07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


 ‘अभागी परदेशी’ सार्वजनिक(भिडियोसहित)

 ‘अभागी परदेशी’ सार्वजनिक(भिडियोसहित)


काठमाडौं, २५ भदौ ।  लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छ । गीतमा भिसु भण्डारीको शब्द रहेको छ भने गायक कँडेलकै लय रहेको छ ।

गीतको भिडियोमा मोडल विकास लामिछाने र रुपा कँडेलको अभिनय रहेको छ । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु दहालको सम्पादन रहेको छ । 

हेर्नुहोस्

https://www.youtube.com/watch?time_continue=10&v=rLrLw1fmABU&feature=emb_logo


रहेनन् तेलुगू फिल्मका चर्चित कलाकार जय प्रकाश रेड्डी

रहेनन् तेलुगू फिल्मका चर्चित कलाकार जय प्रकाश रेड्डी


एजेन्सी । तेलुगू फिल्मका चर्चित कलाकार जय प्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ । रेड्डीको गुन्टूरस्थित आफ्नो घरमा हृदयघातका कारण निधन भएको हो । हृदयघात भएपछि उनी बाथरुममा लडेका थिए । सानै उमेरदेखि अभिनयमा होमिएका उनी एक शिक्षक थिए । फिल्ममा प्रायः नेगेटिभ र कमेडी भूमिकामा देखिएका उनको पहिलो फिल्म ‘ब्रह्म पुत्रुदु’ थियो । 
 
तर, यो फिल्मबाट उनले सफलता प्राप्त गर्न सकेनन् । करीब एक दशकपछि उनले फिल्म ‘प्रेमिचुकन्दम रा’ मा काम गरे । तर, बालकृष्ण स्टारर ‘समरसिम्हा रेड्डी’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यसबाट भिलेनको रुपमा उनलाई पहिचान मिलेको थियो । उनले ‘नरसिम्हा नायडू’, ‘आनन्दम’, ‘कबड्डी कबड्डी’, ‘चिन्ना’, ‘किङ’ लगायतका फिल्ममा काम गरेका छन् । उनको निधनले यतिबेला तमिल र तेलुगूमा शोक छाएको छ । 


महेश अवस्थीको वास्तविक जीवनमा आधारित गीत ‘जिन्दगी’ (भिडियोसहित)

महेश अवस्थीको वास्तविक जीवनमा आधारित गीत ‘जिन्दगी’ (भिडियोसहित)


काठमाडौं, २१ भदौ । आफ्नो सन्तानलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक जीवनमा आधारित अत्यन्तै मार्मिक गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायिका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ । संगीत संयोजन महाराज थापाले गरेका छन् । बैतडीका पत्रकार अवस्थीका छोरा सिवांशको जन्मेको १४ औँ दिनदेखि कलेजोमा खराबी आइ त्रिवि शिक्षण अस्पताल काठमाडौंको १ महिनाबढी आइसियुको उपचारपछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो ।
चेन्नाइको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा अवस्थीले छोरालाई कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो ।
घटनाको बारेमा थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायिका सापकोटाले पहल तथा अगुवाइ  गरेकी हुन् । 
गायिका सापकोटा भन्छिन्,‘महेश ,गिता दम्पतीले सन्तान प्राप्तिको लागि गरेको सघंर्ष सम्झिदा निकै कहाली लाग्दो छ, सोहि वास्तविकतालाइ मैले आफैँ शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ , समाजमा छोराछोरी प्रति धेरै विकृतिहरु सुन्न हेर्न सकिन्छ तर आफ्नो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाइ यो गीतबाट झल्काउन खोजेकि छु । मैले यस्तो वास्तविक कथामा आधारित भावुक गीतमा पहिलो पटक छोटो समयमा शब्द, संगित गर्न सफल भएकोमा खुसी पनि छु ।’ ‘जिन्दगी’ गीतलाई अहिलेका चर्चित निर्देशक युवराज वाइबाले छायांकन गरेका छन् । निर्देशक वाइबा भन्छन्, ‘कलेजो काटेर दिने ति महान पिताको वास्तविक घटनालाई भिडियोमार्फत तपाईहरू माझ लिएका हौँ, अहिले सम्म धेरै काम गरियो तर यो हाम्रो लागि फरक काम हो, सँधैभरि पैसा मात्र पनि हेर्नुहुँदैन भन्ने हिसावले अवस्थी परिवारलाई थोरै भएपनि खुसी दिनको लागि हामी कलाकारहरूले कोरोनाको कहरको बेला विभिन्न चुनौति मोल्दै, निःशुल्क यो गीत तयार पारेका हौँ।’ भिडियोमा निर्मल नेउपाने र रेखा घिमिरेले निकै भावुक बनाउने अभिनय गरेकी छन् । ‘जिन्दगी’ युट्युबमा राखेपछि आउने रोयल्टी सिवांश अवस्थीको उपचारमा खर्च गर्ने कलाकारहरूले बताएका छन् ।
गायक भट्टराई भन्छन्, ‘हामिले ‘जिन्दगी’ गीतलाई मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौँ, म आफैँ पनि स्टुडियोमा गाउँदा गाउँदै निकै भावुक भए सबै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा छ ।’ उनले सिवांश उपचारमा सहयोग होस भन्ने हेतुले गीत बनाएको हुनाले सबै दर्शकहरुले हेरेर, शेयर गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


 


तेस्रो नेपाल आइडल बनिन् सज्जा चौलागाईं

तेस्रो नेपाल आइडल बनिन् सज्जा चौलागाईं


काठमाडौं, १२ भदौ ।  नेपाल आइडल तेस्रो सिजनको विजेता सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा  विजेता बनेकी हुन्।  फस्ट रनर अप प्रविढा भेटवाल भए, भने सेकेन्ड रनरअप किरणकुमार भुजेल भएका छन् । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट सज्जा चौलागाईं तेस्रो नेपाल आइडल घोषणा भएकी हुन् ।

एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।
दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्।

त्यस्तै प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्। सेकेन्ड रनर अप भएका किरण कुमार भुजेल भएका छन् । उनले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्। कोरोना संक्रमण जोखिमका कारण यो सिजनको फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै अत्यन्तै सीमित व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
चैत पहिलो साताबाट स्थगित भएको नेपाल आइडल केही साता अगाडि सुरु भएको थियो। यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए। 


आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा फिल्म पढ्न पाइने 

आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा फिल्म पढ्न पाइने 



काठमाडौं, ११ भदौ । आगामी शैक्षिकसत्रदेखि विद्यालय तथा क्याम्पस तहका विद्यार्थीले  फिल्म पढ्न पाउने भएका छन् । आम मानिसलाई नेपाली फिल्मको इतिहास र प्राविधिकलगायतका पक्षमा जानकारी दिने उद्येश्यले विद्यालयको पाठ्य पुस्तकमा फिल्मलाई समेट्न लागिएको हो । पाठ्यक्रम विकास केन्द्रसँग फिल्मलाई पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भएको चलचित्र विकास बोर्डले जानकारी दिएको छ । 
 
यसका लागि पाठ्यक्रम विकास केन्द्रले बोर्ड अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ । अध्यक्ष दाहालले पाठ्यक्रम विकास केन्द्रसँग यसबारेको छलफल करिब अन्तिम चरणमा पुगिसकेको जानकारी दिए । यस वर्ष ढिला भइसकेका कारण अर्को वर्षदेखि फिल्मलाई पाठ्यक्रममा समावेश गरिने उनको भनाइ छ । 
 
विद्यालय तहको पाठ्यक्रममा फिल्म समावेश गर्ने सहमति भए पनि कलेजमा के गर्ने भन्ने विषयमा टुंगो नलागेको उनको भनाई छ । आउँदो वर्षबाट पाठ्यक्रममा फिल्मलाई समावेश गर्ने पहलमा आफू रहेको र सम्भव भए १०० पूर्णाङ नभए ५० पूर्णाङको पाठ्यक्रम बनाउने पहल भइरहेको उनले बताएका छन् । उनी अहिले पाठ्य पुस्तक लेखकहरुसँग पनि छलफल गरिरहेका छन् ।
 
 


जन्मदिनमा भावुक हुँदै दीपाश्रीले मागिन् माफि

जन्मदिनमा भावुक हुँदै दीपाश्रीले मागिन् माफि



काठमाडौं, ७ भदौ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आउँदा दिनमा गल्ती नदोहोर्‍याउने बताएकी छन् । जन्म दिनको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत आगामी दिनमा पुनः गल्ती नदोहोर्‍याउने प्रण गरेकी हुन् ।

राजेश हमाल महानायक हुन् कि होइनन् र उनले निभाउनुपर्ने भूमिकाका विषयमा आफूले दिएको अन्तर्वार्तामा तीनवटा गल्ती गरेको बताएकी उनले अब सोही प्रकृतिका गल्नी नगर्ने प्रण गर्दै भनेकी छिन्, “राजेश हमालका फ्यानहरुलाई मेरो अभिव्यक्तिले चित्त दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झिएर माफ गरिदिनुहोस् ।”

उनले रजतपटक अंकल टक शोमा आफूले तीनवटा गल्ती गरेको बताएकी छिन् । विनातयारी अन्तर्वार्तामा जानु पहिलो गल्ती भएको भन्दै उनले अन्तर्वार्ताका क्रममा आएको प्रश्नको आवेगमा बडी ल्याङ्वेजमा कन्ट्रोल गर्न नसक्नु दोस्रो गल्ती भएको स्वीकार गरेकी छिन् । कूटनीतिक जवाफ दिन नसकेर अग्रज कलाकार ९राजेश हमाल० प्रति गरेको टिप्पणी तेस्रो तथा मुख्य गल्ती भएको उनले समीक्षा गरेकी छिन् ।

अन्तर्वार्ता हेरिसकेपछि सहकर्मी दीपकराज गिरीले अन्तर्वार्ता राम्रो दिन नसकेको र शब्द चयनमा चुकेको बताएको स्मरण गर्दै उनले लगत्तै युट्युबका कमेन्ट हेर्दा गाली आउन थालेको बताएकी छिन् । 

आत्तिएर कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीलाई सम्पर्क गरेर आफ्नो नियत खराब नभए पनि शब्द चयनमा गल्ती भएको भन्दै समस्या समाधानका लागि केही गर्न आग्रह गरेको तर प्रकाशले कलाकार भएपछि ताली र गाली दुवै सहनुपर्छ भनेर पन्छिएको बताएकी छिन् ।

 


‘मुस्कान दिन्छु माया तिमीलाई’ सार्वजनिक

‘मुस्कान दिन्छु माया तिमीलाई’ सार्वजनिक



काठमाडौं, २८ साउन । नयाँ गीत ‘मुस्कान दिन्छु माया तिमीलाई’ सार्वजनिक भएको छ । नेपाल आइडल फेम अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा रमेश पौडेल एमके पौडेलको शब्द तथा सुभाष भुषालको संगीत रहेको छ।

यसैगरी गीतको भिडियोलाई गीतकार पौडेल आफैंले निर्देशन गरेका छन् । 
 


 प्रकाश सपुतको ‘बदला बरिलै’को म्युजिक भिडियो सार्वजनिक

प्रकाश सपुतको ‘बदला बरिलै’को म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
देवी घर्तीको स्वर रहेको गीतमा शब्द र संगीत सपुतकै रहेको छ। गीतको म्युजिक भिडयोको निर्दैशन पनि उनले नै गरेका छन्।

म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र ध्रुव कोइराला मुख्य भूमिकामा छन्। गायिका बन्न हिँडेकी एक युवतीमाथि भएको बलात्कार र त्यसको बदलामा गीत र भिडियो केन्द्रित रहेको छ। म्युजिक भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल र दुई बालकलाकार समेत अभिनय रहेको छ।

भिडियोको छायांकन अनिल कृष्ण मानन्धर, सम्पादन प्रविन भट्टको सम्पादन रहेको छ।

 


 दुर्गानिधी कौडालको रचनामा ‘मनको बोह’ बोलको गीत रेकर्ड 

 दुर्गानिधी कौडालको रचनामा ‘मनको बोह’ बोलको गीत रेकर्ड 


काठमाडौं, १५ साउन । तनहुँको ब्यास नगरपालिका १४ घर भई हाल साइप्रसमा रहेका दुर्गानिधी कौडाल (नवराज)ले रचना गरेको ‘मनको बोह’ बोलको गीत रेकर्ड भएको छ । गीतकार तथा सङ्गीतकार डा.श्यामसुन्दर चौधरीको स्वर रहेको उक्त गीतको शनिबार रेकर्ड गरिएको हो ।

गजल, आधुनिक र रोइला गीत रचना गरिसकेका कौडालको यो गीतमा माया पीरतीका शब्द समेटिएको छ । यो गीत छिट्टै नै बजारमा ल्याउने समेत कौडालले बताए । 

 मनको बोह’ को केहि शब्द

तिमीसँग मनको बह पोख्न पाको थिइन
बाध्यताले तिमीसँग भेट्न पाको थिइन 

सुनेको थिए पराइसँग नाता जोड्दै छौ रे
अजम्बरी भनेर लाएको माया तिमीले तोड्दै छौ रे

तिमीसँग बाचा कसम खान पाको थिइन
झुटो माया तिमीसँग मैले लाको थिइन

यस अगाडी कौडालले आधुनिक गजल ‘भन्छन् नि त दुनियाँले’, रोइला ‘चुलबुले’ र लोक तथा आधुनिक ‘मर्म’ गीत रचना गरिसकेका छन् ।


 घिमिरे र पन्तको‘ ‘आँशु आमाको’ बजारमा

घिमिरे र पन्तको‘ ‘आँशु आमाको’ बजारमा



काठमाडौं, १४ साउन । कमल घिमिरे र पुरुषोत्तम पन्तको  ‘आँशु आमाको’ बोलको गीत बजारमा आएको छ ।  आर आर क्रियशन नामक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । 

गीतमा किसन काले र मनु सापकोटाको स्वर रहेको उक्त गीतमा किसन कालेकै शब्द र संगीत रहेको छ । गीतलाई अर्जुन थापाले निर्देशन गरेका छन् ।

गीतका सर्जक कमल घिमिरेले गीतमा देशभक्तिको भावनालाई उजागर गरिएको बताए । गीतमा देशमा भएका व्याप्त समस्या, विभिन्न घटनाक्रमलाई समेत समेटिएको छ । 

घिमिरेको यसअघि ‘लाहुरेकी छोरी’ तीज गीत बजारमा आइसकेको छ ।  घिमिरेले  ‘लमजुङ चिति घर’, अभागी कर्म, ‘माछि तालमा छ’ लगायतका बजारमा आउने तरखरमा रहेका छन् ।

लमजुङ बेसीशहर ११  घर भएका घिमिरे हाल रोजगारीका लागि साउदीमा रहेका छन् । प्रवासमा रहेरपनि घिमिरेले नेपालको गीत संगितको क्षेत्रमा योगदान पुर्याइरहेका छन् ।