12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी


काठमाडौं, २२ फागुन । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। 

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ।  
 


गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त


काठमाडौं, २२ फागुन । गण्डकी प्रदेश सरकारले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । दुई मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री पाण्डेल दुवै मन्त्रालय आफै मातहत राखेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर गण्डकी प्रदेशमा देखिएको हो ।
 


नयाँ सत्ता गठबन्धनमा साना दललाई पनि समेट्ने सहमति

नयाँ सत्ता गठबन्धनमा साना दललाई पनि समेट्ने सहमति


काठमाडौं, २१ फागुन । नेकपा एमाले सम्मिलित नयाँ सत्ता गठबन्धनमा साना दललाई पनि समेटेर सरकारलाई पूर्णता दिनेबारे सहमति जुटेको छ । गठबन्धनका प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा साना दललाई पनि गठबन्धनमा समेट्ने सहमति जुटेको छ ।


नयाँ गठबन्धनप्रति सकारात्मक अन्य दलहरूसँग संवाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको उच्च स्रोतले जनाएको छ ।

नयाँ गठबन्धन बनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त ३ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार साँझ शितलनिवासमा विना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालको शपथ ग्रहण गरेका छन् ।

तामाङ माओवादी केन्द्र, गिरी नेकपा एमाले र अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेका हुन् ।


तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


काठमाडौं, २१ फागुन । सत्ता गठबन्धन परिवर्तन भएपछि नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् । सोमबार बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। तीन जनालाई नै बिना विभागीय मन्त्रीको रुपमा शपथ गराइएकाे  हाे ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएकाे थियाे । यसरी, प्रधानमन्त्रीले जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् । नेकपा एमालेका तर्फबाट पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाउने तयारी गरिएकाे छ । गिरी पुर्व स्वास्थ्यमन्त्री हुन् ।
यसैगरी, माओवादीका तर्फबाट हितबहादुर तामाङलाई पहिलाे चरणमा पठाइने भएकाे छ ।  नुवाकोट-१ बाट तामाङ सांसद निर्वाचित भएका थिए  । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएकाे छ । रास्वपाका उपाध्यक्ष डोल प्रसाद अर्याल (डिपी)ले साेमबार नै मन्त्रीकाे शपथ लिने भएकाे हुन् । रास्वपाको तर्फबाट डिपीकाे नाम पहिलो चरणमा आजै शपथ खाने मन्त्रीहरूको सूचीमा समावेश गरिएकाे छ । 
 


हामी ‘मिसन-२०८४’ छाड्दैनौँ : ओली

हामी ‘मिसन-२०८४’ छाड्दैनौँ : ओली


काठमाडौं, २१ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी 'एमाले'का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासङ्घ 'जिफन्ट' को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गए । 

अध्यक्ष ओलीले भने, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन-२०८४’ छाड्दैनौँ । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रुपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रुपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रता पूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।’’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिए । उनले जिफन्टका नेता–कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिङ्गो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।


तीन जना नयाँ मन्त्रीको नाम टुंगो, हेर्नुहोस् को–को बन्दै छन् मन्त्री ?

तीन जना नयाँ मन्त्रीको नाम टुंगो, हेर्नुहोस् को–को बन्दै छन् मन्त्री ?


काठमाडौं, २१ फागुन । नयाँ सत्ता समीकरणपछि बन्ने मन्त्रिपरिषद्‌मा मन्त्री बन्ने तीन जनाको नाम टुंगो लागेको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाबाट एक/एक जना मन्त्रीको नाम टुंगिएको बताए । उनका अनुसार माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका छन् ।   
 


राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले लिए शपथ

राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले लिए शपथ


काठमाडौं, २१ फागुन । राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले शपथ लिएका छन् । सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराएकी हुन् । 

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । गत माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रियसभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एकजना सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् । 

राष्ट्रियसभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र) ठूलो दल बनेको छ । राष्ट्रियसभामा माओवादी सदस्यको संख्या १७ पुगेको छ । त्यस्तै, कांग्रेसका १६ सदस्य छन् । शपथपछि राष्ट्रियसभाका सदस्यहरूले संविधानअनुसार कानुन र नीति बनाउन ध्यान दिने बताएका छन् ।
 


भत्कियो सत्ता गठबन्धन, एमाले, माओवादी र रास्वपाको नयाँ सरकार बन्ने

भत्कियो सत्ता गठबन्धन, एमाले, माओवादी र रास्वपाको नयाँ सरकार बन्ने


काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा नयाँ सरकार बनाउने तयारी छ।

आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

मन्त्रिपरिषद् हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा कांग्रेससँग कुरा नमिलेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुकी एमाले, रास्वपा र राजपाका शीर्ष नेताहरुसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन टुट्ने सङ्केत दिएपछि आज बिहानैदेखि एमाले, माओवादी र रास्वपाका नेताहरु पार्टीको आन्तरिक बैठकमा बसेका थिए ।


 


सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक

सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक


काठमाडौं, २० फागुन । सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ। सत्ता गठबन्धनमा असन्तुष्टिहरू सिर्जना हुन थालेको पृष्ठभूमिका बैठक बस्न लागेको हो।

बैठक राष्ट्रिय सभा अध्यक्षका विषयमा केन्द्रित हुने बताइएको छ। गत माघमा निर्वाचन हुँदै गर्दा कांग्रेसले अध्यक्ष पाउने चर्चा भए पनि पछिल्ला दिनमा माओवादी केन्द्रले दाबी गरेपछि दुई दलबीच असमझदारी उत्पन्न हुन थालेको छ।

त्यस्तै, गठबन्धन बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि छलफल हुने एक नेताले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि नै मन्त्रिपरिषद्‌मा हेरफेर गर्न चाहेका थिए।
 


बेपत्ता र टिआरसी विधेयकलाई निष्कर्षमा पुर्‍याउन कानून मन्त्रीले समय मागे 

बेपत्ता र टिआरसी विधेयकलाई निष्कर्षमा पुर्‍याउन कानून मन्त्रीले समय मागे 


काठमाडौं, २० फागुन । कानुनमन्त्री धनराज गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टिआरसी) विधेयकलाई निश्कर्षमा पुर्याउन थप समय मागेका छन्। 

विधेयक टुंग्याउने तयारी स्वरुप आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गुरुङले थप समय मागेका हुन्। कानुनमन्त्री गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि प्रक्रिया केही लम्बिने भएको छ।

समितिको आगामी बैठकमा मस्यौदा पेश गर्ने सहमति भएको जनाइएको छ। द्वन्द्वपीडितलगायत सरोकारवालाले उठाउँदै आएका सवाललाई संवोधन गर्न विवादास्पद बिषय परिमार्जन गर्न मन्त्री गुरुङले गृहकार्यका लागि समय मागेका हुन्।