16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


नयाँ बानेश्वरमा एक पुरुषद्वारा आत्मदाह प्रयास

नयाँ बानेश्वरमा एक पुरुषद्वारा आत्मदाह प्रयास


काठमाडौं, २४ चैत । काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । पुरानो टर्ली बसको कार्यालय अगाडि ५० वर्षीय प्रेम लामाले शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको सुरक्षित उद्धा गरेको थियो । प्रहरीले लामालाई अहिले नियन्त्रणमा लिएको छ । लामालाई सचेत गराई परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ । 
 


दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु


काठमाडौं, ८ चैत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।
मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए ।


 


फिक्कलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु 

फिक्कलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु 


काठमाडौं, २८ फागुन । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना भएको भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। 
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।  बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । 


छतबाट खसेर माधव नेपालका भाइको निधन

छतबाट खसेर माधव नेपालका भाइको निधन


काठमाडौं, २० फागुन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो । नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवका अनुसार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।
 


बालाजु घटनाः दुई प्रहरी वृत्तको कमजोरी

बालाजु घटनाः दुई प्रहरी वृत्तको कमजोरी


काठमाडौं, १० फागुन ।  काठमाडौंको बालाजुमा यातायात मजदुरले ट्राफिक जरिवानालगायत विभिन्न विषय उठाएर गरेको आन्दोलनका क्रममा ट्राफिक बिट र प्रहरीकै गाडी आगजनी तथा लोत्से मलमा भएको तोडफोड र लुटपाटमा दुई प्रहरी वृत्तकै कमजोरी रहेको जनाइएको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालका अनुसार प्रहरी वृत्त बालाजु र प्रहरी वृत्त सोह्रखुट्टेको कमजोरीले घटना घटेको निष्कर्ष निकालिएको छ। कार्यालयले अनुसन्धानका लागि गठन गरेको समितिले ती दुवै प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी०लाई कारबाहीका लागि सिफारिस गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । 
उपत्यका प्रहरीले प्रहरी नायब महानिरीक्षक मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले त्यस दिन आन्दोलन नियन्त्रणका लागि खटिएका बालाजुका डिएसपी रविन विष्ट र सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमको कमजोरी रहेकाले कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ। 


नुवाकोट बस दुर्घटना, ३ जनाको मृत्यु‚ २३ घाइते

नुवाकोट बस दुर्घटना, ३ जनाको मृत्यु‚ २३ घाइते


काठमाडौं, ४ फागुन ।  नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका १ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 
दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । 
मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 


कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो


काठमाडौं, ४ फागुन । ग्यास विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

भण्डारीलाई श्री एअरलाइन्सको विमानमार्फत भारतको मुम्बईमा रहेको नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको हो । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।

नेता भण्डारीको यसअघि कीर्तिपुरको कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
बुधबार राति निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । 
 


ग्यास सिलिण्डर विस्पोटमा घाइते सांसद भण्डारीको आमाको निधन

ग्यास सिलिण्डर विस्पोटमा घाइते सांसद भण्डारीको आमाको निधन


काठमाडौं, ४ फागुन ।  ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकारले जानकारी दिएकी छन् ।
उनका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला घाइते भएकी थिइन् ।
आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । डा भण्डारीको उपचार जारी छ ।
 


ग्याँस विष्फोटमा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते

ग्याँस विष्फोटमा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते


काठमाडौं, ४ फागुन ।  गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार उनीहरुको स्वास्थ्य स्थिति गम्भीर छ ।

डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।

डा. भण्डारीको काठमाडौंस्थित बुद्धनगर निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा पोलेर घाइते भएका हुन् । बिहीबार राती १० बजे ग्याँस पड्किएको थियो ।  भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ। 
 


कालीगण्डकीमा खस्यो यात्रुबाहक बस 

कालीगण्डकीमा खस्यो यात्रुबाहक बस 


काठमाडौं, ३ फागुन । मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस कालीगण्डकीमा खसेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार थासाङ गाउँपालिका–३ को धुम्पु भन्ने ठाउँमा सडकबाट  कम्तीमा ४५ मिटर तल खसेकाे हाे। 

ना ७ ख ७४४० नम्बरको बस नदीमा  खस्दा बसमा सवार सबै जना घाइते भएको र ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसमा सवार १७ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनालाई पोखरा रिफर गरिएको छ । घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिए।