16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


एसकारण खलनायक बन्न चाहन्छिन् अभिनेत्री नाओमी

एसकारण खलनायक बन्न चाहन्छिन् अभिनेत्री नाओमी


 
 काठमाडौ, असार २२- अलादिनमा राजकुमारी जस्मिनको भूमिका निर्वाह गरेकी अभिनेत्री नाओमी स्कटले आफूले डिज्नी खलनायकको भूमिका गर्न चाहेको बताएकी छन्। २०१९ को लाइभ एक्सन म्युजिकल फेन्टासी फिल्म अलादिनमा अभिनय गरेपछि नाओमी स्क्रिनमा खराब आइमाईको रोलमा देखिन चाहेकी हुन्। यो सो वाल्ट डिजनी पिक्चर्सबाट १९९२ को एनिमेटेड क्लासिकलाई पुनर्निर्माण गरिएको हो।

नाओमीले भनिन्, ‘म वास्तवमा डिज्नी खलनायकको भूमिका निर्वाह गर्न चाहन्छु। हुन त यो मेरो वास्तविक चरित्र होइन तर म निर्दयी सैतानको भूमिका गर्न मन पराउँछु। त्यो राम्रो मान्छे होइन तर यस्तो रोल गर्न बहुत मज्जा आउँछ। त्यसैले म यो रोल गर्न चाहन्छु।’ अन्न्पुर्ण पोष्टमा खबर छ । 


उनलाई जस्मिनको रोल गर्न पनि रमाइलो नै लागेको थियो। ‘गाई रिचीको निर्देशनमा सुटिङ गर्दा यस्तो समय पनि आयो कि मैले जस्मिनको रोल गरिरहेकै छैन’, उनले भनिन्, ‘मैले जब विल स्मिथलाई भेटें त्यो समय पनि कमालको थियो। मैले उनलाई पहिलो पटक जिममा भेटेको हुँ। उनले मलाई चिनेका थिएनन्। मैले नै उनलाई बताएको हुँ कि म जस्मिनको रोल गर्दैछु। अलादिनमा विल स्मिथले जिनीको भूमिका निर्वाह गरेका छन्। एजेन्सी


निर्देशक सरोज खानको निधन

निर्देशक सरोज खानको निधन


एजेन्सी । भारतीय चर्चित नृत्य निर्देशक सरोज खानको ७२ वर्षको उमेरमा गएराती निधन भएको छ । पतिसँगै दुई छोरी र एक छोराकी आमा सरोजको हृदयघातका कारण निधन भएको बताइएको छ ।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन् । उनले झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा काम गरेकी छिन् ।


डिप्रेसनमा अभिनेत्री रानी चटर्जी

डिप्रेसनमा अभिनेत्री रानी चटर्जी


 काठमाडौ, असार १९- भोजपुरी अभिनेत्री रानी चटर्जी १५ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा काम गरिरहेकी छन्। रानीले आफू अहिले तनावमा रहेको बताइन्। रानीले इन्स्टा पोस्टमा नोट लेखेर मुम्बई पुलिससँग मद्दत मागेकी छन्। उनले आफूलाई एक व्यक्तिले दुव्र्यवहार गरिरहेको उल्लेख गर्दै लेखेकी छन्, ‘म धेरै डिपे्रसनमा छु।अन्न्पुर्ण पोष्टमा खबर छ । 

मजबुत र सकारात्मक बन्ने प्रयास गरे पनि सकिरहेको छैन। यो व्यक्तिले धेरै वर्षदेखि मेरो बारेमा फेसबुकमा घिनलाग्दा गाली गरिरहेका छन्। मैले इग्नोर गर्ने धेरै प्रयास गरेँ तर सकिरहेको छैन।’


अमेजनसँग प्रियंकाको करोडौं डिल

अमेजनसँग प्रियंकाको करोडौं डिल


  
मुम्बई , असार १९- बलिउडकी देशी गर्ल प्रियंका चोपडा अहिले मनोरञ्जनको संसारमा नयाँ उचाइ तय गर्ने योजनामा छिन्। प्रियंकाले अमेजन प्राइम भिडियोसँग दुई वर्षका लागि फस्र्ट लुक टेलिभिजन सम्झौता गरेकी छन्। यो सम्झौतापछि उनले विश्व टेलिभिजनको दुनियाँमा विदेशी कन्टेट सुरु गर्दै छिन्। 

