13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


अबदेखि भिसा शुल्क अनलाइनबाटै तिर्न सकिने

अबदेखि भिसा शुल्क अनलाइनबाटै तिर्न सकिने


काठमाडौं, ७ माघ । अध्यागमन विभागले भिसा शुल्क अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ। अध्यागमन विभागमा आइतबार जर्मन नागरिक अंके ग्रोपले पहिलो पटक मोबाइल बैंकिङ मार्फत भिसा शुल्क भुक्तानी गरे पश्चात भिसा जारी भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए।

अब नेपालभित्र भिसा नवीकरण, स्थानन्तरण र पदयात्रा अनुमतिको लागि अध्यागमन विभागमा आएर लाइन लाग्नु नपर्ने उनले बताए। अर्को हप्ताबाट कुटनैतिक भिसा सम्बन्धी कार्य कन्सुलर सेवा विभागबाट सेवा प्रवाह हुने स्पष्ट पार्दै महानिर्देशक तामाङले अबको लक्ष्य ई–भीसा लागू गर्ने रहेको उनको भनाई छ।


रसिया पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने एक पक्राउ

रसिया पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने एक पक्राउ


काठमाडौं, ४ माघ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि सात लाख तीस हजार लाग्ने तथा रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा एक लाखमा काम लगाइदिने भन्दै विश्वास दिलाइ पीडितबाट पटक–पटक गरी जम्मा सात लाख तीस हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताए।
 


ईपीएस भाषा परीक्षाका लागि फारम भर्दा बढी गएको पैसा फिर्ता

ईपीएस भाषा परीक्षाका लागि फारम भर्दा बढी गएको पैसा फिर्ता


काठमाडौं, ४ माघ ।  रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि आवेदन फारम भर्दा बढी गएको पैसा फिर्ता गरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गरेको हो ।
ईपीएस मार्फत कोरियामा रोजगारीका लागि गत पुस २ देखि ६ र १६ गतेदेखि २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन फारम आह्वान गरेको गरिएको थियो । त्यो बेला १ लाख ६४ हजार भन्दा बढीले आवेदन फारम भरेका छन् ।
धेरै व्यक्तिले एकैपटक आवेदन फारम भर्ने क्रममा अनलाइन सिस्टम नै स्लो भएको थियो । जसले गर्दा पैसा तिरेको नदेखिने तर, सिस्टमले पैसा भने काटेको थियो । कतिपयको एक पटकभन्दा बढी पटक पैसा काटेको थियो । ईपीएस कोरिया शाखाले उक्त बढी भुक्तानी भएको पैसा फिर्ता गरेको हो ।
ईपीएस कोरिया शाखाले एक पटकभन्दा बढी आवेदन शुल्क भुक्तानी भएको आवेदकहरूको बढी भुक्तानी भएको शुल्क जुन एकान्टबाट भुक्तानी भएको थियो सोही एकाउन्टमा फिर्ता गरिएको जनाएको छ । परीक्षा फारम भर्दा प्रयोग गरेको आफ्नो एकाउन्ट चेक गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
 


पालिकाबाटै राहदानी

पालिकाबाटै राहदानी


काठमाडौं, ४ पुस । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ। नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन्।
उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ। स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन्।


पालिकाले मौसमी कामदार कोरिया पठाउन पाउँदैनन् : श्रम मन्त्रालय

पालिकाले मौसमी कामदार कोरिया पठाउन पाउँदैनन् : श्रम मन्त्रालय


काठमाडौं, ४ माघ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पालिकाहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ।

मौसमी कामदार पठाउन केही पालिकाहरुले कोरियाका एक कम्पनीसँग धमाधम सम्झौता गरेको पाइएको भन्दै मन्त्रालयले यो कार्य कानुन र अधिकारबाहिर भएको भन्दै सचेत गराएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पालिकाहरुलाई यसअघि नै मौसमी कामदार पठाउने सम्बन्धमा रोक लगाएको भन्दै श्रम मन्त्रालयले कामदार पठाउने सम्झौता नगर्न र गरेको भए यसले बैधता नपाउने उल्लेख गरेको छ ।
 


वैदेशिक रोजगारः पुस महिनामा ६५ हजार नेपाली विदेसिए

वैदेशिक रोजगारः पुस महिनामा ६५ हजार नेपाली विदेसिए


काठमाडौं, ३ माघ । पुस महिना मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
जसमा ५९ हजार ७२९ पुरूष र ६ हजार ८४ जना महिला रहेका छन् । ३४ हजार ४१५ जनाले श्रम स्वीकृति मात्रै लिएका छन् । जसमा ३० हजार ३१७ जना पुरूष र ४ हजार ९८ जना महिला रहेको विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए । त्यसरी जानेमा सबैभन्दा बढी यूएई पुगेका छन् । यूएइका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १३ हजार ८६० पुरूष र २ हजार ५२५ जना महिला रहेका छन् । त्यसपछि साउदी अरेबिया पुगेका छन् ।
जहाका लागि १४ हजार ३०७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार २१५ जना पुरूष छन् भने ९२ जना मात्रै महिला छन् । त्यस्तै कतारमा १४ हजार १८ जना गएका छन् । जसमा १३ हजार १३५ पुरूष र ८८३ महिला रहेका छन् । त्यस्तै मलेसिया ८ हजार ९१, कुवेत ३ हजार ५१८, कोरिया १ हजार ४२५, जापान १ हजार १९९ जना गएको विभागको तथ्यांकले देखाएको छ ।  
 


भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।  

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दीएका हुन् ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने, “भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु/गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।”

प्रधानमन्त्रीले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे चेतनामूलक कार्यक्रम गर्न, राष्ट्र र जनताको हितमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
 


माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगी, आरोपी महिला पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगी, आरोपी महिला पक्राउ


काठमाडौं, २ माघ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भई हाल काठमाडौं–१५ स्वयम्भु बस्ने वर्ष ३० की मायादेवी राना रहेकी छन्।
मायाले दिपकराज कँडेल समेतलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

पीडितहरूबाट पटकपटक गरी ४३ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो। 
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
 


ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने

ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने


काठमाडौं, २ माघ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । 
यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एचआरडी कोरियाका अधिकारीहरूसँगको छलफलको क्रममा २० जनवरी (माघ ६ गते) देखि परीक्षा गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । तर, आवेदन फारम भर्ने र आवेदकहरूको परीक्षा सम्बन्धी रेकर्ड राख्ने अनलाइन सिस्टमका कारण परीक्षा केही ढिलाइ हुने महानिर्देशक घिमिरेले बताए ।

ईपीएस भाषा परीक्षा तीन चरणमा हुनेछ । एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा गर्ने गरी तयारी गरेको हो । ठूलो संख्यामा आवेदन परेकाले तीन चरणमा परीक्षा सञ्चालन गर्नेगरी एचआरडी कोरियाले तयारी गरेको हो ।

पहिलो चरणमा ४७ हजार जनाको परीक्षा गरिनेछ । त्यस्तै दोस्रो चरणमा  ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजार ७१६ जनाको परीक्षा दिनेगरी कार्यतालिका बनेको हो । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ ।

उत्पादनमूलक क्षेत्रका लागि कोरियाले अनुमानित १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको थियो । जसमा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदनकर्ता समेत जोडेर १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेको छ । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।
 


वैदेशिक लगानी प्रोत्साहन गर्न आईपीआरको आवश्यकतामाथि भारतको जोड

वैदेशिक लगानी प्रोत्साहन गर्न आईपीआरको आवश्यकतामाथि भारतको जोड


काठमाडौं, २९ पुस । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत–नेपाल अन्तर–सरकारी उपसमिति  (आइजीएससी) को पछिल्लो बैठक सम्पन्न भएको छ । बैठक पुस २७ देखि २८ गतेसम्म काठमाडौँमा बसेको थियो ।
काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गरेका थिए भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए । 
व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित  द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्त्वपूर्ण विषयहरूमा व्यापक छलफल गरेको थियो । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका थिए । भारतीय पक्षले वैदेशिक लगानी (एफडीआई)लाई प्रोत्साहन गर्न हेतु पेरिस महासन्धिको प्रावधान अनुसार इन्टेलेक्चुअल प्रोपर्टी राइट्स (आईपीआर) व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको थियो ।
नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबिचको निर्बाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।