19 Chaitra, 2079 / 2 April , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विशेष


सरकारले विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने

सरकारले विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कार दिने


काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ’मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’


युएईमाथि नेपालको रोमाञ्चक जित

युएईमाथि नेपालको रोमाञ्चक जित


काठमाडौं, २२ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १० विकेट गुमाउँदै १८७ रन मात्रै बनायो ।
युएईका लागि आसिफ खान र आर्यन लाक्राले अर्धशतकिय पारी खेले । खानले ८२ र लाक्राले ५० रनको योगदान गरे । अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान तीन÷तीन विकेट लिए । सन्दिप लामिछाने, करण केसी र आरिफ शेखको नाममा एक÷एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।  नेपालका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे । उनको यो सिनियर टोलीमा करिअरको पहिलो अर्धशतक हो । उनलाई राम्रो साथ दिएका सन्दीप लामिछानेले २७ रन जोडे ।

ओपनरद्वय सस्तैमा आउट हुँदा नेपालको इनिङ सम्हालेका कुशल मल्लले ३२ रन बनाए । ज्ञानेन्द्र मल्लले ११ रन, आसिफ शेखले ६ रन जोड्दा कप्तान रोहित पौडेल भने एक रनमै आउट भए । दीपेन्द्र सिंह ऐरीले ४ रन, आरिफ शेखले ४३ रन, करण केसीले १७ रन र प्रतिश जिसीले ११ रन बनाए ।

युएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा रोहन मुस्तफा र आर्यन लाक्राले समान दुई÷दुई विकेट लिए । पलानियापन मयप्पनको नाममा एक विकेट रह्यो ।

जितसँगै नेपाल लिग –२ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । तालिकामा नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौँ स्थानमा छ । युएई समान खेलमा ३१ अंकका साथ छैठौँ स्थानमा झरेको छ ।  


यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा


काठमाडौं, १८ फागुन ।  आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराएको छ । नेपालले यूएईलाई ७ रनले हराएको हो । यो जितसँगै नेपाल १९ वर्षमुनिको विश्व कपमा पुगेको छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेको हो । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहको विश्व कप खेलेको थियो । 
नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले ’ह्याट्रिक’ सहित ५ विकेट लिए ।
यसअघि आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २÷२ विकेट लिए । 
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।


आईसीसी विश्वकप लिग २ खेल्न युएई गए सन्दीप 

आईसीसी विश्वकप लिग २ खेल्न युएई गए सन्दीप 


काठमाडौं, १७ फागुन । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई गएका छन् ।
लामिछाने आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच सिरिजको खेलका लागि युएई गएका हुन्।
सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो युएई गएका हुन् ।
उच्च अदालत पाटनले नाबालिक बलात्कार अभियोग लागेका सन्दीपलाई धरौटीमा जेलमुक्त गरे पनि विदेश जान भने रोक लगाएको थियो। सोविरुद्ध सर्वोच्चमा निवेदन दिएका सन्दीपलाई राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिइएको थियो।
 


सन्दीप लामिछाने युएई जाने तयारीमा, खेलाडीको सूचीमा नाम राखियो

सन्दीप लामिछाने युएई जाने तयारीमा, खेलाडीको सूचीमा नाम राखियो


काठमाडौं, १७ फागुन ।  सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेका छन् ।

युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ । 

सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । 

त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुवा न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलङ्कामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ । 


 


सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश


काठमाडौं, २८ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनले जनाएको छ । 

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।


ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका फुटबलको च्याम्पियन

ब्राजिललाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका फुटबलको च्याम्पियन



एजेन्सी । घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन बनेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।
 


 इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा 

 इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा 


एजेन्सी । युरोकप फुटबलमा इंग्ल्याण्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो।

ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९९६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।

इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ । वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो ।
 


 अमेरिकी कम्पनी मोडेर्नाको कोरोना खोप झण्डै ९५ प्रतिशत सुरक्षित 

अमेरिकी कम्पनी मोडेर्नाको कोरोना खोप झण्डै ९५ प्रतिशत सुरक्षित 


एजेन्सी । अमेरिकाको औषधि कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले कोभिड–१९ बाट झण्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको बताएको छ ।

केही दिनअघि मात्र फाइजर कम्पनीले आफ्नो खोपले ९० प्रतिशतसम्म सुरक्षा दिने बताए लगत्तै आएको यो पछिल्लो परिणामबाट कोरोना नियन्त्रणमा खोपप्रतिको आत्मविश्वास बढेको छ । 
यी दुवै कम्पनीले खोप विकास गर्न अत्यन्त नवीनतम प्रयोगहरू गरेको बताइएको छ ।
खोपको उपलब्धिलाई लिएर मोडेर्नाले यो ‘ठूलो दिन’ भएको बताएको छ । साथै अबको केही हप्ताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ । 

यद्यपि यो अझै पनि प्रारम्भिक डाटा हो र मुख्य प्रश्न अनुत्तरित छ । 

यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए, तीमध्ये आधालाई दुई खेप खोप लगाइएको थियो भने बाँकीलाई ‘डम्मी’ खोप लगाइएको थियो । 

सहभागीमध्ये ९५ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो नतिजा निस्किएको कम्पनीले जनाएको छ । 

सहभागीमध्ये पाँच जनालाई वास्तविक खोप र ९० जनालाई डम्मी खोप दिइएको जनाइएको छ । खोपले ९४ दशमलव ५ प्रतिशतसम्म सुरक्षा दिने कम्पनीले जनाएको छ ।   

परीक्षणमा सहभागीमध्ये ११ वटा कोभिडसँग सम्बन्धित समस्या देखिएको तर खोपको खेप नदिइएकामा केही समस्या देखिएन । 

यसैबीच मोडेर्नाको खोप भण्डारण फाइजर कम्पनीभन्दा सहज हुने बताइएको छ । फाइजरको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भए पनि यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रुपमा भण्डारण गर्न र एक महिनासम्म फ्रिजमा राख्न सकिन्छ ।   


धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको दुधपोखरी कुण्ड(फोटोफिचर)

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको दुधपोखरी कुण्ड(फोटोफिचर)


लमजुङ, २४ साउन । लमजुङको दुधपोखरी धार्मिक पर्यटनको प्रचुर सम्भावन बोकेको छ । विशेष गरेर जनैपूर्णिमाको अवसर यहाँ भक्तजनको घुँइचो लाग्ने गर्छ ।दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वास रहि आएको छ । 

हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभइ देशकै पवित्र तीर्थस्थलको रुपमा प्रसिद्ध छ । जिल्लाको सुदुरपूर्वी भेगमा अवस्थित दूधपोखरी कुण्डमा हरेक बर्ष जनैपूर्णिमाका दिन धार्मिक मेला लाग्ने गर्दछ ।

देवादि देव महादेवको बासस्थानको रुपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भइ मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ । साविकको दूधपोखरी गाविसमा पर्ने धार्मिक तथा पर्यटकीय महत्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ ।

हेर्नुहोस् तस्बिरमा 

तस्बिर: कोइबो सिउरुङ लमजुङ



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom