07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


आईसीसी विश्वकप लिग टूः पीएनजी युएईसँग पराजित

आईसीसी विश्वकप लिग टूः पीएनजी युएईसँग पराजित


काठमाडौं, १ चैत । आईसीसी विश्वकप लिग टू अन्तर्गत  त्रिकोणात्मक एक दिवसीय सिरिजमा युएईलाई  पपुवा न्युगिनी पीएनजीलाई ६ विकेटले हराएको छ ।  

जितका लागि पाएको २३५ रनको लक्ष्य युएईले ३८ दशमलब ४  ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो  । जसमा कप्तान मोहम्मद वासिमले शतक प्रहार गरे ।   उनी ११९ रनमा आउट भए । 

पीएनजीका रिले हेकुरेले २ विकेट हात पारे । यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा २३४ रन बनायो । जसमा कप्तान अशाड भालाले अर्धसतकीय पारी खेल्दै ६५ रन बनाए ।  
युएईका हजरत   बिलालले ४ विकेट हात पारे ।  

जितसंगै युएईले ३५ खेलबाट युएई ३३ अंक जोडेर छैटौं स्थानमा छ । विश्वकप लिग टूको तालिकामा पीएनजी सातौं अर्थात पुछारमा रहेको छ ।   उसको  ३६ खेलबाट   ११ अंक  मात्रै छ ।  
 


पिएनजीविरुद्ध नेपाल ९ विकेटले विजयी

पिएनजीविरुद्ध नेपाल ९ विकेटले विजयी


काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलमा पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपाल नौ विकेटले   विजयी भएको छ । जम्मा ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७ दशमलब ४ ओभरमा  १ विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेको हो ।  

नेपालका लागि कुसल भूर्तेल  ३३ रन बनाएर आउट भए। नेपालका आशिफ शेखले  २१ बलमा ८ चौक्का र ३ छक्कासंगै नटआउट ५३ रन बनाए ।  त्यसैगरी कुसल मल्लले  नट आउट १२ रनको योगदान दिए । यस अघि नेपालका सन्दीप लामिछानेले ५ , कुसल मल्ल र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए । त्यसैगरी सोमपाल कामीले एक विकेट हात पारे ।  यो जितसंगै नेपालले ३५ खेलबाट ३८ अंक बनाएको छ । तेश्रो स्थानमा रहेको ओमान भन्दा १ अंकले पछि रहेको छ । अव अन्तिम खेलमा यूएईलाई जिते नेपाल ४० अंक सहित तेश्रो हुँदै विश्वकप छनौट खेलमा जानेछ। 


नेपालद्वारा युएई १७७ रनले पराजित

नेपालद्वारा युएई १७७ रनले पराजित


काठमाडौं, २८ फागुन ।  आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालद्वारा युएई १७७ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१  रन बनायो ।  यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ ।  नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए । त्यस्तै आश्वान्तभाल थापाले १७ रन बनाउँदा कार्तीके माइपानले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  नेपालका लागि ललित नारायण राजवंसीले पाँच विकेट लिए । उनले ७ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर दुई मेडन ओभर फाले । 
त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक–एक विकेट लिए । 
जितसँगै नेपालले आगामी चार वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ भने आईसीसी विश्वकप क्रिकेट लिग-टूका बाँकी दुई खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।


प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता हुँदै

प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता हुँदै


काठमाडौं, २६ फागुन । काठमाडौं गोकर्णेश्वर नगरपालिका तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ईष्टपोल उच्च मा. वि को व्यवस्थापकीय भूमिकामा शनिबार र आइतबार प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता  (मेयर कप—२०७९) हुने भएको छ । 
तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा  १८ वटा तौल समुहकाबीच प्रतिस्पर्धा गराइने छ । जसमा पुरुष तौल समुह जुनियर र सिनियर गरी १० वटा तौल समुह रहने छ भने महिला तौल समुह जुनियर र सिनियर गरी  ८ वटा तौल समुह रहनेछ । जसमा १० वटा विभिन्न स्कुल र ८ वटा विभिन्न डोजाङ गरी जम्मा ३ सय १० जान खेलाडी (पुरुष १ सय ८० र महिला १ सय ३०) जनाले भाग लिने जनाइएको छ । 
प्रतियोगितामा विजेता टिम पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः प्रमाण पत्र, मेडल, क्यास प्राइज तथा ट्रफीको व्यवस्था गरिएको छ भने महिला तथा पुरुष तर्फबाट उत्कृट खेल्नेलाई बेस्ट फाइटर अवार्डबाट सम्मान गरिने छ । 
सहभागी खेलाडीलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ ।   कार्यक्रमको उद्घाटन शनिबार बिहान १० बजे हुने आयोजकले जनाएको छ । 
प्रतियोगिताको उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुनेछ भने कार्यक्रमको समापन आइतबार गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । 
 


पीएनजीविरुद्ध नेपालको सहज जित

पीएनजीविरुद्ध नेपालको सहज जित


काठमाडौं, २५ फागुन ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको जित निकालेको छ । 
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २४५ रन मात्र बनाउन सक्यो ।
आसिफ शेखले आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।


नेपाल फेरि क्रिकेट लिग २ मा विजयी

नेपाल फेरि क्रिकेट लिग २ मा विजयी



काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो ।
नेपालको जितमा आसिफ शेखले सर्वाधिक अविजित ८६ रनको योगदान दिए । उनले एक सय ३० बलमा दुई चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । त्यसैगरी सन्दीप लामिछानेले अविजित ३५ रन बनाए ।
कुशल मल्लले २६ बलमा २३ रन बनाए । पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई छ रनमा गुमायो । त्यस्तै भीम सार्कीले आठ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान एक र एक रन बनाए । दीपेन्द्रसिंह ऐरीले आठ रन बनाए भने कुशल मल्लले २३ रनमा बनाए ।
एक छेउबाट शीर्ष ब्याटरहरू एकपछि अर्को आउट हुँदै गर्दा आसिफ शेखलाई बलर सन्दीपले भरपर्दो साथ दिएका हुन् । यो जोडीले ३२ ओभरमा ७ विकेटको क्षतिमा १०७ रनको अवस्थाबाट नेपाललाई विजयी बनाएको हो । आसिफ र सन्दीपले १६ ओभरमा महत्त्वपूर्ण ७७ रन जोडे ।

पपुवा न्युगिनीका कप्तान असाद भाला, सेमो कमिया र सेसे बाउले समान २÷२ विकेट लिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल बनाएको थियो ।
पपुवा न्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११÷११ बनाए ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २÷२ विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान १÷१ विकेट झारे ।
यस जितसँगै नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित छैटौँ स्थानमा छ । पपुवा न्यूगिनी ३१ खेलमा ७ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।


यू–१९ विश्व कप छनोटमा नेपालको लगातार चौथो जित

यू–१९ विश्व कप छनोटमा नेपालको लगातार चौथो जित


काठमाडौं, १६ फागुन । यू–१९ पुरुष विश्वकप क्रिकेट एसियाली छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ। यूएईस्थित मलेक क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो।

७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा पूरा गरेको हो। नेपालको लागि दीपक बोहोराले अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन जोडे। पहिले ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अलआउट भयो। मलेसियाको लागि मुहम्मद अक्रम अब्द मलेकले २६ र मोहम्मद हैरिल हरिसनले १२ रन जोडे। नेपालको लागि दीपेश कँडेलले ४, आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए।


सन्दीपलाई विदेश जान सर्वोच्चले दियो अनुमति 

सन्दीपलाई विदेश जान सर्वोच्चले दियो अनुमति 


काठमाडौं, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने र विदेश जान पाउने गरी आदेश गरेको छ । विदेश जाने अनुमति पाएसँगै सन्दीप यूएईमा जारी विश्वकप क्रिकेट लिग २ मा जानसमेत पाउने भएका छन्।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले सोमबार उक्त आदेश गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।


 


यू–१९ विश्वकप छनोटः नेपालले  हरायो हङकङलाई

यू–१९ विश्वकप छनोटः नेपालले  हरायो हङकङलाई


काठमाडौं, १५ फागुन । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा सोमबार हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेर जित निकालेको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए भने उत्तम थापा मगरले अविजित ३९ रन बनाए । छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे ।


२६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे ।
हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १२० रनमा अल आउट भएको थियो ।

सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ । अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक छ । 
 


सन्दीपले विदेश गएर खेल्न नपाउने

सन्दीपले विदेश गएर खेल्न नपाउने


काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च पुगेका थिए ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो ।

आदेशमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०७९/९/२८ मा प्रतिवादी सन्दिप लामिछानेबाट रु.२०,००,०००/-(बीस लाख) धरौटी वा जमानत लिई तारिखमा राखी मुद्दामा पुर्पक्ष गर्ने गरी भएको आदेश उपर वादी नेपाल सरकारको तर्फवाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम २०७९-AP-०२५७ को निवेदन परेको देखियो । उक्त निवेदनका सन्दर्भमा पेश भएको २०७९-RE-०१३६ को प्रतिवेदन यस अदालतको संयुक्त इजलासमा विचाराधीन रहेको समेत देखिन्छ। यसपछि उच्च अदालतको उक्त मिति २०७९/९/२८ को आदेशउपर प्रतिवादी सन्दिप लामिछानेको तर्फवाट मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम भनी मिति २०७२/११/११ मा यस अदालतमा निवेदन पर्न आएको देखियो ।’