16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


इजरायल–हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु

इजरायल–हमास द्वन्द्वमा ५९ जना राष्ट्रसंघीय कर्मचारीको मृत्यु


काठमाडौं, १३ कात्तिक ।  इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्र संघका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो ।

इजरायल-हमास द्वन्द्वमा मारिएका सहकर्मीको सम्मानमा आइतमा जोर्डनको अम्मानमा गरिएको स्मृतिसभामा राष्ट्र संघका कर्मचारी । राष्ट्रसंघका अनुसार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी(यूएनआरडब्लूए)मा कार्यरत कर्मचारी मारिएका हुन् । आइतबार जोर्डनको राजधानी अम्मानमा राष्ट्रसंघले मारिएका कर्मचारीको स्मृति समारोहसमेत आयोजना गरेको थियो ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहकर्मीहरूको निधनमा दु:ख व्यक्त गरेका छन् । 
 


गाजाको अस्पताल आसपास इजरायलको आक्रमण

गाजाको अस्पताल आसपास इजरायलको आक्रमण


एजेन्सी । गाजा क्षेत्रका डाक्टरले अस्पताल खाली गर्न असम्भव भएको बताएका छन् । इजरायलले उत्तरी गाजा क्षेत्रमा रहेको अल कुद्स अस्पताल तत्काल खाली गर्न भनेपछि डाक्टरहरुको यस्ताे प्रतिक्रिया आएको हो ।

इजरायलले प्यालेस्टाइनको विद्रोही समूह हमास विरुद्धको आक्रमण बढाउँदै अस्पताल आसपासका क्षेत्रमा आक्रमण गरिरहेको छ । अस्पतालमा हमास लडाकु लुकेको हुन सक्ने इजरायलको आशङ्का छ । तर, अस्पतालका निर्देशकले भने अस्पतालमा विद्रोही समूह नभएर प्यालेस्टाइनका नागरिकहरु आश्रय  लिएर बसिरहेका बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै, विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले पनि अस्पताल क्षेत्रमा भइरहेको आक्रमणको भत्सर्ना गर्दै अस्पताल खाली गराउन असम्भव रहेको जनाएको छ । यस्तै, गाजापट्टीको राफाहमा रहेको गोदाममा हजारौँ मानिस प्रवेश गरेर त्यहाँ लुटपाट गरेका छन् ।


प्यालेस्टाइनको अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय जनाको मृत्यु

प्यालेस्टाइनको अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय जनाको मृत्यु


एजेन्सी । गाजामा रहेको अल अहली अस्पतालमा रकेट आक्रमण भएकाे छ । आक्रमणमा ५ सय जनाको मृत्यु भएको छ । मंगलबार राति इजरायली सेनाले गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तिमा ५ सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको बताएका छन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको थियो । उसले भनेको थियो, ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनाइयो । हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतंकवादी संगठन जिम्मेवार छ ।’

अन्तर्राष्ट्रिय नेताहरूले अस्पतालमा भएको हमलाको निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । सुरुवाती विवरणअनुसार सयौँ मानिस घाइते भएको र मृत्यु भएको संकेत छ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्छौं ।’

इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 


गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसंघको आह्वान

गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसंघको आह्वान


एजेन्सी । सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्तोनियो गुतेरेसले गाजा क्षेत्रमा द्रुत र निर्बाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई रिहा गर्न आह्वान गरेका छन्।

“यस्तो असहज परिस्थितिमा हामी मध्यपूर्व गम्भीर अवस्थामा छौँ, संयुक्त राष्ट्रसङ्घका महासचिवको हैसियतले यी दुई मानवीय अपिल गर्नु मेरो कर्तव्य हो”, उनले भने, “हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरुलाई मानवीय आपूर्ति तथा कामदारका लागि सहायता आवाश्यक रहेको महासचिव गुतेरेसको जोड छ। यस्ता खालका मानवीय सहायताका लागि द्रुत र निर्बाध पहुँच प्रदान गर्नुपर्छ।”

यी दुई उद्देश्य आफैँमा मान्य भएको भन्दै उनले यसलाई मोलमोलाइको माध्यम बनाउन नहुने बताए। संयुक्त राष्ट्रसङ्घसँग इजिप्ट, जोर्डन, पश्चिम किनार र इजराइलमा  खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, इन्धनको भण्डार रहेको र ती सामानहरू केही क्षणमा पठाउन सकिने महासचिव गुतेरेसले बताए।


२४ घण्टाभित्र गाजा सिटी छाड्न प्यालेस्टाइनीलाई इजरायलको चेतावनी

२४ घण्टाभित्र गाजा सिटी छाड्न प्यालेस्टाइनीलाई इजरायलको चेतावनी


एजेन्सी ।  इजरायलले प्यालेस्टाइनी नागरिकहरूलाई गाजा सिटी खाली गराउन चेतावनी जारी गरेको छ । इजरायलले २४ घण्टाभित्र त्यो क्षेत्र छाडेर जान चेतावनी दिएको हो । उक्त क्षेत्रमा १० लाखभन्दा बढी मानिस बस्छन् । उनीहरुलाई सो ठाउँ छाड्न र दक्षिणी गाजा जान चेतावनी दिइएपछि संयुक्त राष्ट्रसंघले चेतावनी फिर्ता लिन भनेको छ ।

इजरायलले भने भीषण आक्रमणको योजना बनाइसकेको गाजा सिटीमा आक्रमण गरिछाड्ने अडान लिएको छ । इजरायलले सर्वसाधारणहरू आफ्नो दुस्मन नभएको बताउँदै हमास लडाकुबाट टाढै रहन पनि आग्रह गरेको छ । हमासले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गर्न सक्ने सम्भावना भएको इजरायलको भनाइ छ ।


इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय १७ पुग्यो

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय १७ पुग्यो


काठमाडौं, २५ असोज । इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्या एक हजार ४१७ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ। मन्त्रालयका अनुसार गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएका छन्। 
इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो।
 


बन्धकलाई मृत्युदण्ड दिने हमासको चेतावनी 

बन्धकलाई मृत्युदण्ड दिने हमासको चेतावनी 


एजेन्सी । हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासको चेतावनीलाई गम्भीरतापूर्वक लिएको बताएको छ । ह्वाइट हाउसले हमास–इजरायल युद्धको अवस्था र बन्धक पारिएकाको बारेमा नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि गएको शनिवार आक्रमण गरी केहीलाई अपहरण गरेको छ । घटनामा कम्तीमा ११ जना अमेरिकी नागरिकको ज्यान गएको छ । बाइडेनले ह्वाइट हाउसबाट पछिल्लो अवस्थाबारे सम्बोधन गर्ने तयारी गर्नुभएको सीएनएनले जनाएको छ ।

हमासले झण्डै १ सय ५० जनालाई बन्धक बनाएको विवरण छ । यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू समेत रहेका छन् । शनिवारयता युद्धमा मारिनेको सङ्ख्या एक हजार सात सय ५० जनाभन्दा धेरै पुगेको छ । इजरायलतर्फ एक हजार आठ जना र प्यालेस्टिनतर्फ सात सय ६५ जनाको शव भेटिएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


इजरायल-हमास युद्ध: मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

इजरायल-हमास युद्ध: मृत्यु हुनेको संख्या १५ सय नाघ्यो


एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या १ हजार ५ सय नाघेको छ । इजरायलमा ९ सय र गाजामा ६सय भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ। 

विनाशकारी र आश्चर्यजनक आक्रमणको ४८ घण्टा भन्दा बढीपछि इजरायलमा कम्तिमा ९०० जनाको मृत्यु भएको हो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण गरिरहेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो क्रममा ६८० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

जवाफमा प्यालेस्टाइनी अतिबादी समुह हमासले हाल बन्धन रहेका इजरायली नागरिकलाई मृत्युदण्ड दिइने जनाएका छन । इजरायलले बिना चेतावनी गाजाका मानिसहरूलाई निशाना बनाएमा तीनैहरु सबैलाई मारिदिने चेतावनी पनि दिएको छ । सो समूहले इजरायली सेनाका अधिकारीहरू सहित १०० भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ।

इजरायली सेनाले ‘पहिले कहिल्यै नभएको जस्तो’ शक्तिको साथ हमास विरुद्धको अपराधमा जाँदैछ’ प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वाचा गरेका छन् ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र अन्यलाई बन्धक बनाएर राखिएको जानकारी गराएका छन । हमलामा १० नेपालीको मृत्यु भएको थियो ।


हमासविरुद्ध लड्न अमेरिकाले इजरायललाई हतियार दिने

हमासविरुद्ध लड्न अमेरिकाले इजरायललाई हतियार दिने


एजेन्सी । हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हमासविरुद्ध लड्न पूर्वी भूमध्य सागरमा अमेरिकी युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड, युद्धक विमान, एक मिसाइल क्रुजर, चार क्षेप्यास्त्र र गोलाबारुद पठाउने घोषणा गरेका हुन् । हमासको आक्रमणमा इजरायल, अमेरिका, नेपालका साथै कयौँ देशका नागरिकहरू पनि मारिएका छन् । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यस विषयमा भनेको छ, ‘हामी थप सैन्य सहायता दिनेछौँ । साथै इजरायलको दुश्मनले यो स्थितिको फाइदा नउठाओस् भनेर अमेरिकाले अन्य काम पनि गर्नेछ ।’ इजरायलका अनुसार हालसम्म हमासको आक्रमणमा इजरायलमा रहेका ७ सय मानिसले ज्यान गुमाइसके । हमासका लडाकुले सयभन्दा बढी मानिस अपहरण पनि गरेका छन् । 

यस्तोमा इजरायलले हमासविरुद्ध जवाफी कारबाही थालिसकेको छ । इजरायलका सेनाहरू ट्यांकलगायतका हतियारसहित हमास लडाकु रहेका सीमा क्षेत्रमा जाँदैछन्, जहाँबाट अपहरणमा परेका मानिसहरू छुटाउन सकियोस् । इजरायलसँगै विदेशी नागरिकहरू अपहरणमा परेको आशंका छ ।

यस्तै, इजरायका सेनाले हवाई आक्रमण गर्दा प्यालेस्टाइनको गाजा क्षेत्रमा चार सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने २३ सयभन्दा बढी मानिस घाइते भएका छन् । गाजा क्षेत्रका भवनमा इजरायलको जवाफी कारबाहीले ठूलो क्षति पुगेको छ । 
 


अफगानिस्तान भूकम्पः  मृत्यु हुनेको सङ्ख्या २००० पुग्यो

अफगानिस्तान भूकम्पः  मृत्यु हुनेको सङ्ख्या २००० पुग्यो


एजेन्सी । अफगानिस्तानमा आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । समाचार एजेन्सी एपीका अनुसार तालिबानका प्रवक्ताले पश्चिमी अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या दुई हजार पुगेको जानकारी दिएका छन् । 
अधिकारीका अनुसार यो भूकम्पका कारण ९ हजारभन्दा बढी घाइते भएका छन् ।  भूकम्पका कारण ४६५ भन्दा बढी घर ध्वस्त भएका छन् भने १३५ वटामा क्षति पुगेको छ । 
संयुक्त राष्ट्रका अनुसार भग्नावशेषमा धेरै मानिस दबिएका हुन सक्छन्  । स्थानीय प्रशासनले उद्धार कार्य र राहत अभियान जारी रहँदा मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरेका छन् । 

भूकम्पको तीव्रता ६.३ थियो । भूकम्पले इरानको सीमा नजिकै हेरात सहरका भवनमा क्षति पुगेको छ ।