08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता

दलित महिला स्वास्थ्यको परिधी

दलित महिला स्वास्थ्यको परिधी

-डा.अरुणा उप्रेती-

३४ वर्ष भएछ मैले डाक्टर भएर काम गरेको । पहिलोपल्ट प्रसूतिगृह थापाथलीमा मेडिकल अफिसर भएर काम गर्दा र विभिन्न स्वास्थ्य शिविरमा बिरामी जाँच्दा बिरामीलाई भिटामिन त दिनैपर्छ भन्ने लाग्थ्यो । गर्भवतीका स्वास्थ्य समस्याबारे कुरा गर्दा उनका सबै समस्या आधुनिक औषधिले ठीक पार्छजस्तो लाग्थ्यो ।

धेरै छोरी जन्माएपछि ‘छोरा’ जन्माउन अस्पताल आउने महिलालाई म हकार्थें । ‘किन परिवार नियोजनको साधन प्रयोग नगरेको ? भनेर प्रश्न गर्थें ।

अपशोच ! त्यो वेला मैले बुझेको थिइनँ, उनीहरूलाई सामाजिक बाध्यता, विवशता, धार्मिक रुढिवादले कसरी गालेको छ, उनीहरू किन बारम्बार बच्चा जन्माउन विवश छन् ? काम गर्न सुरु गरेको १० वर्षपछि मात्र मैले बुझेँ कि महिलाको स्वास्थ राम्रो वा नराम्रो हुनु, उनीहरूमा कुपोषण हुनुमा कति धेरै सामाजिक, राजनीतिक कारण रहेछन् ।

मेरा दुई छोरी जन्मिएपछि जब बारम्बार ‘छोरा कहिले पाउने ?’ भनेर समाजले प्रश्न गर्न थाल्यो अनि पो मैले बुझेँ, बच्चा धेरै जन्माएकामा मैले हपारेका गरिब, अशिक्षित महिला कसरी विवशताको सिकार भएर बारम्बार बच्चा जन्माउन विवश भएका रहेछन् । यसरी एकपछि अर्को बच्चा जन्माउँदा उनीहरूको ज्यानै जान सक्ने भए पनि परिवारले वास्ता नगर्ने रहेछन् ।

कसरी सामाजिक अवस्था र दिशाविहीनताले महिलाको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ भनेर बुझ्न प्रत्येक दिन पत्रिकामा छापिएका दुःखद् खबर पढेपछि थाहा हुन्छ ।

२००६ मा गर्भवतीको रक्तअल्पता प्रतिशत ३६ प्रतिशत थियो । स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई रगतको कमी घटाउन आइरन चक्की बाँड्ने कार्यक्रम धुमधामसँग ल्यायो । तर, २०१६ मा आएर सरकारी तथ्यांकले नै देखायो— गर्भवतीमा रक्तअल्पता ४३ प्रतिशत भएछ । अर्थात् झन् बढेछ । यो तथ्यांक त सम्पूर्ण नेपालको भयो, प्रदेश नं २ मा त यो ५५ प्रतिशत छ ।

यदि दलित महिलाबीच मात्र तथ्यांक संकलन गर्ने हो भने सायद ८० प्रतिशत गर्भवतीमा रक्तअल्पता र कुपोषण पाइन्छ । नेपाली महिलाको शरीरमा रगत कम हुनुको अर्थ उनलाई सूक्ष्म पोषक तत्व, प्रोटिन आदिको कमी मात्र होइन, उनको पारिवारिक र सामाजिक अवस्था पनि दयनीय छ भन्ने देखाउँछ ।

दलित महिला गरिब छन्, खाना छैन, शिक्षा छैन ।

श्रीमानले मजदुरी गरेर ल्याएको रकम उसैले प्रायः मद्यपानमा उडाउँछ । दलित महिलाको सानैमा विवाह हुन्छ, धेरै बच्चा जन्मिन्छन् उनको स्वास्थ्य चौकीमा पहुँच छैन । यस्ता धेरै सामाजिक र आर्थिक समस्या छन्, जसले गर्दा सीमान्तकृत महिलाको स्वास्थ्य स्थिति राम्रो छैन । अपागंता भएका महिलाको मानसिक र प्रजनन स्वास्थ्यबारे पनि प्रायः छलफल हुँदैन । दलित र गाउँले महिलामा अपांगता छ भने त उनको स्वास्थ्य अवस्था झनै नराम्रो हुन्छ ।

छोरी भ्रूण भन्ने थाहा पाएपछि गर्भपतन गराउने गलत संस्कारले केही वर्षपछि नेपालमा सामाजिक समस्या निम्त्याउने अवस्था छ ।  कहिले सम्म महिलाको खराब स्वास्थ्यको बारे त्यस मा थि पनि दलित , कुरा गर्नु पर्ने हो नेपालमा ?

उप्रेतीकाे फेसबुकबाट

कोरोनाको दोस्रो लहर रोकथामका लागि के गर्ने ?

कोरोनाको दोस्रो लहर रोकथामका लागि के गर्ने ?

 -डा.रवीन्द्र पाण्डे-

अमेरिका तथा यूरोपका विभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ  । आइतबारमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो । कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् । नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ । यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ ।

के गर्ने त दोस्रो लहर रोकथामको लागि ?

१०० दिन मास्क अभियान :

सरकारी तथा गैह्रसरकारी निकायले १०० दिन मास्क अभियान संचालन गरौँ । यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए/नभएको ब्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्ने । सामाजिक संघसंस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने । संचार माध्यमले मास्क अभियान संचालन गर्ने । घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिवार्य रुपमा मास्क लगाउने ।

पठनपाठन बारे :

सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ । परीक्षण न्यून भएकोले तथा परीक्षण गर्नेले औपचारिक कामको लागि परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको बास्तबिक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा बिद्यालय तथा कलेज यथास्थितिमा संचालन गर्ने अर्थात अनलाइन/अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ । घटीमा पौस र माघ स्कुल/कलेज नखोल्नु जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनेछ । बिद्यालय खुलेपछि बिभिन्न ठाउँका हजारौं विद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई सर्ने जोखिम हुन्छ । यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ ।

तसर्थ २ महिना स्कुल बस तथा सौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको ब्यबस्था गर्ने, दुरी कायम गर्नको लागि कक्षा कोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क / स्यानिटाइजर / पानी / साबुन / आइसोलेसन कक्ष आदिको ब्यबस्था गर्ने लगायतका तयारी गर्नुपर्ने हुन्छ ।

  • मालपोत, यातायात कार्यालय, वडा, विद्युत महाशुल तिर्ने काउन्टर लगायत ठाउँमा भीडभाड हुन नदिने । यसको लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत: नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने ब्यवस्था गर्ने ।

  •  लामा बस जोर / बिजोर दुवै संचालन गर्ने । सार्वजनिक बसमा मापदण्ड अनुगमनको ब्यबस्था गर्ने ।

  •  भोजभतेर/जमघट आदि हुन नदिने । त्यसको अनुगमन तथा निगरानी गर्ने ।

  •  जेष्ठ नागरिक तथा दीर्घ बिरामी ( दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका ) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसंग घुलमिल नहुने ।

  •  वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजि क्षेत्रले अध्यावधिक गर्ने ।

  •  घर/छिमेक/अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसंमा बस्नको लागि प्रेरित गर्ने । रुघाखोकी लागेपनि सेल्फ आइसोलेसंमा बस्ने ।

  •  कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने ।

  •  संक्रमितलाई अक्सिमिटर/थर्मोमिटर/मास्क/स्यानिटाइजर/गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने ।

  •  होम आइसोलेसनको अनुगमन / निगरानी गर्ने ।

  • भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर / बिजोर गरेर खोल्ने ।

  • फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डपजस्तै खुला ठाउँमा ब्यबस्थित रुपमा राख्ने ।

  •  अत्यावश्यक यात्रा नगर्ने ।

  • सरकारी तथा गैह्र सरकारी कार्यालय खोल्ने / बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने ।

  •  बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने । झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने ।

  •  जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडीजस्ता लोकप्रिय कलाकारमार्फत बिज्ञापन / टेलिफ्लिम बनाएर प्रकाशन / प्रसारण गर्ने ।

  •  सबैजनाले ‘म संक्रमित हुँदैन' ‘मेरो परिवार संक्रमित हुँदैन ‘ भन्ने प्रण गरेर मास्क, दुरी र सफाइमा बिशेष ध्यान दिने ।

  • सिमा/नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने ।

यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने/गराउनेमा सबै जागरुक बनौं । कोरोना महामारीको दोस्रो लहर रोकथामको लागि सबैजना सम्बेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं ।

जनस्वास्थ्य विज्ञ डा. पाण्डेको फेसबुकबाट 

के हामी धनी देशका नोकर नै हौं त ?

के हामी धनी देशका नोकर नै हौं त ?

- लक्ष्मण सिटाैला-

सुन्दर शान्त नेपाल । हराभरा र साँस्कृतिक वैभवताले उन्नत नेपाल । पृथ्वीको सबैभन्दा अग्लो हिमालय पर्वत श्री सगरमाथा काखमा बोकेर सृष्टिको उषादेखि आजसम्म एक सार्वभौम सप्पन्न भएर बाँचिरहेको वैदिक नेपाल । यो नेपाल हेर्नलाइ ,यो नेपाल घुम्नलाइ, अनि यो नेपाल स्पर्श गर्नलाइ धेरै भन्दा धेरै बिदेशीलाई आव्हान गर्नु हामी तीन करोड नेपालीको कर्तव्य हो।

बिश्वभर छरिएर रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको मुखारबिन्दबाट एकै आवाज आउनुपर्छ कि "मेरो देश सन्सारको सबैभन्दा सुन्दर छ, घुम्न जाउ" भनेर। बिदेशमा बसेका नेपाल आमाका सन्तानहरुले त्याहा काम मात्रै गरेर बस्ने होइन कि त्यो देशका जनतालाई नेपाल घुम्न जाउ भन्नू पर्यो । सबैलाई आफ्नो देश प्यारो हुन्छ। सबै चाहन्छन आफ्नो देशको समृद्धि । चाहदैमा समृद्धि आउदैन। समृद्धि ल्याउनका लागि अठोट सहित सबैले कर्म गर्नैपर्छ । जागीरेले घुस नमागी जनताको काम गरिदिनुहोस। किसानले खेतबारी कहिले बाझो नराख्नुस। राजनीति गर्नेले भ्रष्टाचार नगर्नुहोस् ,भ्रष्टाचार गर्नेलाई छानीछानी कारवाही गर्नुहोस् । हरेक तह र तप्काका मानिसहरू आआफुले जानेका ज्ञान् र अनुभव हासिल गरेका क्षेत्रमा गहिरिएर लाग्नुस जो रास्ट्रको समृद्धिका लागि काम लागोस।

शारीरिक असक्तता भएका ब्यक्तिको मानसिक सक्षमता प्रवल हुन्छ उनीहरू पनि देशोन्नतीका लागि चिन्तित होउन। यो देशमा आलस्य र अल्सी पालेर कोहि नबसुन। हात नहुनेसग खुट्टा छ। खुट्टा नहुनेसग हात छ। हातखुट्टा नै अशक्त हुनेसग सक्षम दिमाग छ । फुर्सदमा, आराममा ,अल्सीमा, आलस्यमा र अलमलमा कोहि अल्झिनु भनेको समृद्धि तर्फको पाइलामा बाधा आउनु हो । गरे नहुने केही छैन। ढुङ्गाको मुर्तिमा अक्षता फाल्नु भन्दा त्यही अन्नको एक दानाले सात दिन भोकै रहेको त्यही मन्दिर छेवैमा बसेको गरीबलाई दिउ त्यो भन्दा पवित्र र पुन्य काम अरु केही हुनै सक्तैन । महान धर्म त त्यही हो । धर्म भन्दा कर्म धेरै महत्त्व छ । कर्म नै पुजा हो। धर्म त मानिसै पिछे फरकफरक होला तर भोक सबैको एउटै हो । तिर्खा सबैको उस्तै हो। हरेक मानिसको मुहार मिल्दैन तर भोक र तिर्खा चाहिँ मिल्छ ।

हामीसगै उदय भएका देशहरुमा हामी चाहिँ उनीहरूको नोकर भएर काम गर्न जानुपर्ने बाध्यता आज कसरी आयो यो गम्भीर बिषय हो । हामी अहिलेको दक्षिण कोरियामा खाद्यान्न निर्यात गर्ने देश थियौ। हामी अहिलेको तिब्बतीहरुलाइ चामल, पीठाे र अन्य खाद्य पदार्थ निर्यात गर्ने देश थियौ। त्यसैको अवधारणामा अरनिको राजमार्ग निर्माण भएको थियोे । ल्हासामा चामल बेचेर सुन किन्ने हैसियत राख्ने नेपाली थियौ हामी हिजो । पहिले ल्हासाबाट सुन आयात गर्ने नेपाली अहिले लुगाफाटो आयात गर्छ। हामी सुनबाट लत्ताकपडा र दैनिक उपभोगका सामान आयात गर्छौ अहिले । पहिला ल्हासालाई चामल र पिठो बेचेर सुन किन्ने नेपाली अहिले आफै दुनाबोता टपरी देखि चामल झिकाएर खानुपर्ने अवस्था छ। अहिले ल्हासा सर्वसम्पन्न छ। अहिले दक्षिण कोरिया प्रगतिको त्यो उचाइमा पुग्यो जाहा हामीलाई उनीहरूले नोकर बनाइरहेका छन।

रेमिट्यान्स जम्मा गरेर देशलाई सम्पन्न बनाउछु भन्ने हाम्रा नेताहरूका सोच नै गलत छन । जवसम्म रेमिट्यान्सका लागि बिदेशीको गुलाम बन्ने प्रवृत्तिको अन्त हुदैन तवसम्म त्यो देशले प्रगति गर्दैन । हाम्रो सम्पन्नता त उर्जा उत्पादनमा छ, कृषि र पर्यटन प्रवर्द्धनमा छ, । हामीसग भलै पेट्रोल, डिजेल ,ग्यास अनि हीराका खानी नहोलान तर हजारौं नदीहरुमा अहोरात्र बगिरहेको हिमनदी त छ नि । हो अब पानी र पर्यटनबाट नै नेपाललाई उन्नतिशील बनाउने हो । हिमाल रहुन्जेल हिमाल हासुन्जेल हिमाल बाचुन्जेल नेपालीको भाग्य चम्किरहने छ । हिमाल हासेको हेर्न बिदेशीलाई बोलाउनु पर्छ । पानी र पर्यटनले मात्रै नेपाल र नेपालीको मुहारमा खुसी ल्याउन सकिन्छ । खाडि मुलुकसग तेलको कुवा भए जस्तै हामीसग त्यो भन्दा लाखौ गुणा ठुला हिमतालहरु छन। त्यो पानीलाइ बेच्नुपर्छ अब प्याकिङ गरेर जसरी बेचेका छन पेट्रोल मरुभूमिका देशहरुले।

हामीसग अथाह पानी छ । सन्सारको सात समुन्द्र हामीले नै भरेका हौ। हाम्रै हिमाल पग्लिएर भरिएका हुन ती भिमकाय समुन्द्रका खाडलहरु। सन्सारको समुन्द्र भर्ने पानी भएको हाम्रो देश आफै चै बरु प्यासी छौ। हामीले पानी उपयोग नगरेकै हो। एक पलमा खरबौ घन मिटर पानी हाम्रा हिमनदीबाट हामीलाई छोडेर बगिरहेका छन। हामीलाई छोडेर भागिरहेका छन।हरेक पल हामी गुमाइरहेका छौ त्यो पानीको अनमोल शक्ति । कहि नभएको पानीको मीठो मुहान हामीसग छ। हाम्रै ओठलाई सुक्खा बनाएर कतै दुर देशमा गइरहेको छ पानी । अब पानीलाइ छोड्नु हुन्न। यो त अमृत हो।

जिन्दगीको हरेक घुड्कामा हिमालयकै पानी परिरहोस ओठमा।पानी उपयोग हुन सक्यो भने हामी सन्सारको सबैभन्दा धनी देशको रूपमा चिनिन्छौ । आउदो सताब्दीमा यदि युद्ध भयो भने त्यो पानीको लागि हुनेछ । तेलका लागि कयौ युद्ध भए र अझैसम्म भैरहेका छन । अब आउदो शताब्दीमा पानीका लागि युद्द हुने छ । तेल सकिदै गएपछि तेलको स्थान पानीले लिने छ । एकदिन तेल सकिन्छ र तेलबाट धनी बनेका देशहरूले भोकमरीको सामना गर्नुपर्ने छ । प्रकृतिमा तेल सकिए पनि पानी भने कहिले सकिँदैन। हामीसग पानी छ ,धेरै पानी छ त्यसैले हामी धनी छौ यदि पानीको सहि उपयोग गर्न सकियो भने। हामीसग हिमालय पर्वत छ र त पानी छ त्यसैले हिमाल जोगाउनु पर्छ। पर्यावरण र पर्यटन एक अर्कासग अन्योन्याश्रीत छन । प्रकृति हराभरा भएको अवस्थामा मात्रै पर्यटन आउने हुन। नेपालको जैविक बिबिधता सन्सारको सबैभन्दा उत्तम र अवलोकन योग्य रहेको छ। बिश्व सम्पदा सुचीमा सुचिकृत हाम्रा सास्कृतिक र प्राकृतिक वैभवताहरुलाइ मात्रै हामीले जोगाउन सक्यौ भने त्यो नै हामीलाई सप्पन्न बनाउन सक्ने राज्यको आयश्रोत बन्न सक्छ।

हिरोसिमामा खसालिएको बमले निलेका मानिसका रगतका छिटा र युद्धको अस्वीकार्य अवशेष अवलोकन गर्न जापानमा लाखौं पर्यटन पुग्छन् भने शान्तिका प्रथम नायक भगवान बुद्धको पावन शान्ति भुमी नेपाल हेर्नलाई लाखौ पर्यटकलाइ हामीले किन आव्हान नगर्ने? नेपाल चिनाउन बुद्ध नै काफी छन। नेपाललाई समृद्धि तर्फ लिएर जान हिमालय नै काफी छन। नेपालको बिकासको मुल श्रोत भनेको पानी र पर्यटन नै हो। नेपालका हिमनदीहरुमा हरेक पाँच किलोमीटरको दुरिमा हाइड्रोपावरको संभावना रहेको छ । आज सन्सारमा चुलिदै गएको उर्जा सन्कट केवल बिद्धुत उत्पादनबाट मात्रै सम्भावना छ। दुई शक्तिशाली देशको बिचमा अवस्थित नेपाल उर्जाको प्रचुर संभावना बोकेर बसेको छ । तीन करोड नेपालीको भविस्य उज्यालो बनाउने हो भने यो रास्ट्रको अपार जलश्रोतको उपयोग मात्रै एकमात्र विकल्प हुन सक्छ ।

हामीसग भएका लामा लामा हिमनदीहरु हाम्रो भाग्य निर्माणका अथाह श्रोत हुन । अब नेपालले उर्जा बेच्ने हो । अब नेपालले पानी बेच्ने हो । प्रकृतिले दिएको यो भन्दा अनुपम उपहार अर्को हुनै सक्तैन । त्रीयासी हजार मेघावाट बिजुली उत्पादन गरेर चीन भारत र बङलादेशलाइ बेच्ने उदेश्य लिएर यदि कोहि नेता यो देशमा अगाडि आउँछ र कार्य गर्छ भने उ नै यो देशको महान सम्राट घोषणा हुने छ । आउदो शताब्दीमा तेलको विकल्पको रूपमा बिद्धुत मात्रै सर्वस्वीकार्य हुनेछ। त्यो उर्जाको मुहान नेपाल एकमात्रै देश हुने छ।

पानी त शक्ति हो । हामीसग कति शक्ति छ भन्ने कुरा बुझेर पनि मौन बसिरहेका छौ। उर्जामा लगानी गर्न खास गरेर दुई छिमेकी देश चीन र भारत हर समय तयारी अवस्थामा छन। हामीले केवल आव्हान मात्रै गर्न जान्नुपर्छ। चिनसग नजीक रहेका नेपालका हिमनदीहरुमा बिद्धुत उत्पादन गर्न चीनलाई नै आव्हान गरु र भारतसग सीमा जोडिएका पहाडी भु-भेगका नदीहरुमा बिजुली उत्पादन गर्न भारतलाई नै आव्हान गरु। प्राकृतिक श्रोतको परिचालन उत्पादन उपयोग गर्नका लागि एउटा छुट्टै निकाय खडा गरु र केन्द्रीय सरकारले नै त्यस्को जिम्मेवारि लिउ। नाभिमा सुगन्ध बोकेर वासनाका लागि परपर भड्किएको कस्तुरी भएका छौ हामी ।

केही महिना पहिले एन आर एन ए को चुनाव सप्पन्न भएको थियो । बिश्वमा छरिएका नेपाली तर बिदेशी पासपोर्ट होल्डरहरुको छाता सङ्ठन हो यो एन आर एन ए । यिनै एन आर एन ए मार्फत पनि नेपालको उर्जामा लगानी गर्न बिश्वका धनी रास्ट्रहरुलाइ आव्हान गर्न सकिन्छ । एन आर एन ए आफै पनि अरबौ लगानी गर्न सक्षम छ । उहाँहरुको मागलाई नेपाल सरकारले सम्बोधन गरेर बिदेशमा आर्जन गरेको त्यो अपार धन नेपालको उर्जा उत्पादनमा लगानी गराउन सकिन्छ । उहाँहरु केवल आफ्नो लगानीको सुरक्षामा ग्यारेन्टी चाहनुहुन्छ र आफू जन्मेको देशमा जन्मका नाताले यहाँ केही गर्न चाहन्छन । अमेरिका भ्रमणका बेला अमेरिकी भारतीयहरुलाइ मोदीले जसरी आकर्षक नाराका साथ सम्बोधन गरेर अरबौ डलर भारतको बिकासका लागि भित्र्याए जस्तै हाम्रो सरकारले पनि यस्ता आकर्षक कामहरू गर्न सक्छ ।

एउटा प्रखर ब्यक्ति आफै प्रगतिशिलताको गतिलो उर्जा हो । यस्तै यस्तै हजारौं ब्यक्तिहरुको सामुहिक सम्पुजन नै समृद्धिको घाम हो। नेपाललाई पर्यटन र उर्जा उत्पादनको हबको रूपमा बिकास गर्नाका लागि सरकारको मात्रै एकल प्रयासले सम्भव छैन। चन्द्रमा वरिपरि थप अरु ताराहरु छन र पो आकाश आफै शोभनीय देखिएको छ । मात्रै एकल जुन त निराश पो देखिन्छ आकाश गङ्गामा ।

laxmanrajsitaula@gmail.com

के हामी धनी देशका नोकर नै हौं त?

के हामी धनी देशका नोकर नै हौं त?

- लक्ष्मण सिटाैला-

सुन्दर शान्त नेपाल । हराभरा र साँस्कृतिक वैभवताले उन्नत नेपाल । पृथ्वीको सबैभन्दा अग्लो हिमालय पर्वत श्री सगरमाथा काखमा बोकेर सृष्टिको उषादेखि आजसम्म एक सार्वभौम सप्पन्न भएर बाचिरहेको वैदिक नेपाल । यो नेपाल हेर्नलाइ ,यो नेपाल घुम्नलाइ, अनि यो नेपाल स्पर्श गर्नलाइ धेरै भन्दा धेरै बिदेशीलाई आव्हान गर्नु हामी तीन करोड नेपालीको कर्तव्य हो।

कोरोना संक्रमणको वर्तमान सन्नाटा : रवीन्द्र पाण्डे

कोरोना संक्रमणको वर्तमान सन्नाटा : रवीन्द्र पाण्डे

 परीक्षणको दायरा घटेको छ । अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने ... धेरै छन् । कन्ट्याक्ट ट्रेसिंग एकदम न्यून छ । लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसंग भेट भएका व्यक्ति, बृद्धबृद्धा आदिले परीक्षण गराउन उत्सुक छैनन् | यो समुह ठूलो संख्यामा छ र जोखिममा छ |
एन्टीजेन किट तथा एन्टिबोडी टेस्टले संक्रमणको अवस्था थाहा पाउन सकिन्थ्यो । यसमा सरकार उदासिन देखिएको छ । दशैं अघिं गर्ने भनिएको सेरोप्रिभ्यालेंस टेस्ट अहिले विस्मृतिमा परिसकेको छ । क्वारेन्टिन खाली छन्, आइसोलेसन केन्द्र खाली छन् । यसको अर्थ हुन्छ, त्यहाँ खानपिन, न्यानो, सरसफाई, बाथरुम आदि राम्रो छैन । त्यहाँ बस्यो भने दुख पाइन्छ भन्ने आम मानसिकता छ । आइसोलेसन केन्द्र खाली हुनु राम्रो इन्डिकेटर हैन ।
अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । उनीहरुलाई सरकारी स्तरबाट अनुगमन, निगरानी, परामर्श आदिको ब्यबस्था छैन । अन्दाजको भरमा फार्मेसीबाट औषधि किनेर खाने, निको भएका संक्रमितले भनेको औषधि खाने तथा आफ्नो अवस्था थाहा नपाउने स्थिति छ । १/ २ वटा कोठामा बस्ने संक्रमित आइसोलेसन केन्द्रमा नबस्ने तथा जेनतेन त्यहीं एडजस्ट हुने स्थिति छ । हजारौं संक्रमितले आफु संक्रमित भएको तथ्य लुकाउने अवस्था तथा बाध्यता छ । संक्रमित भएमा रोजगार जाने, घरबेटीले बस्न नदिने लगायतको कारण उनीहरु सार्वजनिक यातायात, पसल, बजार, कार्यस्थल आदि ठाउँमा आवतजावत गरिरहेका छन् ।
संसारमा नेपाल एकमात्र यस्तो देश हो जहाँ मास्क अनिबार्य छैन, दुरीको अनुगमन कसैले गर्दैन तथा भीड नियन्त्रण कसैले गर्दैन । अस्पतालका जनरल वार्ड खाली हुने तर आइसीयु / भेन्टिलेटर प्याक हुनुको अर्थ निकै चिन्ताको बिषय हो । संक्रमितहरु निमोनिया भएर वा सास फेर्न नसक्ने भएपछि मात्र अस्पताल जाने प्रचलन देखिएको छ । जसले गर्दा संक्रमितलाई सिधै आइसीयु / भेन्टिलेटरको आवश्यक पर्छ ।
मृतकको संख्या बढिरहेको छ । अहिले देखाइएको मृत्युको तथ्यांक अस्पतालमा मृत्यु भएका संक्रमितको मात्रा हो । होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिको पिसिआर टेस्ट गरिएको छैन । गाउँगाउँमा भएका मृत्युको अभिलेख छैन ।
विश्वका बिभिन्न देशमा फैलिएको दोस्रो लहर नेपालमा पनि आयो भने अवस्था कठिन बन्न सक्छ । त्यसैले आम नागरिकले अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठामा कुनै व्यक्तिलाई नभेट्ने तथा हात सफा गरिरहने गर्नुपर्दछ ।
जाडो याममा बालबालिका, बृद्धबृद्धा तथा दीर्घबिरामी सधै जोखिममा रहन्छन् । यो समुह कम्तिमा ३ महिना घरबाहिर निस्किनु हुँदैन । जोखिम बर्गले प्रदुषण बढेको बेला मार्निंग वाक गर्नु हुँदैन । इन्फ्लुएन्जाको खोप सबैले लगाउँदा राम्रो हुन्छ । ६५ बर्ष पार गरेका वा दीर्घरोग भएका व्यक्तिले निमोनियाको खोप लगाउनु सुरक्षित हुन्छ ।
सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइ गर्ने, ब्यापक अनुगमन र निगरानी गर्ने तथा जरिवानाको ब्यबस्था गर्नुपर्छ | महामारीको समयमा सरकारको १०० % ध्यान महामारी नियन्त्रणमा हुनुहुपर्दछ | विश्व बजारमा खोप आउन लामो समय लाग्दैन । यो जाडो मौसम बितेपछि हामीले पनि क्रमशः खोप पाउने छौं | खोप आएपनि एकैपटक नआउने भएकोले जनस्वास्थ्यका मापदण्डलाई आफ्नो जीवनशैली बनाउनु पर्दछ | सम्पूर्ण नेपालीलाई पुग्ने गरि खोप आउन २०२१ को पुरै बर्ष लाग्छ | तसर्थ सरकार र नागरिकको जोड जनस्वास्थ्यका मापदण्ड पालना गर्ने / गराउने हुनुपर्दछ ।

रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । 

पत्रु खाना, मोबाइलले ल्याएको रोगहरू

पत्रु खाना, मोबाइलले ल्याएको रोगहरू

-डा. अरुणा उप्रेती-
दशैं गयो, अब तिहार आयाे । दिदी बहिनीले दाजु भाइलाई स्वास्थ राम्रो होस् भनेर दुबोको माला लगाइ दिदाँ, फलफूल दिदाँ, पिज्जा, केक, चाउचाउ र कुर्मुरे दिए भने त स्वास्थ झन् नराम्रो हुन्छ ।
जंकफुडमा अर्थात पत्रु खानामा बालबालिकाको आकर्षण बढ्नुमा मुख्य कारणहरू मध्ये पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई घरमा पकाउँदा समय धेरै खेर जाने, अल्छि लाग्ने भएकोले प्याकेटका खानेकुरा दिदाँ ‘आनन्द’ हुन्छ भन्ने भ्रम हो । अहिलेको एकछिनको आनन्दले जीवनभर आफ्ना संतानहरू रोगी भएर बाँच्दा के आनन्द हुन्छ होला ?

आमाबुबाको मानसिकता कस्तो छ भने, खाना खान नमान्ने बच्चाले चाउचाउ, कुरमुरे, चाउचाउ जस्ता प्याकेटका खानेकुरा मिश्रण गरेर ख्वायो भने खान्छ । त्यसैले भातमा यस्ता खानेकुरा हालिदिन्छन्, अनि बच्चाले स्वाद लिएको देखेर खुशी हुन्छ । तर त्यो खुशी कति रहला र ? जब २०–२२ वर्षको उमेरमा नै संतानहरू मोटो हुन्छ, चिनी रोग लाग्ने संभावना बढ्छ ।
प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि छोराछोरीमा पछिसम्म त्यो लत बन्छ, चुरोट र रक्सी खानेको जस्तो ।
पत्रु खानाको असर तत्काल त नदेखिए पनि भविष्यमा स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने शंका छैन । भान्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, आलु, भटमास, मकै बारीमा फलेको मौसम अनुसारका फलफूल नखाए महंगो प्याकेटको खाना दिने चलनले हाम्रो भोजनको संस्कृतीमा नै नराम्रो असर परेको छ ।
पत्रु खाना बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ । किनभने पत्रु दानामा खानेकुराले क्याल्सियम, भिटामिन, खनिजजस्ता तत्वहरू हुँर्दैनन् । अनि बच्चा कुपोषित भई शारिरीक, मानसिक र संवेगात्मक विकासमा बाधा पुग्छ । तर यो कुरा पनि धेरै बिस्तारै हुनाले प्राय कमैको ध्यान जान्छ । अत्याधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुन्छ , त्यसैले बालबालिकामा मोटोपन बढ्छ । अनि केही वयस्क भएपछि उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुने जस्ता समस्या देखिन्छन् । घरको खाना नदिएर पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, केक लगायतका खानेकुरा दिने अभिभावकले सम्झनसहोस्, तपाईँ आफ्ना बालबालिकालाई ‘अस्वस्थ बन्न’ मद्दत गर्दै हुनुहुन्छ । जिन्दगीभर बिरामी होस, मुटु कमजोर होस, हड्डीहरू मक्किनु, शारिरीक र मानसिक रुपमा पनि सधैं सुस्त रहोस् भन्ने कामना नगर्ने हो भने पत्रु खाना दिन छोड्नुस् ।
परिवारका सदस्यले सबैभन्दा पहिले यो यो बुझ्न जरुरी छ कि, घरको खाना खाएन भनेर बालबालिलाई खानामा पत्रु खाना मिसाएर दिने, त्यति गर्दा पनि मानेन भने मोबाइल दिएर खुवाउने बानी नराम्रो बानी हो । अस्वस्थ बानी हो, आफूसँग राखेर घरकै खाना ख्वाउनु पर्छ । बच्चाले आफ्नो हातले भात, रोटी, खाँदा पोख्छ, फोहोर गर्छ, अनि बिस्तारै सफा गरेर सिक्छ । साथै परिवारमा सबैजना सँगै बसेर खाँदाको आनन्दले पनि बच्चाको स्वासथ्यमा सकारात्मक प्रभाव पार्छ । त्यसकारण बालबालिकालाई जसरी सकिन्छ, पत्रु खाना नख्वाउने, बानी छ भने हटाउन अभिभावकले भूमिका खेल्नुपर्छ ।

उप्रेतीकाे फेसबुकबाट

खोइ त्यो दिब्य आत्मसात ?

खोइ त्यो दिब्य आत्मसात ?

-लक्ष्मण सिटाैला-

अहिले विश्वजगत कोरोनाको संक्रमणबाट अक्रान्त छ। खास गरेर कोरोनाको भयावह सहरी क्षेत्रमा व्यापक फैलिँदै गइरहेको छ । अहिले विश्वका ठूला-ठूला सहरमा बसोबास गर्ने मानिसहरूलाई सहर अभिशाप साबित हुन थालेको छ र उनीहरू बिस्तारै पहाडी जनजीवन नै उत्तम रहेछ भन्ने कुरामा सहमत हुन थालेका छन।

कोरोनाको विश्वब्यापी महामारीपछि विश्व सहरका केही मानिसहरू गाउँतर्फ आकर्षक भैँरहेको खबर प्राप्त हुन थालेका छन्। जहाँ जनघनत्व बढी छ त्यही नै कोरोना लगायत अन्य सरुवा रोगहरु सबैभन्दा धेरै फैलिने पनि सम्भावना रहन्छ।

सयौं वर्ष अगाडिको युरोपेली देशहरूमा फैँलिएको प्लेग भन्ने रोगले युरोपेली सहरका लाखैँ मान्छेलाई सखाप पारेको कुरा इतिहासमा लेखिएका छन्। यस्ता रोगहरुका कारण कहिलेकाँही सहर अभिशाप बन्न जाँदोरहेछ र ग्राम्य जीवन र ग्रामीण बसोबासको महत्व झल्किदोरहे छ ।

सहर आफैँपनि मृत अवस्थामा बाँचेको हुन्छ किनकि त्यहाँ मानवता, बन्धुत्व, सहयोग, भाइचारा, आपसी सद्भावना र माया हुँदैन । सहरले आफ्नो चिन्दैन भने झन पराइ चिन्ने त कुरै भएन। सहरले मानिसको आदिम लयलाई निलम्बित गरेको हुन्छ र त्यसलाइ भौतिकता र यौवनको जलपले छोपेको हुन्छ। सहर आफैँ कृतिम बाँच्छ । सहर आँफै एकलास बाँच्छ। सहर आफैँ दरिद्र बाँच्छ। सहरमा पैसा बाँच्छ तर मानवता मरिसकेको हुन्छ। सहर आँखाको मात्रै झिलिमिली हो। यो झिलिमिली भित्र आँसु र पीडाको नदि बगिरहेको हुन्छ।

सहर तीनै ब्यक्तिहरुको जमघट हो, जहाँ धन बोल्छ मानवता मौन बस्छ । आदर्शले हार्छ अनि नौटन्किले जित्छ। सहर कृतिम अभिनय गर्न जान्नेका लागि मात्रै हो । सहरमा मृत्यु धेरै सस्तो छ। सहरमा तिनै रमाउछन जो कृतिम जिन्दगी ज्युन सिपालु हुन्छन् ।

यस्तै चरीत्र बाँचेका मानिसलाई पनि कहिलेकाही जीव देखि वाक्क लाग्छ । ऊ कतै पर हिमालको नजिक भएर पहाडको काखमा सुस्ताउन खोज्छ। मन बहलाउन खोज्छ। सहरको त्यो बितराग बिर्सेर लाटाे र अन्जान पहाडी भू-भागमा रम्न खोज्छ।

यतिबेला उसलाई ग्रामीण ग्राम्य जीवनको शान्त अनि सरल जीवनको प्यास लाग्छ । वास्तवमा तिनै कलाकारका लागि हो गाउँमा निर्माण हुने सामुदायिक तथा निजि होमस्टे। तिनीहरू त्यँहा शान्ति खोज्न जान्छन्। तिनीहरू त्यँहा ग्राम्यता खोज्न जान्छन् । तिनीहरू त्यँहा सोझा मानिसहरूको आनन्दको सामाजिक जीवन हेर्न बुझ्न अनि आफैँलाई केही समय त्यही ग्राम्य लयमा मिसाउन जान्छन।

एक दुई दिन भएपनि एक स्वस्थ्य मानिस भएर बाँचु भन्ने हेतुले जान्छन् । ग्रामीण पर्यटन हाम्रो नेपालमा मात्रै होइन। विश्वका पुर्ण विकसित देशहरुमा समेत यो व्यवसाय शुरु भैँसकेको छ। सन्सारभरका मुलुकमा ग्रामीण जीवन छ। ग्रामीण जीवन भन्नासाथ हामी आधुनिक भौतिक सभ्यताको छिटो नपरेको एक सरल शान्त सामाजिक सनातनी साँस्कृतिक आदिम भूमीलाई सम्झन्छौँ जहाँका प्रायः सबै मानिस भित्र दया माया मानवता र पवित्र सँस्कार हुन्छ ।

त्यहाँका मानिस अविकसित होइनन् त्यो स्थान पनि अविकसित होइन मात्रै त्यो स्थानलाई आधुनिकताले बलात्कार नगरेको एक शालीन इतिहास सधैंव बाचिरहेको पुन्य भूमी हो । त्यहाँको सरल जीवन हेर्न सँधै केक पिज्जा बर्गर मासु र फास्ट फुड जन्क फुड खाएर सहरमा कृतिम बाँचेका अत्याधुनिक अर्ध मनुष्यहरुका लागि ग्रामीण पर्यटन एक तिर्थ गए जस्तै आनन्दको एउटा यात्रा हो।

अहिले आएर कोरोनाको भयावह अवस्थामा गाउँ र गाउँले परिवेशको झनै महत्व बढ्न थालेको छ ।सहरमा कोरोनाको हाहाकार छ तर गाउँ आफ्नो पुरानै लयमा छ। गाउँम सामाजिक दुरिका लागि बिज्ञापन गर्नै पर्दैन । गाउँमा न मास्क चाहिन्छ न स्यानेटाइज। गाउँमा कसैका घर जोडिएका छैनन् तर सहरमा मानिसका ओछ्यान जोडिएका छन किनकि सहर महँगो छ । सहरमा जमिन छैन।

सुविधाजन्य जीवन भोग्न सहर पसेको मान्छे आज आफैँ रोगी भएको छ । हिजो कसैको बिहेमा जन्त जादा मइन्टाेल बालेर बारिको पाटामा लाइन बसेर धोतीपाटा फेरेर टपरिमा दालको झोल चुहाउँदै र एक चोक्टा काउली भातसँग मुसेर खादाको आत्मीय अपनत्व र स्वर्गीय आनन्दले आज होटेलमा बुफे आफ्नै हातले पस्केर खादाको कृतिम जिन्दगीलाइ धिक्कारी रहेकोे छ।

खोइ त्यो दिब्य आत्मसात ? खैँ त्यो सरलता ? खै त्यो अभिन्न साथित्व र भाइचारा ?। हिजो टपरीबाट दालको झोल चुहिए जस्तै आज आधुनिक मान्छेको आँखाको कोपराबाट आँसुको पिसाब चुहिन्छ । हो, यिनै आँखाको कोपराबाट आसुको पिसाब चुहाउनेहरुलाइ सरल जीवन र ग्रामीण सस्कार केहो भनेर चिनाउन पनि ग्रामीण पर्यटनको बिकास गर्नु अत्यन्तै आवश्यक छ ।

ग्रामीण पर्यटनको विकास र विस्तारका लागि जनस्तरबाट मात्रै पहल भएर पुग्दैन यसमा सरकारको तर्फबाट अनुदान, योजना, तालीम, सेमिनार, गोष्ठी, प्रचारप्रसार, ग्रामिण बाटोको सुधार, द्क्ष जनशक्ति उत्पादन तथा विदेशस्थित नेपाली कुटनीतिक आयोगबाट पनि बिशेष पहल गर्नुजरुरी छ।

नेपालको अधिकांश कृषियोग्य भूमी ग्रामीण भेगमा नै भएकोले त्यहाँ उत्पादन भएका स्थानीय फलफूल, दुध, तरकारी, मासुजन्य पदार्थ अनि खाद्यन्न गाउँमा नै खपत र उपयोग गर्नेगरी ग्रामीण पर्यटनको योजना ल्याउनु अत्यन्तै आवश्यक छ।

सहर विकास भैँसकेको छ । अब गाउँको विकासको लागि ग्रामीण पर्यटन प्रबर्द्धन गर्नु अनिवार्य छ। नेपाल घुम्न आउने भविस्यका पर्यटकलाइ ठमेल होइन गाउँ जाने वातावरण मिलाउनु राज्यस्तरबाट नै पहल हुनुपर्छ । ग्रामीण पर्यटनका लागि विदेशी नै आउनुपर्ने भन्ने जरुरी छैन। सहरमा बसेकाहरु सहरदेखि वाक्क भएर कहिलेकाही हप्तान्त मनाउन पनि गाउँ जान थालेका छन। नेपालको अर्थ ब्यवस्थालाई चलाएमान बनाउन ग्रामीण पर्यटनले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।

कोरोनाको कारण विदेशीहरु अबको केही बर्ष नेपाल भ्रमणमा आउन सक्ने अवस्था रहनेछैन । नेपाल भ्रमणमा विदेशीनआए पनि हाम्रो आन्तरिक पर्यटनलाई चलाएमान बनाउन सकिने एकमात्र आधार भनेको ग्रामिण पर्यटन नै हो। नेपाल सरकारले आफ्ना कर्मचारीहरुलाइ वर्षको १५ दिन अनिवार्य बिदा दिइ नेपाल भ्रमणका लागि अभिप्रेरित गर्ने हो भने यस्तै सिको अन्य संघसंस्था बैंकिङ क्षेत्र र निजि कम्पनीहरुले पनि गर्नेछन अनि अवस्य पनि नेपालको आन्तरिक पर्यटन मौलाउने छ।

केहो आन्तरिक पर्यटन ?

सामान्य अर्थमा भन्नुपर्दा आफ्नो देशका नागरिकले आफ्नै देशको भ्रमण गर्ने, आफ्नै देशको जनजाती, सामाजिक रितिस्थीती, स्थान, धर्म, तिर्थ , बिकास र भूगोलको बारेमा जानकारी राख्दै गरिने आन्तरिक परिभ्रमण नै आन्तरिक पर्यटन हो ।

आन्तरिक पर्यटन परिभ्रमणबाट स्थानीय स्तरका होटेल होमस्टे र स्थानीय उत्पादन बिक्रीवितरण भै समष्टिगत रूपमा एउटा आन्तरिक पर्यटनको पाटाे अवस्य नै समृद्धि तर्फ उन्मुख हुन्छ। अझ स्थानीय स्तरमा रहेका होटेल रेस्टुरेन्ट खाजा घर तथा होमस्टेमा कार्यरत कर्मचारीहरु पनि बेरोजगार भएर बस्नुको अन्त्य हुन्छ ।

अझैँ भन्नु पर्दा आर्थिक चलायमान सहितको स्थानीय भ्रमणलाई हामी आन्तरिक पर्यटन भनेर पनि भन्न सक्छौँ । आन्तरिक पर्यटनले लुकेर रहेको आफ्नै भूगोलको र स्थानको पनि प्रचारप्रसार हुन्छ। पर्यटन व्यवसायमामा अहिले आइरहेको समस्या र चुनौतीलाई बिस्तारै समृद्धि तर्फ लैजाने हो भने नागरिकलाई आन्तरिक पर्यटनमा अभिप्रेरित गर्नुपर्छ ।

हामी केही प्रतिशत नेपालीहरुले थाइ एयर र नेपाल एयरलाइन्सको हवाई जहाजको टिकट खरिद गरेर बैंकक घुम्न जाने हैसियत बनाइसकेका छौँ । अनि एक पटकको भ्रमणमा दुई चार लाख खर्च गर्न सक्ने अवस्थामा पुगेका छौँ भने किन आफ्नै देशको भ्रमण नगर्ने ? कोरोनाको भयका कारण अहिले शहरी क्षेत्रमा विदेशी पर्यटक नेपाल भ्रमणमा आउने सम्भावना नरहेकोले अब किन हामी कर्मचारी, ब्यापारी,विद्यार्थी राजनीतिककर्मी सामाजिक अभियन्ता तथा समाजका विभिन्न ब्यक्तिहरु फुर्सद मिलाएर आन्तरिक भ्रमणमा नजाने ? अबको इस्वी सम्बत २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा घोषणा गर्न र मनाउन नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ। कोरोना बाट थलिएको पर्यटन ब्यावशायलाइ यो नीति तथा कार्यक्रमबाट अवस्य नै थप उर्जा मिल्ने छ ।

आन्तरिक पर्यटन पुर्वाधारको बिकास
अब बनिने धरहरा जतिसुकै अग्लोहोस्। हाल निर्माण सम्पन्न भएको रानीपोखरी जतिसुकै सुन्दर होस्, सहरम गाडी गुड्ने बाटो जतिनै कालोपत्रे होस, जति नै बलुन बिजुलि झिलिमिली अमेरिकाको न्युयोर्क सहर होस् कि वा नेपालको कान्तिपुर सहर। कोरोनाको त्रासदीले घर्लप्पै निले यी सहरहरुलाई ।

त्यसैले पनि सहर ठिक छैन भन्ने कुराको अभिवाेध र डर अबको केही बर्षसम्म हामी सँगै बाँचिरहेको यो समस्त मानव समुदायलाई भैँरहने छ । अबको पर्यटन गन्तव्य गाउँ हुनेछ । अबको पर्यटन पाइला गाउँ र गाउँमा बाँचिरहेको सामाजिक सास्कृतीक परम्परा रितिरीवाज चाडपर्व र मौलिक ग्राम्य जीवन तर्फको आकर्षक सनातनी जीवन धारातर्फ हुनेछ । त्यसकारण पनि ग्रामीण पर्यटन पुर्वाधारको बिकासका लागि राज्यले निम्न कामहरू गर्नुपर्ने हुन्छ।

  • ग्रामीण तथा आन्तरिक पर्यटन विस्तारका लागि नीति बनाउने
  • पर्यटन व्यवसाय भनेको विदेशी आउनु र डलर कमाउनु मात्रै हो भन्ने भ्रमबाट नेपालका पर्यटन ब्यावशायमा आवद्ध ब्यक्तिहरु अब मुक्त हुनुपर्छ । अब ठमेल बजारको त्यो गुल्जार फर्किन धेरै समय लाग्छ र त्यो बेलासम्म पर्यटन ब्यावशायको परिभाषामा नै परिवर्तन आइसकेको हुनेछ। त्यसैले पनि यो व्यवसायमा आएका थप चुनौती र आउन सक्ने चुनौतीका बारेमा राज्यस्तरबाट नै जिम्मेवारी अभिबोध हुनु आवश्यक छ।
  •  हामी नै पर्यटक हौँ कमसेकम फुर्सद मिलाएर आफ्नै देशको दर्शन गर्न सकियो भने नेपालीको मौलिकता बाँच्न सक्छ। यसका लागि राज्यले समस्त कर्मचारीलाई फोर्स लिभ (आन्तरिक पर्यटनका लागि कम्तीमा १५ दिन अनिवार्य छुट्टी) दिने र घुमेको स्थानका बारेमा रिपोर्ट लिने परम्परा बसल्ने।
  • नेपालको इतिहास सहरमा मात्रै जिवित छैन।इतिहासमा नेपाली वीर सपुतहरुले बनाएका किल्ला कागडा दरबार गडि गाउँमा नि जिवित छन। चाहे गोर्खा जाउ चाहे नुवाकोट जाउ चाहे पश्चिम नेपालका सुदुर किल्लाहरुमा जाउ इतिहास त्यता पनि जिवित छन। पाल्पाको रानी महल होस नुवाकोटको सात तले दरबार होस इतिहास त गाउँतिरै पो बढी छन भनेर हामीले बुझ्नु जरुरी छ र बुझाउने चेत राज्यस्तर बाट पनि हुनुपर्छ ।
  • आन्तरिक पर्यटनका लागि राज्यको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग भनेको गाउँ जहाँ पर्यटन व्यवसाय सञ्चालन गर्न सम्भावना छ त्यहाँ नीति तथा कार्यक्रम ल्याईदिने। होटेल होमस्टे तथा साहसीक पर्यटकलाइ बन्जी जम्प प्यारा ग्लाइडिङ ग्राम्य बाटोको सुधार जस्ता कार्यक्रमका लागि स्थानीय सरकार बजेट ब्यावस्थापन गर्न लगाउने अबको हरेक वर्ष ।

हामी ज्यादै सहर केन्दित भयौँ। सहरले मात्रै मानिसको सपनाहरू पूरा गरिदिन सक्छ भन्ने भ्रम पालेर बाँचेका अहिलेका युवाहरूलाई गाउँ जाने वातावरण मिलाउनु राज्यको दायित्व पनि हो । सधैं खाडि मुलुक जान प्रेरणा दिने सरकार ! अब नेपाली युवाहरूलाई आफ्नै गाउँमा बस्ने योजना ल्याउ !

laxmanrajsitaula@gmail.com

भुटानले कोरोना महामारी नियन्त्रणमा कसरी सफलता पाएको छ ?

भुटानले कोरोना महामारी नियन्त्रणमा कसरी सफलता पाएको छ ?

-डा. रवीन्द्र पाण्डे-

भुटानमा हालसम्म ३६४ जना संक्रमित भएका छन् । ती मध्ये ३४३ जना निको भएर घर फर्किएका छन् भने २१ जना आइसोलेसन केन्द्र तथा अस्पतालमा छन् । भुटानमा आजसम्म एकजना व्यक्तिको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन । भुटान कोरोना महामारीको सुचिमा १८६ औं स्थानमा छ ।

जब चीनको वुहानमा कोरोना संक्रमण फैलियो, भुटानले त्यो समयदेखि नै सतर्कता अपनाउन सुरु गर्यो । भुटान आउने सबै व्यक्तिलाई बिमानस्थलदेखि सुरक्षा प्रबन्ध मिलाएर २१ दिनसम्म स्तरीय क्वारेन्टाइनमा नि:शुल्क राख्यो । उनीहरुलाई कम्तिमा ३ पटकको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि होम वा होटल क्वारेन्टिनमा बस्ने तथा सरकारले निरन्तर अनुगमन र निगरानीमा राख्ने काम गर्यो ।  हरेक संक्रमितको केहि घण्टाभित्र नै कन्ट्याक्ट ट्रेसिंग गरेर क्वारेन्टिनमा राख्ने तथा पटकपटक परीक्षण गर्ने गर्यो ।

भुटानले भबिष्यमा कुनै महामारी आए के गर्ने भनेर चीनमा गत बर्ष महामारी नियन्त्रण अभ्यासको तालिम लिएको थियो । चीनले सन् २००२- २००३ मा सार्स नियन्त्रण गरेको अनुभव सिकेर पारो अन्तराष्ट्रिय विमानस्थलमा ड्रिल अर्थात नक्कली महामारी अभ्यास गरेको थियो । यस्ता अभ्यासले आपतकालीन तयारीलाई मार्ग निर्देश गर्छन् । त्यसै गरि भुटानले सबैभन्दा खराब अवस्थाको आंकलन गरेर अस्पतालदेखि आइसोलेसन सेन्टरलाई स्ट्याण्ड बाइ राखेको छ । भुटानका होटेल तथा अन्य संस्थाले आइसोलेसन वा क्वारेन्टिनमा राख्नुपर्ने नागरिकलाई नि:शुल्क खाना तथा आवासको ब्यबस्था गर्ने प्रण गरे र त्यहि अनुसार सेवा दिइरहेका छन् ।

भुटानको स्वास्थ्य मन्त्रालयले सबै नागरिकको स्वास्थ रेखदेख तथा उपचार गर्ने जिम्मा लिएको छ । भुटानमा स्वास्थ्य सेवा सबै नि:शुल्क छ । कुनै पनि डाक्टर वा अस्पतालले नागरिकबाट शुल्क लिन पाउँदैनन् । देशको राष्ट्रिय स्वास्थ्य नीति तथा संबिधानमा स्पष्ट भनिएको छ – राज्यले आधुनिक र परम्परागत औषधि दुबैमा आधारभूत सार्वजनिक स्वास्थ्य सेवामा निःशुल्क पहुँच प्रदान गर्नेछ। भुटानले स्वास्थ्य सेवाको समान वितरणमा ध्यान दिएको छ । लकडाउनको कारण बिभिन्न देशमा फसेका आफ्ना नागरिकलाई भुटानले चार्टर फ्ल्याइटबाट आफ्नै देशमा ल्यायो ।

भुटानले संक्रमित पहिचानको लागि विद्यालयका शिक्षक, ग्रामिण स्वास्थ्य कार्यकर्ता, सुरक्षा , स्थानीय निकाय तथा स्वास्थ्यकर्मीलाई ब्यापक परिचालन गरिरहेको छ । सिमानामा अस्थायी आवास निर्माण गरेर सिमाबासी तथा भुटान बस्न चाहाने भारतीय मजदुरलाई सुरक्षित रुपमा राखेको छ । सिमानामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

भुटानका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्य मन्त्री जनस्वास्थ्य तथा चिकित्साको पृष्ठभूमि भएका बिज्ञ हुन् । यो महामारीको बेला भुटानले कुनै पनि नागरिकलाई आर्थिक कठिनाइ हुन् नदिने नीति लिएको छ । परीक्षण, उपचार, खाना, आबास लगायत आधारभूत आवश्यकता हरेक नागरिकलाई सुनिश्चित गरिएको छ । त्यस्तै भुटानले मास्क, पन्जा, फेस शिल्ड, चस्मा लगायतका सामग्री हरेक जनतालाई नि:शुल्क वितरण गरिरहेको छ । भुटानका राजालाई त्यहाँ आदर्शको रुपमा लिइन्छ।| त्यसैले त्यहाँ भ्रष्ट्राचार, ढिलासुस्ती पटक्कै छैन ।

महामारीको समयमा राष्ट्रिय एकताको दृढ भावना समाजका सबै वर्गले प्रदर्शन गरिरहेछन्। फ्रन्टलाइनमा काम गर्ने वर्गलाई स्वयंसेवीहरुले गुणस्तरीय खानपिनको ब्यबस्था गरेका छन्। हरेक ब्यबसायीले महामारी नियन्त्रणको लागि आफ्नो क्षेत्रबाट सरकार तथा नागरिकलाई सहयोग गरिरहेका छन् | मास्क, दुरी तथा सरसफाईलाई सबै जनताले जीवनशैली बनाएका छन् । भुटानले देशका ५४ ठाउँमा ‘ फ्लु क्लिनिक ‘ संचालन गरियो । ज्वरो तथा रुघाखोकी लागेका हरेक व्यक्तिको पिसिआर तथा छातीको एक्स रे गर्ने काम गरियो । परीक्षणबिना सहर र गाउँमा आवतजावत बन्द गरियो |

भुटानले यो महामारीको समयमा चुरोट तथा सुर्तीजन्य पदार्थको उत्पादन, बिक्रिवितरण तथा सेवन नियन्त्रणमा ठूलो सफलता हासिल गर्यो । त्यस्तै यो महामारीको अवधिलाई भुटानले कृषि तथा पशुपंक्षी पालनलाई निकै प्राथमिकता दियो । कोरोना महामारी सुरु भएपछि भुटानले मार्च २२ देखि भारतसंगको बोर्डर बन्द गर्यो । भारतमा लकडाउन सुरु भएको थियो । योसँगै भुटानमा खाधान्न अभाव देखियो । 

भुटानले भारतबाट खानेकुरा ठूलो मात्रामा आयात गर्थ्यो | त्यसपछि भुटानले कृषकलाई शुन्य ब्याजमा कृषि ऋण, बिउ, मल, प्रबिधि आदि हस्तान्तरण गर्यो । कृषि तथा पशुपंक्षीमा आत्मनिर्भर हुनको लागि किसानले उत्पादन गरेको खाधान्न बजारीकरणको ग्यारेन्टी गर्यो । फलस्वरूप अहिले भुटान खानेकुरामा आत्मनिर्भरको बाटोमा हिंडिरहेको छ ।
भुटानले कोरोना भाइरसविरुद्धको खोपको लागि अन्तराष्ट्रिय संघसंस्थासंग समन्वय गरेर पुरै खोप आउनासाथ सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रत्याभूति गरेको छ |

यसरी भुटानले सिमाना शिल, परिक्षण, प्रभावकारी कन्ट्याक ट्रेसिंग, उच्च सेवासहितको क्वारेन्टिन तथा आइसोलेसन, अस्पतालको क्षमतावृद्धि, ब्यापक मनोपरामर्श, व्यवसायीलाई राहत तथा नि:शुल्क सेवा प्रदान गरेर विश्वमै नमुना साबित भएको छ |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)

एउटा पुरानो सम्झना

एउटा पुरानो सम्झना

-कमल थापा-

“कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ" धेरै बर्ष अघि  एक  कम्युनिष्ट मित्रले भनेका उक्त भनाई  बारम्बार मेरो सम्झनामा आईरहन्छ। 

प्रसंग ४३ बर्ष अघिको हो। २०३४ आश्विन महिनामा म भर्खरै तत्कालीन "गाउँफर्क राष्ट्रिय अभियान"  नारायणी अंचलको सदस्य सचिवमा मनोनित भएको थिएँ। मैले आफ्नो जिम्मेवारी सम्हालेको केही महिना पछि गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय अध्यक्ष बिश्ववन्धु थापा जिल्ला भ्रमणको सिलसिलामा हेटौंडा आईपुग्नु भयो। दिनभरीको औपचारिक भेटघाट र बैठक सकिएपछि हेटौंडा स्थित 'पि डब्लु डी'को अतिथि गृहमा उहाँको रात्री भोजन र आवासको व्यवस्था मिलाईएको थियो।

त्यसबेलाको प्रचलन अनुसार अतिथि सत्कारको जिम्मेवारी हेटौंडा नगरपालिकाले लिएको थियो।राममबहादुर खड्का नगरपालिकाको प्रधानपञ्च हुनुहुन्थ्यो। चलन अनुसार बरिष्ठ अतिथिहरू जिल्ला भ्रमणमा आउंदा अतिथिसंगै बसेर स्थानीय नेता र जिल्लाका कार्यालय प्रमुखहरू पनि खानपिनमा सहभागी हुन्थे। बिश्ववन्धु थापाले भने शयनकक्षमा नै आफूले खाना खाने जानकारी दिनुभयो। फेरि उहाँ शाकाहारी र कहिल्यै मदिरा सेवन नगर्ने हुनुहुंदो रहेछ। आयोजकलाई अप्ठ्यारो भयो। नगरपालिकाले २०/२५ जनालाई भोजनकोलागि आमन्त्रित गरिसकेको थियो। जेहोस् अतिथिको चाहना बमोजिम उहाँ कै कोठामा खाना पठाई दिएर स्थानीय अतिथिहरूले बाहिर हलमा त्यसबेलाको सबैभन्दा ठूलो राप्ती होटलबाट मगाइएको खाना र पेयपदार्थ सेवन गरे। 

भोलिपल्ट बिहान अध्यक्ष बिश्ववन्धु थापालाई विदाई गर्न गेस्टहाउसमा सबै भेला भए। गाडी चढ्नु अघि थापाले प्रधानपञ्चलाई खोजे। प्रधानपञ्च खड्का हस्यांगफस्यांग गर्दै आईपुगे। थापाले सोध्नु भयो-"हिजोको खानाको कति पैसा होला"?

खड्का अकमक्क परे।हात जोडेर भने-"सबै नगरपंचायतले व्यवस्था मिलाएको छ"

थापाले मानेनन्।

"मेरो खाना खर्च किन नगरपंचायतले तिर्ने? भन्नुहोस् कति हो?"

अलमलिएका खड्काले भने- "दुई सय रुपैयाँ"

थापाले खल्तिबाट आफू, ड्राइभर र गार्डको गरेर छ सय रुपैयाँ दिए। खड्काले हात थापे।यस अघि यस्तो घटनाको अनुभव कसैले गरेका थिएनन्।

जिल्ला भ्रमणबाट काठमाडौं पुगेको दुई हप्ता पछि बिश्ववन्धु थापाले पदबाट राजीनामा दिए। बिजया दशमीको दिन बि पि कोइरालाको घर गएको आरोपमा केही अतिवादी पंचहरूले उहाँको निकै बिरोध गरेपछि नैतिकताको आधारमा उहाँले राजिनामा दिनुभएको थियो। त्यसपछि कमलराज रेग्मी राजाबाट गाउँफर्क राष्ट्रिय अभियानको केन्द्रीय अध्यक्ष पदमा नियुक्त हुनुभयो। रेग्मी कम्युनिष्ट पार्टीका नेता हुनुहुन्थ्यो र पछि पंचायतमा प्रवेश गर्नु भएको हो ।

नयाँ अध्यक्षको रुपमा उहाँले पनि जिल्ला भ्रमण शुरू गर्नुभयो र एकदिन हेटौंडा आईपुग्नु भयो। परम्परा र प्रचलन अनुसार हेटौंडा नगरपंचायतले आतिथ्यको जिम्मेवारी लियो। केही महिना अघि बिश्ववन्धु थापाको व्यवहारबाट चकित रहेका नगरपंचायतका प्रधानपञ्च रामबहादुर खड्का यसपटक बढी नै सतर्क थिए।तर, रेग्मीको व्यवहार भने ठीक विपरीत देखियो। उहाँले हेटौंडा आईपुगे देखि खानपिन र आवास वारे बिशेष अभिरूचि देखाउनु भयो। खानापिन होटलमा नै व्यवस्था गर्न सल्लाह दिनु भयो। आफ्नो रूचि अनुसारको 'मेन्यु'  र 'ड्राई फ्रुट' को लिष्ट पनि दिनु भयो।निर्धारित समयमा खानपिन शुरू भयो।त्यसैबिच एक जटिल समस्या आइलाग्यो। नगरपंचायतले होटल राप्तीमा उपलब्ध भए अनुसारको ब्राण्डको मदिरा ' सर्भ' गर्‍यो। तर, मूख्य अतिथि रेग्मीले त्यो 'ब्राण्ड' आफूलाई नचल्ने भएकोले आफ्नो चाहना अनुसारको मदिरा जहाँबाट भएपनि खोजेर ल्याउन निर्देशन दिनुभयो। अन्यथा, रात्री भोजन नै बहिष्कार हुने संकेत देखियो। आफ्नो चाहना अनुसारको'ब्राण्ड'वारे समय मै प्रधानपञ्चलाई जानकारी नदिएकोमा रेग्मीले 'पि ए' लाई सार्वजनिकरूपमा हकारे। प्रधानपञ्च खड्का हैरान भए। चारैतिर कर्मचारी दौडाए। अन्ततः नगरपंचायतका कर्मचारीले खड्काको ईज्जत जोगाई दिए । तोकिएको 'ब्राण्ड' फेला पर्‍यो। ढिलो शुरू भएकोले झण्डै मध्यरात सम्म खानपिन जारी रह्यो। 

भोलिपल्ट बिहान अध्यक्ष कमलराज रेग्मीको विदाईको निम्ति सबै गेस्टहाउसमा जम्मा भए। बिश्ववन्धु थापाले छ सय रुपैयाँ भिडाएर गएको घटनाबाट चिन्तित प्रधानपञ्च खड्का केही अलमलमा थिए। तर, कुनै असहज परिस्थिति आएन। अध्यक्ष रेग्मी प्रफुल्ल मुद्रामा हेटौंडाबाट विदा हुनुभयो।

हिजोको खानपिनको बेला देखिएको असहज अवस्था मेरो मनमस्तिष्कमा घुमिरहेको थियो। नजिकै उपस्थित म भन्दा पाका र  पुरानो साथी भनेर कमलराज रेग्मीसंग भेट्न आएका साम्यवादी पृष्ठभूमिका मित्रलाई सोधें- "कम्युनिष्टहरू बैचारिकरूपले प्रतिबद्ध, त्यागी, तपस्वी, आफ्नो आदर्शको निम्ति मर्न मार्न तयार हुन्छन् भन्ने बुझेको थिएँ। तर, कमलराजजीको हिजोको व्यवहार मलाई अनौठो लाग्यो"

ति मित्रले सहजरुपमा भन्नुभयो- " तपाईंले असजिलो मान्नु पर्दैन। कमलराज रेग्मी अब कम्युनिष्ट हुनुहुन्न।छोडी सक्नु भयो। फेरि बुझि राख्नोस्, कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ। टाढा टाढा सम्म गन्हाउँछ" ।

गाउँफर्क राष्ट्रिय अभियान नारायणी अञ्चल सदस्यचिवको हैसियतमा बिश्ववन्धु थापा र कमलराज रेग्मी दुवैको उपरोक्त जिल्ला भ्रमणको बेला म प्रत्यक्ष उपस्थित थिएं। दुई अलग राजनीतिक पृष्ठभूमिबाट आएका दुई अध्यक्षहरूको आचरण र व्यवहारवारे मलाई संधै कौतुहलता रहने गरेको छ।  तर, मेरा कम्युनिष्ट मित्रको- 'कम्युनिष्ट बिग्रेपछि अत्यन्त दुर्गन्धित हुन्छ' भन्भने भनाई मलाई अहिले झन सान्दर्भिक लागेको छ। समकालीन 'कम्युनिष्ट कमरेडहरू' को व्यवहार, चरित्र र आचरणले उक्त भनाईलाई चरितार्थ गरिरहेको छ।

थापाको ब्लगबाट