16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


इंग्ल्याण्डले जित्यो टी–२० विश्वकप उपाधि

इंग्ल्याण्डले जित्यो टी–२० विश्वकप उपाधि


काठमाडौं, २७ कात्तिक । पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले टी–२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए । ४५ रन हुँदा ३ विकेट गुमाएर दबावमा रहेको इंग्ल्याण्डलाई उनले जितसम्म पु¥याएका हुन् । यस्तै जोस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतकीय साझेदारी गरेका ओपनिङ जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवान छिट्टै आउछ हुँदा पाकिस्तान इनिङ्सको सुरुवातदेखि नै रक्षात्मक बन्न पुगेको थियो ।


नेपालले यू–१९ क्रिकेट विश्वकप आयोजना गर्ने

नेपालले यू–१९ क्रिकेट विश्वकप आयोजना गर्ने


काठमाडौं, २७ कात्तिक । नेपाल पहिलो पटक आईसीसी यू-१९ महिला विश्वकप आयोजना गर्न पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप नेपालले आयोजना गर्ने निर्णय गरेको हो। यो प्रतियोगिता नेपालसँगै बाङ्लादेशले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी बोर्डको आइतबार बसेको बैठकले निर्णय गरेको छ।

आईसीसी बोर्डको बैठकले सन् २०२४ देखि २०२७ सम्म हुने विभिन्न प्रतियोगिताको आयोजकको राष्ट्र घोषणा गरेको हो। जसमा नेपालले पनि बाङ्लादेशसँगै २०२७ को यू-१९ विश्वकप आयोजना गर्ने मौका पाएको हो।

त्यस्तै, सन् २०२५ को यू-१९ महिला विश्वकप भने मलेसिया र थाइल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन्।

यसैगरी, सन् २०२४ को यू-१९ पुरुष विश्वकप आयोजनाको जिम्मा श्रीलंकाले पाएको छ। त्यसपछि सन् २०२६ को यू-१९ पुरुष विश्वकप भने जिम्बाबे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्न पाउने भएका छन्।

यससँगै आईसीसी बोर्ड बैठकले सन् २०२७ को पुरुष विश्वकपमा १४ टोली सहभागी हुने तय गरेको छ। जसमध्ये चार टोली अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताबाट तय हुनेछन्। बाँकी १० टोलीमध्ये दक्षिण अफ्रिका र जिम्बाबे आयोजकका रुपमा र आठ टोली एकदिवसीय वरियताका आधारमा तय हुनेछन्।

त्यस्तै, सन् २०२४ को महिला टी-२० विश्वकपमा १० टोली प्रतिस्पर्धा गर्नेछन्।
 


सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं, २७ असोज । सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो।
अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई यसअघि अदालतले ७ दिनको म्याद दिएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।
 


सन्दीप लामिछानेलाई एक साता हिरासतमा राख्न अदालतको अनुमति

सन्दीप लामिछानेलाई एक साता हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, २४ असोज । क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई विमानस्थलबाट २० असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

यद्यपी दशैं बिदाका कारण अदालत बन्द हुँदा सोमबार उनलाई अदालतमा उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप गरेको छ । अनुसन्धानको लागि लिइएको म्याद असोज २७ गते, बिहीबार सकिनेछ ।

भदौ ५ गते १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लामिछाने विगत एक महिनादेखि विदेशमा रहेका थिए । पक्राउ पूर्जी जारी भएको करिब एक महिनापछि मात्र उनी नेपाल आएका हुन् ।


सन्दीप लामिछानेविरुद्ध ‘डिफ्यूजन नोटिस’ जारी

सन्दीप लामिछानेविरुद्ध ‘डिफ्यूजन नोटिस’ जारी


काठमाडौं, १० असोज । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्जूजन नोटिस जारी भएको छ। १७ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेसँगै सम्पर्कविहीन भएका लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी टेकप्रसाद राईले जानकारी दिए।  लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको हो। यो नोटिस जारी भएसँगै अब लामिछानेलाई इन्टरपोल अन्तर्गतका देशहरूले आफ्नो देशमा खोजी गर्नेछन्। इन्टरपोलमा १९५ देश आबद्ध छन्।
 


सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित


काठमाडौं, २३ भदौ नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।
हेर्नुहोस् विज्ञप्ति


 


सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं, २३ भदौ । जिल्ला अदालत, काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 
एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएपछि अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने छ  ।  लामिछानेले नेपाल क्रिकेट संघ ९क्यान०लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन् । 
सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन् । उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिवद्धता जनाएका छन् ।


क्यानको आकस्मिक बैठक बस्दै

क्यानको आकस्मिक बैठक बस्दै


काठमाडौं, २२ भदौ ।  नेपाल क्रिकेट संघ क्यानको आकस्मिक बैठक बस्दैछ   बुधबार साँझ क्यानको आकस्मिक बैठक बसेर उनलाई निलम्बन गर्ने तयारी भइरहेको हो ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसँगै उनको विषयमा निर्णय लिन बैठक बस्न लागेको एक पदाधिकारीले जनाएका छन् । सन्दीपका साथै अन्य एजेण्डामा पनि छलफल गरिने बताइएको छ ।
सन्दीपमाथि आरोप मात्रै लागेको तर प्रमाणित भइनसकेकोले अनुसन्धानमा क्यानले पनि सघाउने जनाएको छ । यद्यपि सन्दीपलाई क्याप्टेबाट भने बैठकबाट हटाइने बताइएको छ ।

सन्दीप क्यारेवियन लिग खेल्न हाल वेष्ट इन्डिजमा छन् । वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलोभन देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको एक नाबालिगले आरोप लगाएकी छन् ।


क्यानको आकस्मिक बैठक बस्दै

क्यानको आकस्मिक बैठक बस्दै


काठमाडौं, २२ भदौ ।  नेपाल क्रिकेट संघ क्यानको आकस्मिक बैठक बस्दैछ   बुधबार साँझ क्यानको आकस्मिक बैठक बसेर उनलाई निलम्बन गर्ने तयारी भइरहेको हो ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसँगै उनको विषयमा निर्णय लिन बैठक बस्न लागेको एक पदाधिकारीले जनाएका छन् । सन्दीपका साथै अन्य एजेण्डामा पनि छलफल गरिने बताइएको छ ।
सन्दीपमाथि आरोप मात्रै लागेको तर प्रमाणित भइनसकेकोले अनुसन्धानमा क्यानले पनि सघाउने जनाएको छ । यद्यपि सन्दीपलाई क्याप्टेबाट भने बैठकबाट हटाइने बताइएको छ ।

सन्दीप क्यारेवियन लिग खेल्न हाल वेष्ट इन्डिजमा छन् । वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलोभन देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको एक नाबालिगले आरोप लगाएकी छन् ।


१४ वर्षमुनीका बालवालिका लक्षित फुटबल तालिम शुरु  

१४ वर्षमुनीका बालवालिका लक्षित फुटबल तालिम शुरु  


 ललितपुर, १८ भदौ ।  ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका बालबालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री बालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गरेका थिए । 

 बालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका वालवालिकालाई भविश्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेको हो । सो क्लबले भविश्यमा १४ वर्ष भन्दा मुनी, डि,सि बि  र ए डिभिजन खेल्न खेलाडी उत्पादन गर्न तालिम आयोजना गरेको हो । 

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले वालबालिकालाई फुटबल प्रति आकर्षित गराउन । भविष्यमा उत्कृष्ठ खेलाडी उत्पादन गर्न फुटबल तालिम आयोजना गरेको बताए ।  ‘आजबाट तालिम शुरु भएको छ । यस्लाई सँधैको लागि निरन्तरता दिनेछौं । बालवालिकालई कुलतबाट टाढै राख्न र आफ्नो शारिरिक विकास गर्न तालिम सञ्चालन गरेका हौं’ अध्यक्ष खड्काको भनाई थियो । 
 कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष दीपक थापामगरले वडा कार्यालयले क्लबको सपना पुरा गरेको बताए । जिल्ला फुटबल संघ ललितपुरका उपाध्यक्ष समेत रहेका अध्यक्ष थापाले क्लबलाई ए डिभिजनमा पु¥याउने उद्देश्यले १४ वर्ष मुनिका वालवालिकालाई छनौट गरेको बताए ।

उनले भने, ‘बालबालिकाको पढाइमा असर नपर्नेगरी तालिम निरन्तर हुनेछ ।’ उनले बालबालिकालाई दुब्र्यसनीबाट टाढै राख्न पनि  खेलकुदको विकास अपरिहार्य रहेको बताए । क्लबले यसअघि जिल्ला र राष्ट्रिय स्तरको विभिन्न प्रतियोगितामा  फुटबल प्रतियोगिता खेलिसकेको छ । 

एन्फाका प्रशिक्षक नरेश थापा र सहायक प्रशिक्षक सुमन थापाले प्रशिक्षण दिनुहुनेछ । तालिममा करिब ५५ जना विद्यार्थीको सहभागिता रहेको छ । प्रशिक्षकको सुझाव र सल्लाहको आधारमा प्रशिक्षण शुरु गर्नेछ । वडाका जनप्रतिनिधिहरुले पदबाहली गरेको सय पुरा भएके अवसरमा  तालिम सञ्चालन गरिएको वडा सदस्य गोपाल डंगोलले बताए । तालिम सैबु आवास क्षेत्रमा फुटबल ग्राउण्डमा शुरु भएको हो ।  तालिमको समय र मिति प्रशिक्षक सहायक प्रशिक्षकले तय गर्नेछ ।