04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 मिस युनिभर्स नेपालको उपाधि सुजिताले जितिन् 




 मिस युनिभर्स नेपालको उपाधि सुजिताले जितिन् 


काठमाडौं, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’को उपाधि सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन् । काठमाडौंको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रायोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए । गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले गरेकी थिइन् ।
 




यसमा तपाइको मत


Comments