12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्षको जेल सजाय

थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्षको जेल सजाय


एजेन्सी । राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एकजना युवालाई ५० वर्षको जेल सजाय सुनाइएको छ । उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई सामाजिक सञ्जालमा राजतन्त्रको आलोचना गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा लामो ५० वर्षको जेल सजाय सुनाएको हो ।

उनलाई शुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनले विभिन्न राजनीतिक मुद्दाहरु लिएर यसअघि पनि प्रदर्शन गर्दै आएका थिए ।  

आलोचकहरूले यो सजायलाई असहमतिलाई मौन बनाउने रणनीति भनेका छन् । यसअघि सन् २०२१ मा एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायको पछिल्लो कीर्तिमानलाई यो सजायले तोडेको खबरमा उल्लेख छ । 
 


गाजामा इजरायलको आक्रमण जारी, पछिल्लोपटक कम्तीमा २५ जनाको मृत्यु 

गाजामा इजरायलको आक्रमण जारी, पछिल्लोपटक कम्तीमा २५ जनाको मृत्यु 


एजेन्सी । इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा बुधबार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली बम विस्फाेटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको हाे ।

थप दर्जनौँ मानिस घाइते भएका छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणबाट गाजा पट्टीमा १ सय ६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३ सय ५० जना घाइते भएको बताएको छ ।

यससँगैग गाजामा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या २४ हजार ४४८ र घाइतेहरूको संख्या ६१ हजार ५०४ पुगेको बताइएकाे छ । 
 


रुसको जासूस सैन्य विमान खसालेको युक्रेनको दाबी

रुसको जासूस सैन्य विमान खसालेको युक्रेनको दाबी


एजेन्सी । युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासूस सैन्य विमान खसालेको दाबी गरेको छ । युक्रेनी सेना प्रमुखले वायुसेनाले लामो दूरीको राडार पत्ता लगाउने रुसको विमानलाई नष्ट गरेको बताएका बीबीसी हिन्दीले जनाएको छ ।

यो विमानले रुसको हवाई सुरक्षा प्रणाली पत्ता लगाएर अरु जेट विमानहरूको सम्भावित निशाना पहिले नै पत्ता लगाउने गरेको थियो । यसअघि युक्रेन लगातार दक्षिणपूर्वी क्षेत्रमा रुसमाथि कब्जा जमाउन असफल भएको थियो । तर युक्रेनले सैन्य विमान खसालेको कुरालाई विज्ञहरूले रुसको हवाई शक्तिका लागि ठूलो धक्का पुगेकाे मानिरहेका छन् ।


चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार

चीनमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको उद्धार


एजेन्सी ।  चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ । चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २०० भन्दा बढी व्यक्ति फसेका थिए । 

उनीहरू सबैको प्रहरीले उद्धार गरेको छ । दुई घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधनलाई खुला गरिएको हो । सिन्ह्वा
 


भारत, अफगानिस्तान र पाकिस्तानमा भूकम्पको धक्का 

भारत, अफगानिस्तान र पाकिस्तानमा भूकम्पको धक्का 


एजेन्सी । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको गहिराई २०१ किलोमिटर रहेको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । पाकिस्तानको मौसम विभागले सोसल मिडिया प्लेटफर्म एक्समा स्थानीय समय अनुसार दिउँसो २:२० मा भूकम्पको धक्का महसुस गरेको जनाएको छ।
अफगानिस्तानमा गत अक्टोबरदेखि दुई पटक ६ म्याग्निच्युडभन्दा बढीको भूकम्प गएको छ । दिल्ली-एनसीआरसहित उत्तर भारतका धेरै भागहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।


पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफमाथि लागेको प्रतिबन्ध हट्यो

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफमाथि लागेको प्रतिबन्ध हट्यो


एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफमाथि लागेको प्रतिबन्ध हटेको छ। बीबीसीका अनुसार पाकिस्तानको सर्वोच्च अदालतले संविधानको धारा ६२–१ एफ लाई आधार मानेर आजीवन अयोग्यताको प्रावधानलाई अन्त्य गर्ने फैसला गरेको हो।

अदालतको उक्त फैसला पछि अब पूर्व प्रधानमन्त्री शरीफ आगामी चुनावमा भाग लिन पाउने भएका छन्। दोषी भेटिएका सांसदले आजीवन चुनाव लड्न नपाउने व्यवस्था सर्वोच्चले अन्त्य गरेको हो।

पाकिस्तानका मुख्य न्यायाधीश काजी फैज ईसाको अध्यक्षतामा गठित सात सदस्यीय इजलासले सुनुवाई गर्दै उक्त फैसला गरेको हो।


जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो


एजेन्सी । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।

मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।


जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो


एजेन्सी । मध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु  हुनेको संख्या ३० पुगेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन्। 

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।

भूकम्पले निगाटा, टोयामा, फुकुई र गिफु प्रान्तमा पनि क्षति पुर्‍याएको छ। सोमबारदेखि जापानमा कम्तीमा १५५ भूकम्प गएको छ। 


 


रुसी सहरमा युक्रेनको हमला : २० जनाको मृत्यु, १०० बढी घाइते

रुसी सहरमा युक्रेनको हमला : २० जनाको मृत्यु, १०० बढी घाइते


एजेन्सी । दक्षिण पश्चिमी रुसको सीमावर्ती बेल्गोरोडमा भएको युक्रेनको सांघातिक आक्रमणमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । मस्कोले युक्रेनलाई रुसी सहरमा घातक हवाई हमला गरेको आरोप लगाएको छ ।

त्यहाँका एक क्षेत्रीय गभर्नरका अनुसार रुसले युक्रेनमा आक्रमण गरेपछिको यो सबैभन्दा घातक आक्रमण हो । आक्रमणमा परी मारिनेमा तीन बालबालिका समेत रहेका छन् । यता युक्रेनी सुरक्षा स्रोतले भने शनिबारको कारबाहीमा सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको दाबी गरेको छ । बीबीसीका अनुसार, शुक्रबार युक्रेनमा रुसले गरेको आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो । 

जसलाई कीभले रुसको युद्धमा अहिलेसम्मकै सबैभन्दा ठूलो मिसाइल बमबारीका रूपमा व्याख्या गरेको छ । रुसमा युक्रेनले गरेको आक्रमणलाई मस्कोले भने युक्रेनी ओल्खा र चेक निर्मित रकेटहरू सहित धेरै प्रकारका हतियारहरूसहित आक्रमण गरेको आरोप लगाएको छ ।

युक्रेनी सुरक्षा स्रोतका आधारमा बीबीसीले भनेको छ, ‘रसियाले युक्रेनी सहरहरू र नागरिकहरूमा गरेको आतंकवादी हमलाको प्रतिक्रियाको रूपमा युक्रेनले शनिबार जवाफी आक्रमण गरेको हो।’ युक्रेनले बेल्गोरोडको अवस्थालाई भने ‘रूसी वायु रक्षाको अयोग्य काम’ भनेको छ ।

रसियाको अनुरोधमा शनिबार न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बसेको थियो । बैठकमा रसियाले चेक प्रतिनिधिलाई उपस्थित हुन आग्रह गरेको थियो। बैठकको क्रममा, संयुक्त राष्ट्रका लागि रसियाका राजदूत भासिली नेबेन्ज्याले युक्रेनलाई ‘नागरिक लक्ष्य विरुद्ध जानाजानी, अन्धाधुन्ध आक्रमण’ गरेको आरोप लगाए । 

उनको टिप्पणीलाई युक्रेनका सहयोगीहरूले तुरुन्तै खण्डन गरेका थिए, फ्रान्सेली राजदूतले भने कि युक्रेनले संयुक्त राष्ट्रको कानून अन्तर्गत आफ्नो रक्षा गरिरहेको छ, जबकि अमेरिका र बेलायत लगायतका अन्यले भने कि राष्ट्रपति भ्लादिमिर पुटिन द्वन्द्व सुरु गरेर रूसी मृत्युको लागि जिम्मेवार थिए। संयुक्त राष्ट्रका सहायक महासचिव मोहम्मद खियारीले दुवै पक्षबाट भएको आक्रमणको ‘स्पष्ट रूपमा निन्दा’ गरे । 

रुसी रक्षा मन्त्रालयका अनुसार यसअघि पनि बेल्गोरोडमा १३ वटा क्षेप्यास्त नष्ट गरिएको थियो भने ३२ वटा ड्रोन खसालिएको थियो । शुक्रबार युक्रेनमा रुसले गरेको बमबारीमा भने ३९ जनाको ज्यान गएको थियो भने १६० भन्दा बढी हताहतमा परेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जसमा राजधानी कीभ सहित कैयौँ सहरहरु प्रभावित भएका छन् । 


कतारको जेलमा रहेका पूर्व भारतीय नौसेनाको मृत्युदण्डको सजाय घटाइयो

कतारको जेलमा रहेका पूर्व भारतीय नौसेनाको मृत्युदण्डको सजाय घटाइयो


एजेन्सी । कतारको अदालतले कतारको जेलमा रहेका भारतीय नौसेनाका आठ पूर्व अधिकारीको मृत्युदण्डको सजाय घटाएको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दहरा ग्लोबल मुद्दामा आज कतार अदालतको आदेश आएको छ, जसमा सजाय घटाइएको छ । हामी पूर्ण आदेशको लागि पर्खिरहेका छौं। ‘


दण्ड सजाय पाएका परिवारसहित कतारका लागि हाम्रा राजदूत र अन्य अधिकारीहरू आज अदालतमा उपस्थित थिए । तर मृत्युदण्डको सजाय कति घटाएको खुलेकाे छैन ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सुरुदेखि नै ती व्यक्तिहरूसँग उभिरहेका छौं र हामी उनीहरूलाई कन्सुलर र कानुनी सहयोग गर्नेछौं। हामी यो विषय कतार प्रशासनसँग पनि उठाउनेछौं ।’