12 Baishak, 2081 / 24 April , 2024
काठमाडौं, १५ साउन । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका निलम्बित प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट सहित आठ जनाले बिहीबार सफाइ पाएका छन् ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलाशले विष्टसहित, प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, अर्का डिएसपी ज्ञानेन्द्रबहादुर सेट्ठी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकेन्द्र खड्का, जवान चाँदनी साउद, हरिसिंह धामी, जगदीश भट्ट र रामसिंह धामीलाई सफाई दिएको हो ।
उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् भने प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टकातर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए ।
०७५ चैत २२ गते दिलिप सिंह विष्टका दाई खडगसिंह विष्टले आफ्नो भाईलाई प्रहरी हिरासतमा यातना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी सोही दिन सार्वजनिक न्याविरुद्धको कसुर दर्ता गराएकी थिइन् ।
दुवै उजुरीमा ८ प्रहरीलाई प्रतिवादी बनाइएको थियो । निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।