07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह


काठमाडौं,१५ असार । बिहीबार दिउँसो देखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ईच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि पहिरो हटाउन नसकिएको हो। अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।    
बिहीबार दिउँसो साढे १ बजे निरन्तर सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक अबरुद्ध छ। यहाँ हिजो बिहान साढे ९ बजे सुख्खा पहिरो खसेको थियो।
सो पहिरो साढे १० बजे हटाएपछि दुई तर्फी नै सवारी साधन गुड्न थालेका थिए। फेरि सोही ठाउँमा पहिरो खस्दा यात्रु समस्यामा परेका छन्। दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।


ओखलढुंगामा पहिरो, चारजनाको मृत्यु, एक बेपत्ता

ओखलढुंगामा पहिरो, चारजनाको मृत्यु, एक बेपत्ता


काठमाडौं, ८ असार । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एक परिवारको भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बाह्रखरीलाई जानकारी दिए । 

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक दासले जानकारी दिए । 

बिहीबार राति पहिरो जाँदा उक्त हताहत भएको हो । अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको उनको भनाइ छ ।


गोरखामा जन्ती सवार जिप दुर्घटनाः पाँचजनाको मृत्यु 

गोरखामा जन्ती सवार जिप दुर्घटनाः पाँचजनाको मृत्यु 


काठमाडौं, ८ असार । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चारजना पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला सहिद लखन गाउँपालिका वडा नं ५ का १९ बर्षीय प्रविन थापा, २८ वर्षीय वीर बहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीय नबिना थापा र ६४ वर्षीय धन ब. थापा रहेका छन् । 
तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको थियो । दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् । 

जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रदेश नंं ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको जितमा कति सवार थिए यकिन नभएको तर १८ देखि २० जना सवार रहेको जानकारी आएको बताईएको छ । अहिले दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीले उद्दार गरिरहेको छ । 
 


बझाङ दुर्घटनाः उपचारका क्रममा मन्त्री सिंहको निधन

बझाङ दुर्घटनाः उपचारका क्रममा मन्त्री सिंहको निधन


काठमाडौं, ५ असार । गाडी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । मंगलबार बझाङमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका मन्त्री सिंहलाई तत्कालै उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । उनको कोहलपुस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बेलुकी ५ः३३ बजे निधन भएको बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए । 

मन्त्री सिंहसँगै घाइते भएका सवारीचालक धर्मराज जोशी र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि कोहलपुर लगिएको थियो ।

बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार आज दिउँसो बझाङमा भएको सडक दुर्घटनामा परेर मन्त्री सिंहकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको थियो । मन्त्री सवार गाडी मंगलबार दिउँसो पौने २ बजे बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा दुर्घटना भएको हो ।


बझाङ दुर्घटनाः २ जनाको मृत्यु, मन्त्री सिंहसहित ३ जनाको उपचार हुँदै

बझाङ दुर्घटनाः २ जनाको मृत्यु, मन्त्री सिंहसहित ३ जनाको उपचार हुँदै


काठमाडौं, ५ असार । बझाङमा भएको गाडी दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। 
मृत्यु हुनेमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंह रहेका छन्। 

उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हाे । 

मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा सडकबाट खसेर दुर्घटनामा परेको हो। 

दुर्घटनामा सिकिस्त बनेका मन्त्री सिंह, गाडीचालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएको छ।


सुदुरपश्चिमका कानून मन्त्री सवार गाडी दुर्घटना

सुदुरपश्चिमका कानून मन्त्री सवार गाडी दुर्घटना


काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ। डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार गाडी दुर्घटनामा परेको हो।

गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको जनाइएको छ । दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएका छन्।
 


बाढी पहिरोबाट ८ को मृत्यु, २८ बेपत्ता

बाढी पहिरोबाट ८ को मृत्यु, २८ बेपत्ता


काठमाडौं, ४ असार । हेवा खोलाको बाढीले जन र धनको क्षति पुर्याएको छ । यो बाढीले पाँचथर र संखुवासभामा ८ जनाको मृत्यु र २८ जना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको हो । सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका  हुन् । बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना, पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् ।


न्युरोडमा दाइको हत्या आरोपमा भाइ पक्राउ

न्युरोडमा दाइको हत्या आरोपमा भाइ पक्राउ


काठमाडौं, ३० जेठ । दाइको हत्या गरेको आरोपमा न्युरोडबाट भाइ पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या आरोपमा भाइ २५ वर्षका सुरज शाक्य पक्राउ परेका हुन् ।
सोमबार राति करिब १२ बजेतिर काठमाडौं महानगरपालिका– २३ ओमबहाल माथेमा चोकस्थितमा आफ्नै घरमा दाजुभाइबीच घरायसी विषयमा विवाद भएको थियो। विवादका क्रममा सुरजले धारिलो हतियार र हतौडाले दाइ सूर्यको टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगर– २५ सिघलमा लुकिछिपी हिँडिरहेको अवस्थामा सुरज शाक्यलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


स्वर्गद्वारीमा कार दुर्घटनामा बालबालिकासहित ८ जनाको मृत्यु 

स्वर्गद्वारीमा कार दुर्घटनामा बालबालिकासहित ८ जनाको मृत्यु 


काठमाडौं, २९ जेठ । प्युठानको स्वर्गद्वारी नगरपालिका ४ भेतुकेमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चारजना बालबालिका छन्।

स्वर्गद्वारी मन्दिर दर्शनबाट फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका ४ मा पर्ने भेतुकेमा दिउँसो कार दुर्घटना भएको थियो। लु१च ६३४५ नम्बरको कार अनियन्त्रिण भई सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

मृत्यु हुने ४ बालबालिकासहित २ पुरुष र २ महिला छन्। प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ। घटनालगत्तै घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याइएको थियो।

अस्पतालका चिकित्सकले ८ जनालाई नै मृत घोषणा गरेको छ । मृतकको शव अहिले प्युठान जिल्ला अस्पतालमा राखिएको छ। 

यी हुन सनाखत भएका ७ जनाः
१) सरिता शर्मा पोख्रेल, दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष ३५)
२) विशाल पोख्रेल, दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष १४)
३) विकाश पोख्रेल,दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष ९)
४) गोविन्द शाही, दाङ, लमहि नगरपालिका–७ गढवा (वर्ष ४०)
५) राधा नेपाली, दाङ लमहि नगरपालिका–७ गढवा (वर्ष ३०)
६) आदित्य शाह, दाङ लमहि नगरपालिका–७ गढवा (वर्ष ९)
७) तारा कुमाल, दाङ लमही (बर्ष ४९) चालक


सुनकोशीमा खसेको जीप र दुई वटा शव फेला 

सुनकोशीमा खसेको जीप र दुई वटा शव फेला 


काठमाडौं, २३ जेठ । सुनकोशीमा खसेको गाडी ५ दिनपछि भेटिएको छ। शुक्रबार सुनकोशी नदिमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारी चढेको गाडी मंगलबार भेटिएको हो।

घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडिएको अवस्थामा जिप र शव फेला परेको प्रहरीले जनाएको छ। शवको सनाखत भने हुन सकेको छैन ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्सपेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोरसहितको टोलीले मंगलबार साँझ सवा ६ बजे गाडी भटेको हो। सुनकोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि उक्त गाडी फेला परेको हो।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो।

गाडीमा सीटीईभीटीको प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल र चालक चालक कृष्ण चौधरी सवार थिए। चालक चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए।