14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गयो, दश जना घाइते

मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गयो, दश जना घाइते


एजेन्सी । मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो ।

हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ । बसमा मालीका नागरिक र पश्चिम अफ्रिकाका विभिन्न क्षेत्रका नागरिकहरू रहेका बीबीसीले जनाएको छ । 

सडक र गाडीको खराब अवस्थाका साथै क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले मालीमा बारम्बार गाडी दुर्घटना भइरहन्छन् । यसअघि यही महिनाको शुरुमा एउटा बस ट्रकसँग ठोक्किँदा १५ जनाको ज्यान गएको थियो ।
 


नाइजेरियामा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु

नाइजेरियामा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु


एजेन्सी । नाइजेरियामा यस वर्षकाे प्रारम्भमा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु भएकाे छ। अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको हाे।  

सार्वजनिक स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी)ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ। 
पुष्टि भएका मामिलामध्ये ६५ प्रतिशत तीन राज्य ओन्डो, एडो र बाउचीमा रिपोर्ट गरिएको थियो भने ३५ प्रतिशत मामिला अन्य १८ राज्यमा देखिएको थियो। 

राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कुल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ। यो सन् २०२३ को यसै अवधिमा रेकर्ड गरिएको आठ हजार दुई सय ८० भन्दा उल्लेखनीय रूपमा कम हो। 


मध्य गाजामा इजरायली आक्रमणः ४० जनाको मृत्यु, सय घाइते

मध्य गाजामा इजरायली आक्रमणः ४० जनाको मृत्यु, सय घाइते


एजेन्सी ।  मध्य गाजापट्टीमा इजरायलीले हवाई आक्रमण गर्दा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ। साथै सयभन्दा बढी घाइते भएका छन्।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली विमानहरूले देइर अल–बालाह शहरका धेरै आवासीय घरहरूमा आक्रमणहरू गरेका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको जनाएको छ। 

इजरायली आक्रमणहरूले छिमेकलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्स र नागरिक रक्षा टोली मानिसहरूलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए। चिकित्सा स्रोतहरूले अल–अक्सा शहीद अस्पताल अहिले हजारौं घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको बताएका छन्।
 


ईआरएस टू नामको युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो

ईआरएस टू नामको युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो


एजेन्सी । विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको युरोपेली उपग्रह, ईआरएस टू नामको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ ।

अत्यधुनिक प्रविधियुक्त यो अन्तरिक्ष यान पृथ्वीमा खसेर क्यालिफोर्नियाको झण्डै दुई हजार किलोमिटर पश्चिममा प्रशान्त महासागरको वायुमण्डलमा जलेको बीबीसीले जनाएको छ । यसअघि कुनै पनि मिसन पृथ्वीको सतहमा पुगेर कसैले देख्ने गरी ध्वस्त भएको घटना नभएका खबरमा उल्लेख छ ।

युरोपेली अन्तरिक्ष एजेन्सीले सन् १९९० मा वायुमण्डल, जमिन र महासागरको नयाँ तरिकाले अध्ययन गर्न थालेको दुई वटा मिसनमध्येको एउटा ईआरएस टू  हो ।

ईआरएस टूले बाढीको अनुगमन, महाद्वीपीय र महासागर–सतहको तापक्रम मापन र भूकम्पको समयमा जमिनको अवस्थाका बारेमा पनि अध्ययन गरी प्रक्षेपण गर्ने काम गरेको थियो । यसले विशेष गरी, पृथ्वीको सुरक्षाका लागि ओजोन तहको नयाँ क्षमताबारे पत्ता लगाएको थियो । ईआरएस टू अन्तरिक्ष यान अनियन्त्रित भएर पृथ्वीमा फर्किने कुरा यसअघि नै प्रक्षेपण भइसकेको थियो ।


श्रीलंकाले कक्षा ८ देखि नै एआई पाठ्यक्रम लागु गर्ने

श्रीलंकाले कक्षा ८ देखि नै एआई पाठ्यक्रम लागु गर्ने


एजेन्सी । श्रीलंकाको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा मन्त्रिपरिषद्‌‌मा प्रस्ताव लगिएको थियो । सरकारको सूचना विभागका अनुसार परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने छ । 

परियोजनाको एक हिस्साका रूपमा मन्त्रिपरिषद्ले श्रीलंका नेसनल इन्स्टिच्युट अफ एजुकेसनको सिफारिसका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले हाल लागु गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संशोधन गर्न आवश्यक आधारभूत मानव संसाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा ८ देखि प्रस्तावित पाइलट परियोजना सुरु गर्न स्वीकृति दिएको विभागले बताएको छ । 
 


गाजाकाे रफाहमा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृत्यु

गाजाकाे रफाहमा इजरायली हवाई आक्रमण, कम्तीमा २५ जनाको मृत्यु


एजेन्सी । दक्षिणी गाजापट्टी सहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ। घटनामा दर्जनौँ अन्य घाइते भएका छन्। बम विस्फोटको समयमा धेरै विस्थापितहरू उक्त घरमा बसिरहेका बताइएको छ। 

रफाहका मेयर अहमद अल–सुफीले शनिबार भने, ‘रफाहमा हालैका घन्टाहरूमा इजरायली गोलाबारी र विस्फोटका घटना बढेका छन्। पछिल्लो एक बीभत्स आक्रमणमा विस्थापित गाजावासी बसिरहेको एक घर निशानामा परेको छ।’ 

इजरायलले रफाहमा सैन्य कारबाही गरे ‘विश्वव्यापी विपत्ति’ निम्त्याउने हमासका अधिकारीलाई उद्धृत गर्दै हमासको नियन्त्रणमा रहेको प्यालेस्टिनी सरकारी सञ्चार माध्यम वाफाले जनाएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएका छन्। 

गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएयता त्यहाँका करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टसँग जोडिएको रफाहतर्फ भागेका थिए। 

इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमणपछि विस्थापित हुनेको संख्या बढेको हो।  

रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसंघका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहर खाली कृषि भूमि, विद्यालय र सडक किनारमा टेन्टले भरिएको छ।
 


इजरायल–गाजा युद्धविरामको योजनाबारे हमासको सकारात्मक प्रतिक्रिया

इजरायल–गाजा युद्धविरामको योजनाबारे हमासको सकारात्मक प्रतिक्रिया


एजेन्सी । इजरायल र गाजाबीच नयाँ युद्धविरामको प्रस्तावलाई हमासले आफ्नो प्रतिक्रिया जनाएको छ । इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको सम्झौता र युद्धविरामको प्रस्तावबारे हमासले सकारात्मक प्रतिक्रिया दिएको हो ।

हमासलाई एक हप्ताअघि पठाइएको सम्झौताको प्रस्तावमा भएका विवरण भने सार्वजनिक नगरिएकाले अहिलेसम्म प्रष्ट हुन नसकेको बीबीसीले जनाएको छ । यसअघि  इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूबीच साटासाट गर्ने र अस्थायी युद्धविराम गर्ने निर्णय भएको खबरमा उल्लेख छ ।

इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । अहिले इजरायको मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज इजरायलका अधिकारीहरूसँग हमासको प्रतिक्रियाबारे छलफल गर्ने बताउनुभएको छ ।

हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँगको कुराकानीमा युद्धविरामको योजनालाई सकारात्मक रुपमा लिएको तर गाजाको पुनर्निर्माण, त्यहाँका बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता गर्ने र विस्थापितहरुको लागि भएका प्रावधानहरुमा केही संशोधन गरेर घाइतेको आवश्यक उपचार गर्नु पर्ने सर्त राखेका छन् । 
 


बेलायतका राजा चाल्सलाई क्यान्सर पुष्टि

बेलायतका राजा चाल्सलाई क्यान्सर पुष्टि


एजेन्सी । बेलायतका राजा चाल्सलाई  क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चाल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चाल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो ।
विभिन्न परीक्षणपछि राजा चाल्सलाई क्यान्सर पुष्टि भएको हो । चाल्र्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन ।
चाल्र्सलाई क्यान्सर पुष्टि भएसँगै अमेरिकामा रहेका राजकुमार ह्यारीले पिता  चाल्ससँग संवाद गरेका छन् ।
उनी बेलायत फर्किने भएका छन् । ७५ वर्षिय चाल्र्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ । प्रधानमन्त्री ऋषि सुनकले साप्ताहिक रूपमा राजालाई भेटेर प्रशासनिक काम गर्ने बीबीसीले जनाएको छ ।

 


मलेसियाली काराबास केन्द्रबाट भागेका ४१ रोहिंग्या शरणार्थी पक्राउ

मलेसियाली काराबास केन्द्रबाट भागेका ४१ रोहिंग्या शरणार्थी पक्राउ


एजेन्सी । म्यानमारबाट आएका १३१ आप्रवासीले हिरासत केन्द्रमा तोडफोड गरी फरार रहेका ४० भन्दा बढी रोहिंग्या शरणार्थीलाई मलेसियाली प्रहरीले पुनः पक्राउ गरेको छ । उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन केन्द्रबाट भाग्नुअघि बिहीबार ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दंगा मच्चाएका थिए ।

रोहिंग्याहरू आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई भागेर सम्पन्न, मुस्लिम बहुल बंगलादेश, मलेसिया, इन्डोनेसिया र अन्य मुलुकहरूमा पुगी शरणार्थी शिविरहरूमा बस्दै आएका छन् । 
थाइल्यान्डसँगको खुला सिमाना भएर डुंगा चढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्ने गरेका छन् । यसरी अवैधरूपमा विभिन्न मुलुक पुग्ने उनीहरूलाई पक्राउ गरी शिविर तथा हिरासत केन्द्रमा पठाइन्छ जहाँ सामान्यतया भीडभाड र फोहोर भएको अधिकारवादी समूहहरूले बताएका छन् ।

यसैबीच, अँध्यारोमा राजमार्ग पार गर्ने क्रममा बिहीबार भएको सडक दुर्घटनामा एक रोहिंग्या शरणार्थीको मृत्यु भएको पुष्टि भएको छ ।
 


इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते

इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते


एजेन्सी । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन्। इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । र, यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ।

सरकारी प्रवक्ताले नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना घाइते भएको बताए। गत आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार राती देखी सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको थियो।

ह्वाइट हाउसले तीन अमेरिकी सैनिकको हत्यामा इरान समर्थित मिलिशिया छाता समूहलाई दोष लगाएको थियो। इराकले भन्यो – अमेरिकाको जवाफी हमलाले यस क्षेत्रको लागि विनाशकारी नतिजा ल्याउनेछ।

अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेका इरान समर्थित मिलिशिया समूहमाथि हवाई आक्रमण गरेको बताएको छ। ‘हाम्रो जवाफी हमला सुरु भयो। यो हाम्रो रोजाइको समयमा र स्थानहरूमा जारी रहनेछ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्।

इरानले भने अमेरिकी आधारमा भएको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ र आरोपहरूलाई निराधार भनेको छ। र, प्रतिरोधी समूहहरूको निर्णयमा संलग्न नभएको जनाउँदै आएको छ।