14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, १४ असोज । एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पे एज यू गो योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् ।
पे एज यू गो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी करबाहेक २ रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्न प्याक सुविधा नलिने ग्राहकलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्छन् त्यसैअनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदि ग्राहकले पे एज यू गोअन्तर्गत एक सातामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरे विद्यमान पे एज यू गो शुल्क २ रुपैयाँ प्रतिएमबी पर्छ । एक सातामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्नेबित्तिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क १ रुपैयाँमा झर्छ । त्यसैगरी यदि ग्राहकले एक सातमा ५० रुपैयाँभन्दा बढी खर्च गर्नेबित्तिकै प्रतिएमबी मात्र ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन् ।
साप्ताहिक चक्रमा हरेका साता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पे एज यू गो डेटाअन्तर्गत गरेको खर्चका आधारमा यो योजना सञ्चालन हुन्छ । जस्तै कुनै ग्राहकले आइतबारदेखि बुधबारसम्ममा पे एज यू गो डेटा सेवामा २३ रुपैयाँ खर्च गरे ग्राहकको मेन ब्यालेन्सबाट २० रुपैयाँभन्दा बढी खर्च हुनेबित्तिकै पे एज यू गो शुल्क त्यही साताको शनिबार मध्यरातसम्मका लागि १ रुपैयाँ प्रतिएमबीमा झर्नेछ । त्यस्तै सोही ग्राहकको खर्च उक्त साता ५० रुपैयाँभन्दा बढी हुनेबित्तिकै ग्राहकले त्यस साताको शनिबार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्छन् ।
आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकामा एनसेल निकै हर्षित रहेको कम्पनीले जनाएको छ । सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरु सबैभन्दा राम्रो विकल्प भए पनि, यस योजनाले कुनै डेटा प्याक सुरु नगरी पे एज यू गोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।