11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित राजधानीबाट ९ जना पक्राउ

५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित राजधानीबाट ९ जना पक्राउ


काठमाडौं, २६ साउन । प्रहरीले ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेका छन् । उनीहरुको साथबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सुरुमा बिहीबार राजधानीको थानकोटबाट पर्यटक गाडीमा पठाइएको नक्कली ३६ लाख रुपैयाँ बरामद भएको थियो । त्यसपछि खोजतलासका क्रममा थप रकम र कारोबारलाई प्रहरीले नियन्त्रधणमा लिएको हो ।

कारोबारीहरुले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।


 


रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौं , २३ साउन ।  रोल्पाको त्रिवेणी गाउँपालिका ७ रिचीमा बस दुर्घटना भएको छ। रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे ।
मंगलबार दिउँसो १ बजेतिर बागमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना५ख २६१२ नम्बरको बस रिचीमा दुर्घटना भएको हो। बस सडकबाट करिब १०० मिटर तल खस्दा १४ जना घाइतेकाे प्रहरीले जनाएकाे छ।

प्रहरी र स्थानिय वासिन्दाले घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पु¥याएका छन् । गम्भीर घाइतेहरुको थप उपचारका लागि घोराही पठाउने तयारी भइरहेको जनाइएको छ ।

 
 


वर्षाका कारण दर्जनौं राजमार्ग अवरूद्ध

वर्षाका कारण दर्जनौं राजमार्ग अवरूद्ध


काठमाडौं,२३ साउन । वर्षाका कारण यतिबेला दर्जनाैं राजमार्ग अवरूद्ध भएका छन् ।  नेपाल प्रहरीका अनुसार मंगलबार देशभर दर्जनौं राजमार्ग अवरुद्ध भएका हुन् । हाल नारायणगढ–मुग्लिन सडक खण्ड पनि पहिराेका कारण प्रभावित बनेकाे छ । आज बिहान कालिखोलामा पहिरो जाँदा सडक एकतर्फी मात्र सञ्चालनमा भइरहेकाे छ । यसैगरी, कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा पहिरो गएकाे थियाे । जसकारण सिद्धार्थ राजमार्ग प्रभावित बनेकाे छ । यस्तै, भिमदत्त राजमार्ग पनि अहिले अवरुद्ध भएकाे छ।

कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला र चुरे गाउँपालिकाको गोपाले र प्यूठानको भालुवाङ सडक खण्ड पनि अवरुद्ध भएको छ । अर्काेतर्फ, पाँचथरको फिदिम ४ मा पहिरो जाँदा तमोर कडिडोर अवरुद्ध बनेको छ । काभ्रेको रोशी गाउँपालिका कालढुंगामा र वीपी राजमार्गमा समेत सडक अवरुद्ध भएको छ ।  सिन्धुली जिल्लाको कमेरेफाँटमा समेत सडक अवरुद्ध भएकाे छ ।

मकवानपुरको बकैया, लामराङमा पहिरोका कारण कान्ती लोकपथ अवरुद्ध भएको छ । नुवाकोटको कककी निगालेमा पहिराे जाँदा पासाङल्हामु राजमार्ग अवरुद्ध भएकाे नेपाल प्रहरीकाे भनाइ छ ।

यसैगरी, सडक अवरूद्ध हुने सडक खण्डमा म्याग्दीको घुगंगास्थित बैसरीमा सडक प्रभावित बन्दा बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । डडेलधुराको आलिताल, सुनखोलामा बतुडर–जोगबुढा भित्रि सडक खण्ड समेत हाल अवरुद्ध भएको छ ।
 


मकवानपुरमा पहिरोः एकै परिवारका ६ बेपत्ता, एक जनाको मृत्यु

मकवानपुरमा पहिरोः एकै परिवारका ६ बेपत्ता, एक जनाको मृत्यु


काठमाडौं, २३ साउन । मकवानपुरमा पहिरोले पुरिँएर ७ जना बेपत्तामध्ये एक जनाको भएको छ । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोमा परेर एक जनाको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अक्कल बहादुर स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै ६ जना बेपत्ता भएका हु्न् । उनीहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन् । पहिरोमा बागमती गाउँपालिका–५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीया छोरी शिला पहरी ,  ज्वाइँ २५ वर्षीय जीवन पहरी,  नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका अन्धाजी १६÷१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।

