07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


 मिस युनिभर्स नेपालको उपाधि सुजिताले जितिन् 

 मिस युनिभर्स नेपालको उपाधि सुजिताले जितिन् 



काठमाडौं, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’को उपाधि सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन् । काठमाडौंको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रायोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए । गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले गरेकी थिइन् ।
 


माया गर्ने दीपीका !

माया गर्ने दीपीका !



काठमाडैं । म्युजिक भिडियो मोडलिङ, निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपीका भट्टले आफुलाई पुनः भिडियो निर्देशनमा रीर्टन व्याक गराएकी छिन् । अभिनय एवं निर्देशन दुबैमा रुचि राख्ने दिपिका यसो त गीतकार समेत हुन् । बिभिन्न टेलिसिरियलहरु गर्ने गरेकी दिपीका भट्टले आफूलेनै लेखेको गीतको भिडियो लिएर आएकी छिन् । म माया गर्छु... बोलको यो गीतलाई हाइलाइट्स मार्फत रीलीज गरिएको छ ।
म माया गर्छु... बोलको यो गीतलाई उनले निर्देशन गरेकी हुन् । दीपीका भट्टको आफ्नै शब्द रहेको गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ । गीतको भिडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन् । रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटी विचको प्रेम कथा दर्शाइएको छ । अब निरन्तर रुपमा भिडियो निर्देशनमा लाग्ने लक्ष्य राखेकोले यो गीतबाट निर्देशनमा रीटर्न व्याक गरेको दीपीकाको भनाई छ ।


'फर्कन छोरा 'गीत सार्वजनिक(भिडियोसहित)

'फर्कन छोरा 'गीत सार्वजनिक(भिडियोसहित)



काठमाडौं । बा, आमाअनि छोरो ।सानो सुखी परिवार । खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धनकमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमामात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमाएक्ला। उमेरले डाँडो काट्दै गएपछि कामगर्न सक्दैनन् । खेतबारी बाँझै । परदेशिएको छोरो फर्किदैन । सहजमा त बुढाबुढी बसेकै छन् । दुःखपर्दा ? साथमा छोरोसमेत छैन । आमाअचानक बिरामी पर्छिन् र मृत्युवरण गर्छिन् । परदेशिएको छोरो आमा मर्दासमेत साथमा छैन । धनकमाउन गएको छोरो आमा गुमाउँदा पनि साथ हुनपाउँदैन भने त्यो धनको के काम ?
सानो हुन्जेल छोरोलाई माया, ममताको खाँचो हुन्छ । छोरो ठूलो भएपछि बा, आमालाई छोराको माया, ममताको खाँचो हुन्छ । तर दुःखपर्दा धन छ छोरो छैन भने त्यो धनको के अर्थ ?के पैसा पकाएर खान मिल्छ ? के पैसो खाँदा छोराको न्यानो माया प्राप्त हुन्छ ?
यो अहिलेको नेपाली समाजको विवश परिवेश हो । चाहेर, नचाहेर नेपाली समाजले अहिले यही अवस्था भोगिरहेको छ । गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा भका बाबुआमा मात्रै । पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुले अनुभव नै गर्न पाउँदैनन् । कतिपयले त छोरो छ भन्न समेत पाउँदैनन् । धनभन्दापहिले काठको बाकसमा छोरो फर्किसकेको हुन्छ । यही कारुणिक परिवेशलाई समेटेर प्रवीण खतिवडाले ‘फर्कन छोरा...’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन् । 
भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । यो गीतको म्यूजिक भिडियोको सह निर्देशकमा विनोद खतिवडा रहेका छन् । दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटो ग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंग संयोजन रहेको छ ।
केशव दाहालको शब्द र संगीतमा बनेको यो गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् । 
गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए । । यो गीतको भिडियोमा पैसा वाधनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्यपनि देखाइएको छ । दुःखपर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धनभन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।
गायक समेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमालाको पिरती...’, ‘चौतारीमा बसौंन पियारी...’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।


संगीताले ल्याइन तीज गीत ‘मै घुमें फनफनी’(भिडियोसहित)

संगीताले ल्याइन तीज गीत ‘मै घुमें फनफनी’(भिडियोसहित)



काठमाडौं । गायिका संगीता शिवाकोटीले मै घुमें फनफनी’ बोलको तीज गीत बजामामा ल्याएकी छिन् ।

गायिका शिवाकोटीको प्रस्तुती रहेको गीतमा तिलक बस्नेतको शब्द, संगीत र स्वर समेत रहेको छ । सुदीप सागरको एरेन्ज रहेको गीतको म्युजिक भिडियो समेत निर्माण गरिएको छ । शिव बिकको निर्देशन रहेको गीतमा आकाश श्रेष्ठ र बर्षा शिवाकोटीले अभिनय गरेका छन् ।

गायिका शिवाकोटीले एक दर्जनवढी अन्य गीत तथा ‘कभर सङ्ग’ गाई सकेकी छिन् भने चाँडै दर्शकमाझ सार्वजनिक गर्ने बताइएको छ ।


कमल घिमिरे र मोनिका घिमिरेले ल्याए तीजको गीत ‘कोरोनाले देशै खायो’(भिडियोसहित)

कमल घिमिरे र मोनिका घिमिरेले ल्याए तीजको गीत ‘कोरोनाले देशै खायो’(भिडियोसहित)



काठमाडौं, ४ साउन । कमल घिमिरे र मोनिका घिमिरेको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
कमल घिमिरेको शब्द, संगीत रहेको गीतमा अलिफ खान, संगीता पौडेल, रेशम चेपाङ र संचिता गुरुङको स्वर रहेको छ । गीतको एजेन्ज हेमन्त शिशिरले गरेका छन् । गीतको भिडियोमा रमेश थापा, कल्पना घिमिरे, युनिका क्षेत्री र कपिल मगरको अभियन रहेको छ ।
हेमन्त शिशिरको मिक्सिङ रहेको गीतको निर्देशन रुपेश श्रेष्ठले गरेका छन् । यस्तै छायांकन वीरेन्द्र परियारले गरेका छन् भने सम्पादन अनिल विष्ट ‘प्युठानी’ गरेका छन् । गीतलाई चितेली क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हाल रोजगारीका क्रममा साउदीमा रहेका लमजुङ बेसीशहर नगरपालिका ११ का कमल घिमिरले यस अघि ‘आँशु आमाको’, ‘लाहुरेकी छोरी’, ‘खोटी कर्म’ लगायतका गीत बजारमा ल्याइ सकेका छन् । 

हेर्नुहोस् भिडियो


घमेश दुलाल र प्रविष अधिकारीको ‘बनमा खयर’ लोकदोहोरी ’(भिडियोसहित)

घमेश दुलाल र प्रविष अधिकारीको ‘बनमा खयर’ लोकदोहोरी ’(भिडियोसहित)



काठमाडौं, १५ फागुन । लोक दोहोरी क्षेत्रमा एक छत्र राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पर्थ्यो कि युटुवमा खोज्न थाल्नुपर्थ्यो ।

उनका शुभचिन्तकको मनमा लागेथ्यो अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएर बसीरहेका छन् ।

गुमनाम जस्तै भएका गायक घमेशको जिवनले कोल्टे फेरेको छ, पछिल्लो समयमा उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लिन छन् केहि समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गितहरु गर्दै आएका घमेश दुलाल  लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका  छन् । काठमाडौंको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल  रेकर्डिङ स्टुडियो संचालमा ल्याएका छन् , यसकै उपज हो ११ वर्ष पछिको उनको पुनरागमन सहितको नयां लोक दोहोरी गीत ‘वनमा खयर’ ।

‘वनमा खयर’ मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । चर्चीत रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियो नेपालमा गीत गाउंदा समय देखिका दौंतरी समेत हुन् । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले एरेन्जर गरेका हुन् । 

डिएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा स्रोता माझ आउन लागेको गीतको भिडियोमा निकै मिहेनत गरीएको डिएआर मुभिजका राजाराम गौतमले बताए । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । सोलुखुम्बुको रमणिय स्थलमा भिडियो छायांकन गरीएको डीएआर मुभिजका विवेक चौलागाईले बताए ।

केही समय अगाडि ‘भुल’ लोक दोहोरी गीत मार्फत घमेश दुलाल आउने चर्चा भएको थियो , भुलमा लोकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकि छन् । उक्त गीतको सुटिङ गर्न उपयुक्त समयको पर्खाईमा रहेकाले वनमा खयर त्यो भन्दा अगाडि आएको एक्सन स्टुडियोका सञ्चालक तथा गायक , सर्जक श्याम धितालले बताए । यसपछि पनि उनका लगातार गीत आउने तयारीमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

 

 


जन्मदिनमा देशभक्ति गीत’(भिडियोसहित)

जन्मदिनमा देशभक्ति गीत’(भिडियोसहित)



काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडियो सार्वजनिक गरेका छन् ।

आफ्नो ५२ औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ल्याएका हुन् । ‘सयौं भाषा, सयौं भेष, सयौं जात–जाति, सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’ बोलको गीतमा पहिचानको सवाल उठाइएको छ ।

नेपाल १२५ जात–जाति र १२३ भाषाभाषी भएको इन्द्रधनुषी देश हो । यही वास्तविकता गीतकारले आफ्नो गीतमा शब्दमार्फत भाव व्यक्त गरेका छन् ।

नेपालमा बसोबास गर्ने मुख्यमुख्य राष्ट्रियता (जातीय–भाषिक समुदाय) हरूका विषयमा गीतमा उल्लेख गरिएको छ । जस्तैः लिम्बू–राई–तामाङ–नेवार–गुरुङ–मगर–थारू–मुस्लिम–मधेसी–क्षेत्री–बाहुन–दलित ।

राष्ट्रिय एकताको नाममा कसैको पहिचान नस्वीकार्ने अनि पहिचानको नाममा नेपाली हूँ भन्ने नै बिर्सने यी दुबै अतिवादी विचलनविरुद्ध छ यो गीत । यस गीतले नेपाली हुनुमा असाध्यै गर्व गर्छ । साथै सबै जात–जाति, भाषाभाषी, भेषभूषा, भूगोल, संस्कृति सबैको सम्मान पनि गर्छ । सारमा यस गीतले वैचारिक सन्देश दिएको छ ।

राजेश पायल राईको लिड भोकल रहेको यस गीतको संगीत रमेश खड्काले गरेका छन् । शब्द त सुन्दर छँदैछ, त्यतिकै सशक्त स्वर र संगीत पनि छ । समग्रमा गीत सुन्दर र उत्कृष्ट छ । गीत हाइलाइट्स नेपालको युटुब च्यानलमा गीत उपलब्ध छ ।

हेर्नुहोस् भिडियो


 


तमु ल्होसार शुभकामना गीत सार्वजनिक(भिडियोसहित)   

तमु ल्होसार शुभकामना गीत सार्वजनिक(भिडियोसहित)   



काठमाडौं, १२ पुस । तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा सङ्गीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ ।     
 गीतको भिडियो गायक पवन राना युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ ।  पर्यटकीयस्थल गोर्खाको सिरानचोकमा छायाङ्कन गरिएको उक्त गितको निर्देशन दीप कोके गुरुङको छभने छायाङ्कन मधुर बस्नेतको रहेको छ । हाल जापानमा रहेका मनराज गुरुङको शब्द सङ्गीत रहेको गीतको सङ्गीत संयोजन विलन थापाले गरेका छन् । स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गरेका छन् । 

भिडियो 


पाइरेसी भएपछि ‘छक्का पञ्जा ३’ यूट्युबमा(भिडियोसहित)

पाइरेसी भएपछि ‘छक्का पञ्जा ३’ यूट्युबमा(भिडियोसहित)


काठमाडौं, ९ पुस । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहद्वारा निर्मित फिल्म ‘छक्का पञ्जा ३’ यूट्युबमा सार्वजनिक भएको छ । दुई वर्ष अगाडि सिनेमा हलमा प्रदर्शन भएको फिल्म दशैंअघि ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा राखिएको थियो । फिल्म पाइरेसी भएपछि डिजिटल राइट्स लिएको हाइलाइट्स नेपालले बुधबार साँझ यूट्युबमा सार्वजनिक गरेको हो । 
फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सन विक्रम राई, नीर शाहलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा समावेश दुई गीत ‘पहिलो नम्बरमा र पछि उमेर ढल्किन्छ’ अहिले पनि चर्चामा छन् ।

 


कमल घिमिरेले ल्याए ‘माछी तालमा’ (भिडियोसहित)

कमल घिमिरेले ल्याए ‘माछी तालमा’ (भिडियोसहित)


काठमाडौं, २३ मंसिर । कमल घिमिरेले नयाँ लोक दोहोरी गीत ‘माछी तालमा’ बजारमा ल्याएका छन् । घिमिरेकै शब्द रहेको गीतमा गायक जीवन परियार र गायिका रितु तामाङको स्वर रहेको छ । गोर्खाली मिडियाबाट बजारमा आएको गीतमा कपिल मगरको लय र रुपेश श्रेष्ठले निर्देशन रहेको छ । गीतको सम्पादन अनिल विष्ट‘प्युठानी’ले गरेको हुन् भने छायांकन वीरेन्द्र परियारले गरेका छन् । भिडियोमा कपिल मगर र मिरा गुरुङको अभिनय  छ । लमजुङ बेसीशहर नगरपालिका ११ घर भई हाल रोजगारका लागि साउदी अरबमा रहेका घिमिरेले यसअघि ‘आँशु आमाको’, ‘लाहुरेकी छोरी’ लगायतका गीत बजारमा ल्याइसकेका छन् । 

हेर्नुहोस् भिडियो