15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


  ऐश्वर्या राय र उनकी सासूलाई समेत कोरोना संक्रमण पुष्टि

ऐश्वर्या राय र उनकी सासूलाई समेत कोरोना संक्रमण पुष्टि


 एजेन्सी -  बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी सासू जया बच्चन पनि संक्रमित भएकी छन् ।यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ ।

ऐश्वर्या र जयाको कोरोना रिपोर्ट आइतबार आएको हो । स्वास्थ्यमन्त्री राजेशले भिडिओ सन्देश मार्फत यसबारे जानकारी दिएका हुन् । यससँगै बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका पनि चार जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् । समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


 नेपाली अभिनेत्री मरिष्का पोखरेल अभिननित चलचित्र ‘यारा’ को ट्रेलर सार्वजनिक

 नेपाली अभिनेत्री मरिष्का पोखरेल अभिननित चलचित्र ‘यारा’ को ट्रेलर सार्वजनिक


  काठमाडौं। बलिउड चलचित्र ‘यारा’ को ट्रेलर सार्वजनिक भएको छ । नेपाली अभिनेत्री मरिष्का पोखरेल अभिनित उक्त चलचित्र नेपालमा समेत छायाङ्कन गरिएको थियो । सार्वजनिक चलचित्रको ट्रेलरमा भक्तपुर दरबार क्षेत्रका दृश्य देखाइएको छ । ३० जुलाईमा जी ५ बाट रिलिज हुने यो चलचित्रमा मरिष्कासँगै विदयुत जामवाल लगायतका कलाकारको अभिनय छ ।

अभिनेत्री मरिष्काले आफू अभिनित पहिलो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छन् । सौय दैनिकमा खबर छ । उनले आफू विगत ५ वर्षदेखि यो क्षणको प्रतिक्षामा रहेको लेखेकी छन् । उनले आमाको अनुरोधमा अडिसन दिँदै छानिएको पल आफ्ना लागि सबैभन्दा खुसीको क्षण रहेको जनाएकी छन ।

  


अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोना संक्रमण पुष्टी

अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोना संक्रमण पुष्टी


एजेन्सी । भारतीय लोकप्रिय अभिनेता अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोनाभाइरस देखिएको छ । अनुपमले आइतबार सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आफ्नाी आमा, भाइ, भाउजु र भतिजीमा कोरोना संक्रमण देखिएको उल्लेख गरेका छन् । यद्यपी उनले आँफुमा भने संक्रमण पुष्टी नभएको उल्लेख गरेका छन् । यसैबिच भारतीय चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै उनको घर सिल गरिएको छ ।

अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई अस्पताल भर्ना गरेर उपचार सुरु गरिएपछि उनीहरुको घर सिल गरिएको हो । अिताभको परिवारका अन्य सदस्यलाई भने कोरोना नेगेटिभ देखिएको छ ।


अमिताभ र अभिषेक अस्पताल भर्ना, घर सिल गरियो

अमिताभ र अभिषेक अस्पताल भर्ना, घर सिल गरियो


काठमाडौं, असार २८ -भारतीय चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै उनको घर सिल गरिएको छ ।

अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई अस्पताल भर्ना गरेर उपचार सुरु गरिएपछि उनीहरुको घर सिल गरिएको हो । अिताभको परिवारका अन्य सदस्यलाई भने कोरोना नेगेटिभ देखिएको छ ।


अमिताभ र अभिषेकलाई कोरोना लागेपछि अस्पताल भर्ना, ऐश्वर्याको रिर्पोट आज आउने

अमिताभ र अभिषेकलाई कोरोना लागेपछि अस्पताल भर्ना, ऐश्वर्याको रिर्पोट आज आउने


एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो कुराको जानकारी अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् जानकारी दिएका हुन् ।

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।भारतिय मिडियाका अनुसार अहिले दुबै जनालाई अस्पताल भर्ना गरिएको छ । अभिनेता अभिषेकले सबैलाई शान्त रहन र नआत्तिन आग्रह समेत गरेका ।

बाबु छोरामा कोराना देखिएपछि अहिले परिवारका सदस्यको कोरोना परिक्षण गरिउको र रिर्पोट आज आउने बताइएको छ ।अमिताभले पनि ट्वीटरमार्फत् गएको १० दिन भित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गरेका छन् । बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन् ।


सुशान्त प्रकरणमा सलमान लगायत आठजनाविरुद्ध परेको मुद्दा खारेज

सुशान्त प्रकरणमा सलमान लगायत आठजनाविरुद्ध परेको मुद्दा खारेज


काठमाडौँ । नायक सुशान्तसिंह राजपुतको मृत्युपछि बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करण जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठजनाविरुद्ध परेको मुद्धा अदालतले खारेज गरिदिएको छ ।

कानुन ब्यबसायी सुधीरकुमार ओझाले सुशान्तको मृत्युको कारण रहेको आरोप लगाउँदै ८ जना विरुद्ध दायर गरेको मुद्धा बिहार अदालतले खारेज गरिदिएको समाचारमा जनाइएको छ । मजिस्ट्रेट मुकेश कुमारले स्थानीय अधिवक्ता सुधीरकुमार ओझाले लगाएको मुद्दालाई खारेज गर्दै मुद्दा अदालतको क्षेत्राधिकार बाहिर रहेको भन्दै उनले खारेज गरिदिएको समाचारमा उल्लेख छ ।


दुई फिल्मबाट अनन्याको चर्चा

दुई फिल्मबाट अनन्याको चर्चा


 मुम्बई - फिल्म ‘स्टुडेन्ट अफ दी इयर–२’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री अनन्या पाण्डेका अहिलेसम्म केवल दुईवटा फिल्म मात्रै बक्स अफिसमा रिलिज भएका छन् । तर उनको गणना अहिलेदेखि नै बलिउडका नामी अभिनेत्रीसँग हुन थालेको छ । सोसल मिडियामा अनन्याका अभिनेत्री बन्नुभन्दा पहिले नै जबरदस्त फ्यान फलोइङ छन् ।

अनन्या अक्सर सोसल मिडियामा आफ्ना तस्बिर सेयर गरिरहन्छिन् । हालै उनले पछिल्लो फोटोसुट सेयर गरेकी छन् जुन हेर्दाहेर्दै भाइरल भयो । अनन्याका यी तस्बिर निकै ग्ल्यामरस छन् । फ्लोरोसेन्ट कलरको वन पिस ड्रेसमा उनी सुन्दर देखिएकी छन् ।अन्नपुर्ण पोष्टमा खबर छ ।  तस्बिरमा अनन्या आफ्नो फिगर ‘फ्लन्ट’ गरिरहेकी देखिन्छिन् । यो सेयरलाई केही घण्टामै १० लाखभन्दा बढी लाइक्स आएको छ ।

नन्या सोसल मिडियामा सक्रिय छिन् । उनी आफ्ना ग्ल्यामर्स तस्बिर र भिडियो सेयर गहिन्छिन् । अनन्या छिट्टै ईशान खट्टरसँग फिल्म खाली पिलीमा देखिने छिन् । 


अभिनेत्री ज्याकलिनले सलमानको फार्महाउस छोड्नुको कारण यस्तो

अभिनेत्री ज्याकलिनले सलमानको फार्महाउस छोड्नुको कारण यस्तो


मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस लकडाउन घोषणा भएदेखि सलमान खानको पनवेलस्थित फार्महाउसमा बसिरहेकी थिइन्। तर अहिले उनले सलमानको फार्महाउस छोडेको खबर आएको छ।

ज्याकलिन यो अप्ठ्यारो समयमा आफ्नी साथीलाई सहयोग गर्न उनीसँगै गएको खबर छ। उनी आफ्नी नजिककी एक साथीसँग दैनिक कुराकानी गर्थिन्। उनी लकडाउनको समयमा मुम्बईमा एक्लै बस्दै आएकी थिइन्। अन्न्पुर्ण पोष्टमा खबर छ । कुराकानीको क्रममा आफ्नी साथी तनाबमा रहेको जानकारी पाएपछि उनी राता रात सलमानको फार्महाउस छोडेर साथीसँग बस्न गइन्।

ज्याकलिन त्यतिबेलासम्म साथीसँगै बस्नेछिन् जबसम्म उनी ठीक हुने छैनन्। महाराष्ट्र सरकारले लकडाउन ३१ जुलाईसम्म बढाएको छ। यो समयमा आफ्नी साथीलाई एक्लोपनबाट बचाउन उनले यो निर्णय गरेकी हुन्। एजेन्सी


अभिनेत्री पूजाको बचाउ गर्दै निर्देशक सुदर्शन थापा

अभिनेत्री पूजाको बचाउ गर्दै निर्देशक सुदर्शन थापा


 ठमाडौं, २२ असार । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नी नायिका पूजा शर्माको बचाउ गर्दै कलाकारलाई अभियनको ज्ञान भए हुने अरू कुराको ज्ञान लिन आवश्यक नभएको बताएका छन् ।

निर्देशक थापाले कलाकारलाई टेलिभिजनमा बोलाएर जिल्ला र प्रदेशको संख्या सोधेकोमा आपत्ति जनाएका छन् । एउटा कलाकारलाई यी सब कुरा जान्न आवश्यक नभएको पनि निर्देशक थापाले जिकिर गरेका छन् । अभिनेत्री पूजा शर्मा अभिनयमा दख्खल भएको र उनलाई दर्शकले राम्रो अभिनयका कारण रुचाएको पनि निर्देशक थापाको जिकिर छ ।

यहाँ कतिपय डाक्टरहरूलाई देशका चर्चित तीन जना कलाकारको नाम थाहा नहुँदा त केही फरक पर्दैन भने कलाकारलाई पनि प्रदेश, जिल्लाको संख्या, मन्त्रीको नाम थाहा नुहँदा केही फरक नपर्ने निर्देशक थापाको जिकिर छ । यस्ता सामान्य ज्ञान सिक्नैपर्छ भन्ने आवश्यक नभएको पनि यी निर्देशकले जिकिर गरेका छन् ।

अभिनेत्री पूजा शर्मा निर्देशक सुदर्शन थापाकी गुटकी नायिका हुन् । थापाको पछिल्ला सबै फिल्ममा पूजा नै नायिका हुने गरेकी छन् । सोही कारण पनि आफ्नो फिल्मको नायिकाको बचाउ गर्दै निर्देशक थापाले सामाजिक सञ्चाालमार्फत यस्तो भनाइ राखेका छन् ।राजधानि दैनिमा खबर छ । 

अभिनेत्री पूजा शर्माले यसै साता एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा नेपालमा जिल्लाको संख्या १४ वटा बताएकी थिइन् । नेपालमा कतिवटा प्रदेश छन् भन्नेमा सोधिएको प्रश्नमा उनले प्रदेशको संख्याबारे बताउन सकिनन् । वर्तमान बहालवाला एक जना मन्त्रीको नाम पनि उनले भन्न सकिनन् ।  


उर्वशीको विवाहको फोटो भाइरल

उर्वशीको विवाहको फोटो भाइरल



मुम्बई - बलिउड अभिनेत्री उर्वशी रौटेलाको एउटा तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ। यो तस्बिर देखेर उनका फ्यान अचम्ममा परेका छन्। यो तस्बिरमा उनी अभिनेता गौतम गुलाटीसँग विवाहको मण्डपमा सात फेरा लिइरहेकी छन्। उनी बेहुलीको पहिरनमा सजिएकी छन्।

यो तस्बिर गौतम गुलाटी आफैंले इन्स्‍टाग्राममा सेयर गरेका हुन्। तस्बिर विवाह मण्डपको हो जसमा उर्वशी र गौतम दुलहादुलहीको पहिरनमा छन् र आगन्तुकहरू फूल बर्साइरहेका छन्। गौतमले तस्बिरसँगै क्याप्सन लेखेका छन्, ‘विवाहका लागि बधाई नभन्नेरु ’अन्नपुर्ण पोष्टमा खबर छ ।  यो तस्‍बिर सार्वजनिक हुनेबित्तिकै फ्यान छक्क परे। केही फ्यानले उनीहरूलाई बधाई पनि दिए। यो तस्बिरमाथि खुलेर प्रतिक्रिया आइरहेको छ। तर गौतमले तस्बिरसँग एक ट्विस्‍ट लेखेका छन् ‘वास्तवमा यो तस्बिर उर्वशीको आगामी फिल्म भर्जिन भानुप्रियाको हो।’ यो फिल्‍मको दृश्य हो जसमा दुवै विवाह गरिरहेका छन्।

भर्जिन भानुप्रियामा गौतम, अर्चना पुरन सिंह, डेलनाज इरानी, राजीव गुप्ता, वृजेन्द्र काला, निकी अनेजा वालिया र रुमाना मोला मुख्‍य भूमिकामा छन्। फिल्‍म महेन्द्र धारिवालले बनाएका हुन्।