13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


उपनिर्वाचनः मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहलाई निर्देशन

उपनिर्वाचनः मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहलाई निर्देशन


काठमाडौं, १० वैशाख ।  निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो । इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचन हुँदैछ । 

आयोगले दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउन आग्रह गरेको छ । आयोगले भनेको छ, 'निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने ।'

साथै आयोगले मतदानअघिको ४८ घण्टादेखि निर्वाचन आचारसंहिताअनुसार निषेध गरिएका कार्यहरू हुन नदिन समेत गृहमन्त्रालय मार्फत निर्देशन दिने निर्णय गरेको छ ।
 


लगानी सम्मेलन लक्षित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष पेश

लगानी सम्मेलन लक्षित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष पेश



काठमाडौं, १० वैशाख । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त अध्यादेश जारी गर्न सिफारिस गरेको हाे । आगामी वैशाख १६ र १७ मा आयोजना हुने सम्मेलन हुँदैछ।  नेपालमा सहज लगानीको वातावरण बनाउन उक्त अध्यादेश ल्याउन लागेको हो। 


मंगलबार सार्वजनिक विदा, मन्त्रिपरिषदका अन्य निर्णयसहित

मंगलबार सार्वजनिक विदा, मन्त्रिपरिषदका अन्य निर्णयसहित


काठमाडौं, १० वैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी भोलि (मंगलबार) नेपाल भ्रमणमा आउँदैछन्। त्यसकारण भाेलि सरकारले सार्वजनिक बिदा दिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

विदेशी राष्ट्र प्रमुख भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्षित गरेर लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई अध्यादेशमार्फत संशोधनका राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए। तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएसँगै सरुवा गरिएको हो भने हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।


कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल

कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुबीकरणका लागि प्रधानमन्त्री दाहालको अपिल


काठमाडौं, १० वैशाख । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुबीकरणका लागि अपिल गरेका छन् । 

सोमबार समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुबीकरणको आवश्यकता रहेको बताएका हुन् ।

‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउनेछ,’ दाहालले भनेका छन्, ‘तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न संकल्प गर्ने दिन पनि हो ।’

दाहालले नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको भन्दै यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको दाबी गरेका छन् । 


एक सईसहित १६ प्रहरी सम्पर्कविहीन,  एक साताभित्र सम्पर्कमा आउन सूचित

एक सईसहित १६ प्रहरी सम्पर्कविहीन, एक साताभित्र सम्पर्कमा आउन सूचित


काठमाडौं, १० वैशाख । प्रहरी प्रधान कार्यालयले सम्पर्क विहीन भएका १६ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन सूचित गरेको छ।  सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म १६ जनालाई सम्पर्कमा आउन भएको हो। 

सूचनामा आफूखुसी गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनिएको छ। अन्यथा सेवाबाट हटाएर कारवाही गरिने चेतावनी समेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 


इरानी राष्ट्रपति पाकिस्तान भ्रमणमा 

इरानी राष्ट्रपति पाकिस्तान भ्रमणमा 


एजेन्सी । इजरायलसँग तनाव बढिरहेको बेलामा इरानका राष्ट्रपति इब्राहिम रइसी पाकिस्तानको तीन दिने भ्रमणका लागि एक्कासी आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।  यस भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, राष्ट्रपति असिफ अली जरदारी र सेनाप्रमसख जनरल आसिफ मुनिरसँग कुराकानी गर्ने जनाइएको छ ।

गएको जनवरीमा इरानले पाकिस्तानको बलुचिस्तानमा ड्रोन कारवाही गर्दै सो स्थानमा चरमपन्थी समूह जैश अल अदुललाई निशाना बनाइएको जनाएको थियो । इरानले अहिलेको  भ्रमणको उदेश्य दुई देशबीचको सम्बन्धलाई प्राथमिकतामा राख्नु रहेको जनाएको छ । 

इजरायल र पश्चिमा मुलुकबीच इरानको तनाव बढीरहेको बेलामा पहिलो भ्रमणका रुपमा इरानी राष्ट्रपतिले पाकिस्तान भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ । इरान र इजरायलबीचको द्वन्द्वका क्रममा पाकिस्तानले तनावबाट बच्न दुवै देशलाई सल्लाह दिएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।
 


लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण


काठमाडौं,९ वैशाख । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ। आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सात दिनभित्र जवाफ दिन भनेको छ। साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन निर्देश गरेको छ।

आयोगले लेखापरीक्षण प्रतिवेदन निरन्तर तीन आर्थिक वर्षसम्म पेस नगर्ने दलहरू आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक, दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दलहरू गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाललाई स्पष्टीकरण सोधेको आयोगका सहप्रवक्ता रामदत्त पाण्डेयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आयोगमा दर्ता कायम रहेका एक सय १८ दलमध्ये आर्थिक वर्ष ०७९/८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र पेस गर्ने ८२ राजनीतिक दलमध्ये प्रतिवेदन सार्वजनिक नगर्ने २१ दललाई सात दिनभित्र सार्वजनिक गरी जानकारी दिन निर्देशन गरिएको छ।

समयमा लेखापरीक्षण सार्वजनिक नगर्ने दलमा मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, त्रिमूल नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, संघीय विकासवादी पार्टी, नेपाल, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, मुस्कान सेना नेपाल पार्टी, बहुजन एकता पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल समाजवादी कांग्रेस, जनताको जनवादी पार्टी नेपाल, मितेरी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), नेपाल लोकतान्त्रिक पार्टी रहेका छन्।


कतारका अमिर शेखको नेपाल भ्रमणको औपचारिक घोषणा

कतारका अमिर शेखको नेपाल भ्रमणको औपचारिक घोषणा


काठमाडौं,९ वैशाख ।  राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।


कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । कतारका अमिर थानी सोही दिन काठमाडौँबाट प्रस्थान गर्नेछन् ।


‘बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्छौ’

‘बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्छौ’


काठमाडौं, ९ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन्।
श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आज छलफल आयोजना गरेको हो।

मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए।

मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए।


लुम्बिनीमा १५ दिनमै सरकारबाट बाहिरियो जसपा

लुम्बिनीमा १५ दिनमै सरकारबाट बाहिरियो जसपा


काठमाडौं, ९ वैशाख । सरकारमा सहभागी भएको १५ दिनमै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ  । 

यो पार्टीबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। मन्त्री भण्डारीले पदबाट राजीनामा दिएका छन्। 

गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको थियो।  सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन्।