27 Jestha, 2080 / 10 June , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता

विपन्नको उपचार निःशुल्क नगरे कारबाही

विपन्नको उपचार निःशुल्क नगरे कारबाही

काठमाडौं,७ जेठ । काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले आफ्नो महानगर क्षेत्रभित्रका अस्पतालहरूलाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन्। 

मेयर शाहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा सो व्यवस्था भएको उल्लेख गर्दै महानगरका अस्पतालहरूलाई त्यो कार्यान्वयन गर्न भनेका हुन्।  

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय तहलाई रहेको स्मरण उनले गराएका छन्।

सोमबार सार्वजनिक बिदा 

सोमबार सार्वजनिक बिदा 

काठमाडौं, २९ माघ । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।     
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
     
 विसं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।     
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।     

' डेंगीको प्रकोप अकल्पनीय छ '

' डेंगीको प्रकोप अकल्पनीय छ '

-डा.रवीन्द्र पाण्डे-

काठमाडौं उपत्याकामा डेंगीको प्रकोप अकल्पनीय छ | घरघरमा सिकिस्त बिरामी छन् | यसअघिंका डेंगीका प्रकोपभन्दा यो निकै फरक छ | अधिकांश संक्रमितलाई कोभिड भन्दा गाह्रो भएको छ | सबै अस्पताल प्याक छन् | आइसीयु र भेन्टिलेटरमा धेरै संक्रमित छन् | निको भएका संक्रमित निकै कमजोर अवस्थामा छन् | पोस्टकोभिड जस्तै पोस्ट डेंगी सिन्ड्रोम कष्टप्रद छ |

जुन संक्रमितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरु छिटो निको भएका छन् | जुन संक्रमितलाई सुरुमै बान्ता भएको छ, उनीहरु खान तथा पिउन डराउँदा सिकिस्त भएका छन् | पारासिटामोलको चर्को अभाव छ | धेरै संक्रमितलाई एउटा पारासिटामोलले ज्वरो घटाएको छैन |

पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ | कलेजोमा असर गरेको छ | डेंगीमा पारासिटामोलको बिकल्प छैन | ज्वरो / टाउको दुखाइ / हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन |

अहिलेको डेंगीले कतिपय बिरामीलाई हातखुट्टा नचल्नेसम्म भएको छ |

तपाईं वा आफन्त संक्रमित भएको छ भने यी कुरामा ध्यान दिनुहोला –

१. जति सक्यो दाल, गेडागुडीको रस, मेवा / किवी / अनार / जुनार / पाकेको फर्सी / पालुंगो / दुध / जीवनजल, सादा पानी पटकपटक प्रशस्त खुवाउनुहोला |

२. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्वरोलाई नियन्त्रण गर्नुहोला |

३. बान्ता भएमा बान्ता रोक्ने औषधि सेवन गर्नुहोला |

४. शरीरमा एलर्जीजस्तै बिमिरा भएमा एलर्जीको औषधि सेवन गर्नुहोला |

५. झुक्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन किलर नखानुहोला |

६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नियन्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट रगत आएमा तुरुन्त नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोला | भरे / भोलि नभन्नुहोला |

७. बालबालिकाको ज्वरो नियन्त्रणमा नराखे Febrile seizure अर्थात बेहोश हुन सक्छन | ज्वरो नियन्त्रण नभए १ मिनेट पनि घरमा नराख्नुहोला |

८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि सेवन नगर्नुहोला |

९. डेंगीमा अन्धाधुन्ध मेवाको पात खाने लहर चलेको छ | मेवाको पातले डेंगी निको गर्दैन | प्लेट्लेट्स धेरै घटेमा बढाउने काम गर्दछ | त्यसको लागि औषधि कम्पनीले निकालेका चक्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला | मेवाको पातको रस, मेवा, किवी आदिले प्लेट्लेट्स बढाउने प्रमाणित तथ्य हो |

१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिनहरु नखानुहोला | खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला |

११. लक्षण देखिनेबित्तिकै Blood CBC, Dengue Prophile टेस्ट गर्नुहोला | २ दिन बिराएर Blood CBC टेस्ट गर्नुहोला | प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसंग तुरुन्तै सम्पर्क राख्नुहोला |

१२. डेंगीले धेरै दुख दिन्छ तर सितिमिति मार्दैन | मनोबल उच्च राख्नुहोला |

डेंगी एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन | संक्रमितलाई टोकेको लामखुट्टेले टोकेमा मात्र सर्दछ | तसर्थ लामखुट्टेको टोकाइबाट बच्ने हर प्रयास गर्नुहोला | यहाँहरुको सुस्वास्थ्यको कामना गर्दछु |

काेराेनरी मुटुराेगमा जीवनशैली परिवर्तन

काेराेनरी मुटुराेगमा जीवनशैली परिवर्तन

डा. हेमराज कोइराला

मुटुरोग को एक करोड़ सतहत्तर लाख मानिसहरु प्रत्येक बर्ष मारिन्छन। अप्रत्यासित रूपमा अपर्झट देखापर्ने र तत्काल आवश्यक व्यवश्थापन हुननसके ज्यानै पानी जान सक्ने यो समस्या आकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा लामोसमयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरु जम्मा भएर धमनी साँघु¥याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ । उपरोक्त पदार्थहरु जम्मा भएर धमिनी सागुरिएको ठा“उमा धमिनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरु लाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुदा साघुरिएको ठा“उमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरु मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ । अधिकतर हृदयघात मुटुलाई ज्यादा दवाव पर्ने अवस्थाहरु जस्तै चिल्लो खाना पेटभरी खाएको, रिसाएको, दुखी भएको, तनावमा परेको, विहानको समयमा, खाना खाएर सुतेको अवस्थामा र एन्जियो प्लाष्टि वा अन्य हृदयका शल्यक्रिया गर्दा गर्दै हुने गर्दछ ।

हृदयघातका जोखिमहरु

हृदयघातका जोखिमहरुलाई उल्ट्याउन सकिने र उल्ट्याउन नसकिने गरेर दुई समूहमा विभक्त गरिएको छ । उल्ट्याउन सकिने जोखिमहरुको मूख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धि मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । उल्ट्याउन सकिने जोखिमहरुमा मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन, खानामा रेसा र चोकरहरुकोकमी र टायप ए व्यक्तित्व आदि हुन । उल्ट्याउन नसकिने जोखिमहरुमा उमेर लिंग र अनुवंशीक प्रभावहरु पर्दछन् । तर, आज हृदयघातको विरक्तलाग्दो तथ्यांक वृद्धिमा उल्ट्याउन नसकिने भन्दा उल्ट्याउन सकिने जोखिमहरुको मूख्य योगदान छ । विज्ञहरु भन्छन् कम उमेरमा भइरहेको हृदयघातको उत्प्रेरक भनेकै हाम्रो अप्राकृतिक जीवनशैली (भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको अव्यवस्थापन) हो । मानव र प्रकृति विचको वढ्दो दुरी, वातावरणिय प्रदूषण, मानसिक तनाव, गरिष्ठ भोजन, श्रम र व्यायमवाट पन्छिने अल्छि वानी आफ्ना हठ अडान र निर्णयप्रति अडिग रहने हठी व्यक्तित्व, शरीरको आवाज (आहार निन्द्रा, भय मैथुन) जस्ता प्राकृतिक चाहनाहरुको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता जीवनशैलीस“ग सम्वन्धित कारकतत्वहरु हृदयघात लगायत अन्य मुटुरोगहरुको मुख्य कारक हुन् ।

जीवनशैली परिवर्तन

जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ भनि वैज्ञानिक तथ्य र आधारहरु सहित हृदयरोगको सफल उपचार गर्ने पहिलो व्यक्ति अमेरिकी चिकित्सक डा. डिनअर्निश हुन् । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको हृदयमैत्री हुनेगरी ठीक समायोजन गर्नु हो ।

भोजन व्यावस्थापन

मुटुरोग तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनकोमात्रा भोज्यपदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड, पानी,रेशा, एण्टि अक्सिडेण्ट र खनिज तथा लवणहरुको उचित मात्राले यूक्त क्षेत्रिय र मौसमी खाद्यन्नहरु मुटुरोगका लागि राम्रो मानिन्छ । चमल, गहु, मकै, आलु पिडालु सुठूनी, चिनी, आटा आदिवाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलिय खाद्यवाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलफूल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।

१.घिउ, तेल, नौनी, छाली, वटर र वोसो जस्ता जंगम श्रोतवाट पाइने चिल्लो पदार्थहरुको सेवन गर्नु हुदैन । खाना पकाउन अत्यान्त कम वनस्पती तेलहरुको उपयोग गर्नुपर्छ। शुद्धतोरी वा सूर्यमुखीको तेल अन्य भन्दा उत्तम छन् ।

२.मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ । माछामासुमा पाइने वोसोले कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुर जस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।

३.नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।

४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदाथ मुटुको लागी राम्रो होइन ।

५. पेटभरी ठुसी—ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणकालागी खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिकोसुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गरौ ।

७. खानामा नुनको मात्रा दुई—तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्ययपदार्थले मुटु रोगको जोखिम बढाउँछ ।

८. खानमा रेसा र चोकर युक्त खाद्यानहरुको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्लै अन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एण्टिअक्सिडेन्ट को मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र घात पछिको घाउ निको पार्न मुख्य भुमिका खेल्छ ।

व्यायाम ब्यस्थापन

१. मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुदैन । अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ ।

२. दक्ष योग गुरुबाट मुटुरोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले हृदयघातको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।

३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।

बिश्राम व्यबस्थापन

१. मुटु रोगीका लागी बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपुर्ण छ । राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसोसुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखानेबित्तिकै सुत्ने बानी मुटुका लागी खतरनाक मानिन्छ ।

२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक (MSRT), प्राणिक इनरजाईजीङ्ग टेक्निक (PET), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन (SMET), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक (JPMRT) डिप रिल्याक्सेसन् टेक्निक (DRT), क्विक रिल्याक्सेसन टेक्निक (QRT), ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

विचार व्यावस्थापन

वैचारिक स्तरमा आएको हरेक परिवर्तन हृदयमा प्रतिविम्वित हुन्छ । हजुर हास्दा हृदय हास्छ, हजुर रुदा हृदय रुन्छ । क्रुद्ध र भावुकहुदा हृदयपनि विचलित हुन्छ । रुग्न मानसिकता भएकाहरुको हृदय पनि चाढै रोगी हुन्छ भने स्वस्थ्य विचारको अभ्यासले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।

१. हृदयरोगवाट बच्न अव्यवहारिक र पुरानहुने महत्वकांक्षावाट वच्नुपर्छ । आफ्नो मनको भावनाहरु सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरु सग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफुलाइ तिरोहित गर्नु हुदैन ।

२. सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुई अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुको लागि राम्रो हो ।

३. विहान वेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग निद्रा, जप, प्रार्थाना, वा एकान्तबास जस्ता साधना नियम पुर्वक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।

५. तनाब व्यवस्थापनको नाममा चुरोट, सुर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन गरेर आफुलाई भुलाउन नखोजौ

ब्यबहार ब्यबस्थापन

हृदय हरेक ब्यबहार, घटनाक्रम र दिनचार्यको साक्षी हो । तपाँईको मनको कुरो मस्तिस्कले ढाट्ला तर हृदयले दुधको दुध पानीको पानी बताई दिन्छ भने अनियमित दिनचार्यको भार पनि हृदयले प्रस्ट पारि दिन्छ । यसर्थ हाम्रो दिनचार्य र आनिबानी हृदय मैत्रि हुन जरुरी छ ।

१. बिहान ब्रम्ह मुहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी. अगाडि देखि घाम झुल्किदा सम्मको समय) उठिसक्ने, उठ्ने बित्तिने दुई गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विशर्जन गरी सुचीनिची भई दाँत माझि व्यायाम को लागी तयार हुनु पर्छ ।

२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य ब्यबस्थापन सुचारुभई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।

३. बेलुका साढे छ देखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नु पर्छ ।

४. नाम र दामको पछाडि मरीहत्ते गर्नेबानी मुटुकालागी राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्येसैमा सन्तोष गरौं ।

५. आफ्नो ब्यक्तिवलाई लचकदार र सर्वप्रिय बनाउँ । अहंकार, घमन्ड र मपाईत्वलाई प्रशय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखिहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदित राखौं भने दुर्जनहरुको वास्तै नगरौं ।

६. आफ्ना गल्ति तथा भुलहरुलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं । ईखलिने, बैरत्वराख्ने, मनमालागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्याक्त्ति हृदय रोगको सिकार हुन सक्छ ।No photo description available.

आकार र आकृतिमा एक समान देखिने यी दुई बस्तु ,  कुन ज्यादा खतरनाक ?

आकार र आकृतिमा एक समान देखिने यी दुई बस्तु , कुन ज्यादा खतरनाक ?

डा. हेमराज कोइराला
आकर्षक र सुन्दर देखिने चाह हरकसैमा हुने गर्दछ। यसरि राम्रो देखिनको लागि मानिसले अनेकौ प्रकारका सौन्दर्य प्रसाधनका सामाग्रीहरू प्रयोग गर्नेगरेको पाईन्छ। यीनै सौन्दर्य सामाग्रीहरू मध्ये संसारमा सबैभन्दा धेरै उपयोग गरिने एउटा सौन्दर्य सामाग्री हो लाली अर्थत लिपिस्टिक। आफ्नो ओठलाई विभिन्न किसिमको आकर्षक रंङ्गरूप दिन विश्वका अधिकांश महिलाहरूले यो सौन्दर्य सामाग्रीको उपयोग गर्नेग्रेको पाईएकोे छ।

लिपिस्टिकको प्रयोग ओठलाई सुन्दर र आकर्षक देखाउनका लागि गर्ने गरिन्छ। यसरि लगाउने वित्तिकै ओठलाई सुन्दर र आकर्षक देखाईदिने लिपिस्टिक अनेकै रंगहरूमा उपलब्ध छन् । लिपस्टिकमा प्रयोग हुने यी रंङ्गहरू यथार्थमा प्राकृतिक रङ्ग नभएर कृतिम र रासायनिक रङ्गहरू हुन्। यसर्थ लिपस्टिक प्रयोग गर्दा हामीले ओठमा मनले चाहेको रंङ्गले ओठलाई रङ्ग्याउनुको साथसाथै स्वास्थ्यलाई प्रतिकुल असर पार्ने किसिमको केमिकलको लेप पनि लगाईरहेका हुन्छौ। यसरि निरन्तर रूपमा केमिकलले ओठ पोति रहदा यसले स्वासथ्यमा अनेकौ प्रतिकुल असर पार्ने गरेका छन्। यसर्थ आउनुस हामी पनि जानौ लिपस्टिकले सवास्थ्यमा पार्ने प्रतिकुल असरहरूलाई।
 
के हो लिपस्टिक?
 
ओठको सौन्दर्यका लागि प्रयोग गरिने दण्डाकार सौन्दर्य सामाग्रीलाई लिपस्टिक गरिएको हो तर अब ओठको सौन्दर्यका लागि लगाईने सबै किसिमका जेल,जेली, पेष्ट वा तरल आदिलाई पनि लिपस्टिक नै भन्ने भरिन्छ।
लिपस्टिक रसायनिक संरचनाः लिपस्टिक बनाउनको लागि मुख्यतहः मैन, तेल, एण्टिअक्सिडेण्ट, रङ्ग रसायन र ओठलाई आद्र बनाउने रसायनहरू हालिएको हुन्छ।

१. मैनः मैनको प्रयोग लिपस्टिकलाई आकार र आकृति प्रदान गर्न गर्ने गरिन्छ। मौरीको मैन, क्यान्डेलिलाको मैन, पेट्रोलियम मैन र केही सेन्थेटिक मैनहरूको प्रयोग लिपस्टिकमा गर्ने गरिएको छ।
२. तेलः लिपस्टिकलाई स्नेहक (लुब्रिकेटिङ्ग) बनाउनको लागि विभिन्न किसिमका तेलहरू जस्तै, जैतुनको तेल, खनिज तेल, कोका बटर, चिउरीको तेल, र पेट्रोलियम आदि प्रयोग गर्ने गरिन्छ।
३. रङ्ग रसायनः लिपस्टिकमा धेरै प्रकारका रंङ्ग रसायनहरूको प्रयोग गरियको हुन्छ।ती रङ्ग रसायनहरूमा मुख्यतः सिसा, एल्युमिनियम, क्याडमियम, क्रोमियम र म्याग्नेसियमको, म्याङ्गनीज, पेट्रोलियम प्रोडक्ट,अलाकत्रा, ईष्टर थ्यालेटस, अक्सिबेञ्जन, मिथाईल–प्याराबिन, पोलि–प्याराबिन, डाई, रेनिटाईल पाल्मिटेट, डी एण्ड सी रेड ७, २१, २२, ३४ हेमाटिन, हेमाट्याक्सोलिन, ब्रोमो एसिड,टाईटेनीयम अक्साईड, डी एण्ड सी अरेन्ज १७, क्यालसियम लेक, सिलिका जस्ता सामाग्रीहरू हालिएका हुन्छन।

लिपस्टिकको स्वास्थ्यमा असरः
१. एलर्जीः

लिपस्टिकको प्रयोगले एलर्जी पनि हुन सक्छ। एक अनुसन्धानका अनुसार यसमा प्रयोग गरिने कृत्रिम रङ्गहरू मुख मार्ग हुँदै शरीरभित्र पुग्दा एलर्जी र डर्मेटाइटिस हुने सम्भावना रहन्छ।
२. आँखा पोल्ने समस्याः लिपस्टिकमा हालियका अधिकांश केमिकलहरू आँखाको स्वास्थ्यको लागि पनि हानिकारक मानियका छन। यी केमिकलहरू उडेर वा हातले छोएर आँखाको सम्पर्कमा आउदा आँखाको जलन गराउन सक्छ ।
३.पेटको समस्या: लिपस्टिकमा सिसा लगाएतका भारी धातु हालीएको हुन्छ। यी भारी धातुहरू पेट आन्द्रा, कलेजो, मृगौला, प्यान्क्रियाज जस्ता कोमल अङ्गहरूको लागि अत्यन्त हानीकारक छन्। ओठमा लिपस्टिक लगाउनाले मुखको माध्यमबाट पेटमा सिसा लगाएतका भारीधातुहरू पुग्न सक्छ, जसले पेट, आन्द्रा, मिर्गौला र कलेजोको समस्या निम्त्याउन सक्छ।
४. स्नायूको समस्याः
लिपस्टिक लगाउनाले स्नायू एवं मस्तिष्कसँग सम्बन्धित समस्या पनि आउन सक्दछ। अनुसन्धानले लिपस्टिक बनाउन प्रयोग हुने सिसालाई न्युरो टक्सिक अर्थात् मस्तिष्कमा क्षति पु¥याउन सक्ने रसायनको रूपमा बताएको छ । सीसाको कारणले स्मरणशक्तिमा कमी आउने नशानाडीहरू सुन्नीने र सुन्ने पनि हुन्छ। यसैगरि मस्तिष्कमा पुग्ने सिसाको उच्च स्तरले स्नायूहरूको संवेग प्रसारणमा हस्तक्षेप गर्ने, शरीरमा क्याल्सियमको आपूर्तिमा हस्तक्षेप गर्ने आदि गर्दछ। यसै गरि लिपस्टिकमा हालिएको क्याडमियम पनि मस्तिष्कको लागि धेरै हानिकारक रसायन हो ।
५. गर्भावस्थाको लागि हानिकारक
लिपस्टिक बनाउन प्रयोग गरिने सिसा, ईष्टर थेलेट्स र अन्य भारी धातुहरू गर्भावस्थाको लागि खतरनाक भएको कुरा विभिन्न अनुशंधानले दर्शायका छन्। यसले गर्भवती महिला र उनको पेटमा भएको भ्रूणलाई हानि पु¥याउन सक्छ र गर्भपतन पनि हुन सक्छ।
६. बाँझोपन
लिपस्टिकमा पाइने विभिन्न केमिकलका कारण पनि बाँझोपनको समस्या आउन सक्ने विश्वास गरिएको छ । महिलाहरूले दिनभरि धेरै पटक ओठमा लिपस्टिक लगाउँदाँ लिपस्टिकमा पाइने रसायनहरू मुख हुँदै पेटमा पुग्दछन्।
७. हार्मोनल असंतुलनः
लिपस्टिकमा पाइने विभिन्न रसायनहरूलाई हर्मोनल असंतुलनको मुख्य जिम्मेदार ठह¥याईएको छ। यी तत्वहरू जस्तै सिसा, थ्यालेट्स आदिलाई ईण्डोक्राईन डिस्रप्टीङ्ग फ्याक्टरको रूपमा चित्रण गरेएको छ।
८. क्यानसरः लिपस्टिकमा प्रयोग गरिएका विभिन्न तत्वहरूले क्यानसर गराउनपनि सक्दछ।

आकार र आकृतिमा एक समान देखिने यी दुई बस्तु मध्ये कुन ज्यादा खतरनाक होलान ?

बाढीपहिरोबाट बच्न महाशाखाको २४ घण्टे चेतावनी

बाढीपहिरोबाट बच्न महाशाखाको २४ घण्टे चेतावनी

काठमाडौं, १२ असार । आइतबार देशका विभिन्न स्थानमा प्रदेशमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका धेरै स्थान र प्रदेश १, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यदेखि पूर्णदेखि बदली रहनेछ। अनि देशभरका पहाडी भेगका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भेगका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ ‘देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

कब्जियतलाई सधैंका लागि जित्ने तरिका

कब्जियतलाई सधैंका लागि जित्ने तरिका

डा. हेमराज कोइराला

मल निस्कासनको स्वभावीक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकि बल प्रयोगगर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट सम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ ।

विशेष रोगावस्था जस्तै आन्द्राकाघाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसनरोग जस्ता समस्या बाहेक अधिकांश कब्जियत को मूख्य कारण अप्राकृतिक जीवन शैली हो । भोजन ब्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलीत जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोक भन्दा ज्यादा खाने गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफूड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्रायस खाईरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ । व्यस्ततम् र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु, श्रम पछि विश्राम नगर्नेहरु भय, चिन्ता, शोक र उदासिनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । ब्यायाम र श्रम बाट भाग्नेहरु लाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ ।

लक्षणहरुः

मलत्यागको प्राकृतिक आवृतिमा विलंब हुनु, मलत्याग गर्न बल लगाउनु पर्ने अवस्था आउनु, दिशा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारीहुनु वा दुख्नु, भोक नलाग्नु मुखविग्रिनु, रिङ्गटालाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु ।

जोखिम

कब्जीयत सामान्य, अहत्वपूर्ण तथा बहुु प्रचलीत रोग भएतापनि यो रोग कयौ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जीयतलाई भवावही रोगहरुको जननी मानीएको छ । कब्जीयत हु“दा लामो समय सम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी अनकौ लामो समय सम्म आन्द्रामा मल रहीरहदा आन्द्रा भित्रै विषक्त पदार्थहरु बन्न पुुग्छ । यी विषात पदार्थहरु आन्द्राबाटै अवसोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गइ महत्वूूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् । पूर्वीय स्वास्थ्य विज्ञानहरुको मत अनुुसार कब्जीयतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि«क, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाईटिस, अपच, गुुदद्धार खस्नुु, डकार आउनुु, चाया, पोतो, डण्डीफोर, आउनु, जोर्नी दुख्नुु, हड्डी खिइनुु, सुुन्नीएर विकृत हुनुु (इकतभय ब्चतजचष्तष्क) मानसिक समस्याहरु जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिन्द्रा, यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडीनुु जस्तै पटक पटक इन्फेक्सन भईरहनुु, सर्दी–मर्कीले सताई रहनुु, ज्वरो, खोकी वल्झी रहनुु, मांसपेसी तथा नसा–नाडीहरु कमजोर हुनुु अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हारमोनहरुको मात्र घटवड भइरहनुु, कोलेस्टेरोल, यूूरोक एसीड आदी रगतमा भएका तत्वहरुका मात्रा घटवड भईरहनुु रक्तअल्पताको समस्या देखापर्नु महत्पूर्ण अंगहरुको कार्य क्षमता घट्न जस्ता रोगहरु हुन जान्छ ।

उपचारः

विशेष रोगावस्थाका कारणले कब्जियत भएकोभए रोगको उचित निधान गरेर रोग निर्मुल पार्नेतिर लागौ । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन सुधार हो । भोजन सुधार गर्दा निम्नलिखित तथ्यहरूलाई ध्यान दिनुपर्ने हुन्छ।

१. कब्जियत भएकाहरूले पाचन अंङ्गहरुलाई अधिकतम विश्राम दिनकालागि १६ घण्टे उपवाश विधि अपनाउनु पर्ने हुन्छ । यो उपवाश गर्नका लागि शाझ ६ःः०० बजे भन्दा पहिल्यै खाना खाएर विहान १०ः०० बजे भन्दा पछाडी मात्र खाना खाने गर्नु पर्दछ ।

२. शाझको खानामा अन्नलाई समाबेश नगरेर फलफूल, तरकारी र झोलीलो कुरालाई मात्र समाबेश गर्ने गर्दा कब्जियतलाई जीत्न सजिलो हुन्छ।

३ं. बिहानको नास्ता पुर्व कुभीण्डो वा लौकाको जुस खानेगर्दा यो रोगको लागी अत्यन्त राम्रो गर्दछ।

४. विहानको नास्तामा आफ्नो तौलको एक प्रतिशत जस्तै ७० किलोको मान्छे हो भने उसको लागि ७०० ग्राम, ६० किलोको मान्छे हो भने उसको लागि ६०० ग्राम, मौसम अनुसारको चार किसिमका फलफुलहरु जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काक्रो, आँप, सरिफा, बेल बेलौती, मेवा का साथै अंकुरित मुंग र मेथीहरु मौसमि तरकारीहरु लाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ ।

५ ठोस भोजन दिनको एक पल्ट मात्रै लिने गरौ विहानको भोजनमा रातो चामल वा मकैकोभात, गहँुको वा मकैको पिठोको रोटि, काउली बन्दा तोरई र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पु¥याउछ ।

६. बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ ।

७. माछा, मासु अन्डा, घ्यू, पनिर,दुध, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । चीकु, केरा, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।

ब्यायमः

अङ्गब्यायम,रिढब्याम, सिथिलीकरणब्यायम, प्रातःभ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउँदछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ ।

उपचारः

१.पेटलाई सफागर्ने षटकर्म विधिहरू जस्तै एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन, पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ ।

२. पेटको मांशपेशीहरूलाई प्रभाव तुल्याउने किसिमका उपचार पद्धतिहरू जस्तै तातोको सेकाई, पेटको व्यायाम आदि गर्दा पनि राम्रो लाभ पु¥याउदछ।

कब्जियत आफैमा ठुलो समस्या नभय पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ ।

सावधानीहरु

१. राती चाँडै सुत्ने बिहान ब्रह्म मूर्हत (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडि देखि घाम झुल्किदा सम्मको समय) भित्र उठी सक्ने । उठ्ने बित्तिकै १ लिटर जती मन तातो पानी पुउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पु¥याउदछ ।

२. दैनिक ३० मिनेटको व्यामलाई जीवन शैलीको अभिन्न अंग बनाऔँ । अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पु¥याउछ ।

३. भोजनको समय निश्चित गरी नियमित उसै समयमा भोजन गर्ने गरौँ । रातीको भोजन सकभर सुुर्यअस्त आसपासको समयमा होस् । भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्य एक हो । भोजन गर्दा खुुब चपाई चपाई खाने गरौ । भोजनको समयमा बातचित गर्ने, उठी उठी बा टिभी, कम्प्युुटर अथवा मोबाइलमा ब्यस्त रहेर भोजन गर्नेहरुमा कब्जियत ज्यादा पाइएको छ ।

४. कुुटाइमा कचर पचर खाइ रहने बानी भए त्यागौ ।

५. खानामा मौसमी तथा क्षेत्रीय (लोकल) अन्न तथा सागसब्जिहरुको बिशेष समायोजन होस् । कच्चा सागसब्जि, सलाद तथा रेसादार फलफूलहरुको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।

६. मल त्यागको समयमा मनलाई पूर्ण रुपमा मल त्याग गर्नमा नै लगाऔ । शौचालयमा बसेर अखबार पढ्ने, गीत संगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिस्किले मल त्याग सम्बन्धि सूचना सम्बन्धित अंगहरुलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जीयत हुने सम्भावन रहन्छ ।

७. कब्जीयतका उपर्यूूक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्स लिई रोगको निदान गर्न तिर लागौ ।

कब्जियतलाई सधैका लागि जीत्ने तरिका

जापान जान लागेकी महिलाको झोलामा गोली   

जापान जान लागेकी महिलाको झोलामा गोली   

काठमाडौँ, २८ चैत । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् ।    
प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    
 
Prabhu Side Bar

Sidebar Middle
Sidebar Bottom