19 Chaitra, 2079 / 2 April , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लोकप्रीय


रुसी कब्जामा रहेको शहर खेर्सनमा प्रदर्शन

रुसी कब्जामा रहेको शहर खेर्सनमा प्रदर्शन


एजेन्सी । रुसले कब्जामा लिएको युक्रेनको दक्षिणी शहर खेर्सनमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्। रुसी आक्रमण र नियन्त्रणविरुद्ध स्थानीय बासिन्दाले सोमबार प्रदर्शन गरेका हुन्। तर प्रदर्शनकारीमाथि रुसी सुरक्षाकर्मीले गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा रुसी सैनिकले प्रदर्शनकारीलाई तितरवितर पार्न गोली चलाउनुका साथै बिस्फोट पनि गराएको देखिएको छ ।

घटनामा केही प्रदर्शनकारी घाइते भएका छन् । मार्च ३ मा रुसी सैनिकले खेर्सन शहर कब्जा गरेका हुन् । त्यसयता त्यहाँ लगातार युक्रेनीहरुले प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच अमेरिकाले युक्रेन युद्धमा रुसले गरेका युद्ध अपराधका प्रमाणहरु संकलन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ।

उसले बाल अस्पताल, प्रसुति वार्ड, विद्यालय, संग्राहलय, सार्वजनिक स्थल, आवासीय क्षेत्र तथा आवासीय भवनालाई निशाना बनाएको छ ।


अफगानी राष्ट्रपति अशरफ ग़नीले लिए युएईमा शरण

अफगानी राष्ट्रपति अशरफ ग़नीले लिए युएईमा शरण


एजेन्सी । अफगानिस्तानबाट भागेका राष्ट्रपति अशरफ ग़नीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन् ।

तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति ग़नीले गएको आइतबार देश छोडेका थिए । युएईको विदेश मन्त्रालयले मानवीय नाताले ग़नी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ ।

बुधबार भिडियो सन्देश जारी गरेर ग़नीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन् । गम्भीर विपदको अवस्था आउन नदिएका लागि आफूले देश छोडेको उनले बताए ।

उनले भनेका छन्, ‘अहिले म युएईमा छु र रक्तपात र अव्यवस्था रोकियो । अफगानिस्तान फर्किनका लागि म अहिले वार्तामा छु ।’ उनले आफू ठूलो मात्रामा पैसा लिएर भागेको भन्ने हल्ला पूर्ण रुपमा आधारहीन रहेको बताए ।

रुसले ग़नी हेलिकप्टर तथा कारभरि पैसा लिएर भागेको आरोप लगाएको थियो । ७२ वर्षीय ग़नीले विपदका बेला देश छोडेको भन्दै उनको आलोचना भइरहेको छ । शान्ति वार्ता तथा राष्ट्रिय पुनर्स्थापना उच्च परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले ईश्वरले उनलाई सजाय दिने बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अफगान सरकारको आलोचना गरेका छन् । गत सोमबारको सम्बोधनमा बाइडेनले आवश्यक परेका बेला समस्याको सामना गर्नु पर्नेमा देश छोडेर भागेको भन्दै ग़नीसहितका नेताको आलोचना गरेका हुन् ।

फेसबुकमा लाइभ गरिएको भिडियो सन्देशमा राष्ट्रपति ग़नीले आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको बताएका छन् । जुत्ता पनि लगाउन नभ्याएको उनले बताए ।


अमेरिकाले अफगान अनुवादकहरुलाई विशेष भिसामार्फत सुरक्षित क्षेत्रमा लैजाने

अमेरिकाले अफगान अनुवादकहरुलाई विशेष भिसामार्फत सुरक्षित क्षेत्रमा लैजाने



एजेन्सी । अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभाषेका रुपमा सहयोग गरेका अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजाने भएको छ । जोखिममा रहेका अनुवादकहरुलाई अमेरिका वा अर्को कुनै देश लगिने भएको हो ।

अमेरिकाको नेतृत्वमा सन् २००१ यता हुँदै आएको नेटा सैनिकको अभियान अफगानिस्तानमा अन्त्य हुँदैछ । सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिने समय सीमा छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो अगस्ट अन्तिमसम्ममा आफ्ना सैनिक फिर्ता हुने घोषणा गरेका छन् ।

त्यसपछि पनि अफगानिस्तानमा अमेरिकी मिसनको सुरक्षाका लागि ६५० जति अमेरिकी सैनिक फिर्ता रहने छन् ।

अमेरिकीसहितका सैनिक फिर्ताको क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरुका सहयोगीका रुपमा काम गरेका अनुवादकहरु जोखिममा आएको भन्दै चासो र चिन्ता थपिएको थियो ।

अनुवादकहरुले आफूहरुको सुरक्षाका लागि उचित व्यवस्था गर्न माग गरेका थिए । ह्वाइट हाउसले अपरेशन एलाइज् रेफ्युजीका रुपमा अनुवादकहरुलाई अमेरिका वा अरु कुनै देश पठाउने घोषणा गरेको हो । यो प्रक्रिया अन्तर्गत जोखिममा रहेका अनुवादकहरुलाई शरणार्थीका रुपमा लैजाने प्रक्रिया जुलाई अन्तिम हप्तादेखि सुरु हुने ह्वाइट हाउसले जनाएको छ ।

अफगान अनुवादकहरुले (दायाँ) अमेरिकी सैनिकलाई स्थानीय बासिन्दासँग कुराकानीमा सहयोग गर्दै आएका थिए । तस्बिर : गेट्टी इमेज


चीनको अन्तरिक्ष क्षमता बिस्तार

चीनको अन्तरिक्ष क्षमता बिस्तार


एजेन्सी ।  चीनले तीन अन्तरिक्ष यात्रीलाई आफ्नो नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान चीनले चीन यात्रीसहितको यान नयाँ अन्तरिक्ष केन्द्र तर्फ पठाएको हो ।

उत्तर पश्चिमी चीनमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यात्रीसहितको यान पठाइएको हो ।

तीन यात्रीहरुले नयाँ अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् र उनीहरुले त्यहाँ अन्तरिक्ष केन्द्रको निर्माण सम्बन्धी काम गर्ने सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

अन्तरिक्ष यात्रीहरु नी हेशेङ्ग, लियू बोमिङ्ग र ताङ्ग होङ्गबोले अन्तरिक्ष यात्रा सुरु गरेका हुन् । उनीहरुले पृथ्वीबाट ३८० किलोमिटर पर रहेको अन्तरिक्ष केन्द्रको कक्षमा तीन महिना बिताउने छन् । यो चीनको अहिलेसम्मको लामो अवधिको अन्तरिक्ष अभियान हो । पछिल्लो पाँच वर्षयता चीनले पहिलोपटक टोली पठाएको हो ।

सेन्झोउ–१२ क्याप्सुल अन्तरिक्ष यानबाट उनीहरु गएका हुन् ।

चीनले पछिल्लो समय आफ्नो अन्तरिक्ष क्षमता बिस्तार गर्दै लगेको छ । 


दुई समूहबीच झडप हुदा गोली चल्यो, चारको मृत्यु

दुई समूहबीच झडप हुदा गोली चल्यो, चारको मृत्यु


काठमाडौ, असार २-रूसको दक्षिणी शहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका रूसी स्रोतले बताएको छ ।

पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय वासिन्दाको एउटा समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन् ।”

स्थानीय साना घटनाको अनुसन्धान प्रयोजनका लागि रहेको रूसी उक्त समितिका अनुसार घटनामा १५ जनाको सहभागिता रहेको थियो । विवाद आपन्तबीचको जग्गाको टुक्रालाई लिएर भएको बताइएको छ ।मृतकमध्ये एक प्रहरी र एक राष्ट्रिय सुरक्षा अधिकृत पनि रहेका बताइएको छ ।


आफ्नो  पारिश्रमिक घटाउँदै बलिउडका यि- यि स्टार

आफ्नो पारिश्रमिक घटाउँदै बलिउडका यि- यि स्टार


मुम्बई - कोरोना भाइरसका कारण साढे दुई महिनादेखि बलिउडको काम ठप्प छ । धेरै फिल्मको सुटिङ र रिलिज अड्किएको छ । जसले गर्दा फिल्मको बजेट पनि प्रभावित भएको छ । फिल्म समीक्षकका अनुसार बलिउडलाई तीन हजारदेखि चार हजार करोड रुपैयाँको नोक्सान हुनेछ ।

यो संकटकालमा फिल्म निर्माताको आर्थिक स्थिति हेरेर बलिउडका केही स्टार आफ्नो पारि श्रमिक घटाउन तयार भएका छन् । एक अन्तर्वार्तामा माधुरी दीक्षितले भनिन्, ‘हामीले निर्मातालाई सपोर्ट गर्ने बेला भएको छ । हामी सबै ठिक तरिकाले काम सुरु होस् भन्ने चाहन्छौं । त्यसैले हामीले आफ्नो पारि श्रमिक घटाउनु जरुरी छ । उद्योग सामान्य रूपले चलोस् भन्ने सोच्ने हो भने हामीले पनि प्रयास गर्नु जरुरी छ । यसका लागि म निर्माताको पक्षमा उभिन तयार छु ।’

बलिउड अभिनेता कार्तिक आर्यनले पनि पारि श्रमिक घटाउने इच्छा व्यक्त गरेका छन् । ‘म कसैको नोकरी खोस्न चाहन्न । यसको समाधान खोज्नुपर्छ जसबाट समस्या उत्पन्न नहोस् अनि निर्माता पनि बाँचुन् ।अन्न्पुर्ण पोष्टमा खबर छ । फिल्म उद्योग एकसाथ अघि बढाउन र फेरि काम सुरु गर्न जे गर्नुपर्छ म त्यसका लागि तयार छु । सामूहिक रूपमा गरिने निर्णय मलाई मान्य हुनेछ ।’ सान्डकी आँख’ अभिनेत्री तापसी पन्नुले भनिन्, ‘अहिले कुनै सुटिङ भइरहेको छैन त्यसैले तलब पनि पाइएको छैन । काम सुरु भएपछि पारि श्रमिक घटाउनु प¥यो भने पनि म तयार छु ।’ 


पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी

पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी


श्रीनगर, जेठ २७- भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ ।

यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारबाही गरिरहेको बताएको छ । साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतंककारी संगठनका गरी कम्तीमा पनि छ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ ।

यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतंककारीहरु मारिएको बताएको थियो ।  भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयक्त कारबाहीका क्रममा ती आतंककारी मारिएका जानकारी दिए ।

साथै उनले त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको जनाएको छ । भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतंककारी विरुद्धको कारबाही जारी रहेको छ ।

त्यसैगरी गएको शनिबार यता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौजना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ ।

ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् । 


डोनल्ड ट्रम्पकी छोरी र पूर्वपत्नी पनि आन्दोलनको पक्षमा

डोनल्ड ट्रम्पकी छोरी र पूर्वपत्नी पनि आन्दोलनको पक्षमा


वासिंटन, जेठ २४ - अमेरिकामा जर्ज फ्लोइडको हत्यालाई लिएर जारी आन्दोलनको पक्षमा राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी टिफनी समेत उभिएकी छन् ।ट्रम्पकी कान्छी छोरी टिफनीले इन्स्टाग्राममा कालो तस्बिर पोस्ट गर्दै प्रदर्शनमा समर्थन जनाएकी हुन् । ‘हामी एक्लै थोरै हासिल गर्नसक्छौँ, सँगै धेरै’ टिफनीले उल्लेख गरेकी छन् । टिफनीले हेलेन केलरको यो भनाइलाई उद्धृत गर्दै आन्दोलनको पक्षमा आफू उभिएको संकेत दिएकी हुन् ।

साथै उनले जर्ज फ्लोइडका लागि न्याय दिन गरिएको ह्यासट्याग अभियानको एक अभियन्ताकै रुपमा ‘ह्यासट्याग जस्टिस फर जर्ज फ्लोइड’ उल्लेख गरेकी छन् ।अन्नपुर्ण पोष्टमा खबर छ । ह्वाइटहाउस अगाडि प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्यास र रबरका गोली प्रहार गरिरहेका बेला ट्रम्पकी छोरीको यस्तो प्रतिक्रिया आएको हो ।

टिफनीकी आमा अर्थात् ट्रम्पकी दोस्रो पत्नी मार्ला माप्लेसले पनि अहिले अमेरिकामा चलिरहेको आन्दोलनमा समर्थन जनाएकी छन् । मार्ला टेलिभिजन प्रस्तोता तथा अमेरिकी सेलिब्रिटी हुन् । जो राष्ट्रपति ट्रम्पकी पूर्वपत्नी हुन् ।अमेरिकामा अघिल्लो साता प्रहरी अधिकृतले एक अस्वेत जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर हत्या गरेपछि त्यसको विरोधमा देशव्यापी आन्दोलन उठेको छ । ह्वाइट हाउस अगाडि नै विशाल प्रदर्शन भएको छ ।

सरकारले भने दबाउन सेना समेत परिचालन गरेको छ । प्रदर्शनकारीहरुले भने जर्ज फ्लोइडलाई न्याय दिलाउन सामाजिक सञ्जाल र सडकमा समेत सरकार विरुद्ध चर्को आलोचना गरेका छन् । यस्तैमा ट्रम्पकी पूर्वपत्नी मार्ला र उनकी छोरी टिफनीले पनि ट्रम्प प्रशासन विरुद्ध जर्जको पक्षमा अभिव्यक्ति दिएका हुन् ।


  अर्बपतिको पहिलो स्थानमा  रिहाना

  अर्बपतिको पहिलो स्थानमा  रिहाना


एजेन्सी -   हाल बेलायतको लन्डनमा बस्दै आएकी बारबेडियन पप गायिका रिहाना ब्रिटेनका अर्बपति म्युजिसियनको सूचीको टप स्थानमा पर्न सफल भएकी छन्।गायक सर्ज एल्टन जोन र मिक ज्यागरलाई उछिन्दै चार सय ६८ मिलियन युरोसहित उनी ब्रिटेनका अर्बपति म्युजिसियनको तेस्रो स्थानमा पर्न सफल भएकी हुन्।

लन्डनको द सन्डे टाइम्सले सार्वजनिक गरेको यो लिस्टको पहिलो स्थानमा आठ सय मिलियन युरोसहित एन्ड्रयु लोयड वेबर र पल म्याककार्टनी पहिलो स्थानमा छन्। गायिका, नायिका, लेखक तथा व्यवसायी रिहानाको कमाइको धेरै प्रतिशत ‘फेन्टी ब्युटी’ नामक कस्मेटिक ब्रान्डको हो। उक्त ब्रान्डमा भएको उनको १५ प्रतिशत हिस्सा तीन सय ५१ मिलियन युरो रहेको बताइएको छ।

सन्डे टाइम्सको वार्षिक अर्बपतिको सूची तयार पार्ने रोबर्टले रिहानाको यो स्थानले सबैलाई अच्चमित बनाएको बताए। उनले भने, ‘रिहाना लन्डनमा बस्छिन् भन्ने कुरा कमैलाई थाहा छ। अब उनी यूकेका अर्बपति म्युजिसियनको पहिलो स्थानमा पर्न सक्छिन्।’