यसका लागि प्रियंकाले अमेजनसँग दुई वर्षका लागि ‘मल्टिमिलियन डलर फस्र्ट लुक टेलिभिजन डिल’ मा हस्ताक्षर गरेकी हुन्। यसको जानकारी प्रियंकाले सोसल मिडियामार्फत दिएकी छन्। प्रियंकाले इन्स्टाग्राम अकाउन्टमा लेखेकी छन्,

‘कलाकार र निर्माताका रूपमा मैले सधैं भाषा र भूगोलभन्दा टाढा गएर रचनात्मक सामग्री पस्कने कोसिस गरेकी छु। मेरो प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्स अमेजनसँग नयाँ काम गर्न उत्साहित छ।’अन्न्पुर्ण पोष्टमा खबर छ । 

प्रियंकाले भनिन्, ‘एक कथाकारका रूपमा म नयाँ विचार खोज्ने कोसिस गर्छु यसले मनोरञ्जन मात्रै नदिएर दर्शकको दिमाग उघारिदेओस् र नयाँ विचार पैदा गरोस्। म आफ्नो २० वर्षको करिअर हेर्छु। लगभग ६० फिल्म गरेपछि मलाई अनुभव भइरहेछ कि उद्देश्य पूरा गर्न म सही बाटोमा नै हिँडिरहेको छु।’ प्रियंकाले यसअघि अमेजनका दुई उत्पादनमा काम गरिसकेकी छन्। पहिलो रियलिटी डान्स सो ‘संगीत’ थियो जसमा उनले पति निक जोनससँग मिलेर निर्माण गरेकी थिइन्। दोस्रो प्रोजेक्ट ‘एन्थोनी एन्ड जोए रुसोस सिटाडेल’ थियो। यसमा ‘गेम अफ थ्रोन्स’ र ‘बडिगार्ड’ का रिचर्ड मैडन लिड रोलमा थिए।


 बिजुलीको बिल  धेरै आएपछि नायिका तपसीलाई  तनाव

 बिजुलीको बिल  धेरै आएपछि नायिका तपसीलाई  तनाव


 
मुम्बई, १९ असार । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू दिक्क भएका छन् ।

लक डाउनकै बेला काम बिजुली खबप भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो समस्या भोग्नु परेको हो । आफ्नो बिजुली बिल ७ सय गुना बढी आएको भन्दै यी अभिनेत्रीले ट्विट गरेकी थिईन् । त्यसपछि त्यहाँको बिद्युत कार्यालयले बिल सच्याएर उनलाई पहिलाकै हाराहारीको बिल पठायो ।

अर्की अभिनेत्री हुमा कुरैशीले पनि आफूलाई बिधुत कार्यालयले ठगेको बताएकी छिन् । अभिनेत्री हुमाका अनुसार उनको गत महिनासम्मा मासिक ५ हजार देखि ७ हजार रुपैयाँसम्म बिजुली बिल आउने गरेको थियो । तर यतीबेला आफूलाई एक महिनाकै ५० हजार रुपैयाँ बिल आएको हुमाले बताएकी छिन् ।

यी अभिनेत्रीले पनि एक ट्विट लेख्दै बिजुलीको बिल यसरी पछिल्लो महिना किन ८ सय प्रतिसत बढी आएको भन्दै प्रश्न उठाएकी छिन् । लकडाउनका कारण घरमा कुनै छायांकन पनि नभएको र त्यती धेरै पैसा उठ्ने गरी कुनै पनि प्रकारको बिजुली खपत हुने काम आफूले नगरेको बताएकी छिन् । यसलाई विधुत कार्यालयका कार्मचारीको लापरवाही भएको जिकिर गर्दै चर्को बिलको उनले विरोध गरेकी छिन् । अघिल्लो महिना मासिक ६ हजार रुपैयाँ बिल आएकेमा यसपटक कसरी ५० हजारको बिल आयो प्रस्ट पारियोस भन्दै हुमाले ट्विट मार्फत प्रतिप्रश्न गरेकी छिन् ।

बलिउड अभिनेता शाहरूख खानदेखि विभिन्न कलाकारहरूले यस अघि यसरी अनावश्यक चर्को रुपमा बिजुलीको बिल तिर्नु परेको भन्दै बिरोध गरिसकेका छन् । यसपटक अभिनेत्री हुमा र तपसी बिजुलीको महँगो बिलबाट पीडित भएको खबर आजको राजधानीले प्रकाशन गरेको छ ।


