16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश




पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं, १० चैत । बलात्कार आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
यस्तै, बलात्कारको कसूरमा मतियारको भूमिका निभाएको आरोप लागेका म्यानेजर कृष्ण जोशीसँग भने १ लाख धरौटी मागेको छ। तनहुँ जिल्ला अदालतको आदेशमा जोशीसँग १ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनिएको छ।  
 




यसमा तपाइको मत


Comments