27 Jestha, 2080 / 10 June , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बाढीपहिरोबाट बच्न महाशाखाको २४ घण्टे चेतावनी




बाढीपहिरोबाट बच्न महाशाखाको २४ घण्टे चेतावनी

काठमाडौं, १२ असार । आइतबार देशका विभिन्न स्थानमा प्रदेशमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका धेरै स्थान र प्रदेश १, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यदेखि पूर्णदेखि बदली रहनेछ। अनि देशभरका पहाडी भेगका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भेगका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ ‘देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom