14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


खुल्ने भयो पब्जी गेम, सर्वोच्चले आदेश दियो प्रतिबन्ध कार्यान्वयन नगर्न

खुल्ने भयो पब्जी गेम, सर्वोच्चले आदेश दियो प्रतिबन्ध कार्यान्वयन नगर्न


काठमाडौं, बैशाख ६ । केहि समय अगाडि प्रतिबन्ध गरिएको पब्जी गेम फेरि खुल्ने भएको छ । सर्वोच्च अदालतले पब्जीमाथि लागेको प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै पब्जी खुल्ने भएको हो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मुद्दाको किनारा नलागेसम्म यो निर्णय कार्यान्वयन नगर्न भनेको हो । 

शुक्रबार सर्वाेच्च अदालतले पब्जी गेम प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेपछि अब यो खोल्नुपर्ने भएको छ । अधिवक्ता प्रविण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । 

केही दिनअघि मात्रै काठमाडौं जिल्ला अदालतको आदेशमा नेपाल प्रहरीले पब्जीलाई प्रतिबन्ध गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही अनुसार प्राधिकरणले पनि सबै इन्टरनेट सेवाप्रदायकलाई पब्जी सर्भरबाट रोक्न सर्कुलर जारी गरेको थियो । बालबालिकामा नकारात्मक असर परेको तथा विकृत्ति फैलाएको भन्दै काठमाडौं अदालतमा आएका निवेदन अनुसार अदालतले नेपाल प्रहरीलाई उक्त अनलाइन गेम बन्द गर्न आदेश दिएको थियो ।


‘पब्जी’ खेल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

‘पब्जी’ खेल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं, बैशाख ३ । सर्वोच्च अदालतमा पब्जी खेलमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध रिट निवेदन दर्ता भएको छ । अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेल, विना रिमालले संविधानप्रदत मौलक हकविरुद्ध सरकारले प्रतिबन्ध लगाएको भन्दै रिट निवेदन दर्ता गराएका हुन् । 

उनीहरुले प्रतिबन्धको निर्णय खारेज गर्न माग गरेका छन् । केहि दिन अगाडि पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो । 
 


रियालिटि सो ‘बिग बोस नेपाल’ संचालन हुँदै

रियालिटि सो ‘बिग बोस नेपाल’ संचालन हुँदै


काठमाडौं, बैशाख ३ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज टिभि रियालिटि सो ‘बिग बोस’ नेपालमा पनि संचालन हुने भएको छ । सोमबार राजधानीका एक कार्यक्रम आयोजना गरी नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा ल्याइएको जानकारी दिइएको हो ।

आइमेक्स प्रोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा 'बिग बोस नेपाल' संचालनमा आउने भएको हो । यो रियालिटि सो कुनै एक नेपाली टेलिभिजन च्यानलबाट चाँडै सुरु हुने आइमेक्स प्रोडक्सनले जनाएको छ ।

नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलतापूर्वक संचालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५औँ देश नेपालमा बिग बोस सफल बनाउने प्रतिबद्धता जनाएको छ । देश अनुसार फरक फरक भाषामा सञ्चालित भएकोले यो कार्यक्रम नेपालमा नेपाली भाषामा नै प्रशारण हुनेछ ।


सौन्दर्य प्रतियोगिताको आवेदन खुल्यो, मोटा व्यक्तिले मात्र भाग लिन पाउने

सौन्दर्य प्रतियोगिताको आवेदन खुल्यो, मोटा व्यक्तिले मात्र भाग लिन पाउने


काठमाडौं, बैशाख ३ । नेपालमा पहिलोपटक मोटा व्यक्तिहरुको सौन्दर्य प्रतियोगिताको लागि मिस्टर प्लस साईज नेपालले आवेदन खुल्ला गरेको छ ।  मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो । 

आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार विगत दुई वर्षदेखि नेपालमै पहिलोपटक महिलाहरु लक्षित सुपर प्लस साईज मोडल नेपाल सौन्दर्य प्रतियोगिता आयोजना गरी प्लस साईज मोडलिङ क्षेत्रमा आफ्नो बेग्लै छाप छोड्न सफल मोडल सङ्स नेपालले नेपालमै पहिलोपटक पुरुष लक्षित सौन्दर्य प्रतियोगिता संचालन गर्न लागेको हो ।

उक्त ‘मिस्टर प्लस साईज नेपाल, २०१९’ सौन्दर्य प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन पाउने छन् । प्रतिस्पर्धामा भाग लिनका लागि १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्षभन्दा माथिका समूहका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ । 

प्रमुख राजपुतका अनुसार अडिसनमार्फत छनौट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा यसको भविष्य, कम्यूनिकेशन स्किलस्, एमसी ज्ञान तथा जीवन उपयोगी ज्ञान, पब्लिक स्पिकिङ्ग, व्यक्तित्व विकास, समय तथा रिस व्यवस्थापन, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिइनेछ । 

मिस्टर प्लस साईज नेपाल सौन्दर्य प्रतियोगिताले सुन्दर र क्षमता भएर पनि सधैं पछिपरेका र मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न हिच्किचाहटमा पर्ने गरेका पुरुषहरुको क्षमतालाई अभिवृद्धि गर्न तथा समाजमा सकारात्मक संदेश फैलाउनमा मद्दत पुर्याउने विश्वासका साथ ग्लोरी मिडियाले प्रतियोगिताका लागि सहकार्य गरेको ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए । 

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुका लागि अडिसन फाराम वितरण कार्य बैशाख २ गतेबाट प्रारम्भ भएको छ । 


चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक


काठमाडौं, चैत २९ । चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । आज युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो । 

महसञ्चारको ब्यानरमा बनेको चलचित्रको निर्देशक सुदन केसी र निर्माता किरण केसी हुन् । सुदन किरणका छोरा हुन् । हरिवंश आचार्यले कथा लेखेका हुन् । यस अघि उक्त व्यानरबाट ‘शत्रुगते’ रिलिज भएको थियो । ब्यानर एउटै भए पनि ‘शत्रुगते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका थिए ।

चलचित्र ‘दाल भात तरकारी’मा महजोडीसँगै आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, निरुता सिंह, राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन् । चलचित्र ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज हुँदैछ । सार्वजनिक ट्रेलरले पछिल्लो समय जसरी हुन्छ अमेरिका जाने आम प्रवृत्तिप्रति लक्षित गरेर चलचित्र निर्माण भएको संकेत गरेको छ ।


आजदेखि ‘ए मेरो हजुर ३’ र ‘यात्राःम्युजिकल भ्लग’ फिल्म देशभरका हलमा

आजदेखि ‘ए मेरो हजुर ३’ र ‘यात्राःम्युजिकल भ्लग’ फिल्म देशभरका हलमा


काठमाडौं, चैत २९ । आज दुई नेपाली फिल्म एक अर्काेसँग भिड्दै प्रदर्शनमा आएका छन् । ‘ए मेरो हजुर ३’ र ‘यात्राःम्युजिकल भ्लग’ फिल्महरु देशभरका हलहरुबाट एकसाथ बर्षकै अन्तिम शुक्रबार अर्थात आजदेखि प्रदर्शनमा आएका हुन् । 

सम्राट शाक्यको निर्देशन रहेको फिल्म ‘यात्राः युजिकल भ्लग’मा सलिनमान बनिया, सलोन बस्नेत, मालिका महत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायत कलाकारको अभिनय रहेको छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि फिल्ममा अभिनय रहेको छ । यो फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । 

कलाकार समेत रहेका केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । 

त्यसैगरी, झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी र झरनाको छोरी सुहानाको मुख्य भूमिका रहेको छ । संगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ । सुनिलकुमार थापाले निर्माण गरेको फिल्मको बिहिबार साँझ प्रिमिएरसमेत गरिएको थियो । 


टेलिकमले बन्द गर्यो पब्जी गेम

टेलिकमले बन्द गर्यो पब्जी गेम


काठमाडौं, चैत २८ । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले आज इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र रोक्नका लागि निर्देशन दिएको हो । 

पब्जी अनलाइनमा खेलिने गेम हो । धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ । प्रहरीका अनुसार केही दिनअघि मात्रै एक अभिभावकको समूह महानगरीय प्रहरी अपराध महाशाखामा आएर उक्त खेल प्रतिबन्ध लगाइदिन आग्रह गरेका थिए । यसलाई सरकारले नियमन गर्नुपर्ने भन्दै प्रहरीले सुझाव समेत दिइसकेको थियो ।

पब्जी दक्षिण कोरियाको कम्पनीले विकसित गरेको एउटा एप हो । यसमा खेलाडीले एकअर्कालाई सफाया गर्छन् । सन् २०१७ मा सुरु भएको यो खेल गत डिसेम्बरसम्म २ सय मिलियन डाउनलोड भइसकेको छ । भारतको विभिन्न स्थानमा यो गेम प्रतिबन्ध लगाएको छ । 


मिस मंगोल ईम्पायरको अडिसन २३ र ३० चैत्रमा 

मिस मंगोल ईम्पायरको अडिसन २३ र ३० चैत्रमा 


काठमाडौं, चैत २२ । मिस मंगोल ईम्पायरको अडिसन २३ र ३० चैत्रमा हुने भएको छ ।  प्रतियोगिताको अडिसन दरबार मार्गस्थित माला आर्ट्स एकेडेमीमा हुन गईरहेको हो ।

क्लब फोर्टी  इन्टरनेशनलको आयोजनामा हुन लागेको प्रतियोगितामा मंगोल नारीहरुले प्रतिस्पर्धामा भाग लिदैछन । अडिसन राउण्डबाट केही प्रतिस्पर्धीहरु अन्तिम राउण्डका लागि छनोट हुनेछन् ।

फिनालेमा जान सफल प्रतियोगी मध्येबाट उत्कृष्ट  ३ को छनोट गरिनेछ । प्रतियोगिताको मुख्य  विजेताले स्कुटर सहित गिफ्ट हाम्पर र फर्स्ट एवं सेकेन्ड रनर अपले थाईल्याड ट्रिपमा जान पाउने छन् । साथै  प्रतियोगीहरुले ब्यक्तित्व  विकास, सौन्दर्य एवं फेशनसँग सम्बन्धि ज्ञान,  सेलिब्रिटीसग भेटघाटआदी अवसरहरु पाउने आयोजकले जनाएको  छ ।


आजबाट हलहरुमा प्रदीप र जसिताको ‘लभ स्टेसन’

आजबाट हलहरुमा प्रदीप र जसिताको ‘लभ स्टेसन’


काठमाडौं, चैत २२ । नेपाली हलमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमान्स रहेको ‘लभ स्टेसन’ फिल्म आजबाट प्रदर्शनमा आएको छ । अन्य शुक्रबार दुई वा दुईभन्दा बढी फिल्मको भिड लाग्ने नेपाली फिल्म बजारमा यो हप्ता भने ‘लभ स्टेसन’ मात्र देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।

‘लभ स्टेसन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । सांगीतिक प्रेम कथामा आधारित सामाजिक कथावस्तुसमेत समेटिएको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रबि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । काफिया फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । 

जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेसनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । 

फिल्म प्रदर्शनको पूर्वसन्ध्या पारेर निर्माण युनिटले बिहीबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो । बिहिबारै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलसँगको छलफलपछि लभ स्टेसनको नेपालमा प्रदर्शन भएको मुनाफाको पाँच प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणासमेत भएको छ ।


बल्क बस्टर नेपाली फिल्म अवार्डमा अभनिस डिस्टिलरीको साथ

बल्क बस्टर नेपाली फिल्म अवार्डमा अभनिस डिस्टिलरीको साथ


काठमाडौं, चैत २२ । विगत लामो समयदेखि आयोजना हुँदै आएको नेपाली चलचित्र क्षेत्रको पुरानो कार्यक्रम बल्क बस्टर नेपाली फिल्म अवार्ड चैत २८ मा हुने भएको छ ।

उक्त कार्यक्रमको लागि अभनिस डिस्टिलरी प्रालिको नयाँ उत्पादन द्दद्ध अबचबत ले साथ दिने भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरि अभनिस डिस्टिलरी प्रालिले कार्यक्रम आयोजक बक्स अफिसका अध्यक्ष आरके सुवेदी, संस्थाका सदस्य तथा चलचित्र निर्माता, लेखक तथा अभिनेता सुनिल प्रसाद श्रेष्ठ र कम्पनीको प्रशासन व्यवस्थापक सबन चापागाईं, बजार व्यवस्थापक निराजन न्यौपाने बीच अवार्ड आयोजनाको सहकार्यको सम्झौता गरेको छ ।

बक्स अपिसका अध्यक्ष सुवेदीले गिनिज वल्र्ड रेकर्डसमेत राखिसकेका छन् । उनको अगुवाईमा भण्डै ५ दर्जन अवार्डको आयोजना भइसकेको छ ।

गत बर्ष झै नयाँ बर्षलाई स्वागत पुरानो बर्षलाई बिदाइ गर्दै चैत्र २८ मा अवार्ड र चैत ३० मा रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना हुन गैरहेको कार्यक्रमलाई अभनिस डिस्टिलरी प्रालिको नयाँ उत्पादन द्दद्ध अबचबत ले सघाउने भएको हो । बिगत १० बर्ष देखि निरन्तर रूपमा आयोजना हुँदै आएको बल्क बस्टर नेपाली फिल्म अवार्ड यो बर्ष पनि चैत्र २८ गते नै भब्य आयोजना हुने आयोजक संस्था बक्स अफिस फिल्म क्लबका अध्यक्ष सुवेदीले जानकारी दिए ।

उक्त अवसरमा गत चैत २९ गते देखि रिलिजमा आएको नेपाली कथानक चलचित्र लिलिबिली देखि यही चैत्र २२ गतेसम्म रिलिजमा आउने चलचित्र लब स्टेसन गरि झन्डै ८३ चलचित्रहरुको सहभागीता रहने आयोजकले जनाएको छ । पूरा एक बर्षको व्यापारिक नापतौलको आधारमा विभिन्न बिधाबाट निर्माण कम्पनी तथा निर्माताहरुलाइ बर्ष समीक्षाको रुपमा अवार्डबाट सम्मान गरिन लागिएको अवार्ड आयोजक तथा क्लबका अध्यक्ष सुबेदीले बताए ।

सँधै जस्तै यो बर्ष पनि रिलिजमा आएका सम्पूर्ण निर्माताहरुलाइ हौसला तथा नेपाली चलचित्र बजार २०७५ मा उनीहरुको चलचित्र बजारमा आर्थिक लगानीमा महत्वपूर्ण योगदानलाई उच्च कदर गर्दै सम्मान गरिने जनाएको छ । यसैगरी २०७५ लाई सफल चलचित्र दिने निर्मातालाई बक्स अफिस ट्रफी र व्यापारिक रुपमा सुपर हिट चलचित्र दिने निर्मातालाइ बक्स अफिस सिल्डबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

चैत २९ गते नयाँ बर्षको मुखैमा प्रदर्शनमा आएको लिलिबिलीदेखि आहिले सम्म प्रदर्शनमा आएको चलचित्रहरुको व्यापारिक अवस्थालाइ हेर्ने हो भने गत चैत्र २९ गते नयाँ वर्षको मुखमा प्रदर्शिन चलचित्र लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबि, नाइ न भनु ल ५, कायरा ,इन्टुमिन्टु लन्डन, भैरे, रामकहानी, चंगा चेट प्रसाद, क्याप्टेनलाई सिनेमा हलहरुमा दर्शकहरुले अन्य चलचित्रलाई भन्दा बढी पच्छाएको पाइन्छ ।

यी १२ चलचित्रका निर्माता बल्क बस्टर अवार्ड आयोजनाको मुख्य केन्द्रमा अटाउन सफल भएका छन् । नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपले आम दर्शकको मन चलचित्र बजारमा तान्ने २०७५ मा प्रदर्शनमा आएको लिलीबिलीका निर्माता गोविन्द शाही लिलिबिली, छक्का पन्जा ३ का निर्माता दिपक राज गिरी, जय भोलेका निर्माता अशोक शर्मा, बबिका निर्माता मिलन चाम्र्स, नाइ न भनु ल ५का निर्माता विकास आचार्य, कायराका निर्माता आर्यन सिग्देल, इन्टुमिन्टु लन्डनका निर्माता प्रज्वल शमशेर जबरा, भैरे चलचित्रका निर्माता÷निर्देशक सूर्य बोहरा सँगै संयुक्त निर्माता, रामकहानीका निर्माता सुदर्शन थापा र पुजा शर्मा, चंगा चेटका निर्माता माधव वाग्ले, प्रसाद का निर्माता सुवास थापा, क्याप्टेनका निर्माता भुवन केसी बल्क बस्टर फिल्म अवार्ड २०७५ बाट सम्मानित हुने भएका छन् ।

चलचित्र क्षेत्रलाई आर्थिक रुपले समृद्धि बनाउन केही हदसम्म महत्वपूर्ण योगदान दिने यी असफलताको भीडमा अन्य भन्दा सफल चलचित्र दिने निर्मातालाई हौसला प्रदान गर्न चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका कार्यवाहक अध्यक्ष सानु ताम्राकार, चलचित्र संघका अध्यक्ष प्रदीप उदय, निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र नृत्यकारसंघका अध्यक्ष वसन्त श्रेष्ठ, द्वन्द्व कलाकार संघका अध्यक्ष सूर्य थोकर, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, वरिष्ठ कलाकार नीर शाह, अभिनेता शिव श्रेष्ठ, लोकप्रिय अभिनेत्री करिष्मा मानन्धरलाई सम्मान गर्न आयोजक पक्षले निमन्त्रणा गरिसकेको छ भने बल्क बस्टर अवार्डको मुख्य समीक्षाको रुपमा श्रोत मान्दै आएका वास्तविक वितरकहरुको विशेष उपस्थित रहने भएको छ ।

बल्क बस्टर अवार्डमा निर्माता र वितरकहरुको विशेष उत्सव भएकोले आयोजकले वरिष्ठ वितरक उज्जवल पौडेल, मनोज राठी, सुनिल मानन्धर, गोपालकाजी कायस्थ, गोविन्द शाही, नरेन्द्र महर्जन, विक्रम पराजुली, केदार पराजुली, रोहीत कट्टेल, रत्न श्रेष्ठलाई पुरस्कार वितरण कार्यक्रममा हर्ष उल्लास बनाउन विशेष निमन्त्रण गरेको छ । अवार्ड आयोजनाको अवसरमा संस्थाले आफ्नो संस्थापककाल देखिनै अवार्ड तथा सम्मान कार्यक्रममा अग्रज पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाइ यो बर्ष पनि बर्षको सकृयताको मुल्यांकनको आधारमा एकजना सक्रिय, एकजना निरंतरता र एकजना अग्रज रंग पत्रकारलाइ नगद धनराशि सहित सम्मान गरिने कार्यक्रम रहेको आयोजकले बतायो ।

२०७५ को अग्रज चलचित्र पत्रकारिता पुरस्कारमा पुराना पत्रकार राजधानी दैनिकका डब्बु क्षेत्री, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, सगरमाथा तथा इण्डिजिनीयस टेलिभिजनका महिला पत्रकार सवि कार्कीलाई आर्थिक धनराशी सहित सम्मान गरिने भएको छ । सम्मान राशीको पुरस्कार समाजसेवी, व्यापारी तथा चलचित्र निर्माता निर्देशक एवम् विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकनाथ (एलएन) गौतमले निरन्तरता दिएका छन् ।

संचार क्षेत्रमा बिगत लामो समयदेखी लागिपरेको र संचार क्षेत्र सम्बन्धि पुरानो संस्थाले आयोजना गर्ने अवार्ड कार्यक्रम भएकोले अवार्ड, सम्मान सँगै पत्रकारिता पुरस्कार महत्वपूर्ण मानिएको छ । कार्यक्रमको अवसरमा संस्थाले अग्रेजीमा विशेष स्मारिका प्रकाशनको तयारीमा जुटेको छ । स्मारिकामा संस्थाले गरेको गतिविधि, अवार्ड सम्बन्धि लेख रचना र बल्क बस्टर नेपाली फिल्म अवार्ड तथा नयाँ बर्ष २०७५ को अवसरमा निर्माता निर्देशक, सिनेमा हल, चलचित्रकर्मी, उद्योग तथा व्यापारीहरुको शुभकामना विज्ञापनले सजिने भएको छ ।

त्यसैगरी बक्स अफिसले चैत्र २८ गते आफनो अवार्ड कार्यक्रम सम्पन्न गरेपछि चैत्र ३० गते शनिवार प्रहरी मुख्य कार्यालयमा रहेको खेल मैदानमा विगतको तिता मिठा घटना बिर्सदै पुरानो बर्षलाई बिदाइ नयाँ बर्षलाई स्वागत गदै विभिन्न चलचित्रकर्मीहरु बीच रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना गर्ने भएको छ ।

यी दुवै कार्यक्रमलाई मात्र होइन बक्स अफिसले नियमित रुपमा आयोजना गर्दै आइरहेको बल्क बस्टर नेपाली फिल्म अवार्ड, नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड, नेशनल बक्स अफिस म्युजिक भिडीयो अवार्ड, ग्लोबल मोशन पिक्चर्स अवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेशनल हिरो अवार्ड तथा विविध रचनात्मक कार्यक्रमहरुलाई पनि सम्झौता गरिएको प्रायोजनमा निरन्तरता दिने प्रायोजक कम्पनीको तर्फबाट प्रतिबद्धता जनाएको बताइएको छ ।