07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


जाजरकोट भूकम्पः १२ जिल्लाका ३५ हजार घरमा क्षति(सूचीसहित)

जाजरकोट भूकम्पः १२ जिल्लाका ३५ हजार घरमा क्षति(सूचीसहित)


काठमाडौं, २१ कात्तिक । घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ। भूकम्पले जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १/१ घर पूरै ध्वस्त भएका छन्। 
भूकम्पले रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको छ। यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा १/१ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ। 


 


भूकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले २ लाख दिने

भूकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले २ लाख दिने


काठमाडौं, १९ कात्तिक । सरकारले जाजरकोट भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरूप पहिलो चरणमा दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् । 
यसैगरी जाजरकोट भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. संवत २०८० कार्तिक १७ राति ११:४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर) गएको भूकम्पका कारण ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्ने ।

२. उक्त भूकम्पमा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने ।

३. खोज, उद्धार, तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिने । साथै, भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने ।

४. सुर्खेतलाई मुख्य सम्पर्कस्थल र नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाई खोज, उद्धार र राहतसम्बन्धी कार्य एकद्वार प्रणालीबाट व्यवस्थापन मिलाउने ।

५. मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने ।

६. छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने ।

७. भूकम्पपश्चात खोज, उद्धार, राहत र घाइतेको उपचारमा खटिने सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति एवं संघसंस्थालाई विशेष धन्यवाद दिंदै जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी यसलाई निरन्तरता दिन आग्रह गर्ने ।

८. प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेलाई धन्यवाद दिंदै सहयोगका लागि अपिल गर्ने ।

९. भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने ।

१०. क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने ।

११. जीविकाका स्रोत संरक्षण र पशुधन सुरक्षाको व्यवस्था मिलाउने ।

१२. राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नियमाअनुसार दैनिक खाना खाजा खर्च उपलब्ध गराउने ।

१३. सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने । पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने ।

१४. भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने ।

१५. भूकम्पबाट प्रभावित व्यक्तिहरुको सरकारी स्वास्थ्य संस्थाहरुले निःशुल्क उपचारको व्यवस्था गर्ने ।

१६. राष्ट्रिय विपद्को यस घडीमा धैर्यधारण गर्न सबैलाई आग्रह गर्ने ।

१७. सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा वस्ती विकास गर्ने व्यवस्था मिलाउने ।

१८. विपद् प्रभावितहरुका लागि आवश्यक पर्नसक्ने राहत तथा उद्धार सामग्रीहरुको पूर्वतयारी स्वरुप मौज्दात राख्ने ।


भूकम्प अपडेट : १५७ जनाको मृत्यु,२५३ जना घाइते

भूकम्प अपडेट : १५७ जनाको मृत्यु,२५३ जना घाइते


काठमाडौं, १९ कात्तिक । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म घाइतेहरूमा जाजरकोटका ११२ जना, रुकुम पश्चिमका १३२ जना,जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।


मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् । सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।


 


अण्यौलमा जीप दुर्घटना, चार जनाको मृत्यु, पाँच घाइते

अण्यौलमा जीप दुर्घटना, चार जनाको मृत्यु, पाँच घाइते


काठमाडौं, १९ कात्तिक । धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ग२च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर तल खस्दा चार जनाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, उनकी अन्दाजी आठ महिनाकी छोरी प्राथना,  ३२ वर्षीया धनशोभा  बुढा र  छ वर्षीय कविन्द्र बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । 

उनका अनुसार  दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली–५ का ३० वर्षीय प्रकाश बुढथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेको छन् । 

घाइतेको दियायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
 


जाजरकोट भूकम्प अपडेटःमृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाइते १४० जना पुगे

जाजरकोट भूकम्प अपडेटःमृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाइते १४० जना पुगे


काठमाडौं, १८ कात्तिक । जाजरकोटको लामिडाडामा गएराती ११ : ४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

 त्यसैगरी विहान ८ १५ बजेसम्म भूकम्पमा परि घाइते हुनेमा जाजरकोटका ५५ जना तथा रुकुम पश्चिमका ८५ गरी कुल १४० जना रहेका छन्। 


भूकम्पमा उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा उपप्रमुख सिंहको मृत्यु


काठमाडौं, १८ कात्तिक । जाजरकोटक बारेकोट केन्द्र भएर शुक्रबार मध्यराति भएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पमा सिंहको मृत्यु भएको हो। उनी कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन्।
 


जाजरकोट भूकम्पः भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइयो

जाजरकोट भूकम्पः भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइयो


काठमाडौं, १८ कात्तिक ।  जारकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ। बाँके प्रशासनबाट बिहान ३:२१ बजेबाटै तयारी थालिएको भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि तयारी अवस्थामा राखिएको छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको उल्लेख छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ र पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ र लजिस्टिक कि प्रबन्ध मिलाइएको बाँके प्रशासनले जनाएको छ।

हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ। 


जाजरकोट भूकम्प: अहिलेसम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते

जाजरकोट भूकम्प: अहिलेसम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते


काठमाडौं, १८ कात्तिक । जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।

त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। जाजरकोट केन्द्रबिन्दु भए गएराति ११:४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो।


गोली लागेका स्कुल सञ्चालक सराफको उपचारको क्रममा निधन

गोली लागेका स्कुल सञ्चालक सराफको उपचारको क्रममा निधन


काठमाडौं, १३ कात्तिक । अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । 
कलैया निवासी रुपेश सराफको छाती र घाँटीमा २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। कलैयाको बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा सराफमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ।

गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको र त्यहाबाट बयोधा अस्पताल लगिएको थियो। ३५ वर्षीय सराफ कलैया ६ का बासिन्दा हुन्।

सराफले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन्। 


राष्ट्रपतिबाट माफी पाएकाे २५ दिनमा लोकबहादुरले फेरि गरे महिलाको हत्या

राष्ट्रपतिबाट माफी पाएकाे २५ दिनमा लोकबहादुरले फेरि गरे महिलाको हत्या


काठमाडौं, २ कात्तिक । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएकाे छ ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षिय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुरले मुसीकोट नगरपालिका -७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

लोकबहादुर गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफि गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन् । उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।

अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान्-श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए । दुबै जना २९ गते बिहान १० बजेबाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । लोकबहादुरले भावनाको घाँटिमा धारिलो चक्कु प्रयोग हत्या गरेको डिएसपी भट्टराईले बताए ।

मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमती हाल बैदशिक रोजगारीमा रहेको बताइन्छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिबादीको मोबाईल समेत बरामद गरेको छ ।