बलिउड अभिनेता आमिर खानका सदस्यको कोरोना रिपोर्ट आयो

बलिउड अभिनेता आमिर खानका सदस्यको कोरोना रिपोर्ट आयो


मुम्बई- बलिउड अभिनेता आमिर खानले आफ्ना कोही सहयोगीलाई कोरोना पोजिटिभ देखिएको जनाएका छन् । उनले कोरोना पोजिटिभ देखिएका सहयोगीलाई तुरुन्तै क्वारेन्टिनको व्यवस्था गरिएको बताए ।

साथै उनले घरमा रहेका बाँकी सदस्यको पनि परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जनाए । अभिनेता आमिरले बिएमसीले संक्रमितलाई मेडिकल सेवा उपलब्ध गराएको र उनीहरुको राम्रो रेखदेख गरेको समेत उल्लेख गरे ।सौय दैनिकमा खबर छ ।

उनले आफ्नी आमाबाहेक अन्य सबैको कोरोना परीक्षण गरिएको जनाउँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हामी सबैको कोरोना परीक्षण भयो र रिपोर्ट नेगेटिभ आएको छ । अब म आमाको कोरोना परीक्षण गराउँछु, उहाँको मात्रै परीक्षण बाँकी छ ।’ उनले आमाको नेगेटिभ रिपोर्टका लागि प्रार्थना गरिदिन समेत सबैमा आग्रह गरेका छन् ।


फिल्ममा नराम्रो अनुभव भोगेकी छुः साम्राज्ञी

फिल्ममा नराम्रो अनुभव भोगेकी छुः साम्राज्ञी


  काठमाडौं,  असार १८ -आफूले काम गरेका केही चलचित्रमा नराम्रो व्यवहार भोग्नुपरेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताएकी छन् । उनले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नराम्रो व्यवहार भोग्नुपरेको जिकिर गरेकी छन् । आफूले के भोगे त्यो विषय बताउन नसक्ने उनले जनाएकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै आफूले चलचित्र क्षेत्रमा भोगेको नराम्रो व्यवहारका बारेमा चर्चा गरेकी छन् । उनले भिडियोमा भनेकी छन्, ‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो ।सौय दैनिकमा खबर छ । 

हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ अभिनेत्री साम्राज्ञीले सो समयमा आफ्नाबारेमा धेरै ट्रोल बनेको उल्लेख गरेकी छन् । उनले काम गरेका प्रायः ब्यानरमा उनी दोहोरिएकी छैनन् । उनले यसबारेमा भनेकी छन्, ‘म नदोहोरिनुको कारण उहाँहरूले मलाई गर्ने व्यवहार नै हो ।

एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । कैयौं पटक ह्यारेसमेन्ट भएको छ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपथ्र्यो ।’ अभिनेत्री साम्राज्ञीले चलचित्र सुटिङका बेला समयमै खाना, पानी उपलब्ध नहुँदा यसबारेमा बोल्दासमेत अपशब्द प्रयोग गरिएको गुनासो गरेकी छन् ।

उनले काम गर्नेवेला आफूलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरैबेर रोएर फेरि केही नभएजस्तो गरी काममा फर्किएको सुनाइन् । उनले आफूले काममा विश्वास गर्ने भएकाले त्यसप्रति उच्च सम्मान रहेको बताएकी छन् । अभिनेत्री साम्राज्ञीले चलचित्र क्षेत्रमा भोगेका दुखान्तका बारेमा आफूलाई केही निर्देशकले बोल्न हुँदैन भनेर सुनाएको बताइन् ।

उनले एक जना निर्देशकको रुष्ट व्यवहारको विषयमा आफूले सुनेको तर त्यस्तो हुनुहुन्न होला भनेर काम गरेको बताइन् । त्यसबारेमा उनले भनिन्, ‘तर, मैले काम गरेपछि सबै सोचाइहरू टुटेर गए । मेकरहरू यस्तो विषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर यस्तो विषय बाहिर नआओस् भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’

भिडियोमा उनले आफूले यसबारेमा बोल्दा आफूलाई माया वा घृणा जे पनि आउन सक्ने जिकिर गरेकी छन् । तैपनि उनले आफूलाई नराम्रो प्रतिक्रियाको बानी परिसकेको उल्लेख गरेकी छन् । भिडियोमा भावुक देखिएकी उनले केही समयअघि फ्यानहरूसँग कुरा गर्दै आफूले अब पहिलेको जसरी धेरै चलचित्रमा काम नगर्ने बताएकी थिइन् ।

उनले ‘ड्रिम्स’ बाट चलचित्र क्षेत्रमा डेब्बु गरेकी थिएन् । अभिनेत्री साम्राज्ञीले अभिनय गरेको पछिल्लो चलचित्र अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’ हो ।
 


प्राण त्याग गर्नु अघि सुशान्तले यस्तो कुरा सर्च गरेका रहेछन्, सबै देखायो फरेन्सिक रिपोर्टले

प्राण त्याग गर्नु अघि सुशान्तले यस्तो कुरा सर्च गरेका रहेछन्, सबै देखायो फरेन्सिक रिपोर्टले


काठमाडौं  । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मोवाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । 

सशुान्तको आत्महत्याको विषयमा प्रहरी अनुसन्धानमा जुटेको प्रहरीले बाहिर ल्याएको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्टमा सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए । 

उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।


 


भुवन-साम्राज्ञी जुहारी : ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’

भुवन-साम्राज्ञी जुहारी : ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’


काठमाडौ, असार १८ -बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि मनोरञ्जन उद्योगमा सुरु भएको ‘नेपोटिज्म’ र ‘ग्रुपिजम’को बहस जारी रहेकै बेला यो क्षेत्रमा हुने हिंसा, दुव्र्यवहार र शोषणका बारेमा पनि कलाकारहरू खुल्न थालेका छन्।

अभिनेता पल शाहले फिल्ममा काम गरेको पारिश्रमिक नपाएको विषय सार्वजनिक गरे। निर्माताले विभिन्न बहाना बनाएर वर्षौंसम्म झुलाएको उनको गुनासो छ। उनको यो प्रयासपछि एकपछि अर्को कलाकार आफूमाथि हुने गरेका हिंसाका विषयमा खुल्न थालेका छन्। सामाजिक सञ्जालमा निर्माता, कलाकार र प्राविधिकहरूको दोहोरी चल्न थालेको छ।

अभिनेत्री साम्राज्ञी आरएल शाहले पुरानो किस्सा उठान गरेकी छन्। उनले आफ्नो डेब्यु फिल्म ‘ड्रिम्स’ खेल्ने क्रममा भोगेका कुरा सार्वजनिक गरेपछि फिल्मका निर्माता तथा अभिनेता भुवन केसीबीच जुहारी चलेको छ। आठवटा फिल्म खेलेकी शाहले तीनवटा फिल्म खेल्दा भोग्नु परेको दुव्र्यवहार व्यक्त गर्नै नसकिने भएको उल्लेख गरेकी छन्। उनले भिडियो सार्वजनिक गर्दै फिल्ममा काम गर्दा धेरै नराम्रा अनुभव भोगेको बताएकी छन्।अन्नपुर्ण पोष्टमा खबर छ । 

कसले दुव्र्यवहार गरेको थियो भनेर नाम किटान नगरे पनि उनको भनाइ निर्माता तथा अभिनेता भुवन केसीमाथि लक्षित थियो। उनले विभिन्न अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’को सुटिङ सेटमा आफूमाथि नराम्रो व्यवहार भएको खुलेर बोलिसकेकी छन्।

साम्राज्ञीको भिडियो आएपछि भुवनले फेसबुकमा कडा स्टाटस लेखेका छन्। साम्राज्ञीलाई लक्षित गर्दै भुवनले अहिलेसम्म ‘ड्रिम्स’को नाम बेचेर खाइरहेको उल्लेख गरेका छन्। उनले साम्राज्ञीलाई ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि भुवनले सुझाव दिएका छन्। भुवनको स्टाटस सार्वजनिक भएपछि साम्राज्ञीले पनि इन्स्टाग्राममार्फत जवाफ फर्काएकी छन्।

साम्राज्ञीले भनेकी छन्, ‘एकजनाले के भन्नुभएको छ, जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो। उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन। आज यो अवस्था आएकै उहाँले गर्दा हो।’

उनले जापानमा आयोजित अवार्ड कार्यक्रममा पनि भुवनले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘तँ त मेरो प्रोडक्ट हो। अब पुरानो कुरा कोट्याएर के फाइदा रु तँ एउटा ठाउँमा पुगिसकिस्, यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो। त्यति बेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो। तैपनि हाँसेर बोलेँ।’

‘ती कुरा अलि टाढाबाट पनि भन्न सकिन्छ नि। गाला जोड्याएर, टाँस्सिएरै भन्नुपर्छ र रु छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो। तैपनि म सुनिरहेँ। उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन। त्यसैले मैले उहाँलाई ‘हुन्छ दाइ’ भन्दै धकेलेँ।’

साम्राज्ञीले आफूलाई नेपाली फिल्म क्षेत्रप्रति वितृष्णा जाग्नुको कारण भुवन केसी भएको बताएकी छन्। तीन दिनअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिले आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएकी हुन्।

नेपाली फिल्म क्षेत्रमा अग्रज कलाकारले नयाँ कलाकारलाई शोषण गर्ने गरेको प्रसंग बेलाबेलामा आउने गरेको छ। तर कसैले पनि आफूमाथि यस्तो व्यवहार भएको खुलेर बताउन सकेका थिएनन्। तर अहिले साम्राज्ञी खुलेपछि अन्य कलाकार पनि हौसिएका छन्। यसले अब धेरैको पोल खुल्ने ‘डर’ पनि पैदा भएको छ।

अभिनेत्री साम्राज्ञीले आफूलाई सुटिङ स्थलमै अश्लील गालीसमेत गरेको भनेर भिडियो सार्वजनिक गरेकी छन्। भुवनले त्यसमा पनि प्रतिक्रिया जनाएपछि साम्राज्ञी थप खुलेर आएकी हुन्।

उनले आफूले अहिले यो कुरा सार्वजनिक गरेर ठीक गरेँ कि बेठीक भन्ने महसुस गरिरहेको पनि बताएकी छन्। ‘आपूmमाथि भएको दुर्व्यवहारबारे थाहा हुँदा पनि अन्य कलाकारले महिला भएका कारण यस्ता कुरा बाहिर ल्याउँदा ‘भुवनलाई भन्दा तिमीलाई नै असर गर्छ’ भनेर मलाई सम्झाए। त्यति बेला म सानै थिएँ। यस्ता कुरा थाहा थिएन। त्यसैले सहेर बसेँ’, उनले भनेकी छन्, ‘तर अहिले पनि यसबाट के असर गर्छ मलाई थाहा छैन। तर हल्का महसुस भने भइरहेको छ।’

‘महिलाबाट पुरुष पनि प्रताडित छन्’
फिल्म निर्देशक विशाल भण्डारीले यो क्षेत्रमा महिलाबाट पुरुष पनि प्रताडित भएको भनाइ सार्वजनिक गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ कुरा महिलालाई गरिने दुव्र्यवहारको मात्र हैन, दरिद्र सोचको पनि हो। कामको लोभमा गरिने आचरण र त्यसको नतिजाको पनि चर्चा हुन जरुरी छ। हरेक घटनाको तीन पाटो हुन्छ। पहिलो पक्ष, दोस्रो पक्ष अनि सत्य। सत्य कहिल्यै बाहिर आउँदैन। घटनाको यथार्थ र गहिराइ नबुझी धारणा व्यक्त गर्दा निर्दोषलाई मानसिक पीडा हुन्छ।’

‘वर्तमान समाजले पुरुषले महिलालाई थप्पड हान्दा कस्तो फटाहा रहेछ केटो र महिलाले पुरुषलाई थप्पड हान्दा पनि पक्कै केटाकै गल्ती हो भन्ने एकपक्षीय धारणा बोकेको छ। यो धारणा परिवर्तन हुनु जरुरी छ। सुन्दरतालाई हतियार बनाउन पल्केका महिलाले पुरुषलाई ब्ल्याकमेल गर्न सक्ने गरी सामाजिक बहस हुनु हुँदैन रु सर्वपक्षीय बहसको आवश्यकता छ’, उनले फेसबुकमा लेखेका छन्। ‘पुरुष पनि प्रताडित छन् यहाँ। तर, महिला ठूलो संख्यामा पीडित छन्, यसमा दुई मत छैन। गलत प्रवृत्तिविरुद्ध आवाज उठाउनु जरुरी छ’, उनले लेखेका छन्।


म यो क्षेत्रमा ३० वर्षदेखि छू, टुप्पोबाट पलाएको पनि छैन’ दिपाश्री निरौला

म यो क्षेत्रमा ३० वर्षदेखि छू, टुप्पोबाट पलाएको पनि छैन’ दिपाश्री निरौला


काठमाडौं, १८ असार। नेपाली सिनेमाका चर्चित नायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको आशयमा एक अन्तर्वाता दिएकी हास्यकलाकार दिपा श्री निरौला विवादमा तानिएकी छन् ।

चौतर्फि विवादमा तानिएपछि फेसबुमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यानसँग माफि मागेकी छन् । निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने बताएकी छन् ।

कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीले सहयोग गरे पनि महानायक हमालले नगरेका कारण आफूले सो टिप्पणि गरेको निरौलाले बताएकी छन् ।यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।यस्तै आफ्नो विगत सम्झदै निरौलाले लेखेकी छन्, मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन ,म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन ।