16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दक्षिण कोरियामा ट्रेन दुर्घटनामा ३० यात्रु घाईते 




दक्षिण कोरियामा ट्रेन  दुर्घटनामा ३० यात्रु घाईते 

काठमाडौं, २१ कात्तिक । दक्षिण कोरियाको राजधानी सिओलको योङ्सानबाट ईक्सानको लागी छुटेको मुगुङ्ह्वा ट्रेन यङ्दोङ्फुमा दुर्घटना भएको छ। रेलले लिग छोडेको कारण घटना भई ३० यात्रुहरु घाईते भएका छन्।
२७५ जना यात्रु बोकेर उत्तरी छल्लादो को ईक्सानको लागी योङ्सानबाट आइतबार बेलुकी ८ः१५ मा छुटेको उक्त रेल ८ः५२ मा रेलको लिग छोडेर दुर्घटनामा परेको हो।
कोरिया रेलरोड कर्पोरेशनका अनुसार घाईतेहरु सामान्य अवस्थामा रहेको र दुर्घटनाको कारण आज समेत ट्रेनहरु सामान्य अवस्थामा गुड्न कठिनाई भएको जनाएको छ। दुर्घटनाग्रस्त रेल लिगबाट हटाउने क्रममा रहेकाले सव वे १ नम्बर लाईनको रेलहरु नियमित अवस्थामा चल्न नसकेको जानाकारी गराएको छ।



Related News


यसमा तपाइको मत


Comments