07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


राष्ट्रपतिबाट माफी पाएकाे २५ दिनमा लोकबहादुरले फेरि गरे महिलाको हत्या

राष्ट्रपतिबाट माफी पाएकाे २५ दिनमा लोकबहादुरले फेरि गरे महिलाको हत्या


काठमाडौं, २ कात्तिक । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएकाे छ ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षिय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लोकबहादुरले मुसीकोट नगरपालिका -७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

लोकबहादुर गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफि गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन् । उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।

अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान्-श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए । दुबै जना २९ गते बिहान १० बजेबाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । लोकबहादुरले भावनाको घाँटिमा धारिलो चक्कु प्रयोग हत्या गरेको डिएसपी भट्टराईले बताए ।

मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमती हाल बैदशिक रोजगारीमा रहेको बताइन्छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिबादीको मोबाईल समेत बरामद गरेको छ ।


जनकपुर बिग मार्टमा आगलागी

जनकपुर बिग मार्टमा आगलागी


काठमाडौं,२२ असोज । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । मार्टको  सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ ।


बझाङ भूकम्पमा एकजना बेपत्ता, १३ घाइते

बझाङ भूकम्पमा एकजना बेपत्ता, १३ घाइते


काठमाडौं, १६ असोज । बझाङमा गएको भूकम्पमा पनि एकजना बेपत्ता भएका छन् । लेकमा एकजना बेपत्ता भएको खबर आएको र त्यस विषयमा जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
भुकम्पमा परि अन्य १३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।  मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्याएको थियो । हालसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । भुकम्पका कारण यहाका दर्जनौं घरहरु भत्किएका छन् । विद्यालय र पुराना सरकारी कार्यालयमा पनि क्षति पुगेको छ ।


बझाङमा दुई ठूला भूकम्प(क्षतिका तस्बिरहरु)

बझाङमा दुई ठूला भूकम्प(क्षतिका तस्बिरहरु)


काठमाडौं, १६ असोज । बझाङमा आधा घन्टामा ठूला दुई भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज अपराह्न ३ बजेर ६ मिनेटमा चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युटको भूकम्प गएको छ। 

त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का महसुस भएसँगै स्थानीय बासिन्दा घरबाहिर निस्किएका छन् । भूकम्पका कारण बझाङको तालकोट गाउँपालिकास्थित वडा नं. १ को कार्यालय भवनमा क्षति पुगेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीका अनुसार वडा कार्यालय भवनमा क्षति पुगेको हो । उनले सोही वडाका केही विद्यालय भवनहरू पनि चर्किएको जानकारी दिइन् ।

भूकम्पका कारण गाउँपालिकाको भवन आसपासको जमिन पनि भासिएको उपाध्यक्ष भण्डारीले जानकारी दिइन् । अन्य वडाहरूबाट विवरण संकलनको काम भइरहेको उनको भनाइ छ ।

 


इन्द्रजात्रा हेर्न न्युरोड पुगेका युवकको हत्या, दुई जना पक्राउ

इन्द्रजात्रा हेर्न न्युरोड पुगेका युवकको हत्या, दुई जना पक्राउ


काठमाडौं, १६ असोज । इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।  धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको हो ।
गए राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए । 
 


तीनकुनेस्थित गैह्रीगाउँ हत्या प्रकरणः आरोपि सञ्जय भण्डारी सार्वजनिक

तीनकुनेस्थित गैह्रीगाउँ हत्या प्रकरणः आरोपि सञ्जय भण्डारी सार्वजनिक


काठमाडौं, ३१ भदौ । तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा एकै परिवारका तीनसहित चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

उनलाई प्रहरीले सञ्जयलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको थियो। शुक्रबार राति धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या गरेर उनी पेप्सीकोला स्थित साथीको घर पुगेका थिए।

राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र पुगेका थिए। तर त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको जिल्ला प्रहरीले जनाएको छ। बोल्न नसक्ने सञ्जयले प्रहरी समक्ष चारै जनाको आफूले हत्या गरेको दोभासेमार्फत बयान दिएका छन्। नवीन राईले आफूलाई केही दिनअघि मोटरसाइकलले ठक्कर दिएपछि हत्या गरेको उनले बताएका छन्।

घटनामा मारिएका मोरङका नवीन राईले केही दिन अघि चलाएको मोटरसाइकलले आरोपीतलाई चाबहिलमा ठक्कर दिएको र सोही रिशमा हत्या गरेको भेटिएको छ।

आरोपित व्यक्तिले नवीन राई बस्ने गरेको ठाउँ खोज्दै गैरीगाउँस्थित सःमिल पुगेका थिए । राती सःमिल पुगेका उनले झोलामा राखेको खुकुरी निकालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नविनको हत्यापछि भुजेल परिवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।


बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ जना घाइते

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ जना घाइते


काठमाडौं, २३ भदौ । बाँकेको शमशेरगञ्ज नजिक रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।


वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाटः ग्राण्डी अस्पताल

वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाटः ग्राण्डी अस्पताल


काठमाडौं, २१ भदौ । ग्राण्डी अस्पतालले काठमाडौं  महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा रिजालको आज विहान ७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ 


काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन


काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमण भएपछि उनलाई गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार बिहान निधन भएको हो ।
कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । 


वीर अस्पतालको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु

वीर अस्पतालको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु


काठमाडौं, १८ भदौ । वीर अस्पतालको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ। आइतबार राति २ बजेतिर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु भएको हो।
मृत्यु भएका व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्ष जतिका पुरुष व्यक्ति छन्। उनी बिरामी कुरुवा भन्दै अस्पतालमा छिरेका पाइएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।