08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता


'कोरोना महामारी, आर्थिक असुरक्षा र समाधान'

'कोरोना महामारी, आर्थिक असुरक्षा र समाधान'


डा. रवीन्द्र पाण्डे

विश्वभर नै कोरोना महामारीको कारण चिन्ता, तनाव, डर लगायत मनोबैज्ञानिक समस्या बढेका छन् । यी मध्ये सबैभन्दा ठूलो आर्थिक असुरक्षा हो । बेरोजगार हुनु, ब्यवसायबाट विस्थापित हुनु, निम्न ज्यालामा काम गर्नु, कुनै पनि समय कामबाट हट्नुपर्ने अवस्था हुनु, बालबालिकाको स्कुलको फिस तिर्न अप्ठ्यारो हुनु लगायतका समस्या हुँदा खाने बर्गमा छ भने हुनेखाने बर्गमा त्यो भन्दा ठूलो समस्या देखिएका छन् ।


आफ्नो व्यवसाय ऋणात्मक हुनु, महँगो भाडा तथा स्टाफ खर्च हुनु, कमाइ नहुनु, घरजग्गा भएपनि नगद नहुँदा जीवनयापनमा समस्या देख्नु, त्यसको कारण चिन्ता, तनाब तथा फ्रस्ट्रेसन हुनु र भविष्यमा पहिलेजस्तै कमाइ हुने कुरामा विश्वास नलाग्नु तथा भबिष्यप्रति आशाबादी नहुने लगायतका मनोबैज्ञानिक समस्या देखापरेका छन् ।
दैनिक काम गरेर खाने ठूलो जनसंख्या लकडाउन हुन्छ कि भनेर त्रासमा रहेका छन् । लकडाउन भयो भने के खाने रु कसरी परिवार पाल्ने रु केटाकेटीको फि कसरी तिर्ने रु बिरामी भए कसरी उपचार गर्ने रु भाडा कसरी तिर्ने रु लगायतका चिन्ता धेरैजनामा छ

धेरै देशमा फैलिएको तेस्रो लहर, कोरियामा आएको चौथो लहर तथा इरानमा देखिएको पाँचौं लहरको कारण यो महामारी सँधै रहने हो कि भन्ने चिन्ता हरेक बर्गमा बिध्यामान छ । विकसित देशमा लकडाउन भएपनि राज्यले जीविका, पढाइ तथा उपचारको ग्यारेन्टी गरेको हुन्छ । हाम्रो सामाजिक असुरक्षा भएको देशमा लकडाउन हुँदा पनि ‘ सेल्फी राहत’ बाहेक केहि प्राप्त नहुने हुँदा चिन्ताको ग्राफ उकालो लागिरहेको हो ।
महामारीको अवधिमा सरकारले स्थानीय निकायबाट हुँदा खाने बर्गलाई कम्तिमा महिनाको ५० किलो चामल, ५ किलो दाल, १० हजार नगद, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने हो भने यो अवस्था आउने थिएन ।
अहिले जुन बजेट बालुवामा खन्याइएको छ, त्यसलाई ब्यबस्थापन गर्ने हो भने राहत दिन सरकारलाई कुनै अप्ठ्यारो पर्दैन । यसमा सरकार जनताप्रति जिम्मेवार भए पुग्छ ।
हामी आम नागरिकले यी तथ्य आत्मसात गर्नु जरुरी छ
– हरेक कुराको आयु हुन्छ ्र यो महामारीको पनि आयु छ । १–२ बर्षपछि महामारी सकिन्छ ।
– खोप अभियान चलिरहेको छ । खोप लगाएपछि अपवाद बाहेक कोभिड सरेपनि गम्भीर हुने ÷ मृत्यु हुने हुँदैन ।
– छिमेकी देश तथा अन्य देशमा खोप अभियान तीब्र छ । त्यहाँबाट नेपाल आउने व्यक्ति खोप लगाएर आउँछन् । जसको कारण पहिले जस्तो संक्रमण सर्दैन ।
– दोस्रो लहरमा लाखौँ व्यक्ति संक्रमण भएका छन् ्र ती मध्ये धेरैलाई थाहा नभई कोरोना निको भएर एन्टिबोडी बिकास भएको छ । खोप लगाएका तीसौं लाख व्यक्तिमा पनि एन्टिबोडी बिकास भएको छ ्र यी व्यक्तिलाई कोभिड लागेपनि सामान्य रुपमा निको हुन्छ ।
– दोस्रो लहरमा हाम्रा स्वास्थ्य संरचना धेरै बलिया भएका छन् । अक्सिजन नपाएर मृत्यु हुने अवस्था अब हुने छैन ।
– मास्क, भौतिक दुरी र हातको सफाइमा ध्यान दिए संक्रमण सर्दैन ।
– महामारीको समयमा अनपेक्षित कुरा धेरै हुन्छन् । विकसित देशमा पनि हाम्रो देशमा भन्दा धेरै व्यक्तिको निधन भएको छ । तसर्थ, जहाँ बसेपनि जोखिम हुनसक्छ ।
– अर्को वर्षदेखि खोपको कारण कोरोना सामान्य रुघाखोकीजस्तो हुनसक्छ ।
– त्यसपछि हाम्रो काम, कमाइ तथा आर्थिक गतिबिधि पहिलेभन्दा सुदृध हुन्छ । हामीले मेहेनत गर्यौं भने यो महामारीमा भएको घाटा ६ महिनामै हट्नेछ । त्यसपछि हामीले पहिलेभन्दा उन्नत जीवन पाउनेछौं ।
– महामारीले संसारमै हरेक मानिसलाई घर वा आफ्नो देशमा कैद गरेको छ । महामारी कमजोर भएपछि भ्रमणमा निस्किने लहर चल्छ । हाम्रो देशमा पनि लाखौँ पर्यटक आउँछन् । पर्यटन क्षेत्र बलियो हुँदा रोजगारी तथा कमाइ बढ्छ ।
– अहिले कमाइ कम भएको हुँदा हाम्रो क्रय शक्ति कम भएको छ । १ वर्षपछि हाम्रो रोजगारी तथा ब्यबसाय चल्नेछ । आम नागरिकको कमाइ भएपछि खर्च गर्नेछन् । त्यसपछि हाम्रा हरेक ब्यबसाय चल्नेछन् ।
– कोठामै कैद भएर अनलाइन पढ्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
– विद्यार्थीको लागि बिदेशमा पढ्ने अवसर प्राप्त हुनेछ ।
– धेरै देशलाई कामदारको खाँचो पर्नेछ । तसर्थ, बैदेशिक रोजगारी बढ्नेछ ।
– महामारीले कृषि, पशुपालन आदिलाई राम्रो पेशाको रुपमा चिनाएको छ । लाखौँ युवा आफ्नै देशमा स्वरोजगारमा लाग्नेछन् ।
– नागरिकको कमाइ भएपछि बन्द भएका ब्यबसाय पहिलेभन्दा राम्रोसंग चल्नेछन् ।
– यो समयमा हामीले उच्च मनोबलको साथ जीवन संचालन गर्न सक्यौं भने अर्को बर्षदेखि हाम्रा तनाब, चिन्ता तथा असुरक्षा हट्नेछन् । त्यो बेलासम्म हामी सुरक्षित, धैर्य तथा आशाबादी हुनु जरुरी छ ।
– अन्त्यमा, सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गरोस्, खोप भटाभट लगाओस् । तर लकडाउन नगरोस् । लकडाउन गर्ने परिस्थिति रोक्ने काम अहिलेदेखि गरोस् । राहत, सहुलियत र छुटजस्ता नागरिक प्रदत्त अधिकार सुनिश्चित गरोस् । आर्थिक असुरक्षाको चिन्ता हटाउने कार्यक्रम तुरुन्त लागु गरोस् ।
डा.पाण्डेको फेसबुकबाट साभार


काेराेनाकाे नक्कली रिर्पोट बनाउने कर्मचारीमाथि छानबिन

काेराेनाकाे नक्कली रिर्पोट बनाउने कर्मचारीमाथि छानबिन


काठमाडौं, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।

मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो ।

केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए ।


अहिले कोरोना संक्रमणको अवस्था कस्तो हो ?

अहिले कोरोना संक्रमणको अवस्था कस्तो हो ?


डा.रवीन्द्र पाण्डे
- यो तेस्रो लहर हैन, दोस्रो लहर नै हो |

- दैनिक ३० – ३५ जनाको मृत्यु हुँदा राज्यले सामान्य ठान्नु, मृत्युदर घटाउन आबश्यक ब्यबस्था नगर्नु तथा संबेदनशील नहुनु बिडम्बना हो |

- अधिकांश अस्पतालका आइसीयु, अक्सिजन बेड भरिएका छन् ! जनरल बेड भरिएका छैनन् | यसको अर्थ हुन्छ, सिकिस्त भएपछि मात्र पिसिआर गर्नेको संख्या बढी छ | लक्षण देखिएमा तुरुन्त जांच गरेर उपचार गर्ने हो भने आइसीयुमा पुग्नु पर्दैन |

- परीक्षण सधै १५ – १६ हजार मात्र गर्नुको कारण दोस्रो लहर लम्बिएको छ | दिनमा ५० – ६० हजारको परीक्षण गर्ने तथा संक्रमितलाई होम आइसोलेसन / अस्पतालमा राख्ने हो भने दोस्रो लहरको आयु छोंटो हुन्छ |

- पहिले एग्रिमेन्ट गरेका बाहेक खोपबाहेक अन्य खोप कहिले आउँछ ? कुन देशबाट आउँछ ? त्यो निधो भएको छैन | सरकारले पत्र पठाउदैमा वा दुताबासमा कुरा गर्दैमा खोप आउदैन | खोपको विश्वव्यापी माग ठूलो छ तर उत्पादन सिमित छ | तसर्थ सरकारले अग्रिम भुक्तानी गरेर भारत, चीन, रुस, अमेरिका, बेलायत आदि देशबाट तथा कुटनैतिक लबिंगमार्फत कोभ्याक्सबाट खोप ल्याउने ठोस पहल गर्नु आबश्यक छ |

- जनताले लकडाउनको पहाड बोक्न सक्ने अवस्था छैन | लकडाउन नगर्ने उपाय भनेको जनस्वास्थ्यका मापदण्ड पालना गराउने/ गर्ने नै हो | प्रहरी तथा प्रशाशनले सहरमा काम गरेजस्तो गर्ने तर मान्छेको भीडभाड हुने भित्री बस्तीमा वेवास्ता गर्दा संक्रमण घट्न सकेको छैन | संसारमा जनस्वास्थ्यका मापदण्ड पालना नगराउने देश नेपाल मात्र हो |

- भिजन भएका बिज्ञको योजना अनुसार सरकार चल्नुपर्नेमा एकपछि अर्को सरकारी समिति बनाउनुको अर्थ छैन | सिसिएमसीको काम प्रभावकारी छैन | भर्खर स्वास्थ्य राज्यमन्त्रीको संयोजकत्वमा कर्मचारी सम्मिलित अर्को समिति बनाउनुको अर्थ छैन | कर्मचारीले आफ्मो काम गरिरहेका छन् | सल्लाहकार समितिमा सरकार बाहिरका स्वतन्त्र बिज्ञको समिति बनाउनु पर्ने थियो |

- तेस्रो लहर आयो भने ठूलो क्षति हुँदैन | तथापि एकजनाको मृत्यु हुनु पनि त्यो परिवारको लागि १०० % क्षति हो |

- खोपको भण्डारण, परिबहन तथा मापदण्डमा गुणस्तर कायम गर्न नसकेमा खोपले काम गर्दैन | पुरै डोज खोप लगाएका व्यक्तिहरु किन अस्पताल भर्ना भएका छन् ? कति महिनामा एन्टिबोडी कस्तो भएको छ ? बुस्टर डोज आबश्यक छ कि छैन ? यसको अध्ययन हुनु जरुरी छ |

- नाकमुनी र चिउडोमा खोप लगाउने तथा खोपको लाइनमा बस्नेबाट संक्रमण फैलिएको छ | सहि तरिकाले मास्क लगाउन सिकाउने, खोप केन्द्र बढाउने तथा खोप केन्द्रमा पूर्णतया जनस्वास्थ्यका मापदण्ड पालना गराउन ढिलो भइरहेको छ |

- अहिले भाइरल ज्वरो बढिरहेको छ | कोभिड र भाइरल ज्वरोको लक्षण मिल्दोजुल्दो हुन्छ | तसर्थ यो बारे आम नागरिकलाई सुचित गर्नु राज्यको दायित्व हो |

- नयाँ प्रजातिको बारे निरन्तर अध्ययन / अनुसन्धान गर्ने तथा एन्टिबोडी छल्ने प्रजाति आए / नआएको पत्ता लगाउने काम नियमित गर्नुपर्दछ |

- दोस्रो लहरमा संक्रमण भएर प्राप्त एन्टिबोडी, खोप, भारत तथा विदेशबाट आउने व्यक्तिले खोप लगाएको तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेको संख्या बढेको र दोस्रो लहरमा स्वास्थ्य संस्थामा अक्सिजन बेड बढेको कारण तेस्रो लहरले धेरै क्षति गर्दैन | तसर्थ आत्तिनुपर्दैन |

- कोरियामा चौथो लहर तथा इरानमा पाँचौं लहर फैलिएको छ | तसर्थ तेस्रो लहर आउन नदिनको लागि यसपटक हामी आम नागरिकले घरेलु वातावरणमा सुरक्षित तरिकाले चाडपर्व मनाउनु जरुरी छ |

- बालबालिकाको खोप फाल्गुण वा चैत्रमा ल्याउने सरकारको सेडुल परिवर्तन गर्नु जरुरी छ | जति सक्दो छिटो खोप ल्याएर शैक्षिक संस्था सुरक्षितरुपमा संचालन गर्नुपर्दछ | कोभ्याक्ससंग यसको लागि समन्वय गर्नु पर्दछ |

- परिणाममुखी काम गर्नको लागि भिजन र समर्पण चाहिन्छ | राइट म्यान : राइट प्लेस नहुनु नै हाम्रो बिडम्बना हो |

डा.पाण्डेको फेसबुकबाट


क्वाँटी र स्वास्थ्य

क्वाँटी र स्वास्थ्य


-डा.अरुणा उप्रेती-

मलाई कोभिडको संक्रमण भयो । म शाकाहारी भएकोले मैले क्वाँटी, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । बिशेषगरी क्वाँटीको रस पकाएर झोल मात्रै खाएँ । खाँदा माथिपट्टिबाट हरियो धनिया र कागती हालेकोले स्वादिलो भयो,स्वास्थ्य पनि राम्रो भयो ।

कोरोनाबाट संक्रमित ब्यक्तिहरूलाई मासु, खुट्टीको रस खानुपर्छ भनेर भनेपछि शाकाहारीले पनि जबरजस्ती मासुको रस खाए, शाकाहारी वा मासांहारी हुनु आफ्नो इच्छा, संस्कृती र संस्कारमा भर पर्छ । तर कुनै संक्रमण भएर तंग्रिनलाई चाहिँ मासुको रस नै खानुपर्छ भन्ने छैन ।

टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।

महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाँटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।

क्वाँटी कसरी फाइदाजनक ?

टुसा उमारेको क्वाँटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन 10 गुणा बढ्न जान्छन् । त्यसैले सय रूपैयाँको सुक्खा क्वाँटी ल्याएर टुसा उमारेर खाने हो भने ४ सय रूपैयाँसम्मको फाइदा लिन सकिन्छ ।

क्वाँटी जीवन्त खाना हो, पचाउन पनि निकै सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाँटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ । क्वाँटी बनाएपछि हामी जिम्मु, जिराले झानेर तयार गर्छौं ।

बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाँटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन ।

गर्भवतीमा रगतको कमी नभएपछि भ्रूण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाँटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको सेवनले महिलाको दूध राम्रोसँग आउने हुँदा बच्चालाई पर्याप्त मात्रामा दूध प्राप्त हुन्छ ।

क्वाँटीको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, जसले आमाको दूध पनि बढाउने गर्छ । त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाँटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।

कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाँटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाँटी अति उपयोगी हुन्छ ।

क्वाँटीले प्रोटिन तथा अन्य पोषकतत्त्व प्रदान गर्छ । ।

क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर मकै पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ ।

अन्य फाइदा

क्वाँटी शक्तिवर्धक एवम् पौष्टिक आहार हो । यसमा भिटामिन बीका सबैजसो प्रकार पाइन्छन् । क्वाँटीको सेवनले–

– आवश्यक ऊर्जा प्राप्त हुन्छ ।

– रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । ।

– कब्जियतको / पायल्स भएकालाई फाइदाजनक मानिन्छ

हाम्रो संस्कृतीमा क्वाँटीको रस खाने विशेष दिन छ, अन्य बेलामा पनि क्वाँटीको रस खाँदा शरीर स्वस्थ रहन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ ।

ठुसा उमारेको कुनै पनि गेडागुडी जस्तो चना, मटर, केराउ, बोडी, बकुला, मेथी मात्र होइन कि आलस, तिल, बदाम पनि टुसा उमारेर खान सकिन्छ ।

डा.अरुणा उप्रेतीकाे फेसबुकबाट

 

 

 


मास्कले कसरी कोरोना भाइरसलाई रोक्छ ?

मास्कले कसरी कोरोना भाइरसलाई रोक्छ ?


मास्कले कसरी कोरोना भाइरसलाई रोक्दछ ?

कोरोना भाइरस ०.०६ देखि ०.१४ माइक्रोनको हुन्छ | N95 मास्कको छिद्र ०.१ देखि ०.३ माइक्रोन हुन्छ भने सर्जिकल मास्कको छिद्र ०.३ देखि १० माइक्रोनको हुन्छ |

- कोरोना भाइरस आफै उडेर मास्कमा आउँदैन | संक्रमितले बोल्दा, खोक्दा तथा हाच्छ्यूं गर्दा थुक / सिंगान / र्यालका साना कणसंग उछिट्टिएर हामीले लगाएको मास्क्मा आउँछ | ती कणको साइज हाम्रो मास्कको छिद्रभन्दा धेरै गुणा ठूला हुन्छन् | बोल्दा / खोक्दा / हाच्छ्युं गर्दा आउने ड्रपलेट २० देखि २००० माइक्रोमिटरका हुन्छन् | ठूला ड्रपलेट तुरुन्तै भुइंमा खस्छन भने साना ड्रपलेट बाष्पिकरण भएर केहि सेकेन्डमा उड्छन् |

- यदि हामीले डबल मास्क लगायौं भने एउटा मास्कको छिद्र अर्को मास्कले छोप्ने गर्दछ | तसर्थ ड्रपलेटमा रहेको कोरोना भाइरस मास्कभित्र पस्न सक्दैन |

२. मास्क लगाएपछि कार्बनडाइअक्साइड कसरी मुख बाहिर जान्छ ? हामीले कसरी अक्सिजन प्राप्त गर्छौं ?

- मास्कबाट कार्बनडाइअक्साइड बाहिर जानको लागि कुनै समस्या हुँदैन | कार्बनडाइअक्साइड पार्टिकल ०.०००६५ माइक्रोन र अक्सिजन पार्टिकल ०.०००५ माइक्रोनको हुन्छ | मास्कको छिद्र सास लिने र छोड्ने प्रक्रियाको लागि पर्याप्त साइजको हुन्छ | तसर्थ मास्क लगाएको व्यक्तिले आफुले फालेको कार्बनडाइअक्साइड सास लिनुपर्दैन |

- जुनसुकै पनि मास्क बानी नपर्ने बेलासम्म सास फेर्न गाह्रो भएजस्तो लाग्छ | बानी परेपछि सहज हुन्छ |

.तसर्थ मास्क सबैभन्दा ठूलो कवच हो | खोपबाट भित्री र मास्कबाट बाहिरी सुरक्षा घेरा बनायौं भने हामीले संक्रमण भोग्नुपर्दैन | कारणबश संक्रमण भएपनि सिकिस्त हुने वा मृत्यु हुने अवस्था हुँदैन |


मन्द महामारी  'भिटामिन डी' को कमी

मन्द महामारी 'भिटामिन डी' को कमी


-डा.अरुणा उप्रेती-  

पर्याप्त मात्रामा घाममा नबस्ने, वातानुकूलित कोठामा मात्र बस्ने, घाममा हिँड्दा छाला कालो हुन्छ भनेर लामा पहिरन लगाएर हिँड्ने भएकाले झन्डै ६९ प्रतिशत भारतीयमा भिटामिन डीको कमी देखिएको कुरा टाइम्स अफ इन्डियाको जुलाई २०, २०१५ मा प्रकाशित एउटा समाचारमा उल्लेख छ ।

मैले चिनेकी निशा नामकी एक महिलामा थकाइ लाग्ने, हातखुट्टा दुखिरहने, बिहान उठ्दा पनि आराम गरेको अनुभूति नहुने समस्या थियो । उनी समस्या लामो समयसम्म तानिएपछि डाक्टरकहाँ गइन् । धेरै डाक्टरकहाँ गैसकेपछि बल्ल एकदिन कुनै स्त्रीरोग विशेषज्ञले उनलाई भिटामिन डीको जाँच गराउन भनिन् ।

मेरी ५० वर्षीया साथी सपनाले भनेकी थिइन्–‘अमेरिकाको बोस्टनमा बस्दा मेरो जिउ र ढाड कटकटी दुख्ने र एकदम थकाइ लाग्ने भएपछि डाक्टरकहाँ गएँ । उनले रगत जाँच गरी मेरो शरीरमा भिटामिन डिको कमी भएको र बिस्तारै हड्डी फुसफुसे हुने समस्या देखापर्ने कुरा बताए । केही समयका लागि उनले भिटामिन डीको चक्की दिएर भने–तपाईं नेपाल गएपछि यो चक्की खानु पर्दैन ।वर्षभरि नै घाम लागिरहने तपार्इंको देशमा त भिटामिन डी छताछुल्ल छ । हरेक दिन १५–२० मिनेट सीधै घाम छालामा पर्ने गरी बस्नुहोस् । बोस्टनमा पो धेरै समय घाममा बस्न पाइँदैन । जहिले पनि एयर कन्डिसन र कोठामा बस्दा यस्तो हुन्छ । चिकित्सकको कुराले आँखा खुलेपछि सपना भन्छिन्–काठमाडौं आएपछि म हरेक दिन घाममा बस्ने गरेकी छु ।’ यद्यपि सबै महिला सपनाजस्तै नियमित रूपमा घाममा बस्दैनन् ।

 

सानो उ

डा.अरुणा उप्रेती

मेरका शिशुलाई भिटामिन डीको कमी भयो भने उनीहरूको हड्डी कमजोर हुँदै जान्छ । हड्डी बाङ्गो भएर हिँड्नसमेत गाह्रो हुन सक्छ । यस्तो अवस्था अहिले धेरै कम देखिए पनि काठमाडौं उपत्यकाको कहिल्यै घाम नपुग्ने गल्लीहरूमा बस्ने बालबालिकालाई यस्तो समस्या हुनसक्छ ।

पहिले–पहिले घाममा राखेर सुत्केरी महिला र शिशुलाई तेल लगाउने चलन थियो तर आधुनिकतामा परेर शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तथा कोठामा राखेर पाउडर दलिदिने चलन छ । यस्तो व्यवहारका कारण सुत्केरी आमा तथा शिशुको शरीरमा भिटामिन डी पुग्न पाउँदैन र अनेकौं समस्या सिर्जना हुन्छन् । अहिलेका आमाहरूले घाममा बसेर तेल लगाउने चलन बिर्सिए भने आमा तथा शिशुलाई समस्या पर्नसक्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने ६० वर्षीया ज्योति श्रेष्ठले मलाई भनेकी थिइन्–‘मैले दस वर्षसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरें । ढाड र हाड दुखे पनि सहेर काम गरिरहें, डाक्टरलाई देखाउँदा उनले भिटामिन डीको कमीका कारण यस्तो भएको बताउँदै मलाई घाममा बस्न भनेका थिए तर बिहानदेखि बेलुकासम्म कामको चक्करमा घाममा बस्ने फुर्सद कहाँ हुनु ? अहिले मेरो ढाड, घुँडा सबै दुख्छन् । औषधि खान्छु तर पीडा कम हुँदैन । सम्भवत: काम गर्दा केही समय आफ्नो शरीरका लागि छुट्याएको भए आज मलाई यति गाह्रो हुँदैनथ्यो । ज्योतिले पछि मलाई इमेल लेखेकी थिइन्–‘मेरो तौल १० किलो घटेको छ । त्यसले गर्दा अनुहारमा चाउरी परेको छ । अहिले त म घाममा बस्न पनि थालेकी छु । पीडा त अझै छ ।’ ज्योतिको यो भनाइ उदाहरण बन्न सक्छ । यसले समयमै घाममा बस्नुपर्छ भनेर सिकाउँछ ।

अहिले धेरै औषधि कम्पनीले सकेसम्म बढी मानिसले क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्ने कुरा बाहिर ल्याउँदैछन्, विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम तथा भिटामिन डीका चक्की दिन थाल्छन् । जुनसुकै समस्या औषधिले मात्र समाधान गर्ने हाम्रो बानीका कारण हामी प्राकृतिक कुरा उपयोग गर्न बिर्सदै एवं चुक्दै गएका छौं ।

घाम नलाग्ने देशहरूमा भिटामिन डीको चक्की वा खानामा भिटामिन डी मिसाएर दिनुको औचित्य होला, तर नेपालमा त्यसको औचित्य छैन । भिटामिन डीको चक्कीले केवल औषधि कम्पनी तथा पसलको आम्दानी बढाउँछ । यसले स्वास्थ्यमा पनि सकारात्मक असर गर्दैन । म ६o वर्षकी भएँ । म भिटामिन डी प्राप्त गर्न घाममा बस्छु । क्याल्सियमका लागि ज्वानो, आलस, तिल, दूध, दही, गहत तथा सिमी आदि खान्छु । मलाई अहिलेसम्म भिटामीन डीको कमी भएर ढाड तथा हड्डी दुखेको छैन ।

भिटामिन डी बोसोमा घुलनशील भएर लामो समय रहने हुनाले एक–दुई दिन घाममा नबस्दैमा खासै समस्या परिहाल्दैन । त्यसैले वर्षाका दिनहरूमा घाममा बस्न पाइन भनेर चिन्ता गर्नुपर्दैन । छालामा सीधै सूर्यको किरण पुग्ने गरी हप्तामा ४–५ दिन, २०–२५ मिनेटका लागि बसे पुग्छ ।

जाडोमा कुनै खुल्ला मैदानमा घाममा बसेर सुन्तला र बदाम खाँदा कति आनन्द आउँछ तर त्यसले आनन्द मात्र दिँदैन कि स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीलाई पत्तो हुँदैन । सबैलाई घाम चाहिन्छ, शारीरिक विकासका लागि मात्र होइन मानसिक रूपमा स्वस्थ रहन पनि घाम आवश्यक छ ।

डा.उप्रेतीको फेसबुकबाट साभार 


'यसरी रोक्न सकिन्छ, कोरोनाको तेस्रो लहर'

'यसरी रोक्न सकिन्छ, कोरोनाको तेस्रो लहर'


-डा.रवीन्द्र पाण्डे-

कोरोना संक्रमण बढ्दो ग्राफमा छ । शुक्रबारसम्म सात लाख ७७ हजार ५८९ जना संक्रमित पुगेका छन् ।  सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन् । शुक्रबारसम्म कुल छ लाख ६५ हजार ५४८ जना निको भइ घर फर्किएका हुन् । यस्तै शुक्रबार कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।

अहिले समुदायमा परीक्षण भएको छैन । कन्ट्याक्ट ट्रेसिङ पनि छैन । सरकारले परिस्थिति विषम आउनुअघिं नै युद्धस्तरमा महामारी नियन्त्रणको लागि बिशेष रणनीति बनाएर कार्यन्वयन गर्नु जरुरी छ । अब हामीसँग ढिलो गर्ने समय छैन । विश्वभर नै डेल्टा प्रजातिको संक्रमण द्रुतगतिमा बढिरहेको छ । छिमेकी देश भारतमा समेत तेस्रो लहरको संकेत देखिएको छ । अहिले नै कडा कदम नचाल्ने हो भने यो लहरले निकै जनधनको क्षति गर्नेछ । तसर्थ, निम्न लिखित उपायहरु स्वास्थ्य तथा गृह मन्त्रालयबीच समन्वय गरेर तत्काल गर्नु आवश्यक छ ।

१. खोप केन्द्र जनसंख्याको अनुपातमा धेरैवटा बनाएर तीब्रगतिमा खोप लगाउने । खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन सुरक्षाकर्मीको ब्यबस्था गर्ने | खोप वितरणमा भएको ढिलासुस्ती अन्त्य गर्ने ।

२. बालबालिकाको खोप छिटो ल्याउने ।

३. कर कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीको चाँप हुने ठाउँमा बैकल्पिक विधिको प्रयोग गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने ।

४. भीडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर मापदण्ड पालना गराउने ।

५. सवारीसाधनमा जनस्वास्थ्यका मापदण्ड अनुगमन तथा निगरानी गरेर मापदण्डमा ल्याउने ।

६. फुटपाथ पसललाई खुला ठाउँमा स्थानान्तरण गर्ने ।

७. संक्रमित धेरै भएका ठाउँलाई शिल गर्ने । त्यहाँबाट हुने असुरक्षित आवतजावत नियमन गर्ने ।

८. सिमाना, पहाडी जिल्ला तथा तराइका गाउँमा एन्टिजेन परीक्षण बढाउने। एन्टिजेन किट हरेक स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा उपलब्ध गराउने ।

९. ८७ वटै ल्याबबाट अधिकतम रुपमा पिसिआर टेस्ट गर्ने | सरकारले समुदायमा पिसिआर परीक्षण बढाउने । कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने ।

१०. संक्रमितलाई वडा कार्यालय तथा अन्य निकायबाट अनुगमन र निगरानी गर्ने । होम आइसोलेसनको पालना नगर्ने व्यक्तिलाई जरिवाना गर्ने ।

११. सरकारी अस्पतालमा अक्सिजन बेड, आइसीयु बेड तथा भेन्टिलेटर थप्ने ।

१२. मास्कको प्रयोगलाई प्रभावकारी बनाउने तथा सार्वजनिक स्थलमा निशुल्क उपलब्ध गराउने ।

१३. हरेक पसल, कार्यालय तथा अन्य ठाउँमा ‘ नो मास्क : नो सर्भिस ‘ लागु गर्ने ।

१४. ५ जनाभन्दा धेरै व्यक्ति सँगै हिँड्न नदिने । १५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र सांस्कृतिक काम गर्ने अनुमति दिने ।

१५. आम जनताले सहि तरिकाले नाक र मुख छोप्ने गरि मास्क लगाउने । भौतिक दुरी कायम गर्ने । हातको सफाइ गर्ने । भीडभाडमा नजाने । खुला ठाउँमा मात्र भेटघाट गर्ने ।

(डा.पाण्डेको फेसबुकबाट साभार)

 


लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान


-सुष्मा सुब्बा लामा–
नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो । मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आशय भने पक्कै हो । वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युमा फसिरहेको छ ।

एकदिन अघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनलेकेही दिन अत्याधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने, महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रुपमा लिने सरकारी रबैया नै गलत छ । विहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुईघण्टाका लागि खुकुलो बनाइदिने अवैज्ञानिक प्रणाली नै हाँसो उठ्दो कुरो छ । तरकारी बजारमा यति धेरै मानिस हुन्छन् कि तिनले कोरोना संक्रमण फैलाउँदैनन्, तर दुई चारजना भेला भएर हिड्दा कोरोना सरिहाल्छ, संक्रमण दर बढिहाल्छ भन्ने अबुझ र अदूरदर्शी सोच अहिलेको पराकाष्ठा हो । यो श्रृंखला हेर्दा हेर्दा १६ महिना वितिसक्यो । सरकार लकडाउन र लजुडाउनकै गणीतमा फसिरहेको छ ।

सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिँदै यसले मानव जातिलाई नै अक्रान्त बनाइरहेको छ । यस महामारीले समाजका हरेक तहतप्काकालाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयुक्ति नहोला । हुन त मानव जातिको उदयसँगै यसप्रकारका थुप्रै महामारीहरु फैलिएको र त्यसबाट हजारौँ, लाखौँ, करोडौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेका उदाहरणहरु हामीसँग जीवितै छन् । रोगकै कारण मानिसले औषधीको निर्माण गर्यो, आवश्यकता महसुस हुँदै जाँदा विश्वमा अन्य थुप्रै आविष्कारहरु भए । १४ औँ शताब्दीको पाँचौँ र छैठाँै दशकमा ‘प्लेग’ को महामारी युरोपभर फैलियो ।

जसका कारण युरोपको एकतिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो । १५औँ शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतनले ठूलै समस्या निम्त्याए । युरोप बिस्तारपछि अमेरिकाको करिब ६ करोड जनसंख्या उक्त एक शताब्दीमा घटेर ६० लाखमा सीमित भएको तथ्यांक बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनका वैज्ञानिकहरुले आफ्नो एक अध्ययनमा समावेश गरेका छन् । सन् १६४१ मा उत्तरी चीनमा फैलिएको प्लेगले २० देखि ४० प्रतिशत जनसंख्या साफ भयो भने सोही महामारीका कारण मिङ राजवंशको पतन भएको इतिहास छ । दादुरा, मलेरिया, प्लेग, रुघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौँ मानिसको ज्यान लिए । जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्यो । महामारीकै इतिहासमा एल्लो फिभर र फ्रान्सविरुद्ध हाइटीको बिद्रोहले आफ्नो इतिहास ताजै राखेको पाइन्छ । त्यसो त अफ्रिकी जनावरहरुमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो । सन् १८८८ र १८९७ का बीचमा फैलिएको राइण्डरपेष्ट नामको उक्त भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर पालुवा जनावरहरुको विनास गर्यो । यसलाई जनावरमा हुने ‘ब्लेग’ नामाकरण गरियो । फलस्वरुपः युरोपेली शक्ति राष्ट्रहरुले सन् १९०० सम्ममा अफ्रिकी मुलुकहरुका ९० प्रतिशत भूभाग कब्जामा ल्याइसकेका थिए ।

समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठूलो विकास भयो कि लाग्थ्यो अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनुपर्दैन होला । तर त्यसो भएन । पछिल्लो समय कोरोना भाइरसको प्रकोपले विश्वका करोडाँै मानिसको दैनिकी नाटकीय रुपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ । विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा आकाश जमीनको अन्तर आएको छ । करोडौँ बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । उद्योगधन्धाहरु बन्द छन्, मजदुरले तलब नपाउँदा रोगले भन्दा भोकले मर्ने अवस्था बढ्दो छ । महामारीको यो चक्रीय प्रणाली अगाडि बढिरहँदा नेपालमा भने सरकार आँखा चिम्म गरेर बसेको आभाष हुन्छ, ऊ मात्र जान्दछ लकडाउन, अनि

लुजडाउन र फेरि लकडाउन 

यहाँ त लाजमर्दो कुरो केसम्म भइसक्यो भने नेपालमा दाताहरुले विभिन्न कम्पनीका झण्डै ९० लाख डोज खोप दिइसकेका छन्, तर सरकार यति धेरै निकम्मा भइसकेको छ कि त्यसकै कारण लगभग २१ लाख मानिसले खोप लाउन पाए छन् भने बाँकी खोप त्यसै फ्रिज भएर सरकारको ढुकुटीमा खेर गइरहेको छ । सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ अब त्यो जोसँग छ उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशंका पनि उब्जन थालेको भान हुन्छ । एकातिर सरकारको ढुकुटीमा खोप भण्डारण हुँदै अब त्यो ‘आउटडेटेड‘ हुने क्रममा छ भने आममानिसमा कहिले खोप लाउँला र बाचौँला भन्ने झिनो आशा भने मेटिएको छैन । खोपका लागि घण्टौँ लामो लाइन यत्रतत्र देखिन्छ । आफ्नो पालो आयो खोप सकियो भन्ने उर्दी आउँछ । जसले गर्दा मानिसमा सरकारप्रति नै विश्वास घट्दो छ । कोभिडलाई लिएर अब त के पनि भन्न थालिएको छ भने महामारीको यो श्रृंखला छैठौँ भेरियन्टसम्म जान्छ, सन् २०२३ सम्म नै यस्तै हुनेवाला छ । यो वास्तविकता वा अफबाह मात्रै हो, त्यो सम्वन्धित निकायले पत्ता लगाउनुपर्छ । यदि वास्तविकता नै हो भने अब आममानिसको रोजगारी, बालबालिकाको शिक्षा एवं भविष्यका लागि निच मारेर बस्ने बेला छैन । किनकि रोगर भोक सँगसँगै आउने र जाने प्रक्रियाहरुहुन् । यिनलाई गफले टार्न सकिँदैन र तत्काल राज्य व्यवस्थाले समाधानको उपाय पत्ता लगाउनैपर्छ । 

खोपको विकल्प रोग प्रतिरोधी क्षमताको विकास

अब खोप, खोप मात्रै भनेर पनि हुँदैन । किनकि हामीले जुन खोप लगाइरहेका छौँ, त्यो कति विश्वसनीय छ, छैन भन्ने स्पष्टता पनि हामीसँग छैन, न त छ खोप उत्पादन गर्ने कम्पनीहरुसँग नै । फेरि दाताले दिएको खोपले कतिलाई पुग्छ, राज्य संयन्त्रले आफैँ खोप खरीद गर्ने भन्ने कुरा पनि कल्पनाभन्दा बाहिरकै विषय हो । त्यसर्थ अब खोपको विकल्पमा जानुपर्ने टड्कारो आवश्यकता छ । त्यो भनेको योग र साधना नै हो ।नेपाली जडिवुटी विश्वमै नामी र दामी छन् । तिनमा आवश्यक अध्ययन हुन सक्यो र महामारीमा लाभकारी हुने जडिवुटीजन्य आयुर्वेद औषधीहरुको खोजी भयो भने पनि केही हदसम्म लाभ नै हुनेछ । दिमाखमा सकारात्मक सोचको विकास गर्ने, दैनिकरुपले कम्तीमा एकघण्टा योगाभ्यास गर्ने गर्दा शरीरमा रोगप्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ । हिजो एलोप्याथी औषधी नहुँदा पनि हाम्रा पुर्खाले आफूसँग भएका जडिवुटी खाएर रोग निको पारेको इतिहास कहीँ छिपेको छैन । अहिले त योगका थुप्रै गुरुहरु हुनुहुन्छ, यदि त्यो सम्भव नभएमा हामी आफैँ पनि योगका लागि अभ्यास गराउन तयार छौँ । अब कोभिडको महामारीरुपी फोबियालाई निर्मलीकरण गर्न आवश्यक भइसकेको छ । 

बालबालिकाका लागि घरभन्दा विद्यालय नै सुरक्षित 

कलिला बालबालिकाहरु १६ महिनादेखि घरमै बस्दा तिनको मनमस्तिष्कमा के कस्तो असर परिरहेको छ, त्यसतर्फ कोही कसैको ध्यान पुगेको देखिँदैन । सरकारले विद्यालय असुरक्षित भन्दै बालबालिकालाई घरमै बस्ने र विद्यालय बन्द गर्ने घोषणा त गर्यो, तर तिनका बाबुआमा कामकाजी हुन्छन् । घरबाहिर नगइ व्यवहार चल्दैन । उनीहरु विहान बाहिर जाने र बेलुकी घर आउँदा कति संक्रमित हुन्छन्, र त्यो असर आफ्ना नानीहरुमा पर्छ कि पर्दैन भन्नेतर्फ न त राज्यले सोच्यो, न कोही शिक्षाविद् वा सरोकारवालाले नै । यहाँ त के भनियो भने विद्यालयहरु कोभिडका लागि ‘हटस्पट‘ बने भन्दै सुझ न बुझसँग सञ्चार माध्यमहरुले समाचार बनाए, सरकार त्यसकै पछि लाग्यो र अन्ततः विद्यालयलाई बन्द गराइ छोेड्यो । त्यसको असर सानानानीहरु एउटा वा दुईटा कोठामा बस्न बाध्य भए ।

अर्को दुख लाग्दो कुरो के भयो भने सरकारले वैकल्पिक सिकाइ भन्दै अनलाईन शिक्षा भन्यो । तर त्यसले कलिला नानीहरुलाई के कति लाभ गर्यो वा असर गर्यो भनेर आजसम्म कुनै अनुसन्धान भएको छैन । सबै अभिभावकहरुले आफ्ना नानीहरुलाई समय दिन पनि सक्दैनन्, दिए पनि कतिले आफ्ना नानीहरुको सिकाइप्रति आवश्यक ध्यान दिन नसकेको पनि हुन्छ । नयाँ प्रविधिको असर कलिला बालबालिकाहरुलाई कति पर्छ भन्ने यकिन त कसले पो गर्न सकेको छ र ? त्यसर्थ यो अहिलेको यथार्थता हो, तत्काल सरकारले विद्यालय शिक्षालाई भौतिकरुपमा उपस्थिति जनाएर भए पनि विद्यार्थीहरु स्कुल जान पाउने वातावरण बनाउनुपर्छ, यो अहिलेको आवश्यकता हो । तथापि विद्यार्थीको भौतिक उपस्थितिलाई के कसरी सुरक्षित बनाउने हो भन्ने विषयमा आमअभिभावक, विद्यालय व्यवस्थापक  र सरकारले आवश्यक गृहकार्य भने गर्नुपर्छ ।

लकडाउनको हल्लाले आशभन्दा त्रास बढी 

अहिले त हामीकहाँ कस्तो भयो भने राम्रोेभन्दा नराम्रो र जिम्मेवारीताभन्दा पनि होहल्ला गरेर मानिसलाई दिग्भ्रमित गराउने खेल बढ्न थाल्यो । संसार विगार्ने औषधी र हतियारको व्यापार नै हो । यस विषयमा हामी के कति गम्भीर वा जिम्मेवार छौँ, त्यसतर्फ पनि अब सोच्ने बेला भइसकेको छ । हुन त यो अवस्था सबै क्षेत्रमा व्याप्त छ । फेरि पनि लकडाउनकै हल्ला छ ।

जबजब लकडाउनको हल्ला हुन्छ, मानिसमा आशभन्दा त्रास बढ्न थाल्छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण भन्दा अरु रोगले मर्नेको संख्या धेरै गुणा बढ्दो छ । मानिसमा डिप्रेसन ब्याप्त  छ । सकारात्मक सोच हराउँदा मानिस रोगी बन्न विवस भयो । महामारीलाई न्युनीकरण गर्ने अनेकन उपायहरु हुँदाहुँदै सरकार लकडाउनकै सहारा लिन बाध्य छ । मानिसहरु पनि सरकारले लकडाउन गर्छ, दुईचार दिन चुप लाग्छन्, फेरि आफ्नो पुरानै पारामा फर्कन थाल्छन्, हुन पनि उनीहरुसँग अरु उपाय हुँदैन । विश्वका विकसित देशहरुमा पनि कोभिड छ, तर तिनले कोभिडको महामारीलाई न्युनीकरण गर्दै सामान्य जीवनयापन गर्दै आएको पाइन्छ । केही दिनअघि मात्रै जापानमा त्यत्रा विकास र निर्माणका कामहरु भएको देखियो । अमेरिकामा कोभिड विरुद्ध दुबै डोज भ्याक्सिन लगाएकाहरुले माक्स लगाउनु नपर्ने कुरा आएको छ ।

चीनमा पनि कोभिड महामारीलाई लगभग न्युनीकरण गर्ने क्रम बढ्दो छ । यो सबै लकडाउनसँगै चालिएका वैकल्पिक उपायहरु सशक्त भएर नै हो । तर हामीकहाँ लकडाउन भनियो, सारा कर्मचारीलाई विदामा बसाइयो, संक्रमण न्युनीकरण गर्नेतर्फ केही काम गरिएन, फलस्वरुप सरकार लकडाउनको श्रृंखला मात्रै बढाइरहने, संक्रमण दर नघट्ने भयो । त्यसर्थ यस कुरामा राज्य व्यवस्था अत्यन्तै चनाखो भएर अगाडि नबढे लकडाउन र त्यसबाट सिर्जित हुने समस्याहरुले भयाबह रुप लिने छ । र अन्ततः नेपाल फेलियर स्टेटमा रुपान्तरण हुने छ । 
(लामा, मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष एवं मन्टेश्वरी चेन अफ स्कुलकी प्रिन्सिपल हुनुहुन्छ ।)


 


अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?

अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?


डा. रवीन्द्र पाण्डे

  •  जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।
  •  जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ |
  •  जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबोडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबोडी तयार हुन्छ |
  •  जोनसन खोपले दुर्लभ रुपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धि समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रुपमा बताइएको छैन |
  •  जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप संक्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ |
  • जोन्सन खोपलाई अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ | खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भएपनि केहि समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ |
  •  दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् |
  •  ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ | जुन ३-४ दिनमा ठिक हुन्छ |
  •  रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ |
  •  तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् |
  •  दुवै खोपले कति समयसम्म काम गर्छन भन्ने निश्चित छैन | समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अबधि थाहा हुन्छ |
  •  आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरुको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भएपनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन् |
  •  डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन् |
  •  दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर बिकास भएका हुन् |
  •  हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यहि लगाउनु बुद्धिमानी हुन्छ |                       डा. पाण्डेकाे फेसबुकबाट

‘अबको सरकारले जनता र देशका निम्ती समय, बुद्धि, विवेक र सामर्थ लगाउनुपर्छ’

‘अबको सरकारले जनता र देशका निम्ती समय, बुद्धि, विवेक र सामर्थ लगाउनुपर्छ’


-राजु भट्टराई-

राजनीति साँच्चीकै भरिपूर्ण नीति रहेछ । दल–दल भित्र कहिले लैलामज्नुको जस्तो प्रेम  त कहिले विरोधै विरोधको चर्काे नारा । 
अस्ति भर्खरै जस्तो लाग्छ टिभीको स्क्रिन भरिने गरी देखिएको दृश्यमा सबै दलले नछुट्टीनेगरी हात मिलाएको देख्दा साँच्चिकै अब त नेपालका सबै दलहरु मिलेर देशलाई उन्नती, प्रगति तिर लैजाने भए भन्ने भान भएको थियो । 

ओली बा, प्रचण्ड अङ्कल, माधव मामा र बाबुराम दाई लगाएतका अन्य दलका शिर्ष नेताहरु । अब त हातमा हात बढाइ देशलाई समृद्धि तिर धकेल्ने भए भन्ने आभास भएको थियो । देशमा भएको ठुलो क्रान्तिले ल्याएको प्रजातन्त्र अनि प्रजातन्त्रलाई जानताको सामु समर्पित गरी रचिएको प्रजातान्त्रिक गणतन्त्र अनि सबै साना ठूला राजनीतिक दल, कार्यकर्ताहरुको समर्थनमा बनाइएको संविधानले त राष्ट्रलाई डिग नहल्लीने बनाउने भयो भन्ने सोच आएको थियो ।

सरकार जनताको हितका लागी सँधै तम्तयार भइरहन्छ नागरिकको पक्षमा रही सँधै विकास, निमार्णका योजना अनि त्यसको कार्यन्वयनका लागी सँधै अगाडि बढिरहन्छ भन्ने भान थियो । देशका सबै जातजाती, भाषा, संस्सार लाई सम्मान गर्दै देशलाई विश्वकै नमुना राष्ट्रका रुपमा चिनाउने कोसिस हुन्छ भन्ने ठानेको थिए । 
तर त्यसपछिका दिनहरुमा पनि राजनीतिक दलहरुको खटपट भइरह्यो । आफ्नो स्वार्थका लागी देशको सम्माननीय स्थान मा बसि धेरै थरीका राजनीतिक लडाईंहरु भइरहे ।

राजनीतिक दलहरु छेपाराले रङ फेरेझैँ आज एउटा कुरा गरे भने भोली फेरि अर्कै कुरा । मात्र सत्ता र आफ्ना स्वार्थका लागी बहस भइरहे । विश्वभरि कोराना महामारीले सताइरह्यो भने हाम्रो देशमा दलहरुको खटपट मात्र भइरह्यो । मुलुकलाई कोरोनाले सिकिस्त बनाइरह्यो । दलहरु एक अर्कामा भनाभन भइरह्यो । टोलटोलमा सामाजिक दुरी कायम गरौँ भन्ने नारा फुकीरहीयो । तर राजनीतिक लडाईमा दलहरु सँधै हुम्मीरहे नत सामाजिक दुरीनै कायम गरे नत कोरोनाको महामारीबाट देशका नागरीकलाई उतार्ने कुनै योजना नै बनाए ।

यहि माहामारीकै समयमा संसारमै नभएको परम्पराले घेरा हाली सडकनै ढाकिने गरी नामै नभएको जात्रा देखियो देशभरी । कोरोना माहामारीकै बेलामा धेरै जात्राहरु सामाजिक दुरी कायम गर्नुपर्छ महामारी लाई रोक्नुपर्छ भनेर सदियौँ देखि मनाउँदै आएका जात्राहरु मनाइएन तर यहि महामारीका बीचमा देशमा धेरै राजनीतिक जात्राहरु धुमधामका साथ मनाइँदै आइयो । देशका ठूला राजनीतिक दलहरुले आफ्नो प्रचारप्रसार सत्तामा आउँदा होस् या सत्ताबाट बाहिरिँदा आफ्नो शक्ति प्रदर्शन गर्न कहिल्यै चुकेनन् । तेस्रो लहर, खोप, कोरोना, दैनिक संक्रमण, कोरोनाबाट मृत्यु आदि विषयलाई संचार माध्यमहरुले छापिरहे । देशका नागरिकहरु सँधै डर, त्रासमा बाँचीरहे । धेरै संख्यामा संक्रमितले ज्यान गुमाए भने धेरै कोखहरु रोहिरही अनि धेरैको सिन्दुर पुछियो अनि धेरै नागरीकले आफ्नो अभिभावक गुमाए । देशका नागरीकहरु दैनिक गुजारा चलाउन धौँ धौँ भइरहे । विद्यालय, कलेजका ढोका बन्द रहिरहे । तर राजनीतिक दललाई न त कोरोनाले नै छोयो न त बाढी पहिरोले नै । 

संसारका धेरै राष्ट्रहरुले कोरोनालाई भगाउन सफल भए । देशका नागरीकहरुको सुरक्षाका गर्न काबिल रहे । तर हाम्रो देशमामा यहि माहामारीकै विचमा धेरै राजनीतिक युद्धहरु समापन भए । कोहि दलले हारे त कोहिले जिते । राजनीतिक युद्धमा हुम्मीने नेताहरुलाई कोरोनाको वास्ता भएन मात्रै आफ्नो कुर्ची र सत्ता मात्र आँखामा झल्किरह्यो । मुलुकमा आदरणीय ओलीबा प्रधानमन्त्री हुँदा अदुवा र बेसार खाएपछि कोरोना कुलेलाम ठोक्छ भन्ने सुनियो भने हालसालै प्रधानमन्त्री नियुक्त हुनुभएको सम्माननीय प्रधानमन्त्री देउवाले चाँडै नै कोरोनाको खोप सबै नागरीकलाई पु¥याउने रे भन्ने मात्र सुनियो । यतिका दिन वितिसके मुलुकमा कोरोना भित्रिएको .... ।

मुलुकलाई कोरोनाले सिकिस्त बनाएर मुलुक यति सिथिल हुँदा पनि हाम्रा वरिष्ट नेताहरुको शक्ति दिनानुदिन बढ्दैछ । 
नेताले सँधै ताने ताने गरेरै समय विताउने भए । सुखी नेपाली त अक्षरमा मात्र सिमित रहने भयो । नागरीकको बेदना त मात्रा नागरिक आफैँले मात्र भोग्नु पर्यो । 

महिनौँ देखि देशको सर्वाेच्च अदालतमा बहस भइरहेपछि । सर्वाेच्चले जनताको हितमा रही फैसला गर्याे । सबै दलहरुको सहमतीमा सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरियो । देउवाले छिटो छिटो गरेर असार ३ गतेका दिन विश्वासको मत लिनुभयो । सबै दलहरुको मतदानबाट सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा विजय हुनुभयो । हामी नागरिकलाई विश्वास दिलाउन जरुरी छ अबका दिनमा राजनीतिक लडाईँमा कोहि दलहरु हुम्मीदैँनन् । जनता र देशका निम्ती आफ्नो समय, बुद्धि, विवेक र सामर्थ लगाउँनेछ । देशलाई समृद्धि तर्फ लैजानेछन् नागरिक सुखी हुनेछन् ।