15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित


काठमाडौं, १३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालमाथि नेदरल्याण्ड्सले ८ विकेटको जित निकालेको हो।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो।

जितसँगै नेदरल्याण्ड भने दोस्रो स्थानमा उक्लिएको छ।नेदरल्याण्डले एक खेल नामिबिया र एक खेल नेपाललाई जितेको हो।

नेदरल्याण्डको जितमा विक्रमजित सिंहले नट आउट ५८ रनको अर्धशतकीय पारी खेले। त्यस्तै साइब्रान्द इंगलबेच्टले नट आउट ४६ रन बनाए।

क्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए। बलिङमा नेदरल्याण्डका भिभान किंगमा र आर्यन दत्तले समान ३/३ विकेट लिए। त्यस्तै बास डि लिडेले २ र रोलेफ भान डर मेरेले १ विकेट लिए।

नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले। करण केसी २६, आरिफ शेख २२, आसिफ शेख १७, रोहित पौडेल १६ रनमा आउट भए।

कप्तान रोहितले कुल चार खेलमा उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अन्य ब्याटरले दोहोरो स्कोर छुन सकेनन्। यता बलिङमा पनि नेपालले बिर्सनलायक प्रदर्शन गर्‍यो। ललित राजबंशीले एक दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

नेपाल पहिलो खेमला नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा नामिबियासँग २ विकेटले पराजित बनेको नेपालले चौथों खेलको नतिजा भने नेदरल्याण्ड्सलाई सुम्पिन पुगेको छ । 


क्रिकेट लिग-२: नामिबियासँग नेपाल पराजित

क्रिकेट लिग-२: नामिबियासँग नेपाल पराजित


काठमाडौं, ९ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले नामिबियाविरुद्ध लगातार दुई खेलमा पराजय भोगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो । यससँगै सिरिजमा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रो पराजय भोगेको हो ।
पहिलो खेलमा भने नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो । नेपालले भने एक खेलमा नेदरल्यान्ड्समाथि जित हात पारेको छ । बुधबारको खेलमा नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले ५२ रन तथा माइकल भान लिङ्गेनले ३१ रनको योगदान गरे । जेजे स्मिथले ३४ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल मल्लले १-१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन जोड्दा कुशल मल्लले ३६, कुशल भुर्तेलले ५८ तथा दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए । भिम सार्कीले २६ रनको योगदान गरे । नामिबियाका लागि बर्नार्ड स्कोल्जले ४, जान निकोलले ४ तथा ज्याक ब्रासेल र जेरहार्ड इरासमसले १-१ विकेट हात पारे ।


नेदरल्यान्ड्समाथि नेपाल ९ विकेटले विजयी

नेदरल्यान्ड्समाथि नेपाल ९ विकेटले विजयी


काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ ।

शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो ।


मलेसियासँग नेपाल पराजित

मलेसियासँग नेपाल पराजित


काठमाडौं, ४ फागुन । नेपाल एसिसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले स्तब्ध भएको छ।

यससँगै तेस्रो पटक एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ। जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताइन्। मलेसियालाई अन्तिम ६ बलमा ११ रन जितको लागि चाहिएको थियो। पहिलो बलमा हन्टरले कविता कुँवरलाई चौका प्रहार गरेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो।

दोस्रो बल अफ साइडमा डट राखिन्। तेस्रो बलमा चौका हानेपछि तीन बलमा तीन रन चाहिएको थियो। चौथो बलमा स्टेटमा दुई रन प्रहार गरिन्। पाँचौं बलमा एक रन बटुल्दै रोमान्चक जितका साथ फाइनल र एसिया कपमा मलेसियालाई पुर्‍याइन्।

मास एलिसा १३, महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन्। नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन्। रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन्। कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन्।

त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन्। फिनिसर डली भट्टले राम्रो अन्त्य गर्दै १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन्।

ओपनर सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन्। दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे। कविता ३१ बलमा २ चौकासहित २३ रन रन आउट हुन पुगेकी थिइन्। रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन्।

मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्। पहिलो सेमिफाइन खेलमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ। फाइनल आइतबार हुनेछ।


घरेलु मैदानमै नामिबियाविरुद्धको खेलमा नेपाल पराजित

घरेलु मैदानमै नामिबियाविरुद्धको खेलमा नेपाल पराजित


काठमाडौं, ३ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीवार भएको पहिलो खेलमा १३३ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले राम्रो प्रदर्शन गर्दै नेपालमाथि ४ विकेटले जित हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमध्ये ४१ दशमलव १ बल खेल्दै सबै विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए भने गुलशन झाले २२ रन जोडे। त्यसबाहेक अन्य कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्।

नेपाललाई सस्तोमा समेट्न नामिबियाका कप्तान जेरहार्ड एरासमस एक्लैले ५ विकेट लिए भने रुबेन ट्रम्पेलमेनन् र ज्याक ब्रसेलले समान २÷२ विकेट लिए। यस्तै ज्यान निकोलस लोफ्टी एटनले १ विकेट लिए।

१३३ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाका ज्यान फ्राइलिन्कले सर्वाधिक ३४ रन बनाउँदा ज्यान निकोलस लोफ्टी एटनले ३१ रन बनाए। यस्तै माइकल भान लिंगेनले २३ रन बनाउँदा निकोलस डेभिनले १५ रन बनाए। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए। जबकी कप्तान रोहित पौडेलले १ विकेट लिए। 
 


अनिल र भीमको शतक, क्यानडाविरुद्धको सिरिज ‘क्लिनस्वीप’

अनिल र भीमको शतक, क्यानडाविरुद्धको सिरिज ‘क्लिनस्वीप’


काठमाडौं, २९ माघ । ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ। २३३ रन पछ्याएको नेपालले ४४ ओभर ३ बलमा एक विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्दै नौ विकेटको जित निकालेको हो।

योसँगै नेपालले क्यानडासँग तीन खेलको द्विपक्षीय अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज क्लिनस्वीप गरेको छ।

नेपालले सहज जित निकाल्न अनिल र भीमको दोस्रो विकेटका लागि अविजित १८९ रनको रेकर्ड साझेदारी कारक बन्यो। जसमा दुबैले आफ्नो अन्तर्राष्ट्रिय एक दिवसीय (ओडिआई) करिअरमा पहिलो शतक पूरा गरे। अनिलले १२४ बलमा ११२ रन जोड्दा भिमले १२९ खेलेर १०१ रनको योगदान दिए। जसमा अनिलले १२ चौका, दुई छक्का र भीमले ११ चौका र एक छक्का प्रहार गरे।

नेपालले एक मात्र विकेट १४ रनको व्यक्तिगत योगदान दिएका कुशल भुर्तेलका रुपमा गुमाएको थियो। जुन क्यानडाका बलर डिलोङ हाइलिजरले लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रनको मध्यम स्कोर खडा गरेको थियो। जसमा ओपनर नवनीत धलिवालले सर्वाधिक ५० रन, निखिल दत्ताले ४५ रन, कप्तान साद बिन जाफरले ३१ रन, हर्ष ठाकरले २९, श्रेयश मोभ्भाले २५ र श्रीमन्थ विजयरत्नेले २२ रन बनाएका थिए। 

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका हेमन्त धामीले तीन विकेट, कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दले एक/एक विकेट लिएका थिए।


एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित


काठमाडौं, २८ माघ । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ । यसअघि शनिबार भएको समूह चरणको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले नै पराजित गरेको थियो ।

भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
नेपालकी सीता राना मगर ३२ र रुविना क्षत्री १७ रनमा अविजित रहे । सीताले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। रुविनाले २४ बलमा १ चौका र १ छक्का हानिन् ।

ओपनर कविता कुवँर ५ रनमा अञ्जु गुरुङको बलमा बोल्ड आउट भइन् । कप्तान इन्दु बर्मा १ रन बनाउँदा अञ्जुली घलेको बलमा छिरिङ छोडेनको हातबाट क्याच आउट भइन् ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रनको योगफल तयार पारेको थियो ।

भुटानका लागि ओपनर नवाङ छोडेनले सर्वाधिक २५ रन बनाइन्। कप्तान डेचेन वाङ्गमोले १७ र छिरिङ जान्ग्मोले १६ रन बनाए । यासी छोडेन, सोनम छोडेन र अञ्जु गुरुङले समान १ रन बनाए ।

भुटानलाई कम स्कोरमा रोक्न कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा र कविता जोशीले समान एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले अंक तालिकामा २ खेलबाट ४ अंक बनाउँदै शीर्ष स्थानमा छ ।
२ अंक भएको भुटान दोस्रो स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्ससँग खेल्नेछ ।

नेपाल रहेको समुह डी मा हङकङ, भुटान र मालदिभ्स छन् । प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । समुहका शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।
 


क्यानडाविरूद्धको सिरिज नेपालले जित्यो 

क्यानडाविरूद्धको सिरिज नेपालले जित्यो 


काठमाडौं,२७ माघ । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट अन्तर्गतको दोश्रो खेलमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो ।

जितसँगै तीन खेलको सिरिजमा दुई खेल जित्दै एक खेल अगावै उपाधि पक्का गरेको छ । जितका लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५ दशमलव १ ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय ८७ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रनको योगदान दिए ।

त्यस्तै देव खनालले ७६, अनिलकुमार साहले ५० रनको पारि खेले । क्यानडाका हर्स थाकेर र इश्वरजोट सोहीले दुई दुई विकेट तथा साद विन जाफर र दिलप्रित बजवाले एक एक विकेट लिए । त्यसअघि त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधित ६५ रन बनाए ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २–२ विकेट लिए त्यस्तै सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिएका थिए । सिरिज अन्तर्गतको तेश्रोे खेल सोमबार हुनेछ ।  

घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडासंग एकदिवसीय सिरिज खेलेको हो । 


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडामाथि नेपालको जित

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडामाथि नेपालको जित


काठमाडौं, २५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडामाथि जित हात पारेकाे छ। 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो। टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि २१७ रनमात्र बनाउन सक्यो।


अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्स

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्स


काठमाडौं, १२ माघ । नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। शुक्रबार बफेलो पार्कमा भएको खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ।

अफगानिस्तानले दिएको १४६ रनको समान्य लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो। थ्रीलर खेलमा नेपाललाई जित दिलाउन कप्तान देव खनालले कप्तानी इनिङ खेले। उनले अर्धशतक बनाए।