पहिरोमा अक्कलकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।


अझै फेला परेनन् सामाखुसीबाट बाढीले बगाएका बालक, चोभारसम्म खोजी गरिँदै

अझै फेला परेनन् सामाखुसीबाट बाढीले बगाएका बालक, चोभारसम्म खोजी गरिँदै


काठमाडौं, ८ साउन । सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्।  आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका हुन्। 
सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्। विद्यालयबाट घर आएर खेल्न निस्किएका उनलाई बाढीले बगाउँदा बेपत्ता भएका थिए।  सोमबार बिहान ११ बजेसम्म पनि उनी फेला परेका छैनन्। 

उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । 
 सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ। 

अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका छन्।  विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली पनि खटिएको छ।

यस्तै बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको पनि छुट्टै टोली खटिएको छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ।
 


धरानमा गोली हानी एक जनाको हत्या

धरानमा गोली हानी एक जनाको हत्या


काठमाडौं, ५ साउन ।  सुनसरीको धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी एक जनाकाे हत्या भएकाे छ । आज शुक्रवार विराटनगर महानगरपालिका वडा नम्बर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको प्रहरीले जनाएकाे छ । मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि गोली हानी लुटपाट पनि भएको प्रहरीकाे भनाइ छ ।

प्रहरीका अनुसार चौधरीको साथमा भएको नगद रकम र मोबाइल लुटिएको छ ।


चितवनको दासढुङ्गामा बस दुर्घटना

चितवनको दासढुङ्गामा बस दुर्घटना


काठमाडौं, २९ असार । चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको ट्राफिक प्रहरीले जनाएको छ ।


मनाङ हेलिकप्टर दुर्घटनाः ६ जनाकै शव फेला 

मनाङ हेलिकप्टर दुर्घटनाः ६ जनाकै शव फेला 


काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएका ६ जनाकाे शव फेला परेकाे छ । उक्त दुर्घटनामा परेर ६ जनाको निधन भएकाे पुष्टि  विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले गरेका छन् ।

मनाङ एयरकाे ९एन एएमभी (एएस५०) काे हेलिकप्टर बिहान १० बजेर १३ मिनेटदेखि सम्पर्कविहिन भएकाे र साेलुखुम्बुकाे लिखुपिखे वार्ड नं ५ लामजुरा नजिक भेटिएकाे थियाे । पाइलट लगायतका अन्य पाँच जना यात्रुहरूकाे शव स्थानिय तथा प्रहरीले फेला परेकाे पनि विमानस्थलका तिवारीले जानकारी दिए । उद्धार कार्यमा २ एल्टिच्युड हेलिकप्टर परिचालन गरिएकाे थियाे । 


खराब माैसमी अवस्थाका कारण दुर्घटनास्थलमा हेलिकप्टर अवतरण गर्न सकिएकाे थिएन । जसकारण उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर भकान्जे नजिकअवतरण गरिएकाे छ । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने पहल भइरहेको छ ।

यसैगरी, सिम्रिक एयरकाे अर्काे हेलिकप्टर पनि उद्धार कार्यका लागि परिचालित गरिएकाे छ ।
 


मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला


काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।  

उक्त हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित वडा ५ मा पर्ने लामजुरा क्षेत्रमा रूखमा ठोक्किएर दुर्घटना भएको अवस्थामा फेला परेको कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार असई निराजन बस्नेतको टोलीले उद्दार जारी राखेको छ।  

दुर्घटनास्थलमा हेलिकप्टरमा सवार  ६ मध्ये पाँच जनाको शव भेटिएको छ।  अर्का एक जनाकाे अवस्था अज्ञात छ। सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो। क्याप्टेन चेतबहादुर गुरूङले  हेलिकप्टर उडाएका थिए भने पाँच म्याक्सिनकन सवार थिए। 


मनाङ एयरको हेलिकोप्टर  लामाजुरामा दुर्घटना

मनाङ एयरको हेलिकोप्टर लामाजुरामा दुर्घटना


काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टर सोलु दूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भएको छ। 

सोलु दूधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्वु शेर्पाका अनुसार हेलिकोप्टर दुई पालिकाको सिमाना क्षेत्रमा दुर्घटना भएको खबर स्थानीयले गराएको र घटनास्थलतर्फ प्रहरी गइरहेको छ। हेलिकोप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए।

दुर्घटना भएको हेलिकप्टरमा पाँचै जना यात्रु मेक्किकन नागरिक भएको खुलेको छ। सोलुखुम्बुबाट काठमाडौका लागि १० बजे उडेको हेलिकोप्टर लामाजुरा पुगेपछि सम्पर्कविहीन भएको थियो।

९ एन एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टरमा एक जना पाइलट र अन्य सबै मेक्सिकन नागरिक भएको पुष्टि भएको सोधु दूधकुण्डका प्रमुख शेर्पाले बताए। 

हेलिकोप्टर उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो।