12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


रुसी सेनामा कार्यरत प्युठानी युवकको मृत्यु

रुसी सेनामा कार्यरत प्युठानी युवकको मृत्यु


काठमाडौं, २६ पुस । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए । नगरप्रमुख योगी नेतृत्वको टोलीले सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने थापाले बताए ।


नेपालमा रेमिट्यान्स आप्रवाह बढ्यो, वैदेशिक रोजगारीमा जाने घटे(पूर्णपाठ)

नेपालमा रेमिट्यान्स आप्रवाह बढ्यो, वैदेशिक रोजगारीमा जाने घटे(पूर्णपाठ)


काठमाडौं, २६ पुस । चालू आर्थिक वर्ष २०८०/८१ मा विदेशबाट रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिट्यान्स आप्रवाह मासिक १ खर्बभन्दा माथि रहेको छ । साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

मंसिर महिनामा १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको विवरणमा उल्लेख छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तसम्म पुग्दा ६ खर्ब नाघेको छ ।

मंसिरसम्मको रेमिट्यान्स गत वर्षको समीक्षा अवधिको तुलनामा २७.६ प्रतिशत बढी रहेको छ । अघिल्लो वर्ष रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ६२ करोड रहेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षको तुलनामा घटेको छ । यस वर्ष ५ महिनामा १ लाख ७३ हजार ५५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्, गत वर्ष २ लाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष १ लाख ४ हजार ३७ रहेको छ । गत वर्ष यसै अवधिमा १ लाख १५ हजार ९४८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।


नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर

नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा कमजोर


काठमाडौं, २६ पुस । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको रहेको छ ।

सुरुमै भिसा नलिइ टिकट मात्र काटेर जान सकिन्छ भन्ने आधारमा विश्वका विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले सूचीकृत गर्ने गरेको छ ।
हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परहेको हो । नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिनाभिसा जान सकिन्छ । नेपाल सूचीको ९८औँ स्थानमा रहेको छ ।

हेन्लीले यो डाटा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)बाट लिने गरेको छ । पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले १९४ देश तथा क्षेत्रमा प्रिभिसा बिनानै प्रवेश गर्न पाउँछन् । नेपालभन्दा बलियो श्रीलंकाको पासपोर्टले ४३ र बंगलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ ।

८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिन्छ । ६२औँ स्थानमा रहेको चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ । अमेरिकाको पासपोर्ट सातौँ स्थानमा छ । यसले १८८ देशमा अग्रिम भिसाबिना नै प्रवेश गर्न सकिन्छ ।


अमेरिका पठाइदिने भनेर २३ लाख ५० हजार रुपैयाँ ठगी गर्ने युवती पक्राउ

अमेरिका पठाइदिने भनेर २३ लाख ५० हजार रुपैयाँ ठगी गर्ने युवती पक्राउ


काठमाडौं, २६ पुस । अमेरिका पठाइदिने भन्दै २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ भंगाल चपलीकी ३४ वर्षीया बेन्जु महत छिन् । 

उनले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्ने भन्दै सुरुमा २३ लाख ५० हजार लिएको आरोप छ । २३ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन बनेकी उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


अमेरिका पठाइदिने भनेर २३ लाख ५० हजार रुपैयाँ ठगी गर्ने युवती पक्राउ

अमेरिका पठाइदिने भनेर २३ लाख ५० हजार रुपैयाँ ठगी गर्ने युवती पक्राउ


काठमाडौं, २६ पुस । अमेरिका पठाइदिने भन्दै २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ भंगाल चपलीकी ३४ वर्षीया बेन्जु महत छिन् । 

उनले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्ने भन्दै सुरुमा २३ लाख ५० हजार लिएको आरोप छ । २३ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन बनेकी उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


श्रमिकलाई युरोप पठाउने बाटो खुला

श्रमिकलाई युरोप पठाउने बाटो खुला


काठमाडौं, २५ पुस । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो।

व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर युरोप जाने प्रवृत्ति बढिरहेका बेला श्रम मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको छ। कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्नका लागि श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय मागपत्र प्रमाणीकरण समिति रहने उल्लेख छ। समितिमा संयोजकसहित परराष्ट्र मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका उपसचिव, कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य रहने र रोजगार समन्वय तथा सूचना शाखाका उपसचिव सदस्यसचिवको रूपमा रहने व्यवस्था गरिएको छ।

समितिमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने पारिश्रमिक एवं सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, श्रमिकको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाता कालोसूचीमा परे वा नपरेको विवरण, रोजगारदाताको वैधानिकता, रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार र माग गर्न दिएको स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्ने छ।

मागपत्र प्रमाणीकरण भएमा खाडी क्षेत्र र मलेसियाका रोजगारदाताले एक सय जनाभन्दा कम श्रमिक लैजान चाहेमा ४० हजार रुपियाँ, एक सय जनाभन्दा माथिका लागि ६० हजार रुपियाँ पेस गर्नुपर्ने छ।
 


एक वर्षमा विदेशिए १६ लाख नेपाली  विदेशिए

एक वर्षमा विदेशिए १६ लाख नेपाली विदेशिए


काठमाडौं, २४ पुस । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपालीहरु विदेशिएका छन् । जसमध्ये १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । यसरी बसाइँ सर्नेमा ७० हजार ९१५ जना स्थायी बसोबासका लागि र ९२ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेशिएको विभागको तथ्यांक छ ।

त्यस्तै, अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना, घुम्नका लागि २ लाख ४ हजार ५१८ जना, रोजगारीका लागि ८ लाख ८ हजार ४१५ जना विदेशिएका छन् । व्यवसाय गर्ने उद्देश्यले १८ हजार ९६४ जना, कन्फरेन्स/सेमिनार/ट्रेनिङमा सहभागी हुनका लागि २४ हजार २६३ जना, स्वास्थ्य उपचारका लागि १९ हजार ५०९ जना, अफिसियल भिसामा १६ हजार १११ जना, रोजगारी पर्मिटमा ८ हजार ८६ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना, युएन मिसनमा ६ हजार ५८ जना, खेल्नका लागि ३ हजार ६५३ जना, कन्सर्ट/साँस्कृतिक कार्यक्रम/इभेन्टका लागि १९ सय ६४ जना र अन्य प्रयोजनका लागि ३२ हजार ३५९ जना नेपाली एक वर्षमा विदेशिएका छन् ।

विदेशिएका मध्ये ३२ जना मात्रै स्वदेश फर्किएको विभागको तथ्यांक छ । सन् २०२३ मा विश्वका २२२ वटा देश र राज्यमा नेपाली पुगेका छन् । सन् २०२३ मा युएईमा मात्रै २ लाख ७१ हजार ८८ नेपाली पुगेका छन् ।

त्यसैगरी, भारतमा १ लाख ८० हजार ६०२ जना, कतारमा १ लाख ७९ हजार ४४१ जना, मलेसियामा १ लाख ६५ हजार २०१ जना, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना, अष्ट्रेलियामा १ लाख ५ हजार ३४३ जना, जापानमा ८२ हजार ७७२ जना, अमेरिकामा ६७ हजार ८१० जना र बेलायतमा ५३ हजार ४०१ जना पुगेका छन् । त्यसबाहेक विश्वका २ सयभन्दा बढी देश र राज्यमा १ जनादेखि ५० हजार जनासम्म पुगेको विभागको तथ्यांक छ ।


‘वैदेशिक रोजगारीमा जाने श्रमिकसँग थप सेवा शुल्क नलिनू’

‘वैदेशिक रोजगारीमा जाने श्रमिकसँग थप सेवा शुल्क नलिनू’


काठमाडौं, २४ पुस ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग थप सेवा शुल्क नलिन निर्देशन दिएका छन्। श्रम मन्त्रालयले श्रमिकलाई थप आर्थिक भार पर्नेगरि व्यवस्था ल्याउन लागेको भन्दै आलोचना भइरहँदा प्रचण्डले थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने भनेका हुन्।

सिंहदरबारमा आज मन्त्रालयगत छलफल अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

यस्तै, उनले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरू निःशुल्क रूपमा वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट उपलब्ध गराउनेबारे अध्ययन गर्न पनि निर्देशन दिएका छन्।

‘श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्नुहोला। हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला। आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला,’ प्रचण्डले भने।
 


वैदेशिक रोजगारीः माल्टा पठाइदिन्छु भन्दै ठगी, मेनपावर सञ्चालकसहित दुईजना पक्राउ

वैदेशिक रोजगारीः माल्टा पठाइदिन्छु भन्दै ठगी, मेनपावर सञ्चालकसहित दुईजना पक्राउ


काठमाडौं, २४ पुस ।  वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल काठमाडौँको टोखा बस्ने ४४ वर्षीय टंकप्रसाद सुवेदी रहेका छन् ।
सुवेदीले तुलसी राम कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु, प्रतिष्ठित होटलमा काम लगाइदिन्छुभन्दै ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । फरार रहेका सुवेदीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुस २२ गते बसुन्धराबाट पक्राउ गर्न सफल भएको थियो ।
त्यस्तै, माल्टा नै पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिका–४ घर भएका ३४ वर्षीय विक्रम दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । हाल ललितपुर बस्दै आएका दाहालले विनिता तामाङलाई माल्टाको प्रतिष्ठित होटलमा जागिर लगाइदिन्छु भन्दै ८ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
उनलाई पुस २२ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।


मेनपावर व्यवसायीहरूद्वारा वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव 

मेनपावर व्यवसायीहरूद्वारा वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव 


काठमाडौं, २३ पुस । मेनपावर व्यवसायीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै कामदारकाे लागत निर्धारण गर्न सरकारलाई दबाब दिँदै उनीहरूले हालको लागत शुल्क प्रस्ताव गरेका हुन्। 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन 'खर्च शीर्षक' निर्धारण गर्नुपर्ने बताए । कामदारको शुल्क निर्धारण र व्यवसायीको सेवा शुल्क माग सम्बोधन गरेर कामदारलाई वास्तविक लागत खर्चमा पठाउने ग्यारेन्टी गर्न सकिने उनको भनाइ छ। 

रोजगारदाताबाट Recruitment Agency लाई निर्धारित लागत खर्च प्राप्त भएमा कामदारबाट कुनै शुल्क नलिने उनको भनाइ छ । तर, रोजगारदाता कम्पनीले नदिएको खण्डमा १ लाख ३२ हजार ७५४ रुपैयाँ लागत अनुमान शुल्क लिन पाउनुपर्ने बताए ।