गरिएको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ५१० रुपैयाँ रहेको थियो।


नबिल बैंकले गर्‍यो विद्यार्थीमाझ वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकले गर्‍यो विद्यार्थीमाझ वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं, १४ चैत । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातवटै प्रदेश कार्यालयसहित देशव्यापी कार्यक्रम गरेको छ । नबिलले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।

मार्च १८ देखि २४ गतेसम्म विश्वभर ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियानअन्तर्गत नबिल बैंकले देशका सातवटै प्रदेशमा एक हजार ९०० भन्दा बढी विद्यार्थी माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

नबिल बैंकले युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनु पर्छ र त्यसकालागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने उद्देश्यले जागरूकता अभियान सञ्चालन गर्दै आएको छ ।

ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

कोसी प्रदेशका ६७३, मधेश प्रदेशका २२०, वाग्मती प्रदेशका ४२५, लुम्बिनी प्रदेशका १३५, सुदूरपश्चिम प्रदेशका १२०, कर्णाली प्रदेशका २४० भन्दा बढी विद्यार्थी लाभान्वित उक्त कार्यक्रमबाट भएका छन् ।

नबिल बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 
 


समयै काम पूरा नगर्ने २२ कम्पनी कालोसूचीमा(सूचीसहित)

समयै काम पूरा नगर्ने २२ कम्पनी कालोसूचीमा(सूचीसहित)


काठमाडौं, १४ चैत । सरकारले २२ वटा विभिन्न निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। तीन कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको छ। यसरी कालोसूचीमा राखिएका कम्पनीहरुले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन्।


६० अर्ब डलर चाहिने भन्दै कुलमानले मागे सस्तो ब्याजदरमा ऋण

६० अर्ब डलर चाहिने भन्दै कुलमानले मागे सस्तो ब्याजदरमा ऋण


काठमाडौं, १३ चैत । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) समक्ष आग्रह गरेको छ ।

एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरेका हुन् । 


नेपालको ऊर्जा क्षेत्रको रुपरेखा तथा लगानी आवश्यकता सम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरुसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए ।

‘ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुका लागि झण्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रलाईसहित) लगानी चाहिन्छ, यसका लागि एआइआइबीजस्ता बहुपक्षीय निकायहरुबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण आवश्यक छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चिता, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात बृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनिकरणका लागि जलाशययुक्त आयोजनाहरुको निर्माण, वितरण तथा प्रसारण सञ्चाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआइआइबीको प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए ।

प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डबाट हाल एआईआईबीको लगानीमा निर्माणाधीन आयोजनाहरुको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरु, ऊर्जा क्षेत्रको पुनर्संरचना, विद्युत् निर्यातका लागि बजार सुनिश्चितता लगायतका विषयमा जिज्ञासा राखिएको थियो ।

एआईआईबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ । परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋण लुम्बिनी प्रदेशका दाङ, बाँके बर्दिया तथा रोल्पा र कर्णाली प्रदेशका ८ जिल्लाको विद्युतीकरण तथा वितरण प्रणाली विस्तार र सुधारमा खर्च गरिंदैछ ।

परियोजनाबाट १९ वटा ३३÷११ केभी वितरण सबस्टेसन, ३५० किलोमिटर ३३ केभी लाइन,१७९८ किलोमिटर ११ केभी लाइन, ३ हवा १५९ किलोमिटर एलटी लाइन निर्माण र १ हजार ४५ वटा वितरण ट्रान्सफर्मर जडान गरिने छ । उक्त परियोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता र परियोजनाको डिजाइन सम्पन्न भइसकेका छन् ।


लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन


काठमाडौं, ७ चैत । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । मंगलबार साँझ सिंहदरबारमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उनले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएका हुन् ।

लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए ।

लगानी सम्मेलनमा अधिकतम बीटुबी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूलाई उनले आह्वान गरे । निजी क्षेत्रका तीनओटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सहआयोजक रहेका छन् ।
 


पेट्रोल र डिजेलको मूल्य घट्यो 

पेट्रोल र डिजेलको मूल्य घट्यो 


काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । 
निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।  जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।