३२ वर्षीया गायिका रिहाना ब्रिटेनका अर्बपति म्युजिसियनको लिस्टमा पर्ने युवा गायिका हुन्। अर्बपति म्युजिसियनको लिस्टमा पर्न सफल भए पनि उनले विगत पाँच वर्षदेखि कुनै नयाँ एल्बम सार्वजनिक गरेकी छैनन्। सन् २००५ मा म्युजिक अप द सन् गीतबाट चर्चामा आएकी उनको पछिल्लो एल्बम एन्टी ९२०१६० हो। ब्युटी ब्रान्डका कारण यस लिस्टको तेस्रो स्थान उक्लिन सफल उनी पछिल्लो समय यसकै प्रवद्र्धनमा सक्रिय छन्।

उनीपछि यस लिस्टभित्र पर्ने युवा म्युजिसियनहरूमा गायक एडी सिरन र गायिका एडेल पनि टप ४० अन्तर्गत परेका छन्। बीबीसीबाट 


कोरोना अपडेटः विश्वभर दुई लाख सात हजारभन्दा बढीको मृत्यु,  ९ लाख निको भएर घर फर्किए

कोरोना अपडेटः विश्वभर दुई लाख सात हजारभन्दा बढीको मृत्यु,  ९ लाख निको भएर घर फर्किए


जेनेभा, १५ वैशाख- महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार सोमबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा २४ घण्टाको अवधिमा मृतकको संख्यामा अघिल्ला दिनको तुलनामा केही कमी आएको छ । विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३३० जनाको मृत्यु भएको छ । 

यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५५ हजार ४१५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २२ हजारको हाराहारीमा पुगेको छ । 

कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ८ लाख ८१ हजार ५६१ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५७ हजार ६१३ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ५० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ६४४ जना, स्पेनमा २३ हजार १९० जना, फ्रान्समा २२ हजार ८५६, बेलायतमा २० हजार ७३२ जना, बेल्जियममा ७ हजार ९४ जना, जर्मनीमा ५ हजार ९७६ जना, नेदरल्यान्ड्समा ४ हजार ४७५ जना, स्वीडेनमा २ हजार १९४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६० जना, आयरल्यान्डमा १ हजार ८७, पोर्चुगलमा ९०३ जना तथा रसियामा ७४७ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ७१० जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार २८६ जना, टर्कीमा २ हजार ८०५ जना, क्यानाडामा २ हजार ५६० जना, मेक्सिकोमा १ हजार ३५१ जना, भारतमा ८८४, इन्डोनेसियामा ७४३ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।  

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति 

क्र।सं।    महादेश         कूल संक्रमित     निको भएका    कूल मृत्यु

     विश्वभर                  २९,९५,६३६    ८,८१,५६१      २,०७,०२०

१।    युरोप                      १२,७७,३४२    ४,३८,७३८     १,२१,९०४
२।    उत्तर अमेरिका        १०,६५,९४५    १,४७,३०४      ६०,०१४
३।    एसिया                   ४,७२,४०७     २,२८,३५५      १७,२४९
४।    दक्षिण अमेरिका       १,३८,२५५      ४९,६६४        ६,३०९
५।    अफ्रिका                 ३२,६७४        १०,०२१          १,४२७
६।    ओसेनिया९अस्ट्रेलिया०    ८,२८९          ६,८३४          १०२

    दक्षिण एसियाली मुलुकहरु            

१।    भारत            २७,९७७    ६,५२३    ८८४
२।    पाकिस्तान      १३,३२८    ३,०२९    २८१
३।    बंगलादेश       ५,४१६    १२२      १४५
४।    अफगानिस्तान    १,५३१    २०७     ५०
५।    श्रीलंका          ५२३       १२०      ७
६।    माल्दिभ्स       २१४      १७         –
७।    नेपाल            ५२       १६        –
८।    भुटान            ७         ४         –



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom