06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ


काठमाडौं, ५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ । लामालाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । 

ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन् । यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए ।

लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो। गएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि उनी केन्द्रीय सदस्य थिए । बी डिभिजन क्लब प्लानिङ ब्वाइजबाट उनी एन्फामा छिरेका थिए ।


हङकङलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा

हङकङलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा


काठमाडौं, ३ वैशाख । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो ।

हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नट आउट २५ र सन्दीप जोराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।

यो जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । हङकङ ३ खेलमा १ जितसहित २ अङ्क जोड्दै चौथो स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पर्सि बुधवार खेल्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
 


हङकङलाई हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा

हङकङलाई हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा


काठमाडौं, ३ वैशाख । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो ।

हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नट आउट २५ र सन्दीप जोराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।

यो जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । हङकङ ३ खेलमा १ जितसहित २ अङ्क जोड्दै चौथो स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पर्सि बुधवार खेल्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
 


एसीसी प्रिमियर कपः नेपालको लगातार दोस्रो जित

एसीसी प्रिमियर कपः नेपालको लगातार दोस्रो जित


काठमाडौं,१ वैशाख । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको थियो ।


नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।

त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिएका थिए । यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ । नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।


 


नेपालको 'ए' टोली आयरल्यान्ड'ए' सँग २१ रनले पराजित

नेपालको 'ए' टोली आयरल्यान्ड'ए' सँग २१ रनले पराजित


काठमाडौं, २१ चैत । तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ । आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २३ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका शाहब आलमले सबैभन्दा धेरै ३७ रन बनाए । यस्तै देव खनालले २६, बसिर अहमदले २० रन जोडे । बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु हमफ्रेसले ५, लायम म्याककार्थीले ४ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भयो । आयरल्यान्ड ‘ए’ का केड कारमाइकलले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै कप्तान निल रकले ३९ रन जोडे । बलिङतर्फ नेपालका कलमसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । ऐरीले ३८ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिए । यस्तै शाहब आलम र मौसम ढकालले समान दुई विकेट लिँदा रिजन ढकालले एक विकेट लिए ।

एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ । यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलकाे टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड 'ए' ले २–१ ले जितेको थियो ।


नेपालसँग आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित

नेपालसँग आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित


काठमाडौं, १३ चैत । टी २० सिरिजको दोस्रो खेलमा नेपालसँग आयरल्यान्ड ‘ए’ पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालसँग आयरल्यान्ड ‘ए’ ७१ रनले पराजित भएको हो

। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९९ रन लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुँदै एक सय २७ रनमात्र बनायो ।


नेपालसँग आयरल्यान्ड ए ६ विकेटले पराजित

नेपालसँग आयरल्यान्ड ए ६ विकेटले पराजित


काठमाडौं, १२ चैत । टी २० अभ्यास खेलमा नेपालले आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ । १२२ रनको लक्ष्य पाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै खेलमा जित निकालेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३८, सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

 
 


पिएनजीसँग नेपालको लज्जास्पद हार

पिएनजीसँग नेपालको लज्जास्पद हार


काठमाडौं, ३० फागुन । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ । हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो ।
पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्बाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यसैगरी पिएनजीका लागि काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २-२ विकेट लिएका थिए ।   यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै पिएनजीले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । 
 


टि–२० खेलमा नेपाल हङकङसँग पराजित 

टि–२० खेलमा नेपाल हङकङसँग पराजित 


काठमाडौं, २६ फागुन ।  टि–२० खेलमा नेपाल हङकङसँग पराजित भएको छ। शनिबार भएको खेलमा बल र ब्याट दुवैमा खराब प्रदर्शन गरेको नेपाल ७३ रनको फराकिलो अन्तरले पराजित भयो।

पहिला ब्याटिङ गर्दै हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३० रनमै अलआउट भयो। ११७–२को अवस्थामा रहेको नेपालले पछिल्ला ८ विकेट २२ रन जोड्दा गुमाएको थियो।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए। उनलले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले २३ बलमा ३० र आरिफ सेखले २१ बलमा ३८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा अजाज खानले ३.४ ओभरमो २६ रन खर्चेर ४ विकेट लिए भने इसान खानले ४ ओभरमो २६ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले बाबर हायतले सानदार शतक मद्दतमा निर्धाति ओभरमा ६ विकेटको क्षतिमा ११२ रन बनायो।

विस्फोटक ब्याटिङ गरेका हायतले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, अंशुमन रथले ३२ बलमा ३९ रन बनाउँदा मार्टिन कोट्जेले २१ बलमा ३१ रन बनाए। यसतै, अजाज खानले ११ बलमा २१ रन बनाए।

हङकङ अन्तिम ५ ओभरमा ७९ रन बनाएपछि नेपाललाई ठूलो लक्ष्य दिएको थियो ।

बलिङमा नेपालका लागि डेब्यू खेलाडी आकाश चन्दले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चिए। यस्तै, आरिफ सेख, प्रतिश जिसी र रसिद खानले समान १ विकेट लिए। आकाश र प्रतिश बाहके सबै नेपाली बलर महँगो सावित भएका थिए।

अब नेपालले भोलि हङकङसँग नै त्रिकोणात्मक सिरिजको पहिलो खेल खेल्ने छ। यो सिरिजमा पपुवा न्युगिनी पनि छ।
 


त्रिकोणात्मक टी–२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

त्रिकोणात्मक टी–२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो


काठमाडौं, १९ फागुन । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।
जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर लक्ष भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी  टिम भान डेर गुग्टेनले २४ रन जोडदा  रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई/दुई विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । यो जितसँगै चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ ।