12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

धनुषामा संघीय समाजवादी अगाडी, जनकपुर उपमहानगरमा राजपाको अग्रता




धनुषामा संघीय समाजवादी अगाडी, जनकपुर उपमहानगरमा राजपाको अग्रता

जनकपुरधाम : धनुषामा बुधबार बिहानसम्मको मतगणना परिणाम अनुसार उपेन्द्र यादवको संघीय समाजवादी फोरम अगाडी रहेको छ। मतपरिणाम अनुसार संघीय फोरम ६ वटा स्थानीय तहमा अगाडी रहेको छ।

लक्ष्मिनिया गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नपा, जनकनन्दनी गाउँपालिका, कमला नपा र शहिदनगर नपामा फोरम अगाडी रहेको छ । 
४ स्थानीय तहमा एमालेको अग्रसरता छ । ३ स्थानमा माओवादी अगाडी रहेकको छ भने ३ स्थानमा कांग्रेस अगाडी छ । जनकपुर उपमहानगरपालिकामा हाल राजपा नेपालले मेयर पदमा १५५१ र कांग्रेस ६१५ मत प्राप्त गरेको छ।

बिहान आएको मतपरिणाम अनुसार धनौजी गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षमा राजपाका श्याम किशोर साह सम्पूर्ण प्यानल सहित विजयी भएका छन् । त्यसैगरी मिथिला विहारी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका प्रमोद कुमार मंडल आफ्नो प्यानल सहित विजयी भएका छन् । जनकनन्दनी गाउँपालिका ६ मा समाजवादी फोरमका विक्रम यादव विजयी भएका छन् ।

जिल्लाको गणेशमान चारनाथ नपा ११ मा माओवादी केन्द्रका सत्यनारायण कुंवर आफ्नो प्यानल सहित विजयी भएका हुन् । हंशपुर नगरपालिका १ को वडाध्यक्षमा कामेश्वर कापर, विदेह नगरपालिकाको वडा नम्बर १ मा रामवृक्ष ठाकुर, मुखियापट्टी मुसहरनियाको वडा नम्बर १ मा कौशल यादव र वडा नम्बर २ मा नरेश यादव विजयी भएका छन्।

त्यसैगरी गणेशमान चारनाथ नगरपालिका ११ मा वडाअध्यक्षमा माओवादी केन्द्रका सत्यनारायण कुंवर, जनकनन्दनी गाउँपालिका १ मा संघीय समाजवादी फोरमका धमेन्द्र गोइत विजयी भएको जानकारी प्राप्त भएको छ।

अधिकांश मतदान केन्द्रहरुमा मतदान अधिकृतहरुले संचारकर्मीसंग सम्पर्क नगर्ने, फोन गर्दा पनि नउठाउने र एकद्धारप्रणालीबाट सूचना दिने कुनै व्यवस्था नभएको कारण मत परणाम संकलन गर्न कठिनाइ भएको बताइएको छ ।



Related News


यसमा तपाइको मत


Comments