07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


एसिया कप क्रिकेट आजदेखि : नेपालले पाकिस्तानसँग खेल्दै

एसिया कप क्रिकेट आजदेखि : नेपालले पाकिस्तानसँग खेल्दै


काठमाडौं, १३ भदौ । नेपाल आज पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग भिड्ने भएको हो। नेपालको क्रिकेट इतिहासमा नेपाली टोली पहिलोपटक ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।  
नेपाल भने ओडीआई वरीयताको १५ औँ स्थानमा छ। नेपाल-पाकिस्तानको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। 
 


सन्दीपविरुद्धको मुद्दाको अर्को पेसी २१ गते, सोमबार पाकिस्तान जाँदै 

सन्दीपविरुद्धको मुद्दाको अर्को पेसी २१ गते, सोमबार पाकिस्तान जाँदै 


काठमाडौं, १० भदौ । नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ। आइतबार अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो। 

सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको छ। उनी भोलि (सोमबार) नै पाकिस्तान जाने बताइएको छ। उनको अर्को पेसी भदौ २१ गते तोकिएको छ। १३ गतेदेखि हुने एसिया कपमा लामिछाने नेपाली टोलीमा छन्। नेपाली टोली यसअघि नै पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए। 

सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले सन्दीपविरुद्धको मुद्दाको पेसी २१ गते तोकिएको जानकारी दिए। यससँगै सन्दीपले पाकिस्तान जाने तयारी गरिरहेको उनले बताए।
 


टी-ट्वान्टी सिरिजः हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि

टी-ट्वान्टी सिरिजः हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि


काठमाडौं, ९ भदौ । मलेसियामा सम्पन्न चारदेशीय महिला टी-ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा हङकङलाई डिएल मेथडअनुसार १३ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक विकेटको क्षतिमा ५ ओभर ३ बलमा ३७ रन जोड्दा वर्षाका कारण खेल प्रभावित बनेको थियो ।

त्यसपछि डिएल मेथडमा नेपालले उपाधि जितेको हो । नेपाली ब्याटर इन्दु वर्मा १९ रन तथा सीता राना मगर १३ रनमा अविजित थिए । काजल श्रेष्ठ शून्य रनमा आउट भए । हङकङका लागि इकरा सहारले १ विकेट लिइन् ।

यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १ रन बनायो ।

हङकङका लागि कान यिङ्ग चानले सर्वाधिक २९ रनको योगदान गरिन् । मारिना एन्टोनियाले १९ रन बनाइन् । शान्जिन शहजादले १४ तथा यास्मिन दास्वानीले ११ रन जोडे ।

नेपालका लागि खुसी डंगोलले सर्वाधिक ३ विकेट हात पारिन् । कविता जोशी र अश्मिना कर्माचार्यले एक-एक विकेट लिए ।


सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित


काठमाडौं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा हुने भनिएको नियमित सुनुवाइ स्थगित भएको छ।

न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति दुईवटा देखिन आएको भन्दै प्रमाणीकरण गर्न आदेश दिँदै त्यसपपछि मात्र फैसला बहस हुने आदेश सुनाएका छन्।

अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेसी तोक्ने जानकारी गराएको बताइएको छ।

लामिछानेले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन्। विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता उनको मुद्दाले निरन्तरता पाउन सकेको थिएन।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले विदेश जान नपाउनेगरी २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो।
 


कुवेतमा पाँच जनालाई मृत्युदण्ड दिइयो

कुवेतमा पाँच जनालाई मृत्युदण्ड दिइयो


एजेन्सी । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ। प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ। उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए। 

कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर  देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ। 
 


युएईमाथि नेपालको जित

युएईमाथि नेपालको जित


काठमाडौं, ३ साउन ।  नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा जितका साथ अन्त्य गरेको छ। बुधबार भएको समूहको अन्तिम खेलमा युएईलाई ३ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सुखद् अन्त्य गरेको हो।

युएईविरुद्ध नेपाललाई जित दिलाउन कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे। उनले बलिङमा ६ विकेट लिए भने ब्याटिङमा अर्धशतकीय पारी खेले।

पहिला ब्याटिङ गर्दैै युएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। नेपलाको जितमा कशुल भुर्तेलले आक्रामक इनिङ खेले। उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ७१ रन बनाए ।

यस्तै, देव खनालले ३८ बलमा २४ रन बनाउँदा सन्दीप जोराले १५ बलमा २४ रन बनाए भने कप्तान रोहित पौडेलले ११ रनको योगदान दिए। ९८ रन बनाउँदा दोस्रो विकेट गुमाएको नेपालले त्यसपछि ५३ रन बनाउँदा ५ विकेट गुमाएको थियो।

युएईका लागि मोहम्मद फराजुद्दिनले ६ ओभरमा ३६ रन खर्चेर ५ विकेट लिए भने मुहम्मद जवादुल्लाहले २ विकेट लिए।

कुशल भुर्तेलल घातक बलिङ गरेपछि पहिला ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमै अलआउट भयो। उसका लागि लवप्रितसिंहले ५२ रन बनाउँदा इथान डिसुजाले १८, अश्वन्थ वालथापाले १६ र जस जियाननीले १३ रनको योगदान दिए।

युएईको इनिङ धरासायी बनाउने क्रममा कुशलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए। यसअघि ५२ लिस्ट एमा ४ विकेट मात्र लिएका कुशलको यो करिअरकै उत्कष्ट स्पेल हो। उनले एकदिवसीयमा ४ र टि–२०मा १ विकेट लिएका छन्।

उनीसँगै राष्ट्रिय टिमबाट डेब्यू खेलमै स्पिनर मौसम ढकालले २ विकेट लिए। पवन सर्राफ र कुशल मल्लको नाममा पनि १ विकेट रह्यो। युएईका दशै विकेट स्पिनरले लिए।

यसअघि नेपाल पाकिस्तान एसँग ४ विकेट र भारतसँग १० विकेटले पराजित भएको थियो।
 


नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित

नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित


काठमाडौं, २९ असार । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

नेपालका तर्फबाट ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल ३७ ओभरमा १७९ रनमै समेटिएको थियो । प्रतियोगितामा नेपाल र पाकिस्तान दुवैको यो पहिलो खेल हो । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्ने छ । नेपाली टिमले साउन ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुने छन् । प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।
 


नेपाल यू–१६ इस्ट जोन क्रिकेटको च्याम्पियन, मलेसिया फराकिलो अन्तरले पराजित

नेपाल यू–१६ इस्ट जोन क्रिकेटको च्याम्पियन, मलेसिया फराकिलो अन्तरले पराजित


काठमाडौं, १९ असार । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। मलेसियाको बायुमास मैदानमा मङ्गलबार भएको फाइनलमा नेपालले घरेलु टोलीलाई २२१ रनको विशाल अन्तरले हराउँदै उपाधि जितेको हो। यो नेपालको लगातार तेस्रो उपाधि हो।

२५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रनमा अलआउट भयो । मलेसियालाई ध्वस्त बनाउन नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । यस्तै सन्तोष यादवले ३ तथा अशोक थापा र सागर गैरेले १–१ विकेट लिए।

मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले शतक बनाए । उनले नटआउट १ सय १२ रन बनाएका थिए ।

यस्तै निरजकुमार यादवले ४७, सन्तोष यादवले २६ र सूर्यांशु कोइरालाले १८ रनको योगदान गरे । समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।


सिंगापुरलाई हराउँदै नेपाल यू - १६ इस्ट जोन कपको फाइनलमा

सिंगापुरलाई हराउँदै नेपाल यू - १६ इस्ट जोन कपको फाइनलमा


काठमाडौं, १८ असार । नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। नेपालले ९७ रनले सिंगापुरलाई पराजित गरेको हो।  
जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१.३ ओभरमा ८७ रनमै अल आउट भयो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे। कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए। यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए। यस्तै अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए। 

बलिङतर्फ सिङ्गापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई-दुई विकेट लिए। सिङ्गापुरका लागि ब्याटिङ गर्ने क्रममा रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए।  

बलिङतर्फ नेपालका कार्तिक कामतले दुई दशमलव तीन ओभरमा नौ रन दिँदै तीन विकेट लिए। यस्तै सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एक-एक विकेट लिए।


थाइल्यान्डमाथि नेपालकाे २२५ रनको फराकिलो जित 

थाइल्यान्डमाथि नेपालकाे २२५ रनको फराकिलो जित 


काठमाडौं, १३ असार । एसिसी यू– १६ इस्ट जोन कप क्रिकेटमा नेपालले थाइल्यान्डमाथि दुई सय २५ रनको फराकिलो हात पारेको छ। नेपालको सानदार जितमा ब्याटिङतर्फ नीरजकुमार यादव तथा नरेन भट्ट र बलिङतर्फ सन्तोष यादवकाे उत्कृष्ट योगदान रह्यो।

पहिला ब्याटिङ गरेको नेपालले लागि ३५ ओभरमा दुई सय ६९ रन बनाउन सफल भयो। यसमा ओपनर नीरजकुमार यादव र सूर्यांशु कोइरालाले एक सय १० रनको साझेदारी पारी खेले। 

नीरज ४३ बलमा ७४ रन बनाउँदै आउट भए भने सूर्यांशु ४० रनमा पेभेलियन फर्के। नरेन भट्टले ४३ बलमा ५५ रन बनाए। यस्तै, सन्तोष यादवले ४२ रनको योगदान दिए। 

जितका लागि दुई सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले नेपाली बलरसामु घुँडा टेक्याे । थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमा अलआउट भयो। नेपालका सन्तोष यादवले पाँच, अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए।