08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


स्ववियु निर्वाचन आज, देशभरका क्याम्पसमा मतदान हुँदै

स्ववियु निर्वाचन आज, देशभरका क्याम्पसमा मतदान हुँदै


काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरका क्याम्पसमा शुरु भएको छ । आज बिहान ८ बजेदेखि शुरु भएको निर्वाचन दिउँसो ४ बजेसम्म हुनेछ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ।

प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन।२०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन।

आज निर्वाचन हुने भएपनि कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन्।काठमाडौं उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी उम्मेदवार उठाएका छन्। उपत्यकाबाहिर भने केही क्याम्पसबाहेक अन्यत्र विद्यार्थी संगठनहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा पनि छ।निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन्।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन्। 


सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुईतिहाई मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुईतिहाई मत


काठमाडौं, २१ फागुन ।   सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन। आइतबार बसेको प्रदेश शभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्न गरेको प्रस्तावको पक्षमा दुई तिहाई मत खसेको हो।

मुख्यमन्त्री शाहको विश्वासको मत प्राप्त गर्नेल प्रस्तावको पक्षमा ४१ मत खसेको थियो भने विपक्षमा ११ मत खसेको थियो। मुख्यमन्त्री शाहलाई नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादी र स्वतन्त्र प्रदेश शभा सदस्यले विश्वासको मत दिएका छन्।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ प्रदेश शभा सदस्यले मुख्यमन्त्रीको पक्षमा ४१ मत दिएका थिए।

नेकपा एमाले र राप्रपाले भने विपक्षमा मतदान गरे। प्रदेश सभामा एमालेका उपसभामुखसहित १० सांसद र राप्रपा १ सासदले विपक्षमा मत दिएका हुन। प्रदेश शभामा सबै भन्दा ठूलो दलका नेताको हैसियतमा गत माघ २७ गते नेपाली काग्रेस संसदिय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


आठदलीय गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेन्डा ? 

आठदलीय गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेन्डा ? 


काठमाडौं, २१ फागुन । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बोलाइएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 
बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
 


राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भयोः केपी ओली

राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भयोः केपी ओली


काठमाडौं, २० फागुन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताएका छन् । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको बिताए । 
शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रिय समिति बैठकमा बोल्दै उनले सो ले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरे।
‘दूर्भाग्यको कुुरा देशका लागि के हो भने एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ। यथार्थता त यही हो नि,’ ओलीले भने, ‘किनभने सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल छन् अहिले पनि। जनता अल्मल्याउन, चटके कुरा गर्न सफल छन् अहिले पनि। जनतालाई भ्रममा पार्न सफल छन् अहिले पनि।’
ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरूबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताए।
लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरुले जनतालाई भ्रममुक्त बनाउनुपर्ने ओलीको भनाई छ,।
‘गलतलाई गलत देख्न सक्ने बनाउने, उहीलाई सही देख्न सक्ने बनाउने। गलत बाटो जान्न भन्न लगाउने, सही बाटो जान्छु भन्ने बनाउने। बौद्धिक क्षेत्रको काम यही हो। गोष्ठी गर्नुस् बोल्नुस्,’ ओलीले भने, ‘त्यसका निष्कर्षहरु प्रशारण गर्नुस्। मुख्यकुरा इतिहास निर्माणका प्रेरक शक्ति हिजो पनि आज पनि, भोली पनि जनता हुन। जनतालाई अलमल्याउने, तर्साउने, धम्क्याउने अथवा उनीहरुको चेतना वा मनोबल कुनै हिसावले परिवर्तन वा रुपान्तरणतर्फ जान नदिने तत्वलाई परास्त गर्नु पर्छ।’
अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटकपटक दोहो¥याए।
 


राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा


काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार मन्त्रीले राजीनामा दिएका छन् । शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्रीमा ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।
 


राष्ट्रपतिमा सुवास नेम्वाङले दिए उम्मेदवारी 

राष्ट्रपतिमा सुवास नेम्वाङले दिए उम्मेदवारी 


काठमाडौं, १३ फागुन । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।
उनले शनिबार दिउँसो पौने १ बजे संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराए । नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् । 


 मन्त्रालय भागवण्डा टुंगियो

मन्त्रालय भागवण्डा टुंगियो



काठमाडौं, २ माघ । सत्तारूढ दलको चार घण्टा लामो छलफल सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंग्याएको छ। जसअनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुनेछ। बालुवाटार बैठकमा कुन दलले कति मन्त्रालय पाउने भन्ने पनि सहमति भएको छ। सम्बन्धित पार्टीबाट मन्त्री बन्नेहरू नाम प्राप्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन्।
छलफलमा एमालेले ८ वटा मन्त्रालय, माओवादीले प्रधानमन्त्रीसहित ५ र एक राज्यमन्त्री, राप्रपाले तीन र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा मन्त्रालय र जसपालाई दुई मन्त्रालय दिने सहमति भएको छ। यद्यपि जसपले अझै यसमा आनाकानी गरेको छ। जसपाले मन्त्रालयको विषयमा पार्टीमा छलफल गरेर नाम दिने बताएको छ।सहमति अनुसार स्वतन्त्र पार्टीले अब शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। यसअघि स्वास्थ्य मन्त्रालयमा पनि स्वतन्त्र पार्टीको दाबी थियो। तर अब उसले उक्त मन्त्रालय नपाउने भएको छ। स्वास्थ्य कुन दललाई भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन।


नेकपा एमालेको सचिवालय बैठक स्थगित

नेकपा एमालेको सचिवालय बैठक स्थगित


काठमाडौं, २३ मंसिर । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । समानुपातिक सांसद छनौट गर्न आज बस्न लागेको एमालेको सचिवालय बैठक स्थगित भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउंसो १ बजेका लागि बोलाइएको थियो ।


चोलेन्द्रविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन

चोलेन्द्रविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन


काठमाडौं, २३ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेको छ । सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको हो ।
इजलासमा हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले रिट दायर गरेका थिए ।
जबराको आचारणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधबार माात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाएका थिए ।

जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव दर्ता भएको हो । उनी २८ मंसिरमा उमेरहदका कारण अवकाश पाउनेछन् ।


दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन


काठमाडौं, १२ मंसिर । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए ।

यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।


वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।