14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, १० असोज । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्जूजन नोटिस जारी भएको छ। १७ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेसँगै सम्पर्कविहीन भएका लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी टेकप्रसाद राईले जानकारी दिए। लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको हो। यो नोटिस जारी भएसँगै अब लामिछानेलाई इन्टरपोल अन्तर्गतका देशहरूले आफ्नो देशमा खोजी गर्नेछन्। इन्टरपोलमा १९५ देश आबद्ध छन्।