05 Baishak, 2081 / 17 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अमेरिकी कम्पनी मोडेर्नाको कोरोना खोप झण्डै ९५ प्रतिशत सुरक्षित 




 अमेरिकी कम्पनी मोडेर्नाको कोरोना खोप झण्डै ९५ प्रतिशत सुरक्षित 

एजेन्सी । अमेरिकाको औषधि कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले कोभिड–१९ बाट झण्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको बताएको छ ।

केही दिनअघि मात्र फाइजर कम्पनीले आफ्नो खोपले ९० प्रतिशतसम्म सुरक्षा दिने बताए लगत्तै आएको यो पछिल्लो परिणामबाट कोरोना नियन्त्रणमा खोपप्रतिको आत्मविश्वास बढेको छ । 
यी दुवै कम्पनीले खोप विकास गर्न अत्यन्त नवीनतम प्रयोगहरू गरेको बताइएको छ ।
खोपको उपलब्धिलाई लिएर मोडेर्नाले यो ‘ठूलो दिन’ भएको बताएको छ । साथै अबको केही हप्ताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ । 

यद्यपि यो अझै पनि प्रारम्भिक डाटा हो र मुख्य प्रश्न अनुत्तरित छ । 

यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए, तीमध्ये आधालाई दुई खेप खोप लगाइएको थियो भने बाँकीलाई ‘डम्मी’ खोप लगाइएको थियो । 

सहभागीमध्ये ९५ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो नतिजा निस्किएको कम्पनीले जनाएको छ । 

सहभागीमध्ये पाँच जनालाई वास्तविक खोप र ९० जनालाई डम्मी खोप दिइएको जनाइएको छ । खोपले ९४ दशमलव ५ प्रतिशतसम्म सुरक्षा दिने कम्पनीले जनाएको छ ।   

परीक्षणमा सहभागीमध्ये ११ वटा कोभिडसँग सम्बन्धित समस्या देखिएको तर खोपको खेप नदिइएकामा केही समस्या देखिएन । 

यसैबीच मोडेर्नाको खोप भण्डारण फाइजर कम्पनीभन्दा सहज हुने बताइएको छ । फाइजरको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भए पनि यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रुपमा भण्डारण गर्न र एक महिनासम्म फ्रिजमा राख्न सकिन्छ ।   




यसमा तपाइको मत


